संसदीय सुनुवाइमा आजै निर्वाचन हुने पक्का यस्तो छ गणित

Loading...
Spread the love
जेठ १२, काठमाडौं । सर्वोच्च अदालतका लागि प्रस्तावित आठ न्यायाधीश मध्ये केहि विवादास्पद्लाई अनुमोदन नगर्ने निर्णयमा एमाले र एमाओवादी पुगेका छन्। मुलुकको सर्वोच्च न्यायलयमा जान योग्य नभएको तथ्य फेला परेकालाई रोक्न एमाले र एमाओवादीले संसदीय सुनुवाई विशेष समितिमा रहेका अरु दलसँग पनि छलफल अघि बढाइरहेका छन्।
समितिमा रहेका एमाले सांसद्हरुले आइतवार अध्यक्ष झलनाथ खनाललाई भेटेर कांग्रेससहित अरु दलसँग पनि कुरा गर्न अनुरोध गरेका थिए। समितिमा रहेका एमाले सांसद्हरुको अनुरोधपछि खनालले सोमबार बिहान अरु पार्टीहरुसँग कुराकानी गर्ने् बताएका थिए।
समितिमा रहेका एमाओवादीका सात जना सभासद्हरु पनि अहिले ११ बजेदेखि पार्टी संसदीय दलको कार्यालयमा छलफलमा ब्यस्त छन्। छलफलमा प्रवेश गर्नुअघि एमाओवादी नेता अग्नी सापकोटाले भने, ‘हामी छलफल गरेर निर्णय गर्छौं।’
एमाओवादीका अर्का सांसद्ले दिएको जानकारी अनुसार उनीहरुको दल पनि विवादमा परेका केही न्यायाधीशलाई रोक्ने पक्षमा छन्। एमाले र एमाओवादी सर्वोच्च अदालतका न्यायाधीशहरुले कारबाहीका लागि न्यायिक टिप्पणी लेखिएका र सर्वाधिक विवादमा परेका कम्तीमा तीनजनालाई रोक्ने पक्षमा ‘लविङ्’ गरिरहेका छन्।
सर्वोच्चकै इजलासले कार्यक्षमतामाथि प्रश्न गरेर न्यायाधीशरु दीपकराज जोशी र चोलेन्द्रशमशेर राणालाई कारबाही गर्न भनि टिप्पणी लेखेका थिए।  एमाले सांसद् भीम रावलले केहि न्यायाधीशको विश्वसनियता, इमान र क्षमताबारे तथ्य सहित प्रश्न उठेको बताए।
‘यिनलाई सर्वोच्च लैजादा न्यायलयमा भ्रष्टाचार बढ्छ। न्याय सम्पादननमा असर पर्छ भन्नेमा हाम्रो स्पष्ट अडान छ,’ उनले भने, ‘हामी समितिमा त्यस्ता न्यायाधीशविरुद्व उभिन्छौं।’
संसदीय समितिमा सकभर सर्वसम्मतीमै निर्णय गर्ने चलन छ। कांग्रेसले त्यो परम्परा कायम राख्न पनि आठै जानालाई अनुमोदन गर्नुपर्ने तर्क अघि सारिरहेको छ। रावलले एमालेको ‘पोजिसन’ परिवर्तन नहुने बताएका छन्। बरु विवादास्पद् न्यायाधीशलाई रोक्न एमालेले कांग्रेससँग पनि कुराकानी गरिरहेको छ।
‘विवादास्पद् छवीलाई अनुमोदन नगर्नुस् भनेर कांग्रेससँग कुराकानी गरिरहेका छौं,’ एमालेका राजेन्द्र पाण्डेले भने, ‘अयोग्यलाई रोक्नुपर्छ भन्ने हाम्रो धारणा हो।’ आठै न्यायाधीश सर्वसम्मत हुन नसके मतदानबाट भएपनि टुंगो लगाउनुपर्छ भन्ने पक्षमा कांग्रेस देखिएको छ।
समितिमा रहेका कांग्रेस सभासद् वालकृष्ण खाँडले आफूहरुले सहमतिको प्रयास गर्ने बताए। ‘माओवादीको ठूलो बिरोध छैन, एमाले सरकारकै सहयात्री भइहाल्यो,’ उनले भने, ‘चोलेन्द्र शमशेरको पनि न्यायाधीशले पूर्वाग्रहका आधारमा टिप्पणी लेखेको भन्ने बुझिसकियो।’
उनले मुद्दा उल्टिएको आधारमा कारबाही गर्दा कुनै पनि न्यायाधीश बाँकि नहरने पनि बताए। कांग्रेस न्यायाधीश सिफारिशको पक्षमा उभिनेबित्तिकै प्राविधिक अनुमोदन हुने सम्भावना छ। व्यवस्थापिका संसद् संचालन कार्यविधि अनुसार दुई तिहाईले अस्वीकार गरेको व्यक्तिमात्र समितिबाट अनुमोदन हुँदैन। त्यसअनुसार विपक्षमा ५० सदस्य भएमात्र कुनै न्यायाधीश अयोग्य हुन्छ।
समितिमा कांग्रेसको १७ र न्यायाधीशरुको पक्षमा खुलेरै लागेका स्वतन्त्र २, राप्रपा २, दलित जनजाती पार्टीका विश्वेन्द्र पासवान, नेपाली जनता दलका हरिचरण साह, अखण्ड नेपाल पार्टीका कुमार खड्का, संघीय सद्भावनाकी डिम्पलकुमारी
झा, फोरम गणतान्त्रिका सरिताकुमारी यादव लगायत २६ भन्दा बढि छन्। यो संख्या अनुमोदनका लागि काफि छ। प्रविधिक अनुमोदन भन्दा पनि समितिमा उपस्थित हुने सांसद् संख्याको बहुमत जुटाउन कांग्रेस लागिरहेको छ। ‘मतदानमा बहुमत जुटाउन हामी लागि रहेका छौं,’ खाँडले भने, ‘३२ भन्दा बढि पुर्‍याउँछौं।’
अहिलेसम्मको छलफलमा विवादित न्यायाधीशको विपक्षमा एमाले १५, एमाओवादी ७, जनमोर्चा १, राप्रपा (नेपाल) २, थरुहट पार्टीको १, माले १, समाजवादी पार्टी १, नेमकिपा १ लगायत २९ छ।
मधेसी मोर्चाका आठ जानाले एकैठाउँमा मतदान गर्ने सद्भावनाका लक्ष्मणलाल कर्णले बताइरहेका छन्। ‘कांग्रेस, एमाले, माओवादी मिलेर आए भने दुईतिहाई हुन्छ,’ उनले भने,’हामी वेट एण्ड सी तर मधेसी मोर्चा एकठाउँ उभिऊ भन्नेमा लागिरहेका छौं।’ हाल समितिमा रहेका ७२ सदस्य मध्ये ५ जना(आनन्दप्रसाद ढुंगाना, हरिचरण साह- दिल्ली, लोकणि ढकाल- अमेरिका, कललेश्वर गोश्वामी-लखनउ,मेघराज निसाध -राजधानी बाहिर) अनुपस्तित छन्।
आठ न्यायाधीशको अनुमोदन
पक्ष
कांग्रेस १७
राप्रपा २
स्वतन्त्र २
अन्य ५
विपक्ष
एमाले १५
एमाओवादी ७
राष्ट्रिय जनमोर्चा २
अन्य ५
निर्णय हुन बाँकि  
१७
setopati.com
Loading...

यसमा तपाइको मत

main बाट अन्य

श्रीमान मेरो पक्षलाई हदै सम्म सजाय गरियोस

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

संगठित अपराध; भ्रम र यथार्थ

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

हाम्रो स्वाभिमानका लागि भारत सङ्ग कुरागर्ने हिम्मत गर्नु पर्छ

Spread the loveएउटा भनाइ छ, अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ। जब राज्य कम्जोर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, रास्ट्रले अन्तरास्ट्रिय साख गुमाउंछ। अहिले हाम्रो अवस्था यस्तै हो। जब रास्ट्र अपमानित...

पशुपतिमा अन्याय भयो भनी कराइरहेकालाई जग्गा दिलाउने न्याय

Spread the loveहरि प्रसाद प्रधान नेपालमा प्रधान न्यायालयको प्रधान न्यायाधीश बनाउन भारतवाट झिकाइएका थिए । सो प्रयोजनका लागि उक्त पदका लागि लायक नेपाली नपाइए बिदेशी नागरिकलाई नियुक्त गर्न सकिने गरी नेपालको अन्तरीम शासन ऐन,...

विकल्प नसोचिएको दल र कार्यकर्ताको हित हुने प्रणाली

Spread the loveनेपालमा अवको शासकिय स्वरुप कस्तो वन्नु पर्दछ भन्ने वहश चलिरहेको सन्दर्भमा आफनै देशमा प्रयोग गरिएको प्रणाली र विश्वका विभिन्न राज्यले गरेकोे प्रयोग अनि त्यसको परिणाम हाम्रो लागि वास्तविक प्रयोगशालामा परिक्षण पश्चातका ब्यवाहारिक...

फोरम द्वारा १ दिने अन्तरकृया सम्पन्न

Spread the love पर्यटन ब्यवसायको क्षेत्रमा कार्यरत कानून ब्यवसायीहरुको संस्था टुरिजम लयर्स फोरम नेपालले नेपालको कर प्रणाली, कानून र पर्यटन ब्यवसाय बिषयक एक दिने अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । कर्यक्रममा बौद्ध, सिनामंगल, गौसाला तथा...

मुलुकी संहिता लागू भएसँगै १४ वटा ऐन खारेज, ३६ वटा संशोधन

Spread the loveकाठमाडौं जंगबहादुर राणाले १६५ वर्षअघि लागू गरेको मुलुकी ऐन गत भाद्र १ गतेदेखि विधिवत रुपमा खारेज भएको छ । भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी ऐन मुलुकी देवानी (संहिता) ऐन,...

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

Spread the love“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र...

निर्मला ! तिमीले सुतेकाहरुलाई उठाएकी छौ

Spread the loveसमाजमा हुने घटनाले मानिसमा पारेको प्रभाव पिडा वनेर ब्यक्त हुन्छ । त्यही पिडा कतै कथा, कविता र विभिन्न भावमा प्रस्फुटन हुन्छ । निर्मला पन्तको हत्या र अपराधीलाई बचाउन अपारध नियन्त्रण गर्ने अधिकार...

पर्यटन कानून मसौदाको लागि छलफल कार्यक्रम सम्पन्न

Spread the love काठमाण्डौ ठमेल स्थित होटल बैसालीमा प्रदेश नं. ३ का उद्योग, पर्यटन तथा वातावरण समिती, पर्यटन विज्ञ, ब्यवसायी र पर्यटन क्षेत्रमा कार्यरत कानून ब्यववसायी विच प्रदेशले वनाउने पर्यटन कानून, यसको तर्जुमा र प्रभावकारी...