बलात्कारका कारक अश्लिल तस्वीर एवं चलचित्र

Loading...
Spread the love

चैत १९, भक्तपुर । बढ्दो यौन विकृतिका कारण भक्तपुरमा जबर्जस्ती करणी अपराधका घटनामा वृद्धि भएको छ । विभिन्न सामाजिक सञ्जाल, मोबाइल र सञ्चारको सहजताले यौनजन्य तस्बिर र चलचित्र सहजै उपलब्ध हुनाले कम उमेरमै बलात्कारका घटना हुने गरेको पाइएको हो ।

rapeबलात्कारमा बालिका र विद्यार्थी बढी पीडित हुनु र पीडक पनि २० वर्षभन्दा कम उमेरका बढी हुनुमा अश्लील चलचित्र कारक रहेको देखिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक विकास श्रेष्ठले बताए ।

यस वर्ष भएका १२ बलात्कारका घटनामा १६ वर्ष मुनिका १० जना बालिका पीडित भएका थिए जसमध्ये १० वर्ष मुनिका २ जना, १० देखि १४ वर्षका तीन जना र १४ देखि १६ वर्षसम्मका पाँच जना किशोरी छन् ।

त्यस्तै, भक्तपुरमा चालु आर्थिक वर्षमा भएका १२ घटनामध्ये नौ वटामा विद्यार्थी पीडित रहेको पाइएको छ । त्यस्तै गत आर्थिक वर्षको १४ घटनामध्ये नौमा र आर्थिक वर्ष २०६९(७० को १२ मध्ये नौ घटनामा विद्यार्थी पीडित भएका थिए ।

पीडकमा मजदुर र सवारी चालक तथा सहयोगी चालक बढी संलग्न भएको पाइएको एसपी श्रेष्ठले जानकारी दिए । यस वर्षको चार घटनामा मजदुर र एक घटनामा चालक र सहयोगी चालक संलग्न भएको पाइएको छ भने गत वर्ष सात घटनामा मजदुर संलग्न भएको पाइएको थियो ।

बलात्कारका घटनामा पीडक अपरिचितभन्दा पनि परिचित, घर परिवार र नातेदार हुने गरेको एसपी श्रेष्ठले बताए। गत वर्ष भएका १४ वटा बलात्कारका अपराधमा संलग्न पीडकहरु घर छिमेकका तीन, नजिकका आफन्त पाँच र यस वर्ष घरपरिवारका दुई, छिमेकका तीन र साथी–साथी समूहका पाँच जना थिए ।

जबर्जस्ती करणीका घटना बढीभन्दा बढी धाकधम्की र प्रलोभनमा पारी हुने गरेको पाइएको छ । पीडित कम उमेरका हुने र उनीहरु प्रतिरक्षाको दृष्टिले कमजोर हुने गरेकाले पीडकले त्यस्तालाई सिकार बनाउने गरेको एसपी श्रेष्ठले भनाइ छ । बलात्कारका घटनामा संलग्न पनि २० वर्ष मुनिका बढी पाइएको छ ।

बलात्कारका घटना न्यून गर्न र घटनाका दोषीलाई कानुन बमोजिम कारबाही गर्न पीडितकै कारण चुनौतीपूर्ण बन्दै गएको एसपी श्रेष्ठले बताए ।

घटनाका कारण समाजमा बेइज्जत हुने र समाजले घृणा र हेला गर्ने डरले घटनालाई सकेसम्म लुकाउने र प्रहरीमा धेरै ढिलो खबर गर्ने प्रवृत्तिका दोषीले उन्मुक्ति पाउने खतरा रहेको प्रहरीको भनाइ छ । उनले भने– “घटना जति ढिलो बाहिर आउँछ उति धेरै प्रमाण नष्ट हुने खतरा रहन्छ ।”

बेरोजगारी, अशिक्षा, कानुनी अज्ञानता, वैदेशिक रोजगारका कारण पनि बलात्कारका घटनामा वृद्धि भइरहेको उल्लेख गर्दै एसपी श्रेष्ठले अभिभावक जिम्मेवार बन्न नसक्नु, बढ्दो यौन विकृति, सामाजिक सञ्जाल र सञ्चार सुविधाको दुरुपयोग, मादक पदार्थ तथा लागुऔषधको बढ्दो प्रयोग पनि बलात्कारका घटना वृद्धि हुनुका कारण रहेको बताए ।

इबी साँध्ने उद्देश्यले पनि कहिलेकाहीँ बलात्कारका झुठा उजुरी पनि पर्ने गरेको उनको अनुभव छ । प्रहरीका अनुसार प्रेममा धोका भएपछि पनि बलात्कारको आरोपमा उजुरी आउने गरेको छ । लामो समयसम्म प्रेम गर्ने, आपसी सहमतिमै यौन सम्पर्क गर्ने पछि बलात्कारका रुपमा प्रस्तुत गर्ने पनि केही घटना देखिएको एसपी श्रेष्ठले बताए ।

बलात्कारका घटनामा कमी ल्याउन समाज, प्रहरी, सञ्चार माध्यम, अधिकारवादी सङ्घसंस्था सबै सचेत र चनाखो हुनुपर्ने उहाँले बताउनुभयो । किशोरावस्थामा उचित यौन शिक्षा र लैङ्गिक हिंसाका बारेमा जानकारी दिन सके बलात्कारका घटनामा धेरै कमी आउन सक्ने उनको भनाइ छ ।

गत आर्थिक वर्ष भक्तपुरमा १४ वटा जबर्जस्ती करणीसम्बन्धी आपराधिक घटना भएकामा चालु आर्थिक वर्षको आठ महिनामा १२ घटना प्रहरीमा दर्ता भएको महानगरीय प्रहरी परिसरले जनाएको छ । यस वर्ष जिल्लामा साउनमा एक, भदौमा दुई, असोजमा दुई, कात्तिकमा चार र मङ्सिर, माघ र फागुनमा एक–एक वटा घटना भएको परिसरले जानकारी दिएको छ । भक्तपुरमा आर्थिक वर्ष २०६९/७० मा बलात्कारका १२ घटना भएका थिए । लक्ष्मी गारु, रासस

Loading...

यसमा तपाइको मत

जेन्डर एण्ड ल बाट अन्य

खरेलद्वार सरकारी वकील संयुक्त कार्यालयको शिलान्यास

Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

भारत र नेपालको सम्वन्ध बल्ल तल्ल बराबरीमा उक्लिएको छ

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

नेपालले वनाएको कोरोनाको भ्याक्सिनमा WHO को चासो

Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको  छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

सत्ता भन्दा देश प्यारो देख्ने एउटा बिरेन्द्रको खोजी

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

नयाँ नक्शाले समेटेका आदि कैलाश र ॐ पर्वत लिपुलेक कै सान 

Spread the love   सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

कानून ब्यवसयी विपत राहात कोषमा १५ लाख सम्मको सहयोग

Spread the love नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ । विभिन्न सुझाव सहित राहात गरेको...

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार विरुद्ध चौधरी पुगे अख्तियार

Spread the loveकाठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ...

न्यायाधीश जोशीलाई इजलास नतोक्नु संसदको सम्मान हो: प्रधानन्यायधिस राणा

Spread the loveकाठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर...

स्थानीय सरकारलाई शिक्षा सम्वन्धि कानून बनाउन वन्देज

Spread the loveकाठमाडौं: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकारलाई शिक्षा सम्बन्धि कानून तर्जुमा गर्न वन्देज लगाएको छ । संविधानले विद्यालय शिक्षाका अधिकार स्थानीय सरकार मातहत गरे पनि संघीय मन्त्रालयले मन्त्री स्तरीय निर्णय...