गोपाल पराजुलीलाई सांसदहरुको प्रश्न र उनको जवाफ

Loading...
Spread the love
जेठ ९, काठमाडौं । सर्वोच्च अदालतमा सिफारिस गरिएका आठ जना न्यायाधीशहरुको सुनुवाई भइरहेको छ। शुक्रबार दिउँसो गोपाल पराजुलीको सुनुवाई भइरहेको छ। अहिले सांसदहरुले उनलाई प्रश्न गरिरहेका छन्।
के प्रश्न गरिरहेका छन् सांसदहरुले पराजुलीलाई? हेर्नोस्, जस्ताको तस्तै।
रामकुमार भट्टराई, एमाले
यहाँ समितिमा पस्दा नरम र बाहिरिएपछि संसदलाई नटेर्ने अवस्था छ। त्यो भोलि जारी रहन्छ कि रहँदैन? संविधानप्रति उत्तरदायी हुन्छु भन्ने तर व्यवहारमा नहुने कुराको ग्यारेन्टी कसरी लाग्ला?
कृपाराम राना एमाले
तपाईँले उपदेशमूलक भनाइ राख्ने काम भयो। तर, तपाईँको बारेमा २१ वटा उजुरी छन्। तपाइले कुन कानुनका आधार ४/४ वटी बिहे गर्नु भयो? स्त्री धन कुन आधारमा नस्ट गर्नु भयो?
शेरधन राई एमाले
८ जना मध्ये सबैभन्दा बढी विवादास्पद तपाईँ हुनुहुन्छ। तपाईँका बारेका उजुरी हेर्दा सर्वोच्चको न्यायाधीश हुन लायक देखिनुहुन्न। यसको जवाफ दिनु भएन भने आज न्यायालयप्रति जुन उठेका विषयको बारे के भन्नु हुन्छ?
प्रकाशशरण महत कांग्रेस
पहिलो त तपाईँले संसदले कानुन बनाउने र न्यायलयले व्याख्या र पालना गर्ने कुरा गर्नु भयो। तर यसमा कहाँ समस्या छ व्यवहारमा। सर्वोच्चमा कस्तो सुधारको कार्य गर्नु पर्ला? तपाईँ विरुद्ध हाइ प्रोफाइलमा बसेको व्यक्तिविरुद्ध उजुरी आएको छ तर त्यो भनेर आत्तिनु पर्दैन तर त्यी उजुरी असत्य हुन् भनी बुझाइदिए हामी तपाईँप्रति ज्यादा विश्वस्त हुने थियौं। तपाईँले यी आरोपका विषयमा कसरी जवाफ दिनुहुन्छ? शक्ति सन्तुलनको विषय बारे के धारणा छ?
एकनाथ ढकाल परिवार दल
मेरो पार्टीको नारा वान लाइफ वान हस्बेड वान वाइफ भन्ने हो तर तपाईँ मनोगामी की पोलीगामी?
गिरिराजमणी पोख्रेल एमाओवादी
तपाईँ जनकपुरमा जाँदा एक कर्मचारी लिएर हिँडेको भन्थे। जहाँ गए पनि विदाइ बारले गरेको छैन। तपाईँले राजनीतिक कुरा पनि गर्नु भयो। तपाईँ विचारको दृष्टिकोणले कम्युनिष्ट विरोधी भनेर चिनिन्छ भने तपाईँ सम्मानित आन्दोलनलाई कसरी न्याय गर्नु हुन्छ?
तुलसा राना माओवादी
गोरखा बैकको मुद्दा १७ पटक सारेको आरोप छ। तपाईँले न्यायालयलाई कसरी समानुपातिक र समावेशी बनाउनु हुन्छ?
प्रेमबहादुर सिंह समाजवादी पाटी नेपाल
विगत केही दिन यता अदालतको आफ्नै कार्यले योप्रतिको धारणमा ह्रास आएको छ। अदालतले राजनीतिक विषयमा पनि प्रवेश गरेको छ। यस अवस्थामा शक्ति पृथकीकरणको सिद्धान्तलाई मान्छ?
महेन्द्र यादव कांग्रेस 
तपाईँको कुरा सुन्दा तपाईँ स्पष्ट विचार भएको पाए। जहाँ गए पनि काम गर्न सक्नु हुन्छ। अब नयाँ संविधानमा कस्तो अदालत हुनुपर्छ?
अतहर कमाल मुसलमान स्वतन्त्र
उजुरी माग गरेपछि त्यो आउने कुरा सामान्य हो। अब २१ वटा उजुरी केही पनि होइन। १८ हजार मुद्दाको फैसलाको सुनुवाई हो। अहिले कानुनले गर्दा हो कि अरु कुनै कारण अदालत जनउत्तरदायी हुन सकेन?
कुन्ती कुमारी शाही राप्रपा नेपाल
यति लामो अनुभव लिँदा तपाईँले अहिले न्यायपालिकाभित्र जुन प्रस्तावित न्यायाधीशको बारेमा विवाद आएको बेलामा ती प्रश्नको बारेमा कसरी भ्रष्टाचार मुक्त र महिला बालबालिका मैत्री बनाउन सकिन्छ र भोलिका दिनमा त्यो आवश्यक छ कि छैन?
अइन्द्र सुन्दर नेम्वाइ नेकपा माले
सबैभन्दा बढी र गम्भीर आरोप लागेको व्यक्तिले भोलि न्यायालय स्वच्छ बनाउन के गर्नु हुन्छ? १८ हजार मुद्दा न्यायाधीश नभएर होइन आर्थिक लेनदेनले पनि हो। न्यायपालिकालाई निष्पक्ष, राजनीतिक हस्तक्षेप विहीन कसरी बनाउनु हुन्छ?
गणेशमान गुरुङ एमाले
ट्रान्स्परेन्सी इन्टरनेशनलले नेपालमा भ्रष्टाचार व्याप्त भनेको छ त्यो कम गर्न के गर्नुहुन्छ?
आरजु राणा कांग्रेस
तपाइले छिटो छरितो न्याय सम्पादन गर्ने कुरा गरेको हेर्दा अहिले छैन भन्ने प्रष्ट हुन्छ। अब तपाईँ ३ वटा मुख्य के गर्नुहुन्छ जसले न्यायमा सुधार होस्। तपाईँविरुद्धको उजुरीको जवाफ दिनु होला। तपाईँ ४ श्रीमती भएको व्यक्तिले महिलालाई कसरी सम्मान गर्न सक्नु हुन्छ?
लक्ष्मणलाल कर्ण, सद्भावना पार्टी
२१ वटा उजुरीको प्रश्न उनलाई दिएर जवाफ दिन आग्रह गर्छु। मोहीको जग्गा आफैँले किन्ने कस्तो न्याय र उचित हो? चारवटा विवाहको बारेमा यहाँ कुरा उठ्यो। दुईवटा श्रीमती एकैसाथ राख्नु पनि गैरकानुनी हो। स्वास्नी दुईटा सँगै राख्ने सम्बन्ध विच्छेद नगरी राखिरहेको हो भने सिभिल सर्भेन्टका लागि अपराध हो। सबभन्दा बढी उजुरी तपाईँको विरुद्ध छ। स्वतन्त्र न्यायपालिकाका लागि यत्तिका आरोप लागेका व्यक्ति कसरी न्यायाधीश हुने?
प्रभु साह एमाओवादी
तपाईँको पहिलो श्रीमती स्वइच्छाले हो कि जबरजस्ती? जो अहिले पनि जीवित छन्। स्वतन्त्र न्यायपालिकाले राजनीतिक मुद्दामा हात हाल्दा न्यायालयको साख बढाएको छ? अहिलेको परिवर्तनलाई कसरी लिनुहुन्छ? सर्वोच्चको न्याय सम्पादनको कार्य योजना के छ? विकृति विसंगति हटाउन के योजना छ?
भानुभक्त ढकाल एमाले 
बलात्कारीलाई छुटाएको, स्त्रीधन नासेको र ४ श्रीमती ल्याएर लैँगिक न्याय कसरी भयो? तासको खालमा तपाइको फोटो आएको बारे के हो? प्रधानन्यायाधीश आफू बन्न अदृश्य भूमिकाबारे तपाईँको धारणा के छ?
राजेन्द्र पाण्डे एमाले
म चारवटा विवाहको कुरा गर्दिन। २१ वटा उजुरी हेर्दा अधिकांश उजुरीको स्वरुप र घटना आर्थिक चलखेलमै केन्द्रीत भएर गरेका देखिन्छन्। यसबारे जताततै चर्चा छ कि सेटिङ मिलाएर फैसला गर्ने कुरा पनि छ। तपाईँ स्थायी र प्रधानन्यायधीश हुने व्यक्तिले सर्वोच्चमा कानुनका खरिद बिक्री हुँदैन भन्ने विश्वास गर्ने? २१ दिनको फरकमा ७० फागुन ९ गते र २८ गते अर्को हाइडो पावरमा फरकफरक आदेश दिनुभएको छ। यसबारे आर्थिक चलखेल नभए के?
Baidhyanath

गोपाल पराजुलीले दिए सभासद्हरुलाई जवाफ:

बादेबादे तत्वबोध भनेजस्तै, तातोपानीले आगो लगाउँदैन। मेरो बारेमा उठेको चारित्रिक प्रश्नको बारेमा मेरा वचन र शब्दहरु र मेरा अभिव्यक्तिहरु झुटो भएमा तपाईँहरुले न्याय गरे हुन्छ।
मेरो जीवन कष्टप्रद छ। म राजनीतिक व्यक्ति हुँदा कष्टप्रद थियो। परिवार विखण्डित भयो। श्रीमती मरेपछि मलाई पत्रकारले लेख्दा सोधेर लेखेको भए म धन्य हुन्थेँ। यस्तो झुठो कुरा कसैले सहन सक्दैन। केजरीवाल अहिले जेलमा छन् भने यहाँ पनि त्यो बुझेको भए हुन्थ्यो। तर, मैले मेरो श्रीमती दुर्घटनामा परेपछि दोस्रो विवाह गरेँ। मलाई पटकपटक अराष्ट्रिय भनी सम्बन्ध विच्छेद गराइयो। मैले भनेको गलत भए म प्रमाण दिन तयार छु। मलाई प्रायश्चित होइन, म उजागर भएको छु। मैले यो देशमा लोकतन्त्र, विधिको शासनका लागि धेरै काम गरेको छु। मेरो मानवअधिकार र विधिको शासनप्रति समर्पण छ।
मैले कानुनको प्रतिकूल काम गरेको छैन। त्यो पुष्टि भए सर्वोच्चले नै निकाल्छ गलत्याउँछ। मैले २३ वर्षको बलिदानी कार्यले यो पद पाएको हो।
प्रकाश वस्तीको कुरा मेरो क्षेत्राधिकार बाहिरको हो।
कस्तो विवाद हो? मैले १५ हजार फैसला गरेँ होला। तर त्यसको बारेमा मैले कुनै त्यस्तो गैरकानुनी गरेको छैन। पोखरामा छँदा मैले १ सय ९१ रोपनी सार्वजनिक जग्गा बचाएको थिएँ।
आत्मरतिपूर्ण प्रश्नको बारेमा क्षमा चाहन्छु। कसैको पनि चरित्रको बारेमा कुरा गर्दा प्रमाण बिना गर्नु हुँदैन।
तपाईँहरु साच्चै सिरियस भए मैले भूपू न्यायाधीशको मुद्दामा मैले जुन फैसला गरेँ, त्यसले उहाले सधै मेरो खेदो गरिरहनुभयो। उहाले ऐरेगैरे नत्थु खैरे भनी क्षेत्राधिकारको प्रतिकूल गर्नुभयो। मलाई कसैले अन्याय गर्दा मैले भोलि न्याय पाउँला? उहाँले आफ्नो शेयर भएको पत्रिकामा समाचार भनी प्रकाशित गरेपछि मेरो बारेमा यो उजुरी आयो।
उद्धव केसीद्धारा सेतोपाटी अनलाइनमा हुने नहुने कुरा आएको छ। मेरो बारेमा उद्धव केसीले जुन उजुरी गरेका छन्, मान्छे जीवित भएकाले मैले फैसला गरेको हो।
किरणसिँह बस्नेतको कुरामा म महिलाप्रति सम्बेदनशील व्यक्ति हुँ। हाम्रा फैसला कानुनका आधारमा गरिन्छ।
विचाराधीन मुद्दाको बारेमा मैले बोल्न मिल्दैन। परिषद्ले स्पष्टीकरण दिएको छ। विराटनगरमा विदाइ नपाएको कुरा कानुनको कुरा होइन। विदाइको कुरा गर्नुहुन्छ भने ३० किलोको माला छ म चाहे देखाउन सक्छु।
म आत्मपरक उजुरी भन्छु। रेखादेवीको बारेमा कुरा गर्दा मैले अहिले सम्म आमा बाबुको सम्पति छोराछोरीले माग गरे निजी भन्न पाउँदैनन्। जसले भनेको छ उसले प्रमाण ल्याए भनौँला।
मुद्दाहरुको बाणिज्य इजलासको बारेमा पनि पत्रपत्रिकाले राम्रो गरेको भन्ने आएको थियो। म यो फैसला हुँदा सायद गोरखा गएको थिए। पोखरा फुलबारीले लिएको जग्गा सार्वजनिक भनेको थिएँ।
म यो पदमा आउनु भन्दा पहिला मसग रिगरोड र महाराजगञ्जको जग्गा अहिले छैन। मेरो सम्पति बारे झिकाएर हेरे हुन्छ।
उद्धव केसीको उजुरीमा उनले श्रीमतीसँगको डिभोर्स केसबारे सिडिओ कार्यालबाट नभएपछि मकहाँ आएपछि मैले कानुन बमोजिम गरेको हो।
न्यायपरिषद् ऐनमा कुनै पनि न्यायाधीशले दुई वर्षको एकपटक सम्पति विवरण बुझाउने व्यवस्था छ त्यसको मोनिटरिङ गर्ने व्यवस्था भए धेरै हदसम्म नियन्त्रण हुन्छ।
भ्रष्टाचारको बारेमा नातावाद कृपावाद हिजो पनि थियो आज पनि छ त्यसको अन्त्यभन्दा न्यूनीकरण गर्नुपर्छ। हामीकहाँ भ्रष्टाचार बारे हेर्ने निकाय छ। व्यक्तिपरक अपराधमा म संलग्न छैन। सबै उच्च ओहोदामा बस्ने सबैको सम्पत्ति विवरण हेर्नु पर्छ। अहिले पनि अदालतका कर्मचारीको जीवन शैली हेरे सबै थाहा हुन्छ।
मलाई एन्टिलेफ्ट भनी भन्नुभयो। म जन्म नै गणतन्त्रवादी थिएँ भने म कसरी त्यो भए होला? ६२ सालमा म महेन्दनगरमा गएर १ सय २३ बन्दी राजनीतिककर्मीलाई छुटाउन एडभोकेसी फोरम मार्फत गएर हातहतियार सुसज्जित कार्यक्रममा गएर पछि छुटाएँ। यो मेरो गणतन्त्रप्रतिको प्रतिवद्धताले हो। सार्वजनिक अपराधमा माओवादीलाइ जसरी पनि थुन्नु पर्छ भनी डडेलधुराको जोगबुढामा झडप भएको भन्दै मुद्दा आयो। उनीहरुको बारेमा किर्ते मुद्दा देखेपछि न्यायलाई कानुन र दसीले दिवंगत गर्नु हुँदैन। म कुन पक्षको?
मलाइ कुनै विरोधी भनी कल्पना नगरे पनि हुन्छ।
सार्क सम्मेलनमा राष्ट्रपति गयुम नेपालमा आएर सोल्टी होटलमा राख्ने कुरामा सोल्टीका मजदुरले आन्दोलन गरे र उनीहरु निकालिँदा मैले पुनर्स्थापित गरेको छु।
कहिले एमाले समर्थक कहिले माओवादी समर्थक भएको छु। आक्रोश पनि प्रमाण नभई गर्नु हुँदैन। तपाईँहरु आशंकित र आक्रोशित हुनुहुन्छ। तर त्यो हुनु हुँदैन। मैले सबैको जवाफ दिन सकेँ कि सकिँन थाहा छैन।
धेरै काम गरिरहेने मान्छेलाई विवाद आउँछ।
मैले न्यायाधीश भएपछि ७ पटक पाटनमा बसेको छु। वरिष्ठहरुका फैसला उल्टिए पनि मेरो सदर बदर भएको छ उल्टिएको छैन।
मैले कति थुनेको थिए, कति छाडेँ थाहा भएन। मैले सर्वाधिक फैसला गरेको छु। यहा सारविहिन संख्या मात्रै उजुरी आएको छ। मकै गोड्दा ठूलो घोगा लाग्न बोट हल्लाएजस्तै यहाँ हल्लाएको होला।
मान्छे जहिले पनि सेन्ट्रिक छ। मान्छेको उत्पतिदेखि नै त्यही भएको छ।
म त सर्वोच्च अदालतमा बसिसकेको हुँदा अब संविधान बनाउँदा तपाईँहरुले जस्तो संविधान र कानुन बनाउनु हुन्छ, त्यही अनुसारको न्यायालय हुन्छ। स्वतन्त्र न्यायालय बनाउनु पर्छ।
यति भनेपछि अब धेरै ओठ बझाइरहनुपर्ने जस्तो लाग्दैन। setopaty.com
Loading...

यसमा तपाइको मत

main बाट अन्य

श्रीमान मेरो पक्षलाई हदै सम्म सजाय गरियोस

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

संगठित अपराध; भ्रम र यथार्थ

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

हाम्रो स्वाभिमानका लागि भारत सङ्ग कुरागर्ने हिम्मत गर्नु पर्छ

Spread the loveएउटा भनाइ छ, अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ। जब राज्य कम्जोर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, रास्ट्रले अन्तरास्ट्रिय साख गुमाउंछ। अहिले हाम्रो अवस्था यस्तै हो। जब रास्ट्र अपमानित...

पशुपतिमा अन्याय भयो भनी कराइरहेकालाई जग्गा दिलाउने न्याय

Spread the loveहरि प्रसाद प्रधान नेपालमा प्रधान न्यायालयको प्रधान न्यायाधीश बनाउन भारतवाट झिकाइएका थिए । सो प्रयोजनका लागि उक्त पदका लागि लायक नेपाली नपाइए बिदेशी नागरिकलाई नियुक्त गर्न सकिने गरी नेपालको अन्तरीम शासन ऐन,...

विकल्प नसोचिएको दल र कार्यकर्ताको हित हुने प्रणाली

Spread the loveनेपालमा अवको शासकिय स्वरुप कस्तो वन्नु पर्दछ भन्ने वहश चलिरहेको सन्दर्भमा आफनै देशमा प्रयोग गरिएको प्रणाली र विश्वका विभिन्न राज्यले गरेकोे प्रयोग अनि त्यसको परिणाम हाम्रो लागि वास्तविक प्रयोगशालामा परिक्षण पश्चातका ब्यवाहारिक...

फोरम द्वारा १ दिने अन्तरकृया सम्पन्न

Spread the love पर्यटन ब्यवसायको क्षेत्रमा कार्यरत कानून ब्यवसायीहरुको संस्था टुरिजम लयर्स फोरम नेपालले नेपालको कर प्रणाली, कानून र पर्यटन ब्यवसाय बिषयक एक दिने अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । कर्यक्रममा बौद्ध, सिनामंगल, गौसाला तथा...

मुलुकी संहिता लागू भएसँगै १४ वटा ऐन खारेज, ३६ वटा संशोधन

Spread the loveकाठमाडौं जंगबहादुर राणाले १६५ वर्षअघि लागू गरेको मुलुकी ऐन गत भाद्र १ गतेदेखि विधिवत रुपमा खारेज भएको छ । भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी ऐन मुलुकी देवानी (संहिता) ऐन,...

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

Spread the love“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र...

निर्मला ! तिमीले सुतेकाहरुलाई उठाएकी छौ

Spread the loveसमाजमा हुने घटनाले मानिसमा पारेको प्रभाव पिडा वनेर ब्यक्त हुन्छ । त्यही पिडा कतै कथा, कविता र विभिन्न भावमा प्रस्फुटन हुन्छ । निर्मला पन्तको हत्या र अपराधीलाई बचाउन अपारध नियन्त्रण गर्ने अधिकार...

पर्यटन कानून मसौदाको लागि छलफल कार्यक्रम सम्पन्न

Spread the love काठमाण्डौ ठमेल स्थित होटल बैसालीमा प्रदेश नं. ३ का उद्योग, पर्यटन तथा वातावरण समिती, पर्यटन विज्ञ, ब्यवसायी र पर्यटन क्षेत्रमा कार्यरत कानून ब्यववसायी विच प्रदेशले वनाउने पर्यटन कानून, यसको तर्जुमा र प्रभावकारी...