जेठ १३, काठमाडौं । केही वर्ष अघिसम्म अपराधीका गुट–उपगुटका कारण बारम्बार झगडा भइरहने सुनसरीको झुम्कास्थित क्षेत्रीय कारागारमा पछिल्लो समय मानसिक बिरामीहरुको कारण हल्लीखल्ली मच्चिएको छ। बाहिरबाट शान्त देखिने कारागार भित्र भने मानसिक बिरामीहरुले प्रहरी र अन्य कैदीबन्दीहरुलाई हैरान बनाइरहेका हुन्छन्।
कारागार प्रशासनका अनुसार मानसिक बिरामी रहेका कैदीहरु कहिले आत्म हत्याको प्रयास गर्छन् त कहिले अरु कैदीबन्दीहरुलाई आक्रमण गर्छन्। थरीथरीका चर्तिकला देखाउने कैदीबन्दीहरुका कारण कारागार प्रशासन आजित बनेको छ।
‘केही दिन अघि एक जना कैदी बिजुलीको पोलमा चढेर हामफाल्ने प्रयास गरेपछि भुईमा सिरक डसना नै ओच्छ्याउनु पर्यो,’ कारागारका जेलर गणेशप्रसाद अधिकारीले भने, ‘मानसिक बिरामीहरुका कारण कारागारमा हैरानी र जोखिम दुवै बढेको छ।’
हाल कारागारको ब्लक नम्बर १ र २ मा गरी २२ मानसिक बिरामी कैदीबन्दी छन्। कैदीहरुको उपद्रो अनुमान गरिनसक्नु हुन्छ। ‘झापाबाट ल्याइएको एकजना बिरामी कैदीले अरुको जुत्ता चप्पल लुकाएर हैरान पार्छ,’ अधिकारी भन्छन्, ‘अरु भात खान बसेको बेलामा सबैको जुत्ता भेला पारेर लुकाउने गर्छ, हैरान लगाइसक्यो।’ अधिकारीका अनुसार कोही बिरामी भने पकाउँदै गरेको भातको भाँडो नै घोप्टाइदिन्छन्।
कैदी बन्दीहरुको कारण अन्य कैदीहरु समेत जोखिममा छन्। गत वैशाख २२ गते कारागार झुम्का कारागारमा रहेका मानसिक बिरामी कैदी हरिश्चन्द्र भनिने हरी राईले खुकुरी प्रहार गर्दा तीन जना कैदीहरु घाइते नै भए। हरीश्चन्द्र आफै पनि घाइते भए। ‘घाइते चारै जनालाई उपचारको लागि धरानस्थित वीपी प्रतिष्ठान र विराटनगरस्थित न्यूरो अस्पताल पुर्याइएकोमा एक जना अझै उपचार गराइरहेका छन्,’ अधिकारीले भने। लागू औषध र ज्यान मार्ने उद्योगमा जेल परेका उनी काठमाडौस्थित कारागारबाट झुम्का ल्याइएका थिए। खुकुरी प्रहारको घटनापछि उपचार गरेर उनलाई काठमाडौ नै फर्काइएको अधिकारीले बताए। मानसिक बिरामी कैदीहरुलाई अन्य कैदीहरुले पहरा दिएर राख्ने गरेको समेत अधिकारीले बताए।
कारागार ऐनमा यस्ता कैदीबन्दीको लागि छुट्टै ठाउँ व्यवस्था गर्नुपर्ने भनिएपनि ठाउँ अभावका कारण छुट्टै राख्न नसकेको अधिकारी गुनासो गर्छन्। ‘यसको लागि माथिल्लो तहबाटै काम हुनुपर्छ,’ मानसिक अवस्था बिग्रेका कैदी बन्दीहरुको बारेमा कारागार व्यवस्थापन विभागमा पत्राचार गरिसकिएको जनाउँदै उनले भने, ‘बिरामीहरुको उपचारको व्यवस्था गर्नुपर्छ नत्र कारागार अशान्त भइरहन्छ।’ कतिपय कैदी ठिकठाक भएपनि पछि जेल जीवन बिताउँदै जाँदा मानसिक सन्तुलन बिग्रने गरेको अधिकारीले जानकारी दिए। औषधी खुवाउन कारागारसँग रकम नभएको र कतिपय बिरामीका परिवार समेत नआउने हुँदा बिरामीहरुको अवस्था झन् बिँग्रने उनी बताउँछन्।
झुम्का कारागार पूर्वाञ्चलकै ठूलो कारागार भएकोले अन्य कारागारबाट यहाँ कैदीबन्दीहरु ल्याउने क्रम समेत बढेको छ। अन्य कारागारले आफूले सम्हाल्न नसकेका र ठूला अपराधीलाई छानीछानी अन्यत्र पठाउने गरेको छ। त्यस्ता कैदीहरुमा मानसिक बिरामी पनि पर्छन्। ‘झापाबाट ल्याइएका ४८ जनामध्ये चार जना मानसिक बिरामी रहेछन्,’ अधिकारीले भने, ‘सुरुमा त थाहा हुँदैन, पछि उपद्रो गरिसकेपछि थाहा हुन्छ।’
देशभरवाट स्थानान्तरण गरी ल्याएका कैदी मानसिक रोगिका कारण कारागारमा दैनिक जसो तनाव उत्पन्न हुने गरेको छ। १२ सय भन्दा बढि कैदी बन्दी रहेको कारागारमा मानसिक रोगिका कारण शान्ति सुरक्षामा समेत असर परेको छ। शान्ती सुरक्षा कायम राख्न २५ प्रहरी दरबन्दी रहेको यस कारागारमा काजमा मात्र ७० जना प्रहरी खटाइएको भएपनि यो पनि पर्याप्त नभएको कारागार प्रशासनले जनाएको छ।
मानसिक रोगि कैदीबन्दीले कुनै पनि बेला अप्रिय घटना घटाउन सक्ने भएकाले उनीहरुलाई अन्य कैदीबन्दीहरुले रातदिन हेराचाह गर्नु परेको चौकिदार तारा नेपालले बताए। setopati.com
रोचक प्रसंग बाट अन्य
प्रेम गरेको अभियोगमा ८१ वर्षीय वृद्धलाई गाउँ निकाला
Spread the loveगुल्मी: गुल्मीको अर्बेनी गाविस ५ का ८१ वर्षीय वृद्ध लालबहादुर सुनारले सोही गाउँकी ४२ वर्षीया सावित्री न्यौपानेसँग प्रेम सम्बन्ध राखेको भन्दै स्थानीयले उनीहरुलाई कुटपिट गरी गाउँ निकाला गरेका छन् । पुस १...
कैदीबिच कुटाकुट हुँदा ८ घाइते
Spread the loveमहोत्तरी: जलेश्वर कारागारमा कुटाकुट हुँदा ८ जना घाइते भएका छन् । टाउकोमा चोट लागेका उनीहरुलाई उपचारको लागि जलेश्वरस्थित कान्ति सामुदायिक अस्पतालमा लगिएको छ ।
कारी साह भन्ने भाइ नाइकेलाई सन्दोष पण्डित नामको कैदीले...
प्रेमजोडीको गन्तव्य बन्यो प्रहरी भवन
Spread the loveकाठमाण्डौ: स्थानीयले प्रहरीका लागि बनाइदिएको भवन अहिले प्रेमजोडी बस्ने घर बनेको छ । राप्ती राजमार्ग अन्तर्गत दाङ-सल्यान-रुकुम सडक खण्डको हर्नेटीनजिकै डगैरामा स्थानीय समुदायले अस्थायी प्रहरी पोस्ट स्थापनाका लागि निर्माण गरेको भवनमा प्रहरी...
टेनिस महिला खेलाडीको सुन्दरताले फिदा भए ट्रम्प
Spread the loveडोनाल्ड ट्रम्पले पछिल्लो दिनमा सबै पूर्वानुमानलाई चुनौति दिँदै अमेरिकी राष्ट्रपति निर्वाचनमा हिलारी क्लिन्टनलाई हराएका थिए । महिलाहरुसँगको सम्बन्धले विवादमा आइरहने ट्रम्प एक टेनिस खेलाडीको सुन्दरताले फिदा नै भइसकेका छन् ।
ट्रम्पका अनुसार अहिलेसम्म...
हाडनाताको करणीले अन्तत पायो कानूनी मान्यता
Spread the loveकाठमाडौं: बाबुछोरीको सम्बन्ध पवित्र भनेको हाडनाताको सम्वन्ध सँगै पवित्रध सम्बन्ध मानिन्छ तर यहाँ एक पुरुषले आफ्नै भतिजीसँग अवैध सम्बन्ध राख्ने गरेको थाहा हुन आएके छ ।
उक्त घटना सँगै रोचक कुरा अदालतको फैसलालाई...
अनुमति विना तस्विर प्रकाशन गरेको भन्दै मुद्धा दर्ता
Spread the loveकसैको सहमति विना तीसवर खिच्नु पनि गैरकानूनी काम हो । यहाँ यस्तै घटना भएको अमेरिकाको लस एन्जलस प्रहरीले लज्जाजनक तस्वीर लिएको अभियोगमा प्लेव्वाई म्यागजिनकी मोडल डेनी म्यादर्सबिरुद्ध मुद्धा दर्ता गरेको छ ।
डेनीले...
बाँचुन्जेल बाटो खन्ने ७२ वर्षीय साहासी वृद्ध ओली
Spread the loveकाठमाण्डौ: परिवारमा सात सदस्यमध्ये ६ जना दृष्टिविहीन । काम गर्न सक्ने उनी मात्रै एक्लो सदस्य, त्यो पनि सात दशक काटेका वृद्ध । श्रीमतीसहित परिवारका सदस्यको हेरचाह अनि चौपायालाई घाँसपात गर्दैमा उनलाई फुर्सद...