“गैर नेपाली” कांग्रेस जासुसहरुको पार्टी बन्दैछ

Loading...
Spread the love

स्वागत नेपाल

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समिति एनआरएनएका पूर्व उपाध्यक्ष रामेश्वर शाह नेपाली

स्वागत नेपाल

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समिति एनआरएनएका पूर्व उपाध्यक्ष रामेश्वर शाह नेपाली कांग्रेसमा प्रवेश गरेको समाचारहरु बाहिर आएपछि प्रश्न उठेको छ कि नेपाली कांग्रेस नेपालीको पार्टी हो कि विदेशीको ?

 

जो यो देशको नागरिक होइन, जो यो देश छोडेर, नागरिकता त्यागेर हिँड्यो । र, जो विदेशी बनिसकेको छ त्यस्ताहरुलाई पार्टीमा प्रवेश गराउँदै हिँड्ने सुशिल कोइराला नेपालीको पार्टी चलाउँछन् कि विदेशीको रु यो पनि प्रश्न उठेको छ ।

 

चुनावको मुखमा विदेशीलाई पार्टी प्रवेश गराउँदै हिँडेर कस्तो चुनाव प्रचार गर्दैछ कांग्रेस रु यो अर्को प्रश्न हो । समाचार बन्छ भनेर जे पनि गर्ने रु समाचार र ठूलो भवनको माथिबाट यी नेताहरुले फाल हाने पनि बन्छ नि ठूलो ठूलो अक्षरमै । किन त्यस्तो गर्दैनन् उनीहरु, समाचार मात्र खोज्ने हो भने?

 

केही समयअघि मात्रै एमाले नेता माधव नेपालले ढुक्क भएर भोट मागिरहेको मान्छे त विहारी भएको एकछिन् पछि थाहा पाएजस्तै, विदेशीसँग भोट माग्नु र विदेशीलाई पार्टी प्रवेश गराउनुमा के नै फरक छ र ?

 

हुन त शाहले नेपाली नागरिकता नत्यागेको, उनी एनआरएन नै नभएको भन्ने पनि एनआरएनहरुले नै बताउने गरेका छन् तर विदेशमा कतै स्थायी बसोवासको नभएको, ग्रिन कार्ड, पि आर नभएको र भविष्यमा समेत स्थायी बसोबास गर्ने सम्भावना नभएको व्यक्तिलाई आप्रवासी वा गैर आवासीय भन्न मिल्दैन । फेरि उनी एनआरएनको मुख्य पदमै उम्मेद्वारी दिएका व्यक्ति भएकाले उनले कि एनआरएन भित्र खेल खेल्न खोजेका छन् कि नेपाली भित्र । उनी एनआरएनको मुख्य पदाधिकारीको प्रत्यासी भएकोले अहिलेलाई उनी पूर्ण रुपमा भोट हाल्न पाउने अधिकार भएको नेपाली होइन भन्ने नै मान्नुपर्छ  किनकि एनआरएनलाई नेपालमा भोट हाल्न पाउने अधिकार छैन । कुनै करारमा ४ , ५ वर्षसम्मको लागि काम गर्न दुवइ लगायतका मुलुकमा गएको व्यक्ति एनआरएन हुन सक्दैन । कोही एनआरएन नै भनाउन त्यस्तो रहर मात्र गर्ने व्यक्ति हो भने फेरि नेपाली पार्टीको सदस्य किन बन्नु पर्यो ?

 

उनले अब कि म एनआरएन होइन, थिइनँ पनि भन्नुपर्छ कि मैले दुईतिरको नागरिकता वा स्थायी वसोवासको प्रमाणपत्र लिएको छु, तर लुकाएको थिएँ भन्नुपर्छ । नत्र उनी एनआरएनको अध्यक्षका प्रत्यासी भएकोले उनी नेपालमा भोट हाल्न पाउने अधिकार नभएको विदेशी नै भएको पुष्टि हुन्छ । अहिलेलाई उनको अर्को पुष्ट्याइँ नआएसम्म यही तथ्य सही हो भन्ने मानेर विचार गरौँ ।

 

पहिलो कुरा जसको मताधिकार छैन उनीहरुलाई पार्टी प्रवेश गराएर के सन्देश दिन खोजेका हुन् भन्ने सबैले बुझ्न सक्छन् । दोहोरो नागरिकता दिने नदिने एनआरएनलाई भन्ने बारेमै प्रष्ट नभइसकेको अवस्थामा उनीहरुलाई पार्टी प्रवेश गराउनु तत्कालका लागि विदेशीलाई पार्टी सदस्य बनाउनु नै हो । आज विदेशीलाई पार्टी सदस्य बनाउँदै सपथ खुवाउने पार्टी नेपाली कांग्रेस वा जोसुकै नै किन नहोस् त्यस्तो विदेशीलाई पार्टी जिम्मा लगाउनेहरुले भोलि देश नै जिम्मा लगाउँछन् भन्ने बारेमा कुनै शंका नै छैन ।

 

कांग्रेस सभापति सुशील कोइरालाले आफ्नै निवास महाराजगञ्जमा बुधवार विहान एक कार्यक्रमको आयोजना गरेर शाहलाई अविर र माला लगाएर पार्टी प्रवेश गराएको खबरले म त एक अधिवक्ताको नाताले कानुनी दृष्टिबाट त कोइरालाई कसैले नदिएको अधिकार प्रयोग गरेकोमा कारवाहीको भागिदार बनाउन मन लाग्यो । एउटा सामान्य एनजिओमा पनि विदेशीलाई सदस्य बनाउने बारेमा निक्कै प्रावधानहरु अवलम्बन गर्नु पर्ने हुन्छ कतिपय अवस्थामा तर पार्टीमा विदेशीहरुलाई खुलेआम रुपमा सदस्य बनाएपछि प्रश्न उठ्छ त्यस्ता व्यक्तिले जो नेपालको होइन अर्कै कुनै देशको नागरिक छ, उसले आफ्नो नागरिकता भएको देशको हित हेर्छ कि हाम्रो देश नेपालको हित हेर्छ ?

 

जसले आफ्नो देशको नागरिकता त्यागेर अर्को देशको नागरिकता लिएको हुन्छ उसले त्यो देशको हितका लागि नेपाल विरुद्ध जासुसी पनि गर्न सक्छ । पैसाका लागि नागरिकता त च्यातेर त्याग्न सक्नेले पैसाकै लागि नेपालको कुनै पार्टीको सदस्य बनेर नेपालका सूचना विदेशीलाई बेच्न किन सक्तैन ?

 

त्यसैले यस्ता विषयमा सबैले गम्भीर भएर सोच्नै पर्छ । कुनै पार्टीको सदस्य बन्नु भनेको त्यो पार्टीका विश्वास गर्ने जनताको पनि प्रतिनिधी बन्न सक्ने हैसियत हुनु हो । तर, जो देशको नागरिक नै होइन ऊ कसरी पार्टी सदस्य हुन सक्छ रु हो, पार्टीको विदेशस्थित कुनै इकाइको सहयोगी हुन सक्छ । तर, प्रवासी संघसंस्थाको पनि सदस्य हुन ऊ त्यो देशको नागरिक होइन नेपालकै नागरिक हुनुपर्छ । नेपाली नागरिकता त्यागेको हुनु हुँदैन ।

 

कुनै पनि बेला पार्टीको तर्फबाट सरकारमा समेत सहभागी हुन सक्ने, प्रतिनिधी हुन सक्ने , पार्टीले अरु पार्टीका नेताहरु सहभागी भएका स्थानमा प्रतिनिधी पठाउन सक्ने हैसियतमा पार्टीको सदस्य हुन नेपाली नागरिकता त्यागेका मान्छे कसरी योग्य हुन्छ रु यो आजै सबै अरु पार्टीले पनि नीति नै लिने गरी सोच्नु जरुरी छ ।

 

पार्टीको आफ्नो कुरा हो, हामीजस्तो बाहिर कुनै पनि पार्टीको सदस्य नभएको स्वतन्त्र व्यक्तिहरुले बोल्नु जरुरी छैन भन्ने ओठे जवाफ कसैले दिन्छ भने सोझै बुझे हुन्छ त्यस्ता पार्टीहरु नेपालीका होइनन् विदेशीका पार्टी हुन् ।

 

एउटा कुरा चाहिँ एकदम महत्वपूर्ण रुपमा पार्टी प्रवेशपछि पत्रकारहरुसँग कुराकानी गर्दै एनआरएनका पूर्व उपाध्यक्ष शाहले आफू बिपीको विचारवाट प्रभावित भएर कांग्रेसलाई नै रोजेको बताए अनुसार उनी विपीका अनुयायी बन्न सक्छन् । त्यो छुट छ । तर, पार्टी सदस्य बन्न सक्तैनन् । अब्राहम लिंकनको विचार मन पराउने वा अवलम्बन गर्ने सबै कुनै अमेरिकी पार्टीको सदस्य सक्छ रु सक्तैन ।

 

त्यस्तै अर्को एउटा तितो सत्य पनि उनले बताएछन् । त्यो तितो सत्यलाई सोझै बताउने उनको स्पष्टवादिताको भने सम्मान गर्नै पर्छ । जम्मामा एनआरएन भित्र पार्टीहरुले खेलेको फोहोरी खेलमा नुहान जाने एनआरएन नेतृत्व जस्तै एनआरएन बनेका अरुहरुले पनि फेरि पनि नेपाली राजनीति, नेपाली नेता र नेतालाई गाली गरिरहँदा तिनको अनुृहार ऐना अगाडि हेर्न जाऊ भन्नु कि नभन्नु रु जे होस् यो एकजनाको विषयमा आकृष्ट हुने विषय होइन, गम्भीर राष्ट्रिय विषय हो, कुनै एक पार्टीको मात्र पनि होइन । पार्टीले पनि आफू खुसी राष्ट्रिय हित विपरित कुनै आन्तरिक नीति समेत लिन पाउँदैन ।

{loadposition relativebox}

 

{loadposition facebookbox} {jcomments on}

Loading...

यसमा तपाइको मत

main बाट अन्य

श्रीमान मेरो पक्षलाई हदै सम्म सजाय गरियोस

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

संगठित अपराध; भ्रम र यथार्थ

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

हाम्रो स्वाभिमानका लागि भारत सङ्ग कुरागर्ने हिम्मत गर्नु पर्छ

Spread the loveएउटा भनाइ छ, अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ। जब राज्य कम्जोर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, रास्ट्रले अन्तरास्ट्रिय साख गुमाउंछ। अहिले हाम्रो अवस्था यस्तै हो। जब रास्ट्र अपमानित...

पशुपतिमा अन्याय भयो भनी कराइरहेकालाई जग्गा दिलाउने न्याय

Spread the loveहरि प्रसाद प्रधान नेपालमा प्रधान न्यायालयको प्रधान न्यायाधीश बनाउन भारतवाट झिकाइएका थिए । सो प्रयोजनका लागि उक्त पदका लागि लायक नेपाली नपाइए बिदेशी नागरिकलाई नियुक्त गर्न सकिने गरी नेपालको अन्तरीम शासन ऐन,...

विकल्प नसोचिएको दल र कार्यकर्ताको हित हुने प्रणाली

Spread the loveनेपालमा अवको शासकिय स्वरुप कस्तो वन्नु पर्दछ भन्ने वहश चलिरहेको सन्दर्भमा आफनै देशमा प्रयोग गरिएको प्रणाली र विश्वका विभिन्न राज्यले गरेकोे प्रयोग अनि त्यसको परिणाम हाम्रो लागि वास्तविक प्रयोगशालामा परिक्षण पश्चातका ब्यवाहारिक...

फोरम द्वारा १ दिने अन्तरकृया सम्पन्न

Spread the love पर्यटन ब्यवसायको क्षेत्रमा कार्यरत कानून ब्यवसायीहरुको संस्था टुरिजम लयर्स फोरम नेपालले नेपालको कर प्रणाली, कानून र पर्यटन ब्यवसाय बिषयक एक दिने अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । कर्यक्रममा बौद्ध, सिनामंगल, गौसाला तथा...

मुलुकी संहिता लागू भएसँगै १४ वटा ऐन खारेज, ३६ वटा संशोधन

Spread the loveकाठमाडौं जंगबहादुर राणाले १६५ वर्षअघि लागू गरेको मुलुकी ऐन गत भाद्र १ गतेदेखि विधिवत रुपमा खारेज भएको छ । भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी ऐन मुलुकी देवानी (संहिता) ऐन,...

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

Spread the love“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र...

निर्मला ! तिमीले सुतेकाहरुलाई उठाएकी छौ

Spread the loveसमाजमा हुने घटनाले मानिसमा पारेको प्रभाव पिडा वनेर ब्यक्त हुन्छ । त्यही पिडा कतै कथा, कविता र विभिन्न भावमा प्रस्फुटन हुन्छ । निर्मला पन्तको हत्या र अपराधीलाई बचाउन अपारध नियन्त्रण गर्ने अधिकार...

पर्यटन कानून मसौदाको लागि छलफल कार्यक्रम सम्पन्न

Spread the love काठमाण्डौ ठमेल स्थित होटल बैसालीमा प्रदेश नं. ३ का उद्योग, पर्यटन तथा वातावरण समिती, पर्यटन विज्ञ, ब्यवसायी र पर्यटन क्षेत्रमा कार्यरत कानून ब्यववसायी विच प्रदेशले वनाउने पर्यटन कानून, यसको तर्जुमा र प्रभावकारी...