सुनुवाइ विशेष समितिमा प्रस्तावित न्यायाधीश गोविन्दकुमार उपाध्यायलाई प्रस्न र जवाफ

Loading...
Spread the love

जेठ १०, काठमाडौं । संसदको सुनुवाइ विशेष समितिले सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश गोविन्दकुमार उपाध्यायसँग सुनुवाइ गरिरहेको छ। सिंहदरवारमा जारी बैठकमा सभासदहरुले जोशीको कार्यक्षमताबारे प्रश्न उठाइरहेका छन्।

बालकृष्ण खाण (कांग्रेस)

तपाई न्यायधीश भएर पनि तरकारी किन्न आफै जाने गरेको हो भने यो उजुरी गर्ने विषयभन्दा अभिनन्दन गर्ने विषय हो। हाम्रो हार्दिक इच्छा भनेको तपाईहरुले यी प्रश्नहरुको हार्दिकताका साथ जवाफ दिनु होला। ८ जनालाई अनुमोदन होस भन्ने लाग्छ कि गुण र दोषका आधारमा छानीनु पर्छ?

शिवजी यादव (फोरम नेपाल)

तपाई पनि रौतहटबाट हुनुहुन्छ। तपाई पनि मधेशको नाताले मधेसी कोटामा परेको ठान्नु हुन्छ? थरले मात्र होइन विभिन्न निकायमा जागिर खाँदा विभिन्न व्यक्तिले मधेसी भन्दै खाएका छन। छ भने त्यसमा गर्ब  गर्नु हुन्छ?
लक्ष्मण लाल कर्ण (सदभावना पार्टी) 
सर्वोच्च अदालत मधेस मैत्री छैन । चाहे सेनाकोृ सवाल होस वा नागरिकताको सवालमा। तपाईले तरकारी लिन जाने कुरा सुने त्यो गर्ब लाग्यो तर न्यायधीशले पियनको तलब पनि खाने कुरा भन्दा ठूलो अपराध के हुन सक्छ? नेपाली नागरिक भनि सायद पियनले हालेको उजुरी होला। यदि खाएकै हो भने अब नखानु होला

गणेशमान गुरुग (एमाले) 

सर्वोच्चमा थुप्रिएको मुद्दाको चाँङ के कारणले होला?
भीम रावल एमाले
तपाईँले आफ्नो कार्यकालमा न्यायलयको स्वच्छताको कायम कसरी गर्न सकिन्छ। द्धन्द्ध समाधान गर्नुपर्ने बेलामा सर्वोच्च अदालत अझ स्वच्छ बनाउनु पर्नेछ। त्यसका बारेमा स्पष्ट पार्नु हुन्छ भन्ने विश्वास लिएको छु।
यज्ञबहादुर थापा कांग्रेस
नोट अफ डिसेन्टले हाम्रो दिमाग खलबल्याइदिएको छ। भोलि प्रधान न्यायधीश हुनेले आरोप लगाएको छ। भोलि सँगै बस्ने अवस्था आउन सक्छ। त्यो बेला सामान्य घरझगडाको कुरा होइन। न्यायधीशको कुरा हो यसमा केन्द्रीत रहेर काम गर्नु होला सुभेच्छा छ।

तुलसा राना (एमाओवादी) 

सर्वोच्चमा १० स्थायी पदका लागि ८ जनामात्रै सिफारिस भएको छ। योग्य नभएर हो कि के कारण हो १० पदमै सिफारिस नभएको?
कृपाराम राना एमाले
रामकुमारप्रसाद साहको नोटअफ डिसेन्ट बारे के भनाइ छ? तपाईँ ८ जनामा जेष्ठ व्यक्ति तर तपाईको उजुरी हेर्दा अहिले ६३ वर्षमा पनि महिला प्रति भुतुक्कै हुने गर्ने प्रबृति त छैन?

अष्टलक्ष्मी शाक्य

अघि म सरल छिटो र कम खर्चिलो न्यायको पक्षमा छु भन्नु भयो तर भावनाले मात्र हुदैन। कार्ययोजना छैन भने कसरी काम गर्नु हुन्छ? म तपाईँलाई महिलाप्रति भुतुक्कै हुनुहुन्छ भन्दिन। तर, यहाँ तपाईलाई दिपायलमा माफी नमागेको भएकालो मोसो दल्ने अवस्था थियो भनेको छ। त्यो हो भने न्यायधीशले यस्तो व्यवहार गर्नु हुन्छ?
युवराज ज्ञावाली
तपाईले आफ्ना बारेमा स्पष्ट जवाफ दिनु होला
महेन्द्र यादव कांग्रेस
तपाईले प्रधानन्यायाधीशको निर्देशनमा काम गर्ने भन्नु भयो त्योभन्दा बाहिर काम गर्नु हुदैन? तपाई एक पार्टी नेताको नाता र सिफारिसमा आएको भन्ने छ भने भोलि तपाईले उनको प्रभावमा काम गर्नु हुन्छ कि?

हरिचरण शाह (नेपाली जनता दल)

हामी यहाँ पनि फरक फरक दलका छौ तर तपाईँ न्यायधीश भएर गएपछि रामकुमारप्रसाद साहले मुद्दा नै नदिए के गर्नु हुन्छ? फेरी झगडा गर्नु हुन्छ की?
शेरधन राई (एमाले)
तपाई पियनको तलब आफै खाने, स्त्री भनेपछि भुतुक्के हुने भन्ने लगायतका आरोपमा कसरी सफाइ दिनु हुन्छ? परिषदको पत्रमा हामी संसदप्रति उत्तरदायी छैनौ भन्ने आएको छ भने अर्को सवोच्चले २६ जनाको मनोनयनको कुरा आएको छ यसलाइ कसरी लिनुहुन्छ?

भानुभक्त ढकाल (एमाले)

यहाँले गरेका मुद्दामा १९४ वटा बदर भएको छ। यो कार्यक्षमतामा प्रश्न उठाएको छ। फरक लिंगलप्रतिको व्यवहार न्याय सम्पादनमा पर्छ कि पर्दैन। रामकुमारप्रसाद साहको विमति के कारण ले आएको हो? तपाईँका बारेमा भएको प्रचार के हो?

गोपाल दहित (थरुहट तराई पार्टी)

नेपालको संविधान अुनसार समावेशी समानुपातिक प्रतिनिधित्व हुनु पर्छ भन्ने व्यवस्था अनुसार भोलि यहाँले के गर्नु हुन्छ? परिषदको बैठकमा नोटअफ डिसेन्ट लेख्ने अवस्था आउनुका कारण के हो?
रामजनम चौधरी (फोरम लोकतान्त्रिक)
प्रधान न्यायधीशको आदेश मात्र काम गर्ने भए कसरी काम हुन्छ? परिषदका सदस्यले झगडालु प्रबृतिको हुनुहुन्छ भन्ने आरोप अनुसार अहिले नै प्रश्न गर्दा अलि सजग हुनु भयो कतै त्यो सत्य त होइन?

चित्र बहादुर केसी (राष्ट्रिय जनमोर्चा)

तपाईँहरुभन्दा योग्यलाई लखेटी आउँदा न्याय भएको ठान्नु हुन्छ? तपाइहरुलाई सिफारिस गरेपछि आएको यति धेरै टिका टिप्पणीलाई लिएर कसरी गएर काम गर्नु हुन्छ? तपाईँहरु यहाँ कसरी आउनु भयो? नेपालमा संघिय प्रणालीमा जादा सर्वोच्चको सट्टा संबैधानिक न्यायलय आवश्यक हो?

अमरसिंह पुन (कांग्रेस)

तपाइप्रति तीनै उजुरी र एक नोटअफ डिसेन्ट आएको छ। त्यसको जवाफ दिनु हुन भन्दै तपाइले नियुक्ति हुँदा साउन २४ भने पनि यहाँ २३ गते लेखिएको छ भने यसले भोलि न्यायलयमा यस्तो नगर्नु होला।

जयदेव जोशी (नेकपा संयुक्त)

तपाईँ सर्वोच्चमा गएपछि चाडोभन्दा चाडो न्याय सम्पादनका लागि कसरी काम गर्नु हुन्छ? अहिलेको बार र बेन्चको सम्बन्ध सुधारमा के गर्नु हुन्छ? न्यायधीश सिफारिसको प्रकृया सहि छ? फैसला हुने कार्यन्वयन नहुने अवस्था छ त्यसमा कसरी परिवर्तन गर्न सकिन्छ?

हृदयराम थानी (कांग्रेस)

अहिले अदालतमा भएको मुद्दाको चांङ, अदालतमा घुसको कुरा आइरहेको छ। यदि स्थायी न्यायधीश भएमा अदालतमा कसरी काम गर्नु हुन्छ? तपाई झगडालु स्वभाव भनी परिषदकै सदस्यले लेखेको अवस्थामा भोलि तपाई दुई एउटै बेन्चमा परेमा के गर्नु होला? पदीय मर्यादाको बारेमा पनि प्रश्न उठेको छ। यसको जवाफ दिन आग्रह दिदै सुभकामना दिन्छु।
बद्री पाण्डे (कांग्रेस)
परिषदका सदस्यले लगाएको आरोपहरु झगडालु, महिलाको सवालमा पनि विवादस्पदजस्ता कुरा आएको बेला यो हो भने कसरी तपाईलाई सिफारिस गर्ने? होइन भने किन तपाईँका बारेमा यस्तो लेखियो होला? अदालतप्रतिको विश्वास पुनर्स्थापित गर्न के गर्नु पर्ला?

रविन्द्र अधिकारी (एमाले)

तपाईको सिफारिसमा असहमति जनाउँदै सर्वोच्च न्यायाधीशले नोटअफ डिसेन्ट लेखेका छन्, यसमा कुनै रिसिइविले हो कि के हो? भोलि सिफारिस भएमा कि त तपाई सही उहाँ गलत कि तपाईँ गलत उहाँ सहि हुनुपर्‍यो । तपाई झगडालु प्रवृतिको हुनुहुन्छ भन्ने छ के हो? यसले असर गर्छ, ताप्लेजुङको एउटा मुद्दामा तपाइभन्दा फरक रामकुमारप्रसाद साहले फरक गरे यो के हो? सर्वोच्च अदालतका न्यायधीशलाई कसले हेर्ने।

इच्छाराज तामाग (एमाले)

सर्वोच्चको न्यायधीश जस्तो गरिमामय पदमा सिफारिस हुनु भएको छ त्यसका लागि तपाईँसँग के के योग्यता छ?
प्रकाशशरण महत कांग्रेस 
तपाईलाई लागेका आरोपका बारेमा गम्भीर छानबीन गरी पुष्टि गर्न सक्ने हामीसँग सम्भावना छैन तर परिषदका ४ जनाले योग्य भनेको व्यक्तिलाई एकजनाले अयोग्य भनि गम्भीर आरोप लगाएको बारे के भन्नु हुन्छ। तपाईले कानुनी राज्यको प्रतिवद्धता भने पनि सर्वोच्च अदालतले संसदको अधिकारमाथि हस्तक्षेप गरेको भन्ने बारे के भनाइ छ? न्याय कम खर्चिलो, सर्वसुलभ कसरी हुन सक्दछ? तपाईले प्रधान न्यायधिशले दिएको काम गर्ने भन्नु भयो भने अदालत टिमवर्कमा चल्छ कि प्रधान न्यायधीशको निर्णयमा मात्रै चल्छ?

बृजेश कुमार गुप्ता (तमलोपा)

तपाइले २१ वर्षको वकिल कार्यकालमा कति मुद्दा जित्नु भयो कति हार्नु भयो। पछि न्यायधीश भएपछि तपाईँले गरेका कति मुद्दा सदर कति बदर वा उल्टिएका छन?

राजेन्द्र पाण्डे (एमाले)

तपाईँ पियनको पनि तलब खाने, महिलाप्रति अभद्र व्यवहार गर्दा दिपायलमा क्षमा याचना गरेको भन्ने आरोप छ। नोट अफ डिसेन्ट लेख्ने रामकुमारप्रसाद साह प्रधान न्यायधीश र तपाईँ न्यायाधीश भए कस्तो सम्बन्ध होला?
प्रेमबहादुर सिंह 
तपाईको बारेमा परिषदकै सदस्यले नोट अफ डिसेन्ट लेखेको छ। तरकारी लिन जाँदा पनि दौरा सुरुवाल लगाइ गएर तरकारी वालासँग पनि मोलतोल गर्ने भन्ने आरोप छ। पियनको तलव पनि खाएको। परिषदकै सदस्यको विरोधका बारेमा के भन्नु हुन्छ। सर्वोच्च अदालतले संसदमाथि अतिक्रमण गरेको भन्ने बारे के भनाइ छ?

प्रभु साह (एमाओवादी)

तपाईलाई लागेको आरोपको स्पष्ट जवाफ नआए स्वतः अयोग्य हुनु हुनेछ। रामकुमारप्रसाद साहले लगाएको आरेापका बाबजुद पनि नियुक्त भएर गए कसरी काम गर्नु हुन्छ? परिषदका सदस्यले आरोप लगाएको बारेमा कसरी लिनु हुन्छ?

पियनसँग पनि घुस खानु भएको छ भन्ने छ। आफै पनि झगडालु प्रबृतिको भन्ने छ। यसबारे के भन्नु हुन्छ? संक्रमणकालिन न्यायप्रणाली बारे के भन्नु हुन्छ?

न्यायाधीश गोविन्दकुमार उपाध्यायको जवाफ

संसदको सुनुवाइ विशेष समितिले सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश गोविन्दकुमार उपाध्याले सभासदको प्रश्नको जवाफ यसरी दिएका छन्।

यहाँहरु पनि न्यायपालिकाको जिम्मेवारी स्वच्छताको बारेमा प्रश्न उठाउनु अन्यथा होइन। म सकभर सबै प्रश्नको जवाफ दिने प्रयास गर्छु।
सर्वोच्च अदालतको न्यायधीशको फरक राय, उजुरीको बारेमा कार्ययोजनाका बारेमा पनि प्रश्न पनि आए।  ८ जनालाई नै सिफारिस गर्ने कि के भन्ने पनि आयो, मधेसी भन्ने पनि आयो, झगडालु पनि आयो, दुईचार हजारमा बिक्ने, स्त्रीजातिप्रति हुरुक्क भन्ने पनि आयो । यी सबैलाई आफ्नो क्षमताले भ्याएसम्म जवाफ दिन्छु।
महिलाप्रति मेरो धारणा कस्तो भन्ने कुरा मेरा फैसलाले प्रष्ट पार्छ। एक अस्मिता राईको गर्भपतनको विषयमा जवर्जस्ती पाहुनाले गरेको यौन सम्पर्कले भएको गर्भलाई सहानुभूति पूर्ण हेराइमा लगि मात्र अनुसारको सजाय भए पनि ७ वर्षको सट्टा ४ वर्ष दिएको थिए।
एक रेप केसमा पीडित र प्रतिवादीबीच कुनै सम्बाद नभएको पहिले पहिले प्रतिवाद नगरेपछि सहमति भनिन्थ्यो। तर मैले फरक फैसला गरे।
मैले जवर्जस्ती करणीमा उसले फ्री इन्फर्म र च्वाइस हुनु पर्छ भनेको छु। मेरो नारी प्रति उच्च सम्मान छ।
मैले न्यायपालिकाको व्यवस्था अनुसार प्रधान न्यायधीशले के र कुन काम दिनुहुन्छ त्यो काम कानुन अनुसार फैसला गर्ने हो। न कि मलाइ यो काम दिनु भन्ने होइन।
कार्ययोजनाको सवालमा मैले यस्तो गर्छु उसो गर्छु भन्ने हुँदैन। मेरो भूमिका न्यायसम्पादनमा रहन्छ। मैले दक्षता र योग्यतामा बृद्धि गर्ने हो।
फरक राय रुल अफ गेम हो। माननीय रामकुमारले पनि आफ्नवो पदिय दायित्व बुझेर गरेको होला। मैले यसलाई खण्डन गरे के होला नगरे के होला? किन भने म पनि क्षतविक्षत भएको छु।
नोटअफ डिसेन्टले विवाद उठाएको छ। बलराम केसीले यसबारे पनि बोलेका छन। ३ करोडको बारेमा महाअभियोगको मोसन दर्ता भएको थियो। तथ्य त स्थापित हुनै पर्छ। तथ्यमाथि शकां छ भने त्यसको फाइदा मलाई दिनु हुन्छ तर मुल्याकनको शंका छ भने त्यो नगर्नुहोस।
प्रेमध्वजको गित जस्तो मैले त्यो दिनदेखि मैले खोजी गरे कि, म कहाँ कहिले झगडा गरे। सभापति यहीँ हुनुहुन्छ मैले इलाममा अरु ठाउँमा पनि कसरी काम गरेको थिए।
दौरा सुरुवाल लगाएर तरकारी लिँदा भाउ घट्लाकाी भनी हो भन्दै ठट्टा गरेँ।
भोलिको प्रधानन्यायधीशले कुन जुरी प्रडेन्समा यो लेख्नु भयो? मलाई अभय दान दिनुहुन्छ। ठूलावडाले जे गर्छन त्यसको फलो सानाले गर्छन। रामकुमारले विषयलाई भेग बनाइदिनु भएको छ। एउटा साथी भन्छ धेरै नबोल तर सभासदले प्रष्ट पार भन्नु हुन्छ। तर यसबारे उहाँनै जान्नु होला।
मैले पियनको तलव खाएको छैन। यी उजुरी हुन थेसीस, एन्टी थेसीस मेरो काम हो। म जब दिपायलमा बसे १०-१२ दिनको समयमा मेरो पिएसओ सँगै थिए त्यसवेला तेल लगाउने कुरा सम्भव होला? यो कसरी र के आयो? फरक मतका बारेमा यो रुल अफ द गेम हो। ऐनले नै व्यवस्था गरेको छ। अहिलेसम्म परिषदमा सबैकुरामा कसैकेा पनि सर्वसम्मती नभएकेा थियो। पहिलो पटक परिषदले सहासिक काम गरेका छ कि बहुमतको आधारमा निर्णय गरेको छ। यो कुरा संसदले टुंग्याउला। यो टुंगीएपछि जे भएपनि मैले पनि र उहाँले पनि स्वीकार्नु पर्छ।
मेरा विरुद्ध लागेका मिथ्या आरोपहरु हुन्। संसारमा असम्भव केही छैन। रामकुमारको बारेमा पनि ८० लाख किर्तेबिल बनाएको आरोप लागेको हो। पछि उनले छोराले पठाएको भनेको थिए। आरोप सबैलाई लाग्छ। किसनजीले जनआन्दोलनको बेला होला भनेका थिए कि उहाँ जस्तो त्यागीलाई पनि अप्ठयारो पारेको हो। मैले सेवा गर्ने हो। प्राप्ती अप्राप्ती सबै समयको हो। जुन भूमिका दिन्छ समयले म त्यहीँ गर्छु। प्रेसले नै हो मेरा बारेमा आरोप लगाएको।
न्यायको सर्वमान्य अवधारणामा दल, संसद भनकेा ठट्टा होइन। दलिय व्यवस्था ल्याउन तीन तीन पटक क्रान्ती भयो। अहिले दलिय भागबण्डामा भनी दलहरुलाइ किन खसाल्ने? सिद्धान्त भनेको नितिमा आधारित हुनु पर्छ।  दलहरुलाइ सम्मान गर्नु पर्छ। संसद अदालतभन्दा तल होइन। संसारको सिद्धान्त हो कि समान निकायमा आफ्नो फैसला दिँदैन।

रामकुमारप्रसाद साहले गरेको एउटा मुद्दामा एउटा वकिलबाट श्रीमानले लिएको २० हजार रुपैयाँबारे कमलनारायण दास र वैद्यनाथ उपाध्यायको बेन्चमा साहले सापटी लिएको भनी त्यी न्यायधीशलाई सफाइ दिएका थिए। सापटीनै लिएको भए पनि वकिलबाट लिन हुँदैन भन्ने कुरामा उहाँलाई केही भएन तर अहिले मेरा बारेमा कुनै लिखित आरोप नै छैन यस्तो आरोप उहाँ लगाउनु हुन्छ। यसै कारण यसको छिनोफानो संसदले गर्नु पर्छ जे गर्छ हामी स्वीकार गर्नुछ। हामी झगडा गरेकोसँगै मिलेर बस्न हो।

 

सम्पत्ति मैले कुपन्डोलमा राणाको सहयोगमा घर छ। बैंक व्यालेन्स छैन। म मितव्ययी छु। पिआरले हाम्रो धेरै समय खाइरहेको छ। हामीले कार्यपालिका कमजोर हुँदा के भयो त्यो भोगी सक्यौ। कार्यपालिका निरंकुश होइन तर बलियो बनाउनु पर्छ। Setopati.com

Loading...

यसमा तपाइको मत

main बाट अन्य

श्रीमान मेरो पक्षलाई हदै सम्म सजाय गरियोस

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

संगठित अपराध; भ्रम र यथार्थ

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

हाम्रो स्वाभिमानका लागि भारत सङ्ग कुरागर्ने हिम्मत गर्नु पर्छ

Spread the loveएउटा भनाइ छ, अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ। जब राज्य कम्जोर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, रास्ट्रले अन्तरास्ट्रिय साख गुमाउंछ। अहिले हाम्रो अवस्था यस्तै हो। जब रास्ट्र अपमानित...

पशुपतिमा अन्याय भयो भनी कराइरहेकालाई जग्गा दिलाउने न्याय

Spread the loveहरि प्रसाद प्रधान नेपालमा प्रधान न्यायालयको प्रधान न्यायाधीश बनाउन भारतवाट झिकाइएका थिए । सो प्रयोजनका लागि उक्त पदका लागि लायक नेपाली नपाइए बिदेशी नागरिकलाई नियुक्त गर्न सकिने गरी नेपालको अन्तरीम शासन ऐन,...

विकल्प नसोचिएको दल र कार्यकर्ताको हित हुने प्रणाली

Spread the loveनेपालमा अवको शासकिय स्वरुप कस्तो वन्नु पर्दछ भन्ने वहश चलिरहेको सन्दर्भमा आफनै देशमा प्रयोग गरिएको प्रणाली र विश्वका विभिन्न राज्यले गरेकोे प्रयोग अनि त्यसको परिणाम हाम्रो लागि वास्तविक प्रयोगशालामा परिक्षण पश्चातका ब्यवाहारिक...

फोरम द्वारा १ दिने अन्तरकृया सम्पन्न

Spread the love पर्यटन ब्यवसायको क्षेत्रमा कार्यरत कानून ब्यवसायीहरुको संस्था टुरिजम लयर्स फोरम नेपालले नेपालको कर प्रणाली, कानून र पर्यटन ब्यवसाय बिषयक एक दिने अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । कर्यक्रममा बौद्ध, सिनामंगल, गौसाला तथा...

मुलुकी संहिता लागू भएसँगै १४ वटा ऐन खारेज, ३६ वटा संशोधन

Spread the loveकाठमाडौं जंगबहादुर राणाले १६५ वर्षअघि लागू गरेको मुलुकी ऐन गत भाद्र १ गतेदेखि विधिवत रुपमा खारेज भएको छ । भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी ऐन मुलुकी देवानी (संहिता) ऐन,...

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

Spread the love“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र...

निर्मला ! तिमीले सुतेकाहरुलाई उठाएकी छौ

Spread the loveसमाजमा हुने घटनाले मानिसमा पारेको प्रभाव पिडा वनेर ब्यक्त हुन्छ । त्यही पिडा कतै कथा, कविता र विभिन्न भावमा प्रस्फुटन हुन्छ । निर्मला पन्तको हत्या र अपराधीलाई बचाउन अपारध नियन्त्रण गर्ने अधिकार...

पर्यटन कानून मसौदाको लागि छलफल कार्यक्रम सम्पन्न

Spread the love काठमाण्डौ ठमेल स्थित होटल बैसालीमा प्रदेश नं. ३ का उद्योग, पर्यटन तथा वातावरण समिती, पर्यटन विज्ञ, ब्यवसायी र पर्यटन क्षेत्रमा कार्यरत कानून ब्यववसायी विच प्रदेशले वनाउने पर्यटन कानून, यसको तर्जुमा र प्रभावकारी...