संसारमा बिजोडीको कामै छैन

Loading...
Spread the love

सविता विमली

कविता संग्रह दुई थोपा आँशुको प्रकाशनपछि लेखिका मञ्जु विमलीको दोस्रो कृति खीर भर्खरै बजारमा आएको छ । संस्मरणात्मक निबन्ध संग्रह खीरमा लेखिकाले आफ्नो बाल्यकालको वर्णन छ थान निबन्धमार्फत गरेकी छिन् ।

एउटी स्कुले विद्यार्थीले पसलमा प्याड किन्दै गरेको दृश्यले फ्ल्यास ब्याकमा पुगेकी लेखिकाले आफ्नो प्रथम रजस्वलाको अनुभूतिलाई खोल्मामा बितेको रातमा व्यक्त गरेकी छिन् । वास्तवमा नै उनको भोगाइसँग आज पनि अरू थुप्रै भोगाइहरूले तादात्म्य राखे झैं लाग्दछ । विवाहपछिको पहिलो दशैं मनाउन एक्लै माइत पुगेकी उनी फर्किंदा निकै लामो चक्काजाममा पर्दछिन् । त्यो रातमा शारीरिक पीडाबाट बेहोश हुन पुगेका दुई घटनाहरूको वर्णन गरिएको छ ।

Sabita Bimali

वैवाहिक सम्बन्धको विच्छेदनपश्चात उनले पुनः जीवनमा कसैको साथको आवश्यकताको बोध गरेकी छिन् । जीवनलाई अब एउटा साथ दिनुपर्छ भन्दै उनले जीवनलाई रङ्गाउने प्रण गरेकी छिन् र उनको यो प्रणले मूर्तता पनि पाइसकेको छ ।

कहिल्लै नगएको मावल जान लागेकी लेखिकालाई यो थाहा छैन कि उनले लगाउन ठिक्क पारेका जुत्ता उनको खुट्टाभन्दा साना छन् भनेर । हिड्दै जाँदा जुत्ताले दिएको पीडा र मावल पुगेपछिको रमाइलो जुत्ता र मावलमा प्रकट भएको छ । पिताको मृत्युसँगै बिदेसिएकी उनले दसौं वर्षपछि फर्किएर मनाएको दशैंमा आफ्ना बाबुलाई अत्यन्तै सम्झिएकी छिन् । बाबु हँदाको र अहिलेको दशैंमा उनले थुप्रै भिन्नता महशुस गरेकी छिन् । विवाहपछिको दशैंको पनि सम्झना गरेकी उनलाई आफ्ना बाबुसँग मनाएका ती कलिला दशैंहरूको सम्झना अत्यन्तै प्रिय लागेको छ ।

अन्तिम निबन्ध खीरबाटै संग्रहको नामकरण गरिएको छ । साउन पन्ध्रमा खीर खाने चलनको निरन्तरताका लागि ग्याँसमाथि प्रेसर कुकरमा बसाएको खीरले पनि उनलाई अतितमा नै फर्काएको छ । घरमा पाक्ने प्रत्येक आइतबारको खीर जुन उनका बाबुले पकाउँथे । त्यो खीरको स्वरूप, सुगन्ध, स्वाद आज उनले पकाउन खोजेको खीरमा भेट्न सकेकी छैनन् । दूध, चामल, मसला सबै छुट्टिएको खीर सोचेजस्तो बन्न सक्दैन । त्यसैले त उनले जीवनलाई नै खीर भनिदिइन् ।

बाबुले पकाएको खीरजस्तै बाक्लो र स्वादिलो जीवन अरूको भयो होला तर आफ्नो जीवन त्यही सानो प्रेसर कुकरमा बासी भातमा दूध र चिनी हालेर पकाएजस्तो छोक्राइलो बनेको गुनासो छ उनको । जीवन सोचेजस्तो नभएको बताउने मञ्जु आफ्नो एक्लो जीवनलाई एकपाटो सुकेको खीरजस्तै भन्छिन् । खीरसँग जोडिएको उनको यो जीवनदर्शन अत्यन्तै मार्मिक छ ।

पूर्वी पहाडी जिल्ला तेह्रथुममा जन्मी हुर्किएकी लेखिकाले त्यहींको भूगोल, जनजीवन, चालचलन, परम्परालाई आफ्नो लेखनीमा समेटेकी छिन् । आत्मपरक निबन्धहरूको यो संगालोमा पूर्वेली भाषिकाको प्रयोग पनि देख्न पाइन्छ । लेखिकाकै पिता, सन्तरे बा, बिजुवा, बिजुवानी, ताराका बोलीमा खाट्टी पूर्वेलीपन पाइन्छ । सोल्लर, मुन्टा, भड्डु, खमार, पैनीजस्ता भाषिकागत शब्दको प्रयोग पनि भेटिन्छ । खोला तर्ने बेलामा बाती बालेर फूल चढाउने चलन, दशैंमा कुलायनको पूजा र मौलो हान्ने परम्पराले ग्रामीण संस्कृतिका नमुना प्रस्तुत गरेको छ ।

पहाडका उकाली, ओराली, गाईवस्तु, गोठालो, घाँसका भारी, भुटेका मकै, धुले अचार, कोदाको ढिंडो, धुलौटे स्कुल, मितिनी, मधेशको यात्रा तथा नन्द भाउजूका प्रसङ्गमा लेखकले आफ्नी भाउजूलाई अत्यन्तै श्रद्घाका साथ सम्झिएकी छिन् भने आमा र माइजूको प्रसङ्गमा पनि भाउजूलाई आमा बिर्साउने भनिएको छ । सामान्यत : परिवारमा नन्द भाउजूको सम्बन्धमा देखिने तीतोपना यहाँ पाइदैन ।

मितिनीले दिएको मन परेको चिम्टी यात्राका क्रममा हराएपछि बाँकी एउटा जुन एक्लै टाउकोमा सुहाउँदैन । संसारमा बिजोडीको कामै छैन भनेर चिम्टीको प्रसङ्गमा लेखिकाले भने पनि यो उनको सम्बन्धमा आएको फुट र घातको परिणाम प्रकट भएको अभिव्यक्ति हो झैं लाग्दछ । वास्तवमा नै संसारमा बिजोडी हुनु दुःखद अवस्था हो । अन्तत : उनले जोडी पाएकी छिन्….शुभकामना । खीर आत्मपरक संस्मरणात्मक निबन्धको संग्रहनीय संगालो बन्न पुगेको छ ।

Loading...

यसमा तपाइको मत

पुस्तक बाट अन्य

किशानको अधिकार र कानूनी सन्दर्भ समेटीएको पुस्तक आयोगद्धारा सार्वजनिक

Spread the loveकाठमाण्डौ: राष्ट्रिय मानव अधिकार आयोगले किसानको अधिकार सम्वन्धि कानूनहरुको पुनरावलोकन अध्ययन प्रतिवेदन शुक्रबार एक कार्यक्रमका विच सार्वजनिक गरेको छ । पुस्तकमा किशानको अधिकारको एतिहाँसिक सन्दर्भ, नेपालको संविधानले गरेका व्यवस्था, अन्तराष्ट्रिय कानून र...

दुष्कृति कानून: अदालतको व्यवस्थापन देखेर पंक्तिकारका आँखा रसाए

Spread the loveकाठमाण्डौ (पुस्तक समिक्षा): नेपालमा खासै प्रचलनमा नरहेको तर विश्वमा प्रचलित दुष्कृति कानूनलाई मुलुकी देवानी (संहिता) ऐन २०७४ ले कानूनी रुप दिएपछि यसको चर्चा व्यापक भइरहेको छ । यसै कानूनलाई अझ बढी परिभाषित...

डा. श्रेष्ठको पीडितशास्त्र पूस्तक विमोचन

Spread the loveकाठमाण्डौ: विश्वका कुनै विकसित मुलुक भन्दा नेपाल पहिलो हो जस्ले अपराध पिडितको हक लाई मौलिक हकको रुपमा मान्यता प्रदान गरेको छ । नेपालको संविधान २०७२ को धारा २१ अन्र्तगत अपराध पिडितको हक...

रोजगारीमा गएका युवाको पीडा समेट्दै मुदिर

Spread the loveकेही वर्षअघि युवा गजलकारका रूपमा राम्रो छाप छाडेका मीनराज वसन्त साहित्यिक वातावरणबाट अचानक बेपत्ता भए । करिब पाँच वर्ष उनको कुनै अत्तोपत्तो भएन । केही समयअघि मात्र थाहा भयो– उनी वैदेशिक रोजगारीका...

क्रसरोड्स सार्वजनिक

Spread the loveमाधव अधिकारी /काठमाडौँ  पोखरा विश्वविद्यालयको उच्च शिक्षा अध्ययन संस्थान आएसरले क्रसरोड्स नामक कथासङ्ग्रह बजारमा ल्याएको छ । दुई वर्ष अघि ल्याइएको हुलाकी सङ्ग्रहबाट साहित्य प्रकाशन सुरु गरेको संस्थाले १७ कथाकारका एक एक वटा...

साहित्यकार विष्टको कामरेडको कथा उत्कृष्ठ वर्ष पुस्तक

Spread the loveकाठमाण्डौ: फेडोल साहित्य प्रतिष्ठानले साहित्यकार गायत्री विष्टलाई सम्मान गर्ने निर्णय गरेको छ । साहित्यकार विष्टको कामरेडको कथा २०७२ साल भरिमा प्रकासित भएका सम्पुर्ण पुस्तकहरुमध्येको उत्कृष्ठ पुस्तकको रुपमा समावेस भएका कारण विष्टलाई सम्मान गरिने...

पत्रकार लुइटेलको जलेको मन अमेरिकामा सार्वजनिक

Spread the loveलस एन्जल: पत्रकार एवं साहित्यकार गुणराज लुइटेलले अमेरिकाबाट आफ्नो कविता संग्रह जलेको मनु ल्याएका छन । प्रथम अन्तरराष्ट्रिय च्याप्टर सम्मेलन तथा विश्व काव्य गोष्ठीको उद्घाटनमा जलेको मनु को विमोचन गरिएको छ। लुइँटेलको कविता...

प्रियासनको पुनरागमन सार्वजनिक

Spread the loveदाङ: पत्रकार एवं साहित्यकार सविन प्रियासनद्वारा लिखित पुनरागमन उपन्यासको मंगलबार विमोचन गरिएको छ । मंगलबार दाङको घोराहीमा आयोजित एक कार्यक्रममा पुनरागमन उपन्यासको विमोचन गरिएको हो । पत्रकार महिलाहरुको संघर्षशील कथा समेटिएके उपन्यासको जिल्लाका...

कथामा अल्झिएको प्रेम शनिबार सार्वजनिक हुने

Spread the loveप्रेम दिवस लगतै कथाकार संगीता श्रेष्ठ प्रेमसम्बन्धी आफ्नो कथा लिएर पाठक माझ आएकी छन् । उनीद्वारा लिखित प्रेकथाको संग्रह कथामा अल्झिएका प्रेम यही साता सार्वजनिक हुदै छ । विभिन्न उमेरसमूहका मानिसबीच विभिन्न क्षेत्रमा...

रविन्द्र अधिकारीको “समृद्ध नेपाल” विमोचन

Spread the loveनेपाल लिटरेचर फेस्टिभलको पाँचौ संस्करणमा सांसद तथा संसदीय विकास समितिका अध्यक्ष रविन्द्र अधिकारीको कृति “समृद्ध नेपाल” को विमोचन भएको छ । पोखराको पार्दीमा शुरु भएको उक्त फेस्टिभलमा अधिकारीले बालबालिकाको हातबाट आफ्नो कृति...