२५ हजार क्षतिपूर्ति दिएर बलात्कार घटनाका आरोपी उम्कीए

Loading...
Spread the love
जेठ ११, काठमाडौं । डर र धम्की आएपछि  पीडितले प्रहरीमा किटानी जाहेरी दिन नसकेपछि २५ हजार क्षतिपूर्ति दिएर बलात्कार घटनाका आरोपी प्रहरी नियन्त्रणबाट उम्कीएका छन।
गत आइतबार राति साढे दश बजे आफूमाथि बलात्कार भएको भन्दै न्यायको लागि झापाकी एक महिलाले ईप्रका झिलझिलेमा लिखित निवेदन दिएकी थिइन। पीडित महिलाको लिखित निवेदनका आधारमा घटनाका आरोपी झापा शिवगञ्ज २ का मन्दिप बिश्वकर्मालाई प्रहरीले पक्राउ गरेको हो।
तर, पीडक उल्टैले पीडितलाई डर धम्की दिएर मानसिक रुपमा थप पीडा दिएपछि उनले प्रहरीमा जाहेरी नगरेको सतासीधामका महिलाले बताएका छन्। सो घटनाका आरोपी बिश्वकर्मा गाँउका ठूलै डनका रुपमा परीचित छन। डढे उपनामबाट चिनिने बिश्वकर्माले यस अघि पनि गाउँमा उधुम मच्चाउने गरेको स्वयम् उनकै छिमेकिले बताएका छन्। उनी यस्ता घटनाका पटके भएको स्थानीयबासीले बताएका छन्।
२२ वर्षीया महिलामाथि बलात्कार गरेर पनि सामान्य झगडा जस्तै प्रहरी परिसरमै मुद्दा मिलेको घटनाप्रति महिला अधिकार कर्मीले आपत्ती जनाएका छन। पारालीगल गाँउ समिति सतासीधामकी देवी दाहालले भनिन्,’जानाजान बलात्कार भएको घटनाका आरोपितलाई आर्थीक प्रलोभनमा पारेर पीडकलाई उन्मुक्ति दिएकोमा गम्भीर आपत्ती छ,’ उनले भनिन्, ‘जघन्य अपराधमा माफी हुँदैन यो घटनाका आरोपीले सजाय पाउनु पर्छ।’
Forceful marrise
यता ईलाका प्रहरी कार्यालय झिलझिलेलेे दिएको जानकारी अनुसार गत जेठ ३ गते शनिबार राति पीडितको घरमा राति करिब ११ बजे शिवगञ्ज ४ का ३० वर्षिय मन्दिप विक गएका थिए। ईप्रका झिलझिलेका प्रहरी निरीक्षक चिरन्जीवी दाहालले भने,’बलात्कार वा त्यस सम्बन्धी प्रयास पक्का भएको छ तर पिडितले जाहेरी दरखास्त नगरेपछि हामीले आरोपीलाई हिरासतबाट छाडिदिएका हौ।’
दाहालका अनुसार पहिला बलात्कार भयो कारबाही गरीपाउँ भनि निवेदन आयो पछि बलात्कार भएको होईन यस सम्बन्धी म कतै उजुर गर्ने छुईन विश्वकर्मालाई हिरासत मुक्त गरी पाउँ भनी निवेदन आयो उनले भने यस्तो अवस्थामा प्रहरीले आरोपीलाई थुनेर राख्न मिलेन छाडिदियौ।
बलात्कार भएकै रात घटनाका आरोपी केहि युवाको आक्रमणमा समेत परेका थिए। आक्रमणमा संलग्न भन्दै प्रहरीले शिवगञ्ज २ सुफल मुर्मु, पण्डे हेमरम र सुमन परियारलाई पक्राउ गरेको थियो। ४ गते नै पक्राउ परेका उनीहरु झिलझिले प्रहरीकै नियन्त्रणमा थिए। राती ११ बजे आफ्नै घरमा आएका मन्दिपले बलात्कार गरेको भन्दै युवतीले कारबाहीका लागि जेठ ४ गते नै इलाका प्रहरी कार्यालय झिलझिलेमा निवेदन दिएकी थिईन। जबरजस्ती गर्ने युवक विरुद्ध आफूले सिरानी मुनी रहेको खुकुरी निकालेर प्रहार गरेको उनको निवेदनमा उल्लेख छ।
पीडितलाई न्याय र पीडकलाई सजायको माग गर्दै १ सय ४० जनाको हस्ताक्षरसहित आफुहरुले प्रहरीमा निवेदन दिएको पारालिगल महिला समूह सतासीधामकी सदस्य मीना बस्नेतले बताइन्। इप्रका झिलझिलेका सई वुद्धीमान चोङबाङले घटनाका दुवै पक्ष छलफलमा बसेकाले मुद्दा अघि बढाउन नपाएको जवाफ दिएका छन्।
झिलझिले इलाकालाई समेत हेर्दै आएको इलाका प्रहरी कार्यालय दमकका डिएससी रविकुमार पौडेलले भने,’युवतीको स्वास्थ्य परिक्षण पनि भैसकेको र अब दुवैपक्षका निवेदकले दिएको जाहेरीका आधारमा मुद्दा चलाइने बताएका छन्।
डिएसपी पौडेलले शुक्रबार साँझ मुद्दा अघि बढाउने बताइरहँदा शनिबार साँझ घटनाका आरोपीलाई उन्मुक्ति दिएको हो।
Loading...

यसमा तपाइको मत

main बाट अन्य

श्रीमान मेरो पक्षलाई हदै सम्म सजाय गरियोस

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

संगठित अपराध; भ्रम र यथार्थ

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

हाम्रो स्वाभिमानका लागि भारत सङ्ग कुरागर्ने हिम्मत गर्नु पर्छ

Spread the loveएउटा भनाइ छ, अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ। जब राज्य कम्जोर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, रास्ट्रले अन्तरास्ट्रिय साख गुमाउंछ। अहिले हाम्रो अवस्था यस्तै हो। जब रास्ट्र अपमानित...

पशुपतिमा अन्याय भयो भनी कराइरहेकालाई जग्गा दिलाउने न्याय

Spread the loveहरि प्रसाद प्रधान नेपालमा प्रधान न्यायालयको प्रधान न्यायाधीश बनाउन भारतवाट झिकाइएका थिए । सो प्रयोजनका लागि उक्त पदका लागि लायक नेपाली नपाइए बिदेशी नागरिकलाई नियुक्त गर्न सकिने गरी नेपालको अन्तरीम शासन ऐन,...

विकल्प नसोचिएको दल र कार्यकर्ताको हित हुने प्रणाली

Spread the loveनेपालमा अवको शासकिय स्वरुप कस्तो वन्नु पर्दछ भन्ने वहश चलिरहेको सन्दर्भमा आफनै देशमा प्रयोग गरिएको प्रणाली र विश्वका विभिन्न राज्यले गरेकोे प्रयोग अनि त्यसको परिणाम हाम्रो लागि वास्तविक प्रयोगशालामा परिक्षण पश्चातका ब्यवाहारिक...

फोरम द्वारा १ दिने अन्तरकृया सम्पन्न

Spread the love पर्यटन ब्यवसायको क्षेत्रमा कार्यरत कानून ब्यवसायीहरुको संस्था टुरिजम लयर्स फोरम नेपालले नेपालको कर प्रणाली, कानून र पर्यटन ब्यवसाय बिषयक एक दिने अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । कर्यक्रममा बौद्ध, सिनामंगल, गौसाला तथा...

मुलुकी संहिता लागू भएसँगै १४ वटा ऐन खारेज, ३६ वटा संशोधन

Spread the loveकाठमाडौं जंगबहादुर राणाले १६५ वर्षअघि लागू गरेको मुलुकी ऐन गत भाद्र १ गतेदेखि विधिवत रुपमा खारेज भएको छ । भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी ऐन मुलुकी देवानी (संहिता) ऐन,...

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

Spread the love“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र...

निर्मला ! तिमीले सुतेकाहरुलाई उठाएकी छौ

Spread the loveसमाजमा हुने घटनाले मानिसमा पारेको प्रभाव पिडा वनेर ब्यक्त हुन्छ । त्यही पिडा कतै कथा, कविता र विभिन्न भावमा प्रस्फुटन हुन्छ । निर्मला पन्तको हत्या र अपराधीलाई बचाउन अपारध नियन्त्रण गर्ने अधिकार...

पर्यटन कानून मसौदाको लागि छलफल कार्यक्रम सम्पन्न

Spread the love काठमाण्डौ ठमेल स्थित होटल बैसालीमा प्रदेश नं. ३ का उद्योग, पर्यटन तथा वातावरण समिती, पर्यटन विज्ञ, ब्यवसायी र पर्यटन क्षेत्रमा कार्यरत कानून ब्यववसायी विच प्रदेशले वनाउने पर्यटन कानून, यसको तर्जुमा र प्रभावकारी...