निर्वाचन आचार संहिता लाग्दा पत्रकार आचार संहिता लाग्दैन ?

Loading...
Spread the love

सधैँभरि नेताहरु र राजनीतिलाई बुद्धि बिगारे, नीतिमा चलेनन्, आचार भ्रष्ट भए भनेर जनताका सामु बोल्न, लेख्न नथाक्ने नेपाली पत्रकार र लेखकहरु यतिबेला सर्वांग भएका छन् ।

 

उनीहरु झन् कति धेरै धेरै गति छोडेर लेख्न र बोल्न सक्ने रहेछन् भन्ने पनि देखिएको छ । सायद इतिहासमा सबैभन्दा बढी पत्रकार आचार संहिता उल्लंघन भएको बेला यतिबेला नै हुन सक्छ ।

 

लेखक, पत्रकारहरु व्यक्तिगत गाली गलौजमा खासगरी अनलाइन मिडियाहरु उत्रिएका छन् । पत्रकारिता मार्फत अर्कै कुनै फल चाख्नका लागि यसलाई भर्यांग मात्र बनाउन खोज्नेहरु आचारहीन लेखनमा अगाडि देखिएका छन् । त्यसैले यसमा सबैलाई चाहिँ मुछ्न मिल्दैन नै ।

 

सधैँभरि नेताहरु र राजनीतिलाई बुद्धि बिगारे, नीतिमा चलेनन्, आचार भ्रष्ट भए भनेर जनताका सामु बोल्न, लेख्न नथाक्ने नेपाली पत्रकार र लेखकहरु यतिबेला सर्वांग भएका छन् ।

 

उनीहरु झन् कति धेरै धेरै गति छोडेर लेख्न र बोल्न सक्ने रहेछन् भन्ने पनि देखिएको छ । सायद इतिहासमा सबैभन्दा बढी पत्रकार आचार संहिता उल्लंघन भएको बेला यतिबेला नै हुन सक्छ ।

 

लेखक, पत्रकारहरु व्यक्तिगत गाली गलौजमा खासगरी अनलाइन मिडियाहरु उत्रिएका छन् । पत्रकारिता मार्फत अर्कै कुनै फल चाख्नका लागि यसलाई भर्यांग मात्र बनाउन खोज्नेहरु आचारहीन लेखनमा अगाडि देखिएका छन् । त्यसैले यसमा सबैलाई चाहिँ मुछ्न मिल्दैन नै । तर, पनि बाँकी जति आचारहीन पत्रकारिता गरिरहेका छन् तिनलाई नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिलले पनि कुनै पनि खबरदारी गरेको छैन । जुन एकदमै जरुरी छ ।

 

दलहरुलाई मिडियाले अनुगमन गर्ला भन्ने ठानेकोमा बरु पत्रकारहरुको पो अनुगमन र पर्यवेक्षणका लागि बेग्लै पर्यवेक्षकहरु चुनावका समयमा खटाउनु पर्ने रहेछ भन्ने यतिबेला खड्किन थालेको छ ।

 

कानुन बमोजिम समेत कारवाही भोग्न तयार हुनु पर्ने गरी सञ्चार माध्यमबाट व्यक्तिगत गाली गलौज गर्ने शैली र सँस्कार नेपाली अनलाइन पत्रकारिता हुर्कन थालेपछि यसले नेपाली पत्रकारिता जगतको मात्र होइन पूरै नेपालीको शिर विश्वसामु निहुरिनु पर्ने स्थिति आउन सक्छ ।

 

हो, समाजमा इतिहासमा खासगरी राजनीतिक इतिहासमा खराब व्यक्तिहरु आउँछन्, देश र जनताका लागि खराबीहरु गर्छन् । कालान्तरमा तत्कालीन समयमा त्यो समयको माग थियो त्यो घटिन हुनु समयले खोजेको स्थितिको निकास थियो भन्ने विश्लेषण द्वन्द्वात्मक भौतिकवादले समेत गर्दछ । तत्कालीन अवस्थामा पृथ्वीनारायण शाले जे गरे त्यो त्यतिबेलाका लागि आवश्यक थियो भन्ने विश्लेषण यतिबेलाका क्रान्तिकारीहरुले समेत गर्नु भनेको पनि त्यही मान्यताको प्रमाण हो । त्यसैले इतिहासमा हुने त्यस्ता राजनीतिक घटना परिघटनाहरुको भद्र र सैद्धान्तिक व्याख्या विश्लेषण नगरी लेखक पत्रकारहरु व्यक्तिगत गाली गलौजमा उत्रिएको देखेर जनता जनार्दनले भन्न थालेका छन् कि राजनीतिजिवी मात्र होइन पत्रकार, लेखक विश्लेषक पनि उस्तै दोषारोपण मात्र गरिरहने तर समाधानतर्फ कहिल्यै नसोच्ने प्राणी रहेछन् ।

 

लोकतन्त्रको एउटा सुन्दर विशेषता विरोधमा भद्रता पनि हो । विरोध पनि विरोधीका कित्तामै उभिएर उसले सुन्ने गरी सुन्न सक्ने भाषामा भावलाई बढी प्राथमिकतामा राखेर सुनाइन्छ न कि विरोधीले सुन्नै नसक्ने गरी कान थुनोस् अथवा विरोधीलाई शब्दले मारेर सुन्नै नसकिने बनाइयोस् । त्यसैले प्रकृतितः नै लोकतन्त्रविरोधी अभिव्यक्तिको शैली र आमअभिव्यक्तिको काइदालाई सबैले निरुत्साहित गर्र्नैपर्छ । त्यसका लागि नेपालकानुनडटकम परिवार सबै पक्षको ध्यानाकर्षणका लागि आग्रह गर्दछ ।

{loadposition relativebox}

{loadposition facebookbox} {jcomments on}

Loading...

यसमा तपाइको मत

अभियान सुशासनकाे बाट अन्य

गर्भवती र सुत्केरी महिलाको हवाई उद्धार सरकारले निःशुल्क गर्ने

Spread the loveकाठमाण्डौ: ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाले अब तत्काल हवाई उद्धारको सुविधा पाउने भएका छन् । सरकारले यस्तो सुविधा पहिलो चरणमा हिमाली तथा पहाडी भेगका दुर्गम स्थानीय तहबाट शुरु गर्न लागेको...

पर्यटन कानून मसौदाको लागि छलफल कार्यक्रम सम्पन्न

Spread the love काठमाण्डौ ठमेल स्थित होटल बैसालीमा प्रदेश नं. ३ का उद्योग, पर्यटन तथा वातावरण समिती, पर्यटन विज्ञ, ब्यवसायी र पर्यटन क्षेत्रमा कार्यरत कानून ब्यववसायी विच प्रदेशले वनाउने पर्यटन कानून, यसको तर्जुमा र प्रभावकारी...

मन्त्रालयका काम र प्रगति विवरणको अनुगमन गर्न सफ्टवेयर निर्माण हुदै

Spread the loveकाठमाण्डौ: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रालयहरूले हरेक दिन गरेको कामको कार्यप्रगति अनुगमन गर्न विवरण गर्नका लागि सफ्टवेयर निर्माण गर्ने भएको छ । सफ्टवेयरमार्फत राष्ट्रिय गौरवका आयोजना सँगै महत्वपूर्ण कामको अनुगमन प्रधानमन्त्री कार्यलयबाट...

आन्दोलन गर्ने स्थानको निर्धारण, उल्लंघन गरे कडा कारवाही

Spread the loveकाठमाडौं: हरेक काम कागहरु प्रति चिक्त नवुझेको खण्डमा नेपालमा सडक तताँउने अभियान सामान्यत जस्तै रहेको छ । व्यस्थ सडकहरुमा आन्दोलन र गरिएका प्रदर्शनले ट्राफिक आवतजावतमा अस्त व्यस्त वन्दै आएको राजधानी काठमाण्डौ अव...

कैदी बन्दीका गुनासोहरु गोप्य ढंगले अव सिधै मन्त्रालयमा

Spread the loveकाठमाण्डौ: गृहमन्त्री राम बहादुर थापा बादलले कारागार सुधारका लागि काठमाण्डौ स्थित जगन्नाथदेवल, डिल्लीबजार कारागार र ललितपुर भैसेपाटी स्थित नख्खु कारागारको प्रत्यक्ष रुपमा निरीक्षण गरि कार्यलयहरुको भौतिक पुर्वाधार, सुरक्षाको अवस्था र कैदी बन्दीहरुका...

अव चेलीबेटी बेचविखनका अपराधी समाउने नयाँ प्रवीधी

Spread the loveनेपालबाट बर्षेनी ११ हजार भन्दा बढी चेलीबेटी भारतमा बेचिन्छन । दलाल आफन्तबाटै समेत बेचिने ती चेलिको खोजीमा माइती नेपालले अझ सक्रियता साथ काम गर्ने भएको छ । माइती नेपालका स्वयंसेवकहरु नेपालका सीमा...

दुःख दिने नियतले मुद्दा हालेमा झगडियालाई नै कार्यवाही हुने

Spread the loveअनावश्यक रुपमा मुद्दा हालेर कसैले दुःखरहैरानी दिए मुद्दामा लागेको खर्च त्यस्ता झगडियाबाटै भराइने कार्यवाही हुने गरी भएको छ । सर्वोच्च अदालतको फुलकोर्टले सोमबार पारित गरेको नयाँ नियमावलीमा मुद्दा दायर गरेकै कारण पर्न गएको...

सामाजिक कार्यमा अग्रणी भुमिका निभाँउदै प्रभु बैक

Spread the loveकाठमाण्डौ: प्रभु बैंक लिमिटेडले आफ्नो स्थापना कालदेखिनै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न समाजउपयोगी क्रियाकलापहरुलाई निरन्तरता दिँदै बॉके जिल्लाको रनियापुर गा.बि.स.का अधिकांश मानिसहरुमा ऑखा सम्बन्धी समस्या रहेको तथ्याङ्क अनुसार उक्त समस्यालाई न्युनिकरण गर्न...

नेपाली कांग्रेस विरुद्ध सर्बोच्चमा अवहेलना मुद्दा दायर

Spread the loveनेपाली कांग्रेसविरुद्ध आज सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर भएको छ । नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिको विषयमा सर्वोच्च अदालतले गरेको फैसला आदेशले कार्यपालिकाको अधिकारमा हस्तक्षेप गरेको भन्दै उक्त निर्णय शक्तिपृथकिकरणको मान्यता भन्दा विपरित भएको...

अवैध मदिरा नियन्त्रण गर्न सक्रिय बन्दै विभाग

Spread the loveकाठमाडौं: आन्तरिक राजस्व विभागका उपमहानिर्देशक राजेन्द्रकुमार पौडेलको संयोजकत्वमा २०७३ पुस १९ गते अवैध मदिरा नियन्त्रण समन्वय समितिको वैठक आन्तरिक राजस्व विभागमा सम्पन्न गरिएको छ । अवैध मदिरा र राजस्व छली गरेर बेचिने...