मन्त्री ज्ञवाली र सचिवबिच चुलिदै छ विवाद

Loading...
Spread the love

फागुन १, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खारेज गर्न निर्देशन दिएका आयोजनाहरुको सम्बन्धमा कस्तो नीति अख्तियार गर्ने भन्ने विषयमा ऊर्जा मन्त्री राधा ज्ञवाली र ऊर्जा सचिव राजेन्द्रकिशोर क्षेत्रीकोबीचमा चर्को विवाद देखिएको छ ।

काबेलीलगायतका १४ आयोजना खारेज गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत भदौमा दिएको निर्देशन बमोजिम केही दिन पहिले ऊर्जा मन्त्रालयले काबेली बाहेक १३ वटा आयोजनाको अनुमति पत्र खारेज गरेको थियो । आयोजना खारेजमा हस्ताक्षर गर्नेमा सचिव क्षेत्री नै थिए ।

Gyawali- Rajendraतर एकाएक ऊर्जा मन्त्री ज्ञवालीले आज बसेको मन्त्रिपरिषद्को बैठकमा सो एजेन्डा पनि मन्त्रालयबाट लिएर गएकी थिइन् । उनले मन्त्रीपरिषद्बाट निर्णय गराएर खारेजीमा परेका आयोजनालाई पुनः जीवनदान दिने बताउँदै आएकी थिइन् ।तर ऊर्जा सचिव क्षेत्री मन्त्री ज्ञवालीको सो कदमको पक्षमा थिएनन् । उनले आफूलाई पङ्गु बनाउने उद्देश्यका साथ सो प्रस्ताव आफूलाई थाहै नदिई मन्त्री परिषद् लगेको भन्दै चिढिएका थिए ।

सचिव क्षेत्रीलाई छलफलमा बोलाइँदैन

पछिल्लो दिन मन्त्रालयमा हुने महत्वपूर्ण बैठक तथा छलफलमा समेत मन्त्रीले आफूलाई टेर्न छोडेको र आफूभन्दा कनिष्ठ व्यक्तिलाई राखेर निर्णय गराउने भन्दै सचिव क्षेत्री मन्त्री ज्ञवालीसँग रिसाएका थिए । उनले आफूले मन्त्रीको दबाव र अख्तियारको निर्देशनमा झोलामा खोला राख्नेहरुको अनुमतिपत्र खारेज गरेको बताउँदै आएका थिए । तर आफू विदेश गएको बेला सहसचिव सञ्जीवरत्न शाक्य मार्फत १३ आयोजनालाई पुनः अनुमति दिने प्रस्ताव मन्त्रिपरिषदमा लैजान टिप्पणी उठाउन लगाएकी थिइन् । मलाई खारेज गर्न लगाउने अनि म नभएको मौका छोपी पुनः मन्त्रिपरिषद् लैजाने तरिका ठिक भएन भन्दै सचिव र मन्त्रीको बोलचाल नै बन्द भएको ऊर्जा मन्त्रालयमा चर्चा चल्ने गरेको छ ।
भ्रष्टाचारी मन्त्रीलाई जोगाउन सकिदैन

सचिव क्षेत्रीले पत्रकारहरुको पटक –पटकको भेटमा मन्त्रीले गरि खान्नन् , यिनलाई पैसा भए पुग्ने रहेछ, पटक पटक गलत निर्णय गर्दै जाने तर विवाद भएपछि कर्मचारीलाई दोष दिने उनको प्रवृत्तिलाई अब जोगाउन सकिदैन भन्दै गुनासो पोख्ने गरेका छन् । उनले आफूलाई तत्काल सरुवा गरिदिन समेत माग गरेका छन् । म तपाईलाई अब जोगाउन सक्दिन, कहिले तनहुँ सेतीमा दातासँग निहु खोज्नुहुन्छ, त कहिले चमेलियामा गलत रुपमा भेरिइसनको रकम बढाउनुहुन्छ र दुई चार सय किलोवाटको आयोजनाको मर्मत सम्भारका लागि रु एक अर्ब ३२ करोडको प्रस्ताव गर्नुहुन्छ भने अब म केही गर्न सक्दिन, मेरो विकल्प खोज्नुस भनेको भन्दै उनी पत्रकारसँग गुनासो गर्न थालेका छन् ।

ऊर्जा मन्त्रालयलाई ऊर्जा मन्त्रालयको रुपमा चलाउने भए मेरो सहयोग हुन्छ, अन्यथा पैसा मात्र कमाउने भए मेरो सरव गरिदिनुस भनेको छु सचिव क्षेत्रीले केही ठूला दैनिकका पत्रकारलाई सुनाउने गरेका छन् । केही समय पहिले विना योजना मन्त्रालय नै खाली गरेको अमेरिकाको यात्रामा निस्केका सचिव क्षेत्री, सहसचिव केशवध्वज अधिकारी नभएको मौका पारी मन्त्री ज्ञवालीले गलत निर्णय गरेको सचिव क्षेत्री बताउँछन् । शाक्यलाई सचिव बनाउने प्रलोभन दिएर मन्त्री ज्ञवालीले गलत काम गरेको क्षेत्रीको भनाइ छ ।

मन्त्री ज्ञवालीले अख्तियार छल्न उसकै निर्देशन विपरित मन्त्रिपरिषद्मा पुनः अनुमति दिने प्रस्ताव लगेकी थिइन । सो प्रस्ताव तयार हुँदै गरेको थाहा पाएपछि सचिव क्षेत्री मोबाइल स्वीच अफ गरेर मन्त्रालय नै नआएको उनको सचिवालयका एक कर्मचारीले जानकारी दिए ।मन्त्री ज्ञवालीले खारेजीमा परेका आयोजनाको म्याद थप गर्ने भन्दै स्वीकय सचिव राजेन्द्र ढकाल मार्फत रकम उठाएको समेत मन्त्रालयकै कर्मचारी बताउँछन् । मन्त्रिपरिषद्बाट निर्णय गराएरै काम हुन्छ भन्दै पैसा मागिएको सचिव क्षेत्रीले समेत बताउने गरेका छन् । मलाई निर्णय गर्न लगाउने अनि मेरै निर्णय विरुद्ध पैसा उठाउने काम त ठीक भएन मन्त्रीको म पो के गर्ने हो रु अन्नपूर्ण, कान्तिपुर, राजधानी दैनिकका ऊर्जा पत्रकारसँग सचिव क्षेत्रीले गुनासो गर्ने गरेका छन् ।

आयोगको निर्देशनअनुसार ऊर्जा मन्त्रालयले काबेली ए, भोटेकोशी पाँच, मिदिम, माथिल्लो मैलुङ, माथिल्लो खोरङगा खोला, माथिल्लो सोलु, माथिल्लो करुवा, बलेफी बी , माथिल्लो डङ्गा खोला, तल्लो इन्द्रवाति, तल्लो बलेफी, बुकु खोला र छहारे खोलाको अनुमतिपत्र खारेज गरेको थियो । मन्त्री ज्ञवालीले आजको मन्त्रिपरिषद्को बैठकबाट पास गर्ने गरी प्रस्ताव लगेपनि काँग्रेसका केही मन्त्री र मुख्यसचिव लिलामणि पौडेलले नै आपत्ति जनाएपछि पासहुनबाट जोगिएको थियो ।

गृहमन्त्री गौतमसँग गुहार

खोलामा झोला हाल्नेलाई ठेगान लगाउने ध्येयका साथ अख्तियारले गरेको निर्णयलाई बचाउन र अख्तियार नै छल्ने मनसाय राखेकी ज्ञवालीको मक्सद पूरा नभएपछि उठाएको पैसा फिर्ता गर्ने वा के गर्ने भन्ने विषयमा उनले आजै एमाले उपाध्यक्ष तथा गृहमन्त्री वामदेव गौतमसँग छलफल गरेकि थिइन्

आज दिउँसो तीन बजे मन्त्रालयमा काँग्रेस सभासद् रामकृष्ण यादव र दर्जनौ व्यक्तिहरु उनको प्रतिक्षामा रहेपछि छलफल गर्न भन्दै गृह मन्त्रालय छिरेकी मन्त्री ज्ञवाली करिब चार घन्टा गृह मन्त्रालयमा बिताएकी थिइन । गृहमन्त्री ज्यूसँग छलफल त थियो तर के विषयमा हो भन्ने बारेमा केही थाहा भएन गृह मन्त्री गौतमको सचिवालयका एक कर्मचारीले जानकारी दिए ।

मुख्य सचिव र काँग्रेसका तर्फबाट सरकारमा सहभागी भएका अर्थमन्त्री रामशरण महत, सञ्चार मन्त्री मीनेन्द्र रिजालले मन्त्री ज्ञवालीले अख्तियार छल्न ल्याएको प्रस्ताव स्वीकार गर्न नहुने भन्दै अडान लिएपछि एमाले मन्त्रीहरु मन्त्रिपरिषद्को बैठकमा नाजवाफ भएका थिए । कागज नै नपुरयाई  हचुवाको भरमा निर्णय गर्ने हो भने अख्तियार खारेज गरिदिए हुन्छ भन्दै मन्त्रिपरिषद्को बैठकमा अर्थ मन्त्री महत पडकिएपछि हो मा हो मिलाउँदै मिनैन्द्र रिजालले पनि गलत काम गर्ने अनि अख्तियार छल्ने भन्दै ऊर्जा मन्त्रीको प्रस्ताव पारित हुन नसक्ने अडान लिएका थिए ।

व्यवस्थापिका संसद्को कृषि तथा जलस्रोत समिति र अर्थ समितिले पनि अख्तियारको निर्देशन बमोजिम झोलामा खोला राख्नेको आयोजना खारेज गर्न स्वीकृति दिएको थियो । ऊर्जा सचिव क्षेत्रीपनि काबेलीको हकमा केही निर्णय नगरी अरु नेपाली लगानीकर्ताको आयोजना भने खारेज गरेका थिए । अख्तियारलाई ऊर्जा सचिवले लेखेको जवाफमा पनि संसदीय समितिको निर्देशनलाई आधार बनाएका छन् । रातोपाटी

Loading...

यसमा तपाइको मत

अन्य समाचार बाट अन्य

भारत र नेपालको सम्वन्ध बल्ल तल्ल बराबरीमा उक्लिएको छ

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

नेपालले वनाएको कोरोनाको भ्याक्सिनमा WHO को चासो

Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको  छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

सत्ता भन्दा देश प्यारो देख्ने एउटा बिरेन्द्रको खोजी

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

नयाँ नक्शाले समेटेका आदि कैलाश र ॐ पर्वत लिपुलेक कै सान 

Spread the love   सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

कानून ब्यवसयी विपत राहात कोषमा १५ लाख सम्मको सहयोग

Spread the love नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ । विभिन्न सुझाव सहित राहात गरेको...

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार विरुद्ध चौधरी पुगे अख्तियार

Spread the loveकाठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ...

न्यायाधीश जोशीलाई इजलास नतोक्नु संसदको सम्मान हो: प्रधानन्यायधिस राणा

Spread the loveकाठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर...

स्थानीय सरकारलाई शिक्षा सम्वन्धि कानून बनाउन वन्देज

Spread the loveकाठमाडौं: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकारलाई शिक्षा सम्बन्धि कानून तर्जुमा गर्न वन्देज लगाएको छ । संविधानले विद्यालय शिक्षाका अधिकार स्थानीय सरकार मातहत गरे पनि संघीय मन्त्रालयले मन्त्री स्तरीय निर्णय...

फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ भन्दै अख्तियारमा निवेदन

Spread the loveकाठमाण्डौ: इन्जिनियर एवं अधिवक्ता दिनेश चौधरी फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग समक्ष निवेदन पेश गरेका छन । चौधरीले निवेदनमा निवेदन दिने आफ्नो चाहाना नभएर बाध्यता...