एमाले सभासदले पार्टीबाट निर्देशन नमान्ने

Loading...
Spread the love

जेठ ९, काठमाडौं । सर्वोच्च अदालतका स्थायी न्यायाधीशका लागि न्यायपरिषदको सिफारिसमा परेका कतिपय न्यायाधीशहरु विरुद्ध प्रमुख प्रतिपक्षी दल एमाओवादी भन्दा कडा रुपमा सत्तारुढ दल नेकपा एमालेकै सभासदहरु उत्रने अडान लिइएका छन । एमालेका सदस्यहरुले शुक्रबार शुरुहुने न्यायाधीशहरुको सुनुवाइ पश्चात हुने अन्तिम निर्णय प्रक्रियामा केही व्यक्तिहरुको विपक्षमा उभिने भएका हुन।

UML office

‘स्वयं सर्वोच्च अदालतले नै केही व्यक्तिहरुको न्यायसम्पादन, कार्यदक्षता, आचरण र निश्पक्षतामाथि गम्भिर प्रश्न उठाउदै कारबाहीका लागि सिफारिस गरेको छ। समितिले त्यस्ता व्यक्तिहरुलाई अनुमोदन गर्नु भनेको न्यायलयकै फैसलाको अनादर न्यायलयको अबहेलना गर्नु हो एमालेका सदस्य रामकुमार भट्टराइले भने । अहिलेसम्म पार्टीबाट कुनै निर्देशन आएको छैन, तर यदि भोली त्यस्तो निर्देशन आएछ भने पनि हामी आफ्नो विवेकको मत जाहेर गर्दै नोटअफ डिसेन्ट लेख्छौ। पार्टीले अनुसाशनको उलंघनको नाममा कारबाही गरे गर्छ, तर त्यस्ता व्यक्तिलाई बोक्ने वाला छैनौं ।

एमालेका अर्का सभासद रवीन्द्र अधिकारीले अहिलेसम्म कुनै पनि व्यक्ति सर्वसम्मत अनुमोदन हुने सम्भावना नरहेको र पार्टीको व्हिपका अहिलेसम्म वा त्यस्तो कुनै निर्देशन नआउको भन्दै अधिकारीले भने, ‘समितिको बैठकमा सदस्यहरुले विवेकको मत प्रयोग गर्ने छौं ।

सिफारिसमा परेका व्यक्तिहरुलाई समितिले अस्विकार गर्न कुल सदस्य संख्याको दुइ तिहाइ मत आवश्यक भए पनि अनुमोदनका लागि ७५ सदस्यीय समतिका २४ जनाले मात्रै समर्थन गरे पनि अनुमोदन हुन सक्छ। कांग्रेसको योजना अनुसार बहुमत नपुगेर अल्पमतमै भने पनि अनुमोदन भएर सर्वोच्च पुगेमा त्यस्ता न्यायाधीशहरुप्रति उठन सक्ने नैतिक प्रश्नको जवाफमा समितिका एक सदस्यले भने, ‘नैतिकताको प्रश्न हामीहरुलाई लाग्छ, सर्वोच्च अदालतमा जागिर नभइ नहुने न्यायाधीशहरुका लागि लाग्दैन’।

समितिमा सदस्यहरुविच विवादका बाबजुद बुधबारको सहमति अनुसार समितिको सचिवालयले बिहिबार सिफारिसमा परेका आठै जना न्यायधीशहरुलाई शुक्रबार बिहान ८ बजे सुनुवाइका लागि समितिको बैठक सिंहदरबारमा उपस्थित हुन पत्राचार गरेको छ।

Loading...

यसमा तपाइको मत

main बाट अन्य

श्रीमान मेरो पक्षलाई हदै सम्म सजाय गरियोस

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

संगठित अपराध; भ्रम र यथार्थ

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

हाम्रो स्वाभिमानका लागि भारत सङ्ग कुरागर्ने हिम्मत गर्नु पर्छ

Spread the loveएउटा भनाइ छ, अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ। जब राज्य कम्जोर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, रास्ट्रले अन्तरास्ट्रिय साख गुमाउंछ। अहिले हाम्रो अवस्था यस्तै हो। जब रास्ट्र अपमानित...

पशुपतिमा अन्याय भयो भनी कराइरहेकालाई जग्गा दिलाउने न्याय

Spread the loveहरि प्रसाद प्रधान नेपालमा प्रधान न्यायालयको प्रधान न्यायाधीश बनाउन भारतवाट झिकाइएका थिए । सो प्रयोजनका लागि उक्त पदका लागि लायक नेपाली नपाइए बिदेशी नागरिकलाई नियुक्त गर्न सकिने गरी नेपालको अन्तरीम शासन ऐन,...

विकल्प नसोचिएको दल र कार्यकर्ताको हित हुने प्रणाली

Spread the loveनेपालमा अवको शासकिय स्वरुप कस्तो वन्नु पर्दछ भन्ने वहश चलिरहेको सन्दर्भमा आफनै देशमा प्रयोग गरिएको प्रणाली र विश्वका विभिन्न राज्यले गरेकोे प्रयोग अनि त्यसको परिणाम हाम्रो लागि वास्तविक प्रयोगशालामा परिक्षण पश्चातका ब्यवाहारिक...

फोरम द्वारा १ दिने अन्तरकृया सम्पन्न

Spread the love पर्यटन ब्यवसायको क्षेत्रमा कार्यरत कानून ब्यवसायीहरुको संस्था टुरिजम लयर्स फोरम नेपालले नेपालको कर प्रणाली, कानून र पर्यटन ब्यवसाय बिषयक एक दिने अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । कर्यक्रममा बौद्ध, सिनामंगल, गौसाला तथा...

मुलुकी संहिता लागू भएसँगै १४ वटा ऐन खारेज, ३६ वटा संशोधन

Spread the loveकाठमाडौं जंगबहादुर राणाले १६५ वर्षअघि लागू गरेको मुलुकी ऐन गत भाद्र १ गतेदेखि विधिवत रुपमा खारेज भएको छ । भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी ऐन मुलुकी देवानी (संहिता) ऐन,...

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

Spread the love“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र...

निर्मला ! तिमीले सुतेकाहरुलाई उठाएकी छौ

Spread the loveसमाजमा हुने घटनाले मानिसमा पारेको प्रभाव पिडा वनेर ब्यक्त हुन्छ । त्यही पिडा कतै कथा, कविता र विभिन्न भावमा प्रस्फुटन हुन्छ । निर्मला पन्तको हत्या र अपराधीलाई बचाउन अपारध नियन्त्रण गर्ने अधिकार...

पर्यटन कानून मसौदाको लागि छलफल कार्यक्रम सम्पन्न

Spread the love काठमाण्डौ ठमेल स्थित होटल बैसालीमा प्रदेश नं. ३ का उद्योग, पर्यटन तथा वातावरण समिती, पर्यटन विज्ञ, ब्यवसायी र पर्यटन क्षेत्रमा कार्यरत कानून ब्यववसायी विच प्रदेशले वनाउने पर्यटन कानून, यसको तर्जुमा र प्रभावकारी...