‘प्रहरी जवानलाई तँ होइन तपाईं भन्नुस्’ : गृहमन्त्री

Loading...
Spread the love

जेठ ८, काठमाडौं । ‘प्रहरी जवानलाई तँ होइन तपाईं भन्नुस्’ उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले प्रहरी महानिरीक्षक तथा अन्य उच्च प्रहरी अधिकृतलाई यस्तो निर्देशन दिएपछि कार्यक्रमको हल हाँसोले गुन्जियो। ‘मुस्कानसहितको प्रहरी सेवा’ विषयक प्रशिक्षण तालिमको उद्घाटन गर्न बुधबार पुलिस क्लब पुगेका गृहमन्त्री गौतमले कड्किँदै उच्च प्रहरी अधिकृतलाई निर्देशन दिए।

Bamdev Gautam

आफूलाई सुधार्ने अभियानमा जाँदा भित्रैदेखि सुधार गरिएन भने त्यो नाटक मात्रै हुने बताउँदै उनले भने, ‘पहिला जवान र हाकिमबीचको सम्बन्ध राम्रो बनाउनुस्, फलानो यहाँ आइज, पानीले, त्यहाँ जा, यसो गर्, उसो गर् भनेर किन अपमानित शब्द प्रयोग गर्नुहुन्छ? तपाईं शब्द प्रयोग गर्नुस्, त्यो कति शिष्ट हुन्छ।’ गृहमन्त्री गौतमले प्रहरी अधिकृततर्फ लक्षित गर्दै भने, ‘तपाईंहरू घर कहिले जानुहुन्छ?, कहिलेकाहीँ मात्रै हो नि, तपाईंहरूको घर प्रहरी कार्यालय नै हो, तपाईंलाई काममा सघाउने जवानलाई किन बस्, उठ्, गेट आउट जस्ता शब्द प्रयोग गर्नुहुन्छ?’ गृहमन्त्री गौतमले प्रहरी महानिरीक्षकको नामै लिएर आफूलाई सुधार गर्ने कुरामा प्रशिक्षण लिन समेत निर्देशन दिए।

‘यो तालिम तपाईं महानिरीक्षकबाटै सुरु गर्नुस्, भित्र ठिक बाहिर जस्ताको तस्तै भयो भने यो नाटकीय शैली मात्रै हुन्छ, यसले कुनै प्रभाव राख्दैन।’ उनले आफूभन्दा तल्लो स्तरको प्रहरीलाई हेपेर व्यवहार नगर्न निर्देशन दिए। ‘रामबहादुरलाई किन रामे भन्नु हुन्छ, नामले उच्चारण गर्नुस्, सिनियर र जुनियरले जनताकै करबाट तलब खाने हो, किन जुनियरले मात्रै अपमानजनक व्यवहार सहने?, जवानदेखि महानिरीक्षकसम्म सबै राज्यका अंग हुन्’, गृहमन्त्री गौतमले भने। उनले प्रशिक्षणमा छुट्टै अर्को विषय ‘जवान अधिकृतको सम्बन्ध र आफैं भित्र सुधार’ राखेर प्रशिक्षण दिन निर्देशन समेत दिए। ‘मैले भनेको विषय थपेर प्रशिक्षण दिनुस्, डेढ वर्षपछि हाम्रो सम्बन्ध फरक हुन्छ, नाटक नगर्नुस् आफैंबाट सुधारको थालनी गर्नोस्’, उनले भने।

प्रहरी मुख्यालयले उपत्यकालगायत ७५ वटै जिल्लामा बुधबारबाट मुस्कानसहितको प्रहरी सेवा विषयमा तालिम सुरु गर्न निर्देशन दिएको जानकारी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले दिए। कार्यक्रममा अर्यालले ‘क्या पुलिस, छ्या पुलिस.. छ्या पुलिस’ शीर्षकमा कविता समेत सुनाएका थिए। उनले प्रहरी संगठनभित्र केही प्रहरी खराब आचरणको रहेको बताउँदै भने, ‘म प्रहरी संगठनको प्रमुख भएको हैसियतले संगठनमा केही प्रहरी खराब छन् भन्न मलाई आपत्ति छैन, प्रहरीको बोली र व्यवहारकै कारण राम्रा कामको पनि प्रशंसा जति हुनुपर्ने हो, त्यो भएको छैन, यो तालिमपछि जनताले प्रहरीलाई हेर्ने दृष्टिकोणमा सकारात्मक प्रभाव देखिने विश्वास दिलाउन चाहन्छु।’

तालिम निर्देशनालयका प्रमुख डिआईजी गणेशराज राईले भने, ‘प्रहरीले सेवाग्राहीसँग गर्ने बोली र व्यवहार रुखो र अर्मादित छ भन्ने गुनासो धेरै छ, यो कुराको पहिचान मुख्यालयले गरेपछि तालिम दिने उद्देश्यले यो प्रशिक्षण सुरु गरेका हौं।’ प्रशिक्षण दिन देशभरका ६ सय १४ जना प्रशिक्षक रहेको जानकारी दिँदै राईले प्रशिक्षणको उद्देश्य आमनागरिकको मन जित्नु रहेको बताए।

कार्यक्रममा गृहसचिव सूर्यप्रसाद सिलवाल, मानवअधिकार आयोगका सदस्य गौरी प्रधान, नेपाल मानवअधिकार संगठनका अध्यक्ष सुदीप पाठक, नेपाल बार एसोसिएसनका अध्यक्ष हरिकृष्ण कार्की, नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टलगायतका अधिकारकर्मी एवं नागरिक समाजका अगुवाहरूको उपस्थिति थियो।

Loading...

यसमा तपाइको मत

main बाट अन्य

श्रीमान मेरो पक्षलाई हदै सम्म सजाय गरियोस

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

संगठित अपराध; भ्रम र यथार्थ

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

हाम्रो स्वाभिमानका लागि भारत सङ्ग कुरागर्ने हिम्मत गर्नु पर्छ

Spread the loveएउटा भनाइ छ, अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ। जब राज्य कम्जोर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, रास्ट्रले अन्तरास्ट्रिय साख गुमाउंछ। अहिले हाम्रो अवस्था यस्तै हो। जब रास्ट्र अपमानित...

पशुपतिमा अन्याय भयो भनी कराइरहेकालाई जग्गा दिलाउने न्याय

Spread the loveहरि प्रसाद प्रधान नेपालमा प्रधान न्यायालयको प्रधान न्यायाधीश बनाउन भारतवाट झिकाइएका थिए । सो प्रयोजनका लागि उक्त पदका लागि लायक नेपाली नपाइए बिदेशी नागरिकलाई नियुक्त गर्न सकिने गरी नेपालको अन्तरीम शासन ऐन,...

विकल्प नसोचिएको दल र कार्यकर्ताको हित हुने प्रणाली

Spread the loveनेपालमा अवको शासकिय स्वरुप कस्तो वन्नु पर्दछ भन्ने वहश चलिरहेको सन्दर्भमा आफनै देशमा प्रयोग गरिएको प्रणाली र विश्वका विभिन्न राज्यले गरेकोे प्रयोग अनि त्यसको परिणाम हाम्रो लागि वास्तविक प्रयोगशालामा परिक्षण पश्चातका ब्यवाहारिक...

फोरम द्वारा १ दिने अन्तरकृया सम्पन्न

Spread the love पर्यटन ब्यवसायको क्षेत्रमा कार्यरत कानून ब्यवसायीहरुको संस्था टुरिजम लयर्स फोरम नेपालले नेपालको कर प्रणाली, कानून र पर्यटन ब्यवसाय बिषयक एक दिने अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । कर्यक्रममा बौद्ध, सिनामंगल, गौसाला तथा...

मुलुकी संहिता लागू भएसँगै १४ वटा ऐन खारेज, ३६ वटा संशोधन

Spread the loveकाठमाडौं जंगबहादुर राणाले १६५ वर्षअघि लागू गरेको मुलुकी ऐन गत भाद्र १ गतेदेखि विधिवत रुपमा खारेज भएको छ । भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी ऐन मुलुकी देवानी (संहिता) ऐन,...

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

Spread the love“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र...

निर्मला ! तिमीले सुतेकाहरुलाई उठाएकी छौ

Spread the loveसमाजमा हुने घटनाले मानिसमा पारेको प्रभाव पिडा वनेर ब्यक्त हुन्छ । त्यही पिडा कतै कथा, कविता र विभिन्न भावमा प्रस्फुटन हुन्छ । निर्मला पन्तको हत्या र अपराधीलाई बचाउन अपारध नियन्त्रण गर्ने अधिकार...

पर्यटन कानून मसौदाको लागि छलफल कार्यक्रम सम्पन्न

Spread the love काठमाण्डौ ठमेल स्थित होटल बैसालीमा प्रदेश नं. ३ का उद्योग, पर्यटन तथा वातावरण समिती, पर्यटन विज्ञ, ब्यवसायी र पर्यटन क्षेत्रमा कार्यरत कानून ब्यववसायी विच प्रदेशले वनाउने पर्यटन कानून, यसको तर्जुमा र प्रभावकारी...