राजदूत नियुक्तिको मापदण्ड मस्यौदा तयार

Loading...
Spread the love
जेठ ७, काठमाडौं । परराष्ट्र मन्त्रालयले राजदूत नियुक्तिको मापदण्ड र कार्यविवरण (टीओआर) मस्यौदा तयार गरेको छ । राजदूत नियुक्तिको प्रक्रिया र उनीहरूको भूमिका पछिल्लो समय विवादास्पद बन्न थालेपछि मन्त्रालयले यसलाई व्यवस्थित बनाउन खोजेको खबर आजको कान्तिपुरमा छापिएको छ।
मन्त्रालयले यसलाई अन्तिम रूप दिएको परराष्ट्रका निमित्त सचिव शंकरदास बैरागीले बताए । ‘मन्त्रीस्तरीय वा मन्त्रिपरिषद् कहाँबाट पास गराउने भन्ने निर्णय गर्न बाँकी छ,’ उनले भने । यसअघि बृहत् ढाँचामा भियाना सन्धिले राजदूतको आचारसंहिता र भूमिकाबारे उल्लेख गरे पनि मन्त्रालयले पहिलो पटक देशअनुसारको टीओआर बनाउन लागेको हो ।
foreign ministry
परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले राजदूतका काम, नीति र क्रियाकलापका आधारमा मूल्यांकन हुने नीति बनाएर राजदूत नियुक्ति गरिने बताउँदै आएका छन् । लामो समयदेखि १६ मुलुकमा रिक्त राजदूत पदमा सरकारले नियुक्त गर्न सकेको छैन । छिमेकी भारतमा झन्डै तीन वर्षयता यो पद खाली छ । थाइल्यान्डमा पनि लामो समयदेखि खाली छ । ब्राजिल, क्यानडा, इजिप्ट, जर्मनी, कुबेत, कतार, श्रीलंका, बेलायत, अमेरिका, स्वीट्जरल्यान्ड, दक्षिण अपि|mका लगायतमा राजदूत छैनन् ।
नयाँ कार्यविवरणमा राजनीतिक, आर्थिक, श्रम, डायस्पोरालगायत कूटनीतिसँग जोडिने क्षेत्रमा राजदूतको काम, कर्तव्यबारे उल्लेख गरिएको बैरागीले बताए । ‘यसले राजदूत नियुक्तिको मापदण्डलाई पनि समेटेको छ,’ उनले भने, ‘राजदूत हुने व्यक्तिको नेगोसिएसन स्किल, कूटनीतिक विषयमा अध्ययन अनुसन्धान, भाषागत दक्षता हुनुपर्ने र स्वार्थ बाझिएको हुन नहुनेलगायतका मापदण्ड समावेश छन् ।’
राजनीतिक सिफारिसमा अयोग्यलाई पनि राजदूत बनाउने अभ्यासले मुलुकको कूटनीतिक छवि बिग्रन थालेपछि सरकार यसप्रति चनाखो भएको हो । राजनीतिक नियुक्तिमा गएका दक्षिण कोरिया, साउदी अरब र कतारका राजदूत बढी विवादमा तानिएपछि जथाभावी नियुक्त नगर्न सरकारलाई दबाब परेको छ । सही मान्छे पठाउन नसक्दा राष्ट्रले लगानी गरेर पनि उल्टै हानि बेहोर्नुपर्ने अवस्था रहेको विज्ञहरूको भनाइ छ । सोही कारण पेसागत क्षेत्रबाट बढी नियुक्त गर्नुपर्ने माग उठ्न थालेको हो । पछिल्लो समय राजनीति र पेसाबाट ५०/५० प्रतिशत नियुक्ति गरिँदै आएको छ ।
Loading...

यसमा तपाइको मत

main बाट अन्य

श्रीमान मेरो पक्षलाई हदै सम्म सजाय गरियोस

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

संगठित अपराध; भ्रम र यथार्थ

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

हाम्रो स्वाभिमानका लागि भारत सङ्ग कुरागर्ने हिम्मत गर्नु पर्छ

Spread the loveएउटा भनाइ छ, अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ। जब राज्य कम्जोर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, रास्ट्रले अन्तरास्ट्रिय साख गुमाउंछ। अहिले हाम्रो अवस्था यस्तै हो। जब रास्ट्र अपमानित...

पशुपतिमा अन्याय भयो भनी कराइरहेकालाई जग्गा दिलाउने न्याय

Spread the loveहरि प्रसाद प्रधान नेपालमा प्रधान न्यायालयको प्रधान न्यायाधीश बनाउन भारतवाट झिकाइएका थिए । सो प्रयोजनका लागि उक्त पदका लागि लायक नेपाली नपाइए बिदेशी नागरिकलाई नियुक्त गर्न सकिने गरी नेपालको अन्तरीम शासन ऐन,...

विकल्प नसोचिएको दल र कार्यकर्ताको हित हुने प्रणाली

Spread the loveनेपालमा अवको शासकिय स्वरुप कस्तो वन्नु पर्दछ भन्ने वहश चलिरहेको सन्दर्भमा आफनै देशमा प्रयोग गरिएको प्रणाली र विश्वका विभिन्न राज्यले गरेकोे प्रयोग अनि त्यसको परिणाम हाम्रो लागि वास्तविक प्रयोगशालामा परिक्षण पश्चातका ब्यवाहारिक...

फोरम द्वारा १ दिने अन्तरकृया सम्पन्न

Spread the love पर्यटन ब्यवसायको क्षेत्रमा कार्यरत कानून ब्यवसायीहरुको संस्था टुरिजम लयर्स फोरम नेपालले नेपालको कर प्रणाली, कानून र पर्यटन ब्यवसाय बिषयक एक दिने अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । कर्यक्रममा बौद्ध, सिनामंगल, गौसाला तथा...

मुलुकी संहिता लागू भएसँगै १४ वटा ऐन खारेज, ३६ वटा संशोधन

Spread the loveकाठमाडौं जंगबहादुर राणाले १६५ वर्षअघि लागू गरेको मुलुकी ऐन गत भाद्र १ गतेदेखि विधिवत रुपमा खारेज भएको छ । भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी ऐन मुलुकी देवानी (संहिता) ऐन,...

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

Spread the love“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र...

निर्मला ! तिमीले सुतेकाहरुलाई उठाएकी छौ

Spread the loveसमाजमा हुने घटनाले मानिसमा पारेको प्रभाव पिडा वनेर ब्यक्त हुन्छ । त्यही पिडा कतै कथा, कविता र विभिन्न भावमा प्रस्फुटन हुन्छ । निर्मला पन्तको हत्या र अपराधीलाई बचाउन अपारध नियन्त्रण गर्ने अधिकार...

पर्यटन कानून मसौदाको लागि छलफल कार्यक्रम सम्पन्न

Spread the love काठमाण्डौ ठमेल स्थित होटल बैसालीमा प्रदेश नं. ३ का उद्योग, पर्यटन तथा वातावरण समिती, पर्यटन विज्ञ, ब्यवसायी र पर्यटन क्षेत्रमा कार्यरत कानून ब्यववसायी विच प्रदेशले वनाउने पर्यटन कानून, यसको तर्जुमा र प्रभावकारी...