के कारण वढ्छ हवाई भाडा

Loading...
Spread the love
जेठ ८, काठमाडौं । धर्मपुर–३ का सन्तोष साह एक महिनाअघि साउदी अरब जाने टिकट बुझ्न गएका थिए। त्यतिबेला मूल्य २८ हजार रुपैयाँ थियो।
तीन दिनअघि अन्तिम श्रमस्वीकृति लिएर उनी टिकट किन्न गए। तर, मूल्य सुनेरै झस्किए। एक महिनाकै बीचमा टिकटको मूल्य ४५ हजार पुगिसकेछ। उनले मूल्य घट्ने आशमा साउदी जाने मिति नै एक साता सारेका छन्।
यो वैदेशिक रोजगारमा जाने अधिकांशलाई परेको समस्या हो। आजको नागरिकमा खबर छापिएको छ।
एयरलायन्स र ट्राभल एजेन्सीहरूले आपसी मिलेमतो (कार्टेलिङ) मा मलेसिया र खाडी मुलुकजस्ता प्रमुख रोजगार गन्तव्यका लागि सस्तो मूल्यको हवाई टिकट महँगोमा बेच्ने गरेका छन्।
एयर एसिया, मलेसियन एयरलायन्स, नेपाल एयरलायन्स, कतार एयरवेज, एयर अरेबिया, विमान बंगलादेश, युनाइटेड एयरवेज, थाई एयरवेज लगायतले मलेसिया, कतार, साउदी अरबजस्ता प्रमुख रोजगार गन्तव्यका लागि आफ्ना जनरल सेल्स एजेन्ट (जिएसए) र ट्राभल एजेन्सीसँगको मिलेमतोमा टिकटको मूल्य वृद्धि गराएको म्यानपावर व्यवसायीको आरोप छ।
‘सुरुमा सस्तो टिकट लुकाएर महँगो मात्र देखाइन्छ,’ वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष हंसराज वाग्लेले नागरिकसँग भने, ‘सस्तो टिकट पहिल्यै बुक भएको देखाएर होल्ड गरिने हुँदा कामदार मर्कामा परिरहेका छन्।’
वैदेशिक रोजगार विभागमा कुन दिन कतिजनाले अन्तिम श्रम स्वीकृति लिन्छन्, त्यसै आधारमा टिकट दर बढाइने गरेको उनले बताए। ‘श्रम स्वीकृतिको संख्या बढेको बेला पारेर सस्तो टिकट छैन भनी महँगो मात्रै देखाउने र त्यसैको पनि माग बढिरहेको भन्दै अझ महँगोमा बेच्ने गरेको पाइन्छ,’ उनले भने।
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चका अध्यक्ष टंक राउतले पनि सस्तो टिकट दिने भनेर आएका एयर एसिया, एयर अरेबिया र फ्लाई दुबईको पनि टिकट महँगिएको बताए। उनका अनुसार २२ हजार पर्ने साउदी अरबको टिकटलाई ५५ हजारसम्म र मलेसियाको टिकटलाई ३८ हजारसम्म पुर्‍याइएको छ।
‘साउदी जान लागेका केही कामदारले टिकट महँगो भएकै कारण फ्लाइट सारिरहेका छन्,’ पिजन इन्टरनेसलनका सञ्चालकसमेत रहेको राउतले भने।
ट्राभल एजेन्सीका सञ्चालक भने आफूहरूले मिलेमतोमा टिकट महँँगो नगराएको बताउँछन्। एजेन्ट कम्पनीमै ‘माफियाकरण’ भएको उनीहरूको आरोप छ।
‘कामदारको माग बढी हुँदा टिकट महँगो हुन्छ, कम हुँदा सस्तो, यसमा हाम्रोभन्दा एजेन्ट कम्पनीकै स्वार्थ छ,’ शेरा ट्राभलका सञ्चालक सोमलाल बाटाजुले नागरिकसँग भने, ‘ट्राभल एजेन्सीले त जुन दरमा टिकट पायो त्यसैमा केही कमिसन खाएर बेच्ने हो।’ उनका अनुसार एजेन्ट कम्पनीले नै टिकट होल्ड गराएर महँगोमा ट्राभल एजेन्सीलाई बेच्ने गर्छन्।
हार्वेस्टमुन ट्राभलका सञ्चालक राम श्रेष्ठ हवाई टिकटमा ‘ब्लाकमेल’ हुन नसक्ने बताउँदै बरु सरकारले नै अनुगमन गरेर भाडादरमा एकरुपता ल्याउनुपर्ने सुझाव दिन्छन्।
‘विभिन्न फेयरका नाममा टिकट सस्तो र महँँगो हुन्छ, कहिलेकाहीँ सस्तो फेयरको टिकट लुकाएर महँगोमा बिक्री हुन्छ, त्यसैले भाडाका विषयमा सरकार नै गम्भीर हुनुपर्छ,’ उनले भने, ‘खाडी र मलेसिया मात्र होइन, दिल्ली जान पनि ८ हजारको टिकटलाई ३६ हजार तिर्नुपरेको छ।’
एजेन्ट कम्पनीहरू भने माग र आपूर्तिको सामान्य सिद्धान्तकै आधारमा टिकटको मूल्य तय हुने तर्क गर्छन्। सिजनमा महँगो हुनु र अफसिजनमा सस्तो हुने सामान्य भएको उनीहरूको भनाइ छ।
एयर एसियाका नेपाल एजेन्ट कम्पनी इन्सेन्टिभ ट्राभलका प्रशासन प्रमुख तीर्थ पौडेलका अनुसार अनलाइनबाट जसले पनि टिकट बुक गर्नसक्ने हुँदा होल्डका कारण मूल्य बढ्दैन। ‘हामीले एयर एसियाको टिकट सस्तोमा दिइरहेका छौं, ट्राभल एजेन्सीले के गर्छन् थाहा छैन,’ उनले भने।
मलेसियन एयरलायन्सको एजेन्ट कम्पनी प्रेसिडेन्ट ट्राभलका सञ्चालक भोला थापाले टिकटको मूल्य बढेको नभई सिट नै नभएका कारण महँगो पर्न गएको बताए। ‘बजारमा मागअनुसार नै मूल्य तय हुन्छ, कसैले त्यसै बढाएको छैन,’ उनले
भने, ‘न नेपाल एयरलायन्सले फ्लाइट थप्न सकेको छ न अरू एयरलायन्सले सिट पुर्‍याउन सकेको छ।’
Loading...

यसमा तपाइको मत

main बाट अन्य

श्रीमान मेरो पक्षलाई हदै सम्म सजाय गरियोस

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

संगठित अपराध; भ्रम र यथार्थ

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

हाम्रो स्वाभिमानका लागि भारत सङ्ग कुरागर्ने हिम्मत गर्नु पर्छ

Spread the loveएउटा भनाइ छ, अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ। जब राज्य कम्जोर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, रास्ट्रले अन्तरास्ट्रिय साख गुमाउंछ। अहिले हाम्रो अवस्था यस्तै हो। जब रास्ट्र अपमानित...

पशुपतिमा अन्याय भयो भनी कराइरहेकालाई जग्गा दिलाउने न्याय

Spread the loveहरि प्रसाद प्रधान नेपालमा प्रधान न्यायालयको प्रधान न्यायाधीश बनाउन भारतवाट झिकाइएका थिए । सो प्रयोजनका लागि उक्त पदका लागि लायक नेपाली नपाइए बिदेशी नागरिकलाई नियुक्त गर्न सकिने गरी नेपालको अन्तरीम शासन ऐन,...

विकल्प नसोचिएको दल र कार्यकर्ताको हित हुने प्रणाली

Spread the loveनेपालमा अवको शासकिय स्वरुप कस्तो वन्नु पर्दछ भन्ने वहश चलिरहेको सन्दर्भमा आफनै देशमा प्रयोग गरिएको प्रणाली र विश्वका विभिन्न राज्यले गरेकोे प्रयोग अनि त्यसको परिणाम हाम्रो लागि वास्तविक प्रयोगशालामा परिक्षण पश्चातका ब्यवाहारिक...

फोरम द्वारा १ दिने अन्तरकृया सम्पन्न

Spread the love पर्यटन ब्यवसायको क्षेत्रमा कार्यरत कानून ब्यवसायीहरुको संस्था टुरिजम लयर्स फोरम नेपालले नेपालको कर प्रणाली, कानून र पर्यटन ब्यवसाय बिषयक एक दिने अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । कर्यक्रममा बौद्ध, सिनामंगल, गौसाला तथा...

मुलुकी संहिता लागू भएसँगै १४ वटा ऐन खारेज, ३६ वटा संशोधन

Spread the loveकाठमाडौं जंगबहादुर राणाले १६५ वर्षअघि लागू गरेको मुलुकी ऐन गत भाद्र १ गतेदेखि विधिवत रुपमा खारेज भएको छ । भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी ऐन मुलुकी देवानी (संहिता) ऐन,...

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

Spread the love“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र...

निर्मला ! तिमीले सुतेकाहरुलाई उठाएकी छौ

Spread the loveसमाजमा हुने घटनाले मानिसमा पारेको प्रभाव पिडा वनेर ब्यक्त हुन्छ । त्यही पिडा कतै कथा, कविता र विभिन्न भावमा प्रस्फुटन हुन्छ । निर्मला पन्तको हत्या र अपराधीलाई बचाउन अपारध नियन्त्रण गर्ने अधिकार...

पर्यटन कानून मसौदाको लागि छलफल कार्यक्रम सम्पन्न

Spread the love काठमाण्डौ ठमेल स्थित होटल बैसालीमा प्रदेश नं. ३ का उद्योग, पर्यटन तथा वातावरण समिती, पर्यटन विज्ञ, ब्यवसायी र पर्यटन क्षेत्रमा कार्यरत कानून ब्यववसायी विच प्रदेशले वनाउने पर्यटन कानून, यसको तर्जुमा र प्रभावकारी...