सुनुवाइ विशेष समितिमा प्रस्तावित न्यायाधीश दिपकराज जोशीलाई प्रस्न र जवाफ

Loading...
Spread the love
जेठ १०, काठमाडौं । संसदको सुनुवाइ विशेष समितिले सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश दिपकराज जोशीसँग सुनुवाइ गरिरहेको छ ।
सिंहदरवारमा जारी बैठकमा सभासदहरुले जोशीको कार्यक्षमताबारे प्रश्न उठाएका छन् ।
अमरसिंह पुन (कांग्रेस)
न्यायक्षेत्र र संसदबीचको बढ्दो चिसोपनलाई लोकतन्त्रमा सदन र न्यायलयबीचको सम्बन्ध सुधार्न के गर्नु हुन्छ? सहज, सुलभ र सस्तो न्याय सम्पादनको के छ योजना?
कृपाराम राना एमाले 
न्यायधीशले गरेको फैसलामा उसको क्षमता झल्किन्छ। तपाईले भन्नुभयो कानुनको सर्वोच्चता मेरो प्रतिवद्धता हो भन्नुभयो भने सर्वोच्चको फैसलामा तपाईले मान्नु हुन्छ? बझाङमा ५७ सालमा एक हत्या आरोपीलाई छाडिदिनु भयो जसले पुनः ६२ सालमा अर्को व्यक्तिलाई मारेका छन् र तपाईँलाई खिलराज रेग्मीले दोषी भनेका छन के भन्नु हुन्छ?
भीम रावल एमाले
हामीले कानुनको शासनमा विश्वास गर्छौ। तर सर्वोच्चले समेत न्यायिक टिप्पणी गरी परिषदमा कारबाहीका लागि लेखी पठाएको रहेछ। यस्तो गम्भीर आरोप लागेको व्यक्तिबाट कानुनका शासन, स्वतन्त्र न्याय र जनतालाई न्याय दिन सक्न्छि?
हरिचरण शाह (नेपाली जनता दल)
तपाईँले जवाफ दिन सक्नु भएन भने तपाइलाई कसरी पठाउने? न्यायधिशहरुबीच पनि आपसमा दुष्मनी छ कि के हो? कहि उहाँले गरेका कतिपय फैसला उनीहरु विरुद्ध फैसला गरेकाले रिस सादेको त हैनन्?
युवराज ज्ञावाली एमाले
न्यायलय जनताको पहुँचभन्दा बाहिर गइ भ्रष्टाचारको थलो भयो भन्ने आरोप छ। सर्वोच्चले नै अयोग्य भनेको व्यक्तिलाई परिषदले सिफारिस गरेको छ अब कसरी तपाइलाई किन पठाउने?
आरजु राणा कांग्रेस
यो सुनुवाइले न्यायालयमा पनि विभाजन रहेछ। एकरुपता रहेनछ। राजनीतिमा त विमति हुन्छ तर एउटै किताब पढेकाबीचको विमतिले न्यायलयमा कस्तो प्रभाव पार्ला? न्यायालयको कामकारबाही अझै पनि १७ औ १८ औ सताव्दीको अवस्थामा छ त्यसलाई उठाउन के गर्नु पर्छ?
अन्जना चौधरी एमाले
बझाङको मुद्दामा तपाइले ज्यान मार्नेलाई छाडेको बारे के हो?
भिष्मराज आगदम्बे कांग्रेस
न्याय सम्पादनमा सर्वसुलभ र सस्तो कसरी बनाउन सकिएला? तारिख लिन पनि खर्च गरी आउनु पर्नेमा कसरी सुधार गर्न सकिएला?
४ जनाले योग्यले भनेको व्यक्तिलाई एकले अयोग्य भन्दा कसरी लिने? प्रधान न्यायधीशले गरेको निर्णयलाई न्यायधीशले विरोध गर्दा कस्तो नैतीक धरातल रहला?
शिवजी यादव फोरम नेपाल
हिजोकै सुनुवाइमा एकु व्यक्तिले यो सुनुवाइ समिति न्यायधीशको पनि न्यायधीश हो भनेको थिए। यसो भनिरहदा यहाँ प्रोफेसनल हुनुहुन्छ। तपाईँले आफ्नो व्यक्तिगत विवरणमा आफूले ४८ सालसम्म प्राध्यापन गरिरहेको भन्नु भएको छ। यसलाइ कसरी लिने? पुनरावेदनमा गल्ति भए सर्वोच्चले सच्याउछ तर सर्वोच्चमा गल्ति भए के गर्ने?
बृजेशकुमार गुप्ता (तमलोपा)
कार्यक्षमता, ज्ञान छैन भन्ने परिषदकै आरोप छ । तपाईँले २१ वर्षृमा कति मुद्दा फैसला गर्नु भयो र कतिवटा सदर र कति बदर भयो? तपाईले कारागार निरीक्षणमा जाँदा कैदी छाड्नु भयो, तर, कारबाहीका लागि भनेको कुरा तपाई आफैले किन पालना गर्नु भएन? नियुक्ति हुनुपूर्व तपाईको सम्पत्ति कति थियो र अहिले कति छ त्यो पेश गर्न सक्नुहुन्छ?
रविन्द्र अधिकारी एमाले
सर्वोच्च अदालतले कारबाहीका लागि न्याय परिषदमा सिफारिस गरेको तर कारबाही नगरेको अवस्थामा कि त सर्वोच्च अदालतले गल्ती गदैन भन्नु पर्यो गल्ती गर्छ भने कस्तो कारबाही गर्नु पर्ला? न्यायधीशले गल्ति गर्दा कुन तरिकाबाट मुल्यांकन र कारबाही गर्नु पर्दछ? सुनुवाइबाट कि महाअभियोगबाट? नोटअफ डिसेन्ट आउने ठूलो कुरा नभए पनि गम्भीर प्रकृतिको भएकोले यसलाई र गतवर्षको न्यायलयको न्यायिक टिप्पणीलाई कसरी लिनु भएको छ? न्यायलयमा योग्य व्यक्तिलाई ल्याउने विधी कस्तो होला?
लक्ष्मणलाल कर्ण सदभावना पार्टी
तपाईलाइ अदालतकै न्यायधिसले अयोग्य भनेको बेलामा तपाइ किन जान चाहनुहुन्छ?
प्रेमबहादुर सिंह
१३ वर्षीया बोल्न नसक्ने बालिको बलात्कारका अभियुक्तलाई र ज्यानसम्बन्धी मुद्धामा पनि कारागार निरिक्षण गर्दा छुटाएको आरोप छ। अरुले गरेको फैसला तफाईले नमान्ने हो भने तपाइको पनि अरुले किन मान्ने।
इच्छाराज तामाग एमाले
न्याय सम्पादनमा स्वच्छ र स्वास्थ्य व्यत्तिः हुनु पर्छ तपाईँमा त्यो बारे के भन्नु हुन्छ?
अष्टलक्ष्मी शाक्य
बलात्कारीलाई छुट दिने, कार्य क्षमता नभएको लागू औषध कारोबारीलाई छाडेको भन्ने आरेापसहित कारबाहीका लागि सिफारिस गरेको व्यक्ति सर्वोच्चका लागि कसरी उपयुक्त होला?
अइन्द्रसुन्दर नेम्वाङ(नेकपा माले)
तपाईमाथि लागेको आरोपमाथि कसरी लिनु भएको छ? ज्ञान र कार्यक्षमताकै प्रश्नका साथ लागूऔषध तस्करलाई छाडेको आरेाप लागेको छ। कारबाही गर्नुपर्ने व्यक्तिलाई छाडेकोमा तपाइलाई न्यायालयले नै कारबाही गर्न माग गरेको छ के भन्नु हुन्छ?
महेन्द्र यादव कांग्रेस
सुनुवाइ प्रति कत्तिको झ्याउ लागिरहेको छ? हामीले जनताको तर्फबाट प्रश्न गर्दा तपाईलाई इन्टरेस्टिङ लागेकेा छैन?
सर्वोच्चमा मुद्दा लड्न राजधानीको मानिसले ७० रुपैयाँमा तारेख लिन सक्छ भने बाहिरको व्यक्तिलाई सहज र सस्तो कसरी गर्न सकिएला?
भानुभक्त ढकाल एमाले
कार्यक्षमताको बारेमा अदालतले नै न्यायिक टिप्पणी गरेको छ त्यो मान्नु बाध्यकारी छ कि छैन? तपाईँको बारेमो परिषदकै सदस्यले लेखेको टिप्पणी बारे के भन्नु हुन्छ? रामकुमार श्रेष्ठ भ्रष्ट छबी नभएको भन्नु भयो त्यसको अर्थ अरु भ्रष्ट हुन भनी प्रश्न गरे के भन्नु हुन्छ? अहिले आएको प्रचारबाजीको कस्तो अनुभूति भएको छ?
बालकृष्ण खाण कांग्रेस 
सुनुवाइले धेरैकुरा सतहमा ल्याइदिएको छ। कार्यपालिका र व्यवस्थापिकाबीच मतान्तर हुन्छ तर, न्यायापालिका र व्यवस्थापिका बीच कम मतान्तर हुन्छ।  तर, अहिलेका अबस्थामा के धारणा छ? बेन्च र बारबीचको बिमती कसरी मिलाएर जानु पर्ला? परिषदकै एक वरिष्ठ न्यायधीशले नै नेाटअफ डिसेन्ट लेखेको कुरामा कति गम्भीर रुपमा लिनु पर्ला सुनुवाइ समितिले?
कासीक अलि सिद्धिकी (संघिय समाजवादी पार्टी नेपाल)
तपाईको कार्यक्षमताको विरुद्ध प्रश्न उठेको छ। परिषदको सिफारिसका बारेमा सुनुवाइ समितिले जुन पत्र लेख्यो के छ धारण? समयमै नसकेपछि लाइन काटियो त्यसपछि आपत्ति जनाए र भने मैले भोलि देखी लेखेर दिन्छु
प्रकाशशरण महत (कांग्रेस) 
पूर्वदेखि पश्चिमसम्मको अनुभव देख्दा राम्रो लाग्यो। उजुरीका सवालमा कतिले जिते र कतिले हारे त्यसको आधारमा उजुरी पर्‍यो त्यसलाई गहिराइमा पुगेर छानबीन गर्न समितिले सक्दैन। तर परिषदको सिफारिमा ४ जनाले सक्षम इमान्दार, वरिष्ठ क्षमता छ भने तर एकले छैन भने अब हामीले कस्को कुरा सुन्ने? अर्को क्षतिपूर्तिको कुरा उठाउदा न्याय प्रदानका क्रममा त्रुटि भएमा क्षतिपूर्ति दिनेबारे के छ तपाइको धारणा? तपाइले सर्वोच्च अदालतको नेतृत्व गर्दा योजना के छ?

यस्तो छ सभासदलाई प्रस्तावित न्यायाधीश दीपकराज जोशीको जवाफ

संसदको सुनुवाइ विशेष समितिले सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश दिपकराज जोशीले सभासदको प्रश्नको जवाफ दिने क्रममा  न्यायपरिषद सदस्य रामकुमारप्रसाद साहको नोट अफ डिसेन्टलाई खच्चडको कथाको संज्ञा दिएका छन्।
न्यायपरिषदको बैठकमा सर्वोच्च अदालतका न्यायाधीश शाहले पेश गरेको लिखित नोट अफ डिसेन्टको कुनै काम छैन भन्दै जोशीले सडक बनाउँदा खच्चडले काम पाउँदैन भनेर विरोध गरेजस्तै हो भन्दै साहको आलोचना गरेका हुन्। न्यायाधीश नियुक्तिका सम्बन्धमा साहले राखेको असहमतिसहितको नोट अफ डिसेन्टप्रति जोशी खनिएका हुन्।
जोशीले मिसिल नै नहेरी अपराधीलाई थुनामुक्त गरेको भन्ने आरोपको पनि खण्डन गरेका छन्। अदालतले दोषी नभनुञ्जेल कानूनले दिएको सुविधा आरोपित व्यक्तिले पाउनुपर्ने भन्दै जोशीले आफूले गरेको फैसला कानूनसम्मत रहेको दाबी गरेका छन् ।

मैले ५५ लाख लिएको भन्ने आरोपको आरोप लागाउनेले पुष्टी गर्ने हो मैले गर्न सक्दिन। मेरो सम्पत्तिको सवालमा न्यायाधीश बन्नुअघि काठमाडौंमा ३ ठाउँमा जग्गा थियो अहिले छैन। मैले तलब भत्ताबाहेक केही पनि कसैबाट लिएको छैन। म ल क्याम्पसमा प्रेसिडेन्ट हुँदा भिन्न प्रकारको आरोप लगाइयो। बरु म मर्न सक्छु तर न्यायका लागि आफ्नो अडान छाड्दीन। प्रतिगामीहरुसँग म सम्झौता गर्न सक्दीन।

 

मुलुकी ऐनको संसोधन गर्नै हुँदैन भन्ने पनि छन्। एउटा कथा भन्दै एउटा गाउँमा बाटो बनाउने भनी लाग्दा केही व्यक्तिहरुले विरोध गरे। विरेाध किन गरेको भन्ने प्रश्नको जवाफमा बाटो खनेपछि खच्चरले काम पाउदैन भने जस्तै मेरो विरुद्धको नेाट अफडिसेन्ट लेखेको हो।

 

न्यायधीशले जे पनि लेख्न मिल्छ? न्यायिक टिप्पणीमा फरक हुनुमा व्यक्तिगत व्याकग्राउडमा पनि भरपर्छ। म र विश्वनाथ साह वकिलबाट आएको हो सरकारी वकिलको पृष्टभूमिबाट आएकाले आफूभन्दा भिन्न पृष्टभूमिका विरुद्ध फरक टिप्पणी गरेका हुन। यदि यहीँ कारण मलाई अस्वीकार गरी पठाइयो भने भोलिका दिनमा जनताले होइन सरकारी वकिलले बहस गर्ने मुद्दाको र सरकारको जित हुन्छ।

 

सरकार भनेको चिल हो, जनता भनेको चल्ला र अदालतको न्यायधीश माउ हो जस्ले चल्लाको बचाउ गर्नु पर्छ।

मैले सर्वोच्चको विषेश बेन्च खिलराज रेग्मी सहितको वेन्चले नै प्रहरीले अभियुक्तलाई आरोप प्रमाणीत नभएसम्म छाड्न सक्ने आधारमा मैले पनि झापाको मुद्दामा छाडेको हुँ।

Setopati.com

Loading...

यसमा तपाइको मत

main बाट अन्य

श्रीमान मेरो पक्षलाई हदै सम्म सजाय गरियोस

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

संगठित अपराध; भ्रम र यथार्थ

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

हाम्रो स्वाभिमानका लागि भारत सङ्ग कुरागर्ने हिम्मत गर्नु पर्छ

Spread the loveएउटा भनाइ छ, अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ। जब राज्य कम्जोर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, रास्ट्रले अन्तरास्ट्रिय साख गुमाउंछ। अहिले हाम्रो अवस्था यस्तै हो। जब रास्ट्र अपमानित...

पशुपतिमा अन्याय भयो भनी कराइरहेकालाई जग्गा दिलाउने न्याय

Spread the loveहरि प्रसाद प्रधान नेपालमा प्रधान न्यायालयको प्रधान न्यायाधीश बनाउन भारतवाट झिकाइएका थिए । सो प्रयोजनका लागि उक्त पदका लागि लायक नेपाली नपाइए बिदेशी नागरिकलाई नियुक्त गर्न सकिने गरी नेपालको अन्तरीम शासन ऐन,...

विकल्प नसोचिएको दल र कार्यकर्ताको हित हुने प्रणाली

Spread the loveनेपालमा अवको शासकिय स्वरुप कस्तो वन्नु पर्दछ भन्ने वहश चलिरहेको सन्दर्भमा आफनै देशमा प्रयोग गरिएको प्रणाली र विश्वका विभिन्न राज्यले गरेकोे प्रयोग अनि त्यसको परिणाम हाम्रो लागि वास्तविक प्रयोगशालामा परिक्षण पश्चातका ब्यवाहारिक...

फोरम द्वारा १ दिने अन्तरकृया सम्पन्न

Spread the love पर्यटन ब्यवसायको क्षेत्रमा कार्यरत कानून ब्यवसायीहरुको संस्था टुरिजम लयर्स फोरम नेपालले नेपालको कर प्रणाली, कानून र पर्यटन ब्यवसाय बिषयक एक दिने अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । कर्यक्रममा बौद्ध, सिनामंगल, गौसाला तथा...

मुलुकी संहिता लागू भएसँगै १४ वटा ऐन खारेज, ३६ वटा संशोधन

Spread the loveकाठमाडौं जंगबहादुर राणाले १६५ वर्षअघि लागू गरेको मुलुकी ऐन गत भाद्र १ गतेदेखि विधिवत रुपमा खारेज भएको छ । भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी ऐन मुलुकी देवानी (संहिता) ऐन,...

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

Spread the love“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र...

निर्मला ! तिमीले सुतेकाहरुलाई उठाएकी छौ

Spread the loveसमाजमा हुने घटनाले मानिसमा पारेको प्रभाव पिडा वनेर ब्यक्त हुन्छ । त्यही पिडा कतै कथा, कविता र विभिन्न भावमा प्रस्फुटन हुन्छ । निर्मला पन्तको हत्या र अपराधीलाई बचाउन अपारध नियन्त्रण गर्ने अधिकार...

पर्यटन कानून मसौदाको लागि छलफल कार्यक्रम सम्पन्न

Spread the love काठमाण्डौ ठमेल स्थित होटल बैसालीमा प्रदेश नं. ३ का उद्योग, पर्यटन तथा वातावरण समिती, पर्यटन विज्ञ, ब्यवसायी र पर्यटन क्षेत्रमा कार्यरत कानून ब्यववसायी विच प्रदेशले वनाउने पर्यटन कानून, यसको तर्जुमा र प्रभावकारी...