कोइरालालाई पद छाड्न आफ्नै साथीको दवाव

Loading...
Spread the love

फाल्गुन १२, काठमाडौं । कांग्रेसमा वरिष्ठ नेता शेरबहादुर देउवापक्षीय नेताहरूले सहमतिमा संविधान जारी गर्न राष्ट्रिय सरकार गठन प्रक्रिया अघि बढाउनुपर्ने धारणा राखेका छन्।

images_slideshow_sushil_koirala20130701001प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको केन्द्रीय समिति बैठकमा उनीहरूले सहमतिमा संविधान जारी गर्न आन्दोलनरत दलहरूको समेत सहभागितामा राष्ट्रिय सरकार गठन गर्नुपर्ने बताएका हुन्।

ुसहमतिमा संविधान ल्याउने हो भने राष्ट्रिय सहमतिको सरकार गठन गर्न ढिला गर्न हुँदैनु, केन्द्रीय सदस्य बालकृष्ण खाणले बैठकमा भने, ुसो सरकारको नेतृत्व सके हाम्रै पार्टी सभापतिले गरे हुन्छ, नभए मार्गप्रशस्त गर्नुपर्छ।ु

खाणले माघ ८ गते संविधान जारी गर्ने प्रतिबद्धता असफल भएपछि त्यसको नैतिक जिम्मेवारी प्रधानमन्त्री सुशील कोइरालाले लिनुपर्ने धारणा राखेका थिए।
ुसंविधान सरकारले जारी गर्ने होइन, किन तपाईंले माघ ८ मा संविधान जारी गर्छु भन्नुभयोु, खाणले प्रधानमन्त्री एवं पार्टी सभापति कोइरालालाई प्रश्न गरे, ुतपाईंले संविधान पनि ल्याउन सक्नु भएन, स्थानीय चुनाव पनि प्रतिबद्धताअनुसार गर्न सक्नु भएन, सुशासन पनि कायम गर्न सक्नु भएन, त्यसको जिम्मेवारी किन नलिनेरुु

अर्का केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले पनि सहमतिबिना संविधान जारी गर्न सम्भव नभएको भन्दै राष्ट्रिय सरकार गठन प्रक्रिया अघि बढाउनुपर्ने धारणा राखेका थिए। बैठकमा केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे, मीन विश्वकर्मा, जीवनबहादुर शाहीले पनि सहमतिको सरकार बनाएर संविधान ल्याउनुपर्ने बताए।

देउवा पक्षका अधिकांश सदस्यले सहमतिका लागि राष्ट्रिय सरकार गठन गर्नुपर्ने बताएका थिए। सभापति कोइराला पक्षका नेताहरूले पनि संविधान निर्माणलाई बहुमतमा नभई सहमतिमा अघि बढाउनुपर्ने धारणा राखेका थिए।

ुबैठकमा बोल्ने सबैको धारणा सहमतिका आधारमा संविधान निर्माण प्रक्रिया अघि बढाउने थियोु, केन्द्रीय सदस्य गगन थापाले अन्नपूर्णसँग भने, ुबहुमतको प्रक्रियामा जाँदा द्वन्द्व बढ्ने भन्ने सबैको धारणा थियो।ु

सदस्यहरूले एमाओवादी र मधेसी दललाई बाहिर राखे बहुमतका आधारमा संविधान बनाउँदा प्रत्युत्पादक हुनसक्ने भन्दै सहमतिका लागि अधिकतम लचक भएर वार्ता अघि बढाउन नेतृत्वलाई आग्रह गरेका थिए। सदस्य गोविन्द भट्टराईले सकभर सहमतिकै आधारमा संविधानसभाको गतिरोध अन्त्य गर्न कांग्रेसले नै अग्रसरता लिनुपर्ने धारणा राखेका थिए।

बैठकमा केन्द्रीय सदस्य मानबहादुर विश्वकर्माले प्रधानमन्त्रीले आफ्ना मन्त्रीहरूले भ्रष्टाचार गरे भन्नु गैरजिम्मेवारपूर्ण भएको बताएका थिए। ुतत्कालीन वनमन्त्री शैलजा आचार्यले सरकारले भ्रष्टाचार रोक्न सकेको छैन भन्दा मन्त्रीबाट राजीनामा गर्नुपरेको थियोु, विश्वकर्माले भने, ुअहिले प्रधानमन्त्रीले सरकारमा भ्रष्टाचार छ भन्न मिल्छरु भ्रष्टाचार छ भने दोषीलाई कि कारबाही गर्नसक्नु पस्यो कि राजीनामा गर्नुपर्‍यो।ु

सदस्यहरूले सरकारको ुपरफरमेन्सु नराम्रो भन्दै मन्त्रीहरूको समीक्षा गर्न आग्रह गरेका थिए। ुतपाईं प्रधानमन्त्रीमा केही गरौं भन्ने इच्छा देखिन्छु, केन्द्रीय सदस्य गगन थापाले बैठकमा भने, ुतर तपाईंको टिम यति खतम छ कि मन्त्रीहरू नै भ्रष्टाचारमा डुबेका छन्।ु

कांग्रेस बैठकले अनुशासनको कारबाहीमा परेकी केन्द्रीय सदस्य सुजाता कोइरालाको कारबाही फुकुवा गरेको छ। कारबाही गर्ने(नगर्ने विषयमा देखिएको विवादबीच बैठकले कारबाही फिर्ता लिँदै क्रियाशील सदस्यता नियमित हुने निर्णय गरेको हो।

ुसंविधानसभाको दोस्रो निर्वाचनमा पार्टीका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका व्यक्ति र उनीहरूका प्रस्तावक, समर्थकबाहेक पुनरावेदक सदस्यहरूको हकमा बाँकी रहेको सजायजन्य पार्टीको पदीय जिम्मेवारी र दायित्वअनुसार कामकारबाही गर्न नपाउने गरी लगाइएको प्रतिबन्ध र विभिन्न तहका पदमा उम्मेदवार बन्न नपाउने गरी लगाइएको बन्देज फुकुवा गरी क्रियाशील सदस्यता निरन्तर रहने गरी नवीकरण गराउने निर्णय भयोु, निर्णयमा उल्लेख छ।

निर्वाचनमा बागी उम्मेदवारी दिएका र तिनका प्रस्तावक र समर्थकमाथिको कारबाही भने फिर्ता भएको छैन। बैठकमा सुजाताले सुनियोजित रूपमा बिनाआधार अनुशासन समितिले आफूलाई कारबाही गरेको आरोप लगाएकी थिइन्।

केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले भने, ुआममाफी गलत भयो, पुनरावेदन जाने मौका पाएन। यसरी आममाफी पाउनेका लागि पनि यो अन्याय भयो। अन्नपूर्णपोष्ट/गोविन्द परियार

Loading...

यसमा तपाइको मत

अन्य समाचार बाट अन्य

खरेलद्वार सरकारी वकील संयुक्त कार्यालयको शिलान्यास

Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

भारत र नेपालको सम्वन्ध बल्ल तल्ल बराबरीमा उक्लिएको छ

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

नेपालले वनाएको कोरोनाको भ्याक्सिनमा WHO को चासो

Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको  छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

सत्ता भन्दा देश प्यारो देख्ने एउटा बिरेन्द्रको खोजी

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

नयाँ नक्शाले समेटेका आदि कैलाश र ॐ पर्वत लिपुलेक कै सान 

Spread the love   सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

कानून ब्यवसयी विपत राहात कोषमा १५ लाख सम्मको सहयोग

Spread the love नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ । विभिन्न सुझाव सहित राहात गरेको...

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार विरुद्ध चौधरी पुगे अख्तियार

Spread the loveकाठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ...

न्यायाधीश जोशीलाई इजलास नतोक्नु संसदको सम्मान हो: प्रधानन्यायधिस राणा

Spread the loveकाठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर...

स्थानीय सरकारलाई शिक्षा सम्वन्धि कानून बनाउन वन्देज

Spread the loveकाठमाडौं: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकारलाई शिक्षा सम्बन्धि कानून तर्जुमा गर्न वन्देज लगाएको छ । संविधानले विद्यालय शिक्षाका अधिकार स्थानीय सरकार मातहत गरे पनि संघीय मन्त्रालयले मन्त्री स्तरीय निर्णय...