जेठ ८, काठमाडौं । दिलशोभा श्रेष्ठले चलाएको ‘आमाघर’ मा सञ्चारमाध्यममा आएजस्तो यौनदुराचार भएको नपाइएको राष्ट्रिय मानवअधिकार आयोगले प्रस्ट पारेको छ।
‘आमाघरबाट २०७० फागुन १४ गते बालबालिकाको स्थानान्तरण गर्ने भनी निर्णय भएको अवस्थामा सोही दिन बिहान नागरिक दैनिकले समाचार प्रकाशन गरे पनि प्रहरीबाट अनुसन्धान भई यौनदुराचारको घटना नभएको पुष्टि भएको बुझिएको छ।
आयोगबाट हालसम्म भएको अनुसन्धानबाट पनि यौनदुराचार भएको पुष्टि हुने कुनै आधार प्राप्त छैन’, आमाघरबारे आयोगले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ। आयोगले आरोप लगाउनुअघि व्यक्तिको गोपनीयताको हकलाई समेत ध्यान दिन सबै पक्षलाई आग्रह गरेको छ।
आयोगले अनुगमन गर्दा अमिल्दा विभिन्न तथ्य पनि फेलापरेको जनाएको छ। ‘श्री वृद्धावस्था व्यवस्थापन तथा सामाजिक कल्याण गुठी’ का नाममा जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको संस्था ‘आमाघर’ को विधानमा बालबालिका राख्ने व्यवस्था नभएको र जिल्ला बालकल्याण समितिबाट बालगृह सञ्चालन गर्ने कुनै पनि प्रकारको स्वीकृति नलिएको पाइयो’, प्रतिवेदनमा छ।
त्यस्तै प्रतिवेदनमा आमाघरमा रहेका बालबालिकालाई सडकबाट ल्याएर राखिएको भन्ने दाबी गरिए पनि अधिकांश कर्णाली अञ्चलबाट ल्याइएका र धेरैको अभिभावक भएको उल्लेख छ। कालीकोटबाट मात्र १५ जना ल्याइएको अनुसन्धानबाट देखिएको छ। आश्रित बालबालिकालाई आमाघरले क्रिस्चियन धर्मका पुस्तकमात्र अध्ययन गराउने र सोही धर्मको प्रार्थना गराउने गरेको बुझिएको आयोगले जनाएको छ।
आमाघरले बालगृह सञ्चालन मापदण्डअनुसार बालबालिकाको भर्ना, सेवा र सुविधा, दायित्व, गोपनीयता, अनुशासन, बिदाइ/पुनर्मिलन योजनाजस्ता कुनै पनि प्रावधान पूरा नगरेको पाइएको प्रतिवेदनमा छ। बालबालिकालाई अस्वस्थकर स्थानमा राखिएको, पोषण र स्वास्थ्यको वास्ता पनि नगरिएको आयोगले जनाएको छ।
आमाघरबाट बालबालिकालाई घरेलु कामदारका रूपमा पठाएको पुष्टि भएको छ। ‘आमाघरले बालश्रम निषेध र नियमित गर्ने ऐन २०५६ दफा ३, १९, बालअधिकार महासन्धिको धारा ३ को उपदफा १ उल्लंघन गरेकाले आमाघरकी सञ्चालिकाले कानुनद्वारा दण्डनीय कार्य गरेको स्पष्ट देखिन्छ’, प्रतिवेदनमा छ। आमाघरमा राखिएका ज्येष्ठ नागरिकको उचित भोजन, सरसफाइ, स्वास्थ्यउपचार तथा सुरक्षाको प्रबन्ध नभएको पनि आयोगले स्पष्ट पारेको छ।
आयोगले सरकारलाई पनि १२ वटा बुँदामा विभिन्न सुझाउ तथा सिफारिस गरेको छ। आमाघरलाई कानुनी प्रक्रिया पूरा नगरी बालबालिका नराख्न निर्देशन दिने, आश्रित बालबालिकालाई घरेलु काममा लगाउन दिन नहुने, त्यस्ताको पुनस्र्थापना गर्नुपर्ने, बालश्रमविपरीतका काममा छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने, नियमसंगत चल्न निर्देशन दिनुपर्नेलगायत सुझाउ आयोगले दिएको छ।
यसमा तपाइको मत
main बाट अन्य

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

Spread the loveएउटा भनाइ छ, अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ। जब राज्य कम्जोर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, रास्ट्रले अन्तरास्ट्रिय साख गुमाउंछ। अहिले हाम्रो अवस्था यस्तै हो। जब रास्ट्र अपमानित...

Spread the loveहरि प्रसाद प्रधान नेपालमा प्रधान न्यायालयको प्रधान न्यायाधीश बनाउन भारतवाट झिकाइएका थिए । सो प्रयोजनका लागि उक्त पदका लागि लायक नेपाली नपाइए बिदेशी नागरिकलाई नियुक्त गर्न सकिने गरी नेपालको अन्तरीम शासन ऐन,...

Spread the loveनेपालमा अवको शासकिय स्वरुप कस्तो वन्नु पर्दछ भन्ने वहश चलिरहेको सन्दर्भमा आफनै देशमा प्रयोग गरिएको प्रणाली र विश्वका विभिन्न राज्यले गरेकोे प्रयोग अनि त्यसको परिणाम हाम्रो लागि वास्तविक प्रयोगशालामा परिक्षण पश्चातका ब्यवाहारिक...

Spread the love पर्यटन ब्यवसायको क्षेत्रमा कार्यरत कानून ब्यवसायीहरुको संस्था टुरिजम लयर्स फोरम नेपालले नेपालको कर प्रणाली, कानून र पर्यटन ब्यवसाय बिषयक एक दिने अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । कर्यक्रममा बौद्ध, सिनामंगल, गौसाला तथा...

Spread the loveकाठमाडौं जंगबहादुर राणाले १६५ वर्षअघि लागू गरेको मुलुकी ऐन गत भाद्र १ गतेदेखि विधिवत रुपमा खारेज भएको छ । भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी ऐन मुलुकी देवानी (संहिता) ऐन,...

Spread the love“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र...

Spread the loveसमाजमा हुने घटनाले मानिसमा पारेको प्रभाव पिडा वनेर ब्यक्त हुन्छ । त्यही पिडा कतै कथा, कविता र विभिन्न भावमा प्रस्फुटन हुन्छ । निर्मला पन्तको हत्या र अपराधीलाई बचाउन अपारध नियन्त्रण गर्ने अधिकार...

Spread the love काठमाण्डौ ठमेल स्थित होटल बैसालीमा प्रदेश नं. ३ का उद्योग, पर्यटन तथा वातावरण समिती, पर्यटन विज्ञ, ब्यवसायी र पर्यटन क्षेत्रमा कार्यरत कानून ब्यववसायी विच प्रदेशले वनाउने पर्यटन कानून, यसको तर्जुमा र प्रभावकारी...