पुस्तक समीक्षा- फस्ट लभ

Loading...
Spread the love

 पहिलो प्रेम हर मान्छेको जीव्ानभर अर्थ राखिरहने महत्वपूर्ण अवस्था हो । पहिलो प्रेम वियोगमा नटुंगिने पनि विरलै हुन्छ । तर पहिलो प्रेमको वियोग सधैंभरी मुटु खाइरहने हुँदैन । उमेर र बुद्धिको विकाससँगै मान्छेले जब आफ्नो पहिलो प्रेमको मुल्याकंन गर्छ तब त्यो एउटा मीठो सम्झना बन्छ ।

पहिलो प्रेम हर मान्छेको जीव्ानभर अर्थ राखिरहने महत्वपूर्ण अवस्था हो । पहिलो प्रेम वियोगमा नटुंगिने पनि विरलै हुन्छ । तर पहिलो प्रेमको वियोग सधैंभरी मुटु खाइरहने हुँदैन । उमेर र बुद्धिको विकाससँगै मान्छेले जब आफ्नो पहिलो प्रेमको मुल्याकंन गर्छ तब त्यो एउटा मीठो सम्झना बन्छ ।

यस्तै मीठा सम्झनाहरुलाई, पहिलो प्रेमका स्मृतिहरुलाई सस्मरणको रुपमा आख्यानीकरण गरेर आएको पुस्तक होः फस्ट लभ । संस्मरण भनिए पनि सबैजसो लेखकका रचनाहरुले कथाको गुण बोकेका छन् । कतिपय ठाउँमा लेखक बाहेक अरुको नाम काल्पनिक आउँदा संस्मरणको गुणबाट विमुख पनि देखिन्छन् । भलै, दशजना लेखकहरुका दश रचनालाई एउटै साँचोमा हालेर जाँच्न भने सकिदैन ।

पहिलो संस्मरण छ विमल आरोहीको “विन्ते”। अंचालिकताको मीठो आभास दिन सक्षम छ यो संस्मरण । बालसखीसँगको पहिलो प्रेम पढ्दा पाठक रोमान्चित हुँदै भावुक बन्छ । प्रेमको मात्र होइन पश्चिमी नेपालको समाज पनि चित्रित भएको छ यसमा । त्यही समाज र त्यहाँ हुर्किएका मान्छेहरुको सोच नै त्यो प्रेमलाई वियोग गराउने तत्व देखिन्छ ।

शिवानीसिंह थारु, कुनै बेला नेपालकी चल्ताफुर्ता टिभी एकंर एवम् मोडेल । पछिल्लो समय उनी लेखनमा लहसिदैं आएकी छिन् । र लेखनको पहिलो परीक्षा पहिलो प्रेमको परिदृश्य उतारेर दिएकी छिन् । उनको “हरियो घर” पढिरहँदा लाग्छ, कहाँ छ उनको पहिलो प्रेमको अनुभूति ? खाली घटना र दृश्यको वर्णनले मात्र अघि बढ्छ उनको कथा । उनको प्रेमी आशीषले उनलाई प्रेम गर्ने कुरो त बुझ्छ पाठककले , तर उनले कहाँ दर्शाएकी छिन् उनको प्रेम ? त्यसपछि टोले दाईको प्रसंग आएपछि पाठक चित खान्छ, यो उनको पहिलोसँगसँगै दोस्रो प्रेमको पनि संस्मरण रहेछ । दुवै एकतर्फीजस्ता लाग्ने प्रेमप्रसंगमा लेखकले आफ्नो प्रेम खुलाउनबाट चुकेकी छिन् ।

अमूर्त लेखनमा छबि बनाएका कुमार नगरकोटीले विस्तारै आफ्नो लेखनलाई सरलीकृत गर्दै आएका छन् । सरल तरिकाले गहन दार्शनिक संसारमा पाठकलाई पुर्याउन खप्पीस छन् उनी । उनको संस्मरण कम कथा ज्यादा “ऋतुको चिया पसल” संग्रहकै उत्कृष्ट मध्ये एक रचना हो । भाषा र कथावाचन शैलीमा उनको आफ्नैपन छ । पढ्दै जाँदा पाठकलाई कथानकको चुली चढाउन वा खोल्सोमा खसाल्न निकै सिपालु छन् उनी । पाठकलाई आख्यानबाट लिनु पर्ने सबै मजा साथै एउटा निचोड पनि दिन सक्छ उनको यो संस्मरणले ।

 

संग्रहमा समिष्ट कमजोरमध्येको एउटा संस्मरण हो कमल नेपाली “खत” । मेरुदण्डविहीन सर्पलाई थाङ्ग्रो लगाएर जबरजस्ती उभ्याएझैं उभिएको छ यो रचना पनि । तर आजका पाठक त्यति मुर्ख छैनन् हेरेर छाड्ने । उनीहरु छामेरै हेर्छन । कथामा प्रवेश गर्ने एउटी पसलमा बसेकी युवतीसँग प्रेम चलाउँदै । झन्डै अढाई पेज व्यर्थ डुलाएर अन्तै झम्पट ? त्यसपछि अचानक प्रवेश गरेकी मुख्य पात्रप्रति पाठक आर्कषित हुन गाह्रै छ । पढिरहँदा लाग्छ यो पहिलो प्रेम होइन छिप्पिएको प्रेम हो । पहिलो प्रेम हरपाठकले गरेको हुन्छ र मनमा बेग्लै श्राद्धका साथ सजाइरहेको हुन्छ । तर कमसल फिल्मी अन्त्य गरेर पाठकको श्रद्धालाई मिच्ने काम भएको छ यस कथामा ।

लेनिन बन्जाडे, नाम सुन्दा धुरन्धर कम्युनिष्ट नेता लाग्छन् । तर नेता नभए पनि राम्रो लेखक हुने लक्षण भने देखिएको छ उनमा । सलल बगेको भाषा, पाठकलाई रचनाभित्र तुरन्तै आर्कषित गराउन र कथानकको वहावसँगै उतारचढाव गराउन सकेका छन् उनले “नाममा के छ ?” मा । तर कथानकको अन्त्यमा उनले पनि अर्को पात्र थपेर पूर्ण न्याय दिन सकेका छैनन् । भन्नमा चाहिँ पहिलो प्रेम भन्ने , अनि किन थप्ने अर्को पात्र र उसलाई पनि गर्ने प्रेम ? यो संग्रहका केही संस्मरणहरुमा प्रयुक्त सबैभन्दा ठूलो कमजोरी हो यो । पहिलो प्रेम भन्ने वित्तिकै पाठकले त्यो पात्रप्रतिको लगाव, समर्पण र अनूभुति खोज्छ । पाठक आफूले गरेको पहिलो प्रेमको अनुभूति व्यक्त गर्न सक्दैन । त्यसैले पुस्तकले अभिव्यक्ति गरिदियोस् भनेर पढ्छ । अनि आशा गरे अनुरुप नपाएपछि भडि्कन पनि बेर लाउँदैन ।

सम्पादक अजित बरालको संस्मरण छ “फस्ट क्रस ।” शीर्षक जस्तै यो संस्मरण कुनै जाँचकीको हातमा पर्ने हो भने सायद क्रस नै भेट्छ । भाषामा त उनी खेल्न खोज्छन् तर वीचवीचमा देखापर्ने उनको अंग्रेजी प्रेमले त्यो मीठासलाई खल्लो तुल्लाइदिन्छ । सिंगै वाक्य वा अनुच्छेद नै अंग्रेजीमा राखेर उनले कथित “स्ट्यान्डर्ड मेन्टेन” गर्न खोजेका हुन् वा कथालाई वास्तविक बनाउन खोजेका हुन् ? यदि नेपाली भाषाकै उचित प्रयोग गर्ने हो भने कथाको मीठास नहराउन सक्थ्यो । अनि प्रेमिकाको नाम समेत अजिता राखेर अतिरञ्जित गरेका छन् अजितले । तर पहिलो प्रेमीको रुपमा आफैंलाई चरित्रमा ढाल्न भने सक्षम देखिन्छन् उनी ।

“चरी” ऋचा भट्टराईको पहिलो प्रेमको होइन पहिलो छुट्काराको कथा बन्न पुगेको छ । प्रेमीलाई कहिँ पनि प्रेम गर्दिनन् उनले संस्मरणभरी । खाली भाग्न मात्र खोज्छिन् । वास्तविक जीवनमा उनी नभागेकी हुन सक्थिन् । केही न केही प्रेमको अनुभूति त गरेकी थिइन् होला । तर लेखनमा उतार्न सकिनन् । संकोचले उनलाई लेखनमा भगाइरहेझैं लाग्छ उनको संस्मरण पढिरहँदा ।

“समर लभ” बाट चर्चामा आएका आख्यानकार सुविन भट्टराईको “दुरी”ले उनको साख बचाउन सकेको छ तर त्यही शैलीमा । भाषाशैली र कथावाचनले त उनी पाठकलाई चाँडै आफ्नो वशमा पार्न सक्षम देखिन्छन् । तर कथानकको विकास र उत्कर्ष समर लभभन्दा भिन्न देखिदैन । प्रेमिका कविता अध्ययनका लागि टाढा गएपछि उत्पन्न दुरीका कारण उनको पहिलो प्रेम धरापमा परेको छ, समर लभ शैलीमै । तर ठाउँठाउँमा पात्रमार्फत भनिएका स्वस्फुर्त दार्शनिक लाग्ने वाक्यहरु भने निकै लोभलाग्दा रहेका छन् । समग्रमा “दुरी” संग्रहको उल्लेखनीय संस्मरण मध्ये एक पर्छ ।

कवितामा प्रशस्त सम्भावना बोकेका रावतको पहिलो प्रेमको संस्मरण रहेको छ “कुखुरे वैंश ।” पुस्तकले मागेअनुरुपको पहिलो प्रेमको चरित्र सबैभन्दा बढी बोकेको कथा हो यो । कवितामाझैं भाषाको राम्रो प्रयोग गरेका छन् रावतले यसमा । हर मान्छेले पहिलो प्रेम कुखुरे वैंश अर्थात टिनएजमै गरिसक्छ । उसलाई त्यो प्रेमको औचित्य, सफलता वा असफलतासँग कुनै मतलब हुँदैन । बुद्धि विकास हुनुपूर्वको काँचो तर जीव्ानभर छाप छोड्न सक्ने प्रेमको चित्रण गजबसाथ गरेका छन् उनले ।

पुस्तकको अन्तिम कथा रहेको छ शोभा शर्माको “आइडियल बोई ।” शीर्षक अनुरुपको आइडियल रचना भने बन्न सकेको छैन यो । जबरजस्ती अघि बढिरहेको कथा बीचैमा टुङएिझैं लथालिङ्ग छाडिएको छ । पाठक सन्तुष्ट हुनै सक्दैन कथाको अन्त्यमा आएर । फोन उठाउने बुढीको एक वाक्यकै भरमा प्रेम टुंग्याइएको छ । प्रेम त्यति सजिलै टुंगिदैन । शक्तिशाली तर्कले आड दिएकै हुनुपर्छ ।

फाइनपि्रन्टले प्रकाशन गरेको यस पुस्तकका सबै कथाहरुको भाषामा एकप्रकारको समानता पाउन सकिन्छ । हुन त फाइनपि्रन्टका पुस्तकहरुको ट्रेड जस्तै बनिसकेको छ, छोटाछोटा वाक्य राखेर भाषालाई चोटिलो बनाउन खोज्नु । तर प्रत्येक कुरा प्रयोग गर्ने खुबीको पनि सीमा हुन्छ । लेखकको स्वभाविक वहाव नै त्यस्तै छ भने मात्र त्यसले मीठास दिन्छ । तर पछि कैची चलाएर टुक्राइएका वाक्यहरुले भने दाँतमा ढुंगा लागे सरह बनाइदिन्छन् ।

पुस्तक तयार गर्नुअघि अलिक कम गृहकार्य गरेको देखिन्छ । केवल पहिलो प्रेमको संस्करण लेख्ने भनेर लेखकहरुलाई जिम्मा लगाएर किताब तयार पारेको देखियो । त्यसैले विविधता आउन सकेको छैन । र कतिपय संस्मरणहरु प्रेम होइन आकर्षणको अनुभूतिमा रुमलिइरहेका देखिन्छन् । र सम्पूर्ण संस्मरणहरुको एउटा कमजोरी भनेको पाठकलाई छाप पार्न सक्ने चरित्रको अभाव नै हो । भाषाको खेल राम्रो भए पनि मैदानमा उतारिएका खेलाडी-पात्र)हरुले प्रभाव पार्न सकेनन् । फाइनपि्रन्टले प्रकाशन गरेको यस पुस्तकको मुल्य रु.२५० रहेको छ ।{jcomments on}

Loading...

यसमा तपाइको मत

पुस्तक बाट अन्य

किशानको अधिकार र कानूनी सन्दर्भ समेटीएको पुस्तक आयोगद्धारा सार्वजनिक

Spread the loveकाठमाण्डौ: राष्ट्रिय मानव अधिकार आयोगले किसानको अधिकार सम्वन्धि कानूनहरुको पुनरावलोकन अध्ययन प्रतिवेदन शुक्रबार एक कार्यक्रमका विच सार्वजनिक गरेको छ । पुस्तकमा किशानको अधिकारको एतिहाँसिक सन्दर्भ, नेपालको संविधानले गरेका व्यवस्था, अन्तराष्ट्रिय कानून र...

दुष्कृति कानून: अदालतको व्यवस्थापन देखेर पंक्तिकारका आँखा रसाए

Spread the loveकाठमाण्डौ (पुस्तक समिक्षा): नेपालमा खासै प्रचलनमा नरहेको तर विश्वमा प्रचलित दुष्कृति कानूनलाई मुलुकी देवानी (संहिता) ऐन २०७४ ले कानूनी रुप दिएपछि यसको चर्चा व्यापक भइरहेको छ । यसै कानूनलाई अझ बढी परिभाषित...

डा. श्रेष्ठको पीडितशास्त्र पूस्तक विमोचन

Spread the loveकाठमाण्डौ: विश्वका कुनै विकसित मुलुक भन्दा नेपाल पहिलो हो जस्ले अपराध पिडितको हक लाई मौलिक हकको रुपमा मान्यता प्रदान गरेको छ । नेपालको संविधान २०७२ को धारा २१ अन्र्तगत अपराध पिडितको हक...

रोजगारीमा गएका युवाको पीडा समेट्दै मुदिर

Spread the loveकेही वर्षअघि युवा गजलकारका रूपमा राम्रो छाप छाडेका मीनराज वसन्त साहित्यिक वातावरणबाट अचानक बेपत्ता भए । करिब पाँच वर्ष उनको कुनै अत्तोपत्तो भएन । केही समयअघि मात्र थाहा भयो– उनी वैदेशिक रोजगारीका...

क्रसरोड्स सार्वजनिक

Spread the loveमाधव अधिकारी /काठमाडौँ  पोखरा विश्वविद्यालयको उच्च शिक्षा अध्ययन संस्थान आएसरले क्रसरोड्स नामक कथासङ्ग्रह बजारमा ल्याएको छ । दुई वर्ष अघि ल्याइएको हुलाकी सङ्ग्रहबाट साहित्य प्रकाशन सुरु गरेको संस्थाले १७ कथाकारका एक एक वटा...

साहित्यकार विष्टको कामरेडको कथा उत्कृष्ठ वर्ष पुस्तक

Spread the loveकाठमाण्डौ: फेडोल साहित्य प्रतिष्ठानले साहित्यकार गायत्री विष्टलाई सम्मान गर्ने निर्णय गरेको छ । साहित्यकार विष्टको कामरेडको कथा २०७२ साल भरिमा प्रकासित भएका सम्पुर्ण पुस्तकहरुमध्येको उत्कृष्ठ पुस्तकको रुपमा समावेस भएका कारण विष्टलाई सम्मान गरिने...

पत्रकार लुइटेलको जलेको मन अमेरिकामा सार्वजनिक

Spread the loveलस एन्जल: पत्रकार एवं साहित्यकार गुणराज लुइटेलले अमेरिकाबाट आफ्नो कविता संग्रह जलेको मनु ल्याएका छन । प्रथम अन्तरराष्ट्रिय च्याप्टर सम्मेलन तथा विश्व काव्य गोष्ठीको उद्घाटनमा जलेको मनु को विमोचन गरिएको छ। लुइँटेलको कविता...

प्रियासनको पुनरागमन सार्वजनिक

Spread the loveदाङ: पत्रकार एवं साहित्यकार सविन प्रियासनद्वारा लिखित पुनरागमन उपन्यासको मंगलबार विमोचन गरिएको छ । मंगलबार दाङको घोराहीमा आयोजित एक कार्यक्रममा पुनरागमन उपन्यासको विमोचन गरिएको हो । पत्रकार महिलाहरुको संघर्षशील कथा समेटिएके उपन्यासको जिल्लाका...

कथामा अल्झिएको प्रेम शनिबार सार्वजनिक हुने

Spread the loveप्रेम दिवस लगतै कथाकार संगीता श्रेष्ठ प्रेमसम्बन्धी आफ्नो कथा लिएर पाठक माझ आएकी छन् । उनीद्वारा लिखित प्रेकथाको संग्रह कथामा अल्झिएका प्रेम यही साता सार्वजनिक हुदै छ । विभिन्न उमेरसमूहका मानिसबीच विभिन्न क्षेत्रमा...

रविन्द्र अधिकारीको “समृद्ध नेपाल” विमोचन

Spread the loveनेपाल लिटरेचर फेस्टिभलको पाँचौ संस्करणमा सांसद तथा संसदीय विकास समितिका अध्यक्ष रविन्द्र अधिकारीको कृति “समृद्ध नेपाल” को विमोचन भएको छ । पोखराको पार्दीमा शुरु भएको उक्त फेस्टिभलमा अधिकारीले बालबालिकाको हातबाट आफ्नो कृति...