मौन अवधीको आचार उल्लंघनमा संचारमाध्यम

Loading...
Spread the love

काठमाडौं,नेकास

मौन अवधिमा आमसञ्चार माध्यमले पालना गर्नु पर्ने आचरण सम्बन्धी व्यवस्था संविधान सभा सदस्य

काठमाडौं,नेकास

मौन अवधिमा आमसञ्चार माध्यमले पालना गर्नु पर्ने आचरण सम्बन्धी व्यवस्था संविधान सभा सदस्य निर्वाचन आचार संहिता २०७० को परिच्छेद ५ को दफा ९३ ले कुनै पनि दल वा उम्मेदवारको प्रचार हुने गरी कुनै पनि सामग्री प्रकाशन, प्रशारण, प्रदर्शन वा प्रवाह गर्न नहुने व्यवस्था गरेको छ । तर, मौन अवधिमा पनि कतिपय सञ्चार माध्यम खासगरी निश्चित दलको भनेर चिनिएको टेलिभिजन, अनलाईनहरुले त्यस्तो प्रचारप्रसार रोकेका छैनन् । यहाँ तिनीहरुका नाम उल्लेख गर्ने हो भने झन् प्रचार हुने भएकोले पनि उल्लेख गरिएको छैन ।

 

आचार संहिताको दफा मा प्रष्टसँग गरिएको व्यवस्था यस्तो छ:

मौन अवधिमा प्रचार–प्रसार गर्न नहुने: आम सञ्चार माध्यमले मौन अवधिमा कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचनको प्रचार–प्रसार हुने गरी सूचना वा समाचार सम्प्रेषण, प्रकाशन र प्रसारण गर्नु हुँदैन । तर आयोगले प्रवाह गरेको सूचना तथा समाचार सम्प्रेषण, प्रकाशन वा प्रसारण गर्न यस दफाले वाधा पु¥याएको मानिने छैन

 

त्यसैगरी सो आचार संहिताले मौन अवधिबाहेक पनि निर्वाचनको अवधिमा आम संचार माध्यमले पालना गर्नु पर्ने आचरण दफा ७८ देखि ८९ सम्म निम्नानुसार उल्लेख गरेको छ: सूचना वा समाचार सम्प्रेषण गर्दा तथ्यमा आधारित भई, पक्षपात नगरी र वस्तुनिष्ठ ढंगले सम्प्रेषण गर्नु पर्नेछ ।

 

सूचना वा समाचार सम्प्रेषण वा प्रसारण गर्दा कसैप्रति पूर्वाग्रह नराखी र कसैलाई पक्षपात नगरी सम्प्रेषण गर्नु पर्नेछ ।

 

सूचना वा समाचारको संकलन तथा सम्प्रेषण रोक्न, दबाउन वा लुकाउन हुँदैन । सूचना वा समाचार सर्वसाधारणलाई भ्रममा पार्ने गरी सम्प्रेषण गर्न, प्रकाशन वा प्रसारण गर्न हुँदैन ।

 

निर्वाचनसँग सम्बन्धित शिक्षामूलक समाचार र सूचना सम्प्रेषणलाई उच्च प्राथमिकता दिनुपर्नेछ । सूचना र समाचार संकलन र सम्प्रेषण गर्न कसैले वाधा अवरोध पु¥याएमा सो कुरा समेत सूचना तथा समाचारमा समावेश गर्नु पर्नेछ ।

 

कसैबाट कुनै किसिमको अनुचित लाभ ग्रहण गर्न वा पेशागत आचरण एवं मान्यता विपरीत हुने कुनै काम कारबाही गर्नु हुँदैन ।

 

सूचना र समाचार सम्प्रेषण गर्दा, प्रकाशन गर्दा वा प्रसारण गर्दा कसैप्रति कुनै किसिमले भेदभाव दर्शाउने वा हिंसालाई उक्साउने खालको भाषाको प्रयोग गर्न र विभिन्न जातजाति, धर्म, लिङ्ग, भाषा र सम्प्रदाय वीचको सम्बन्ध र सद्भावमा कुनैपनि किसिमबाट खलल पर्ने गरी सम्प्रेषण गर्न, प्रकाशन गर्न र प्रसारण गर्न हुँदैन ।

 

निर्वाचनमा विभिन्न जात जाति, धर्म, लिङ्ग, भाषा र सम्प्रदायको सहभागिता अभिबृद्धि हुनेगरी सूचना र समाचार सम्प्रेषण गर्नु पर्नेछ ।

 

कुनै गलत वा भ्रामक सूचना वा समाचार, सम्प्रेषण, प्रकाशन वा प्रसारण हुन गएमा सम्बद्ध सञ्चार माध्यम तथा सञ्ंचारकर्मीले त्यस्तो सूचना वा समाचार तुरुन्त सच्याउनु पर्नेछ । सरकारी स्वामित्वका सञ्चार माध्यमको आचरणः कुनैपनि राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा सम्पादकीय लेख्न र प्रसारण गर्न हुँदैन ।

 

राजनीतिक दल वा उम्मेदवारलाई मतदाता माझ आफ्नो विचार, नीति तथा कार्यक्रम अभिव्यक्त गर्न मनासिब अवसर दिनु पर्नेछ । निर्वाचन तथा मतदाता शिक्षासम्वन्धी सामग्री प्रकाशन तथा प्रसारण गर्न प्राथमिकता दिनु पर्नेछ ।

{loadposition relativebox}

{loadposition facebookbox} {jcomments on}

Loading...

यसमा तपाइको मत

main बाट अन्य

श्रीमान मेरो पक्षलाई हदै सम्म सजाय गरियोस

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

संगठित अपराध; भ्रम र यथार्थ

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

हाम्रो स्वाभिमानका लागि भारत सङ्ग कुरागर्ने हिम्मत गर्नु पर्छ

Spread the loveएउटा भनाइ छ, अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ। जब राज्य कम्जोर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, रास्ट्रले अन्तरास्ट्रिय साख गुमाउंछ। अहिले हाम्रो अवस्था यस्तै हो। जब रास्ट्र अपमानित...

पशुपतिमा अन्याय भयो भनी कराइरहेकालाई जग्गा दिलाउने न्याय

Spread the loveहरि प्रसाद प्रधान नेपालमा प्रधान न्यायालयको प्रधान न्यायाधीश बनाउन भारतवाट झिकाइएका थिए । सो प्रयोजनका लागि उक्त पदका लागि लायक नेपाली नपाइए बिदेशी नागरिकलाई नियुक्त गर्न सकिने गरी नेपालको अन्तरीम शासन ऐन,...

विकल्प नसोचिएको दल र कार्यकर्ताको हित हुने प्रणाली

Spread the loveनेपालमा अवको शासकिय स्वरुप कस्तो वन्नु पर्दछ भन्ने वहश चलिरहेको सन्दर्भमा आफनै देशमा प्रयोग गरिएको प्रणाली र विश्वका विभिन्न राज्यले गरेकोे प्रयोग अनि त्यसको परिणाम हाम्रो लागि वास्तविक प्रयोगशालामा परिक्षण पश्चातका ब्यवाहारिक...

फोरम द्वारा १ दिने अन्तरकृया सम्पन्न

Spread the love पर्यटन ब्यवसायको क्षेत्रमा कार्यरत कानून ब्यवसायीहरुको संस्था टुरिजम लयर्स फोरम नेपालले नेपालको कर प्रणाली, कानून र पर्यटन ब्यवसाय बिषयक एक दिने अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । कर्यक्रममा बौद्ध, सिनामंगल, गौसाला तथा...

मुलुकी संहिता लागू भएसँगै १४ वटा ऐन खारेज, ३६ वटा संशोधन

Spread the loveकाठमाडौं जंगबहादुर राणाले १६५ वर्षअघि लागू गरेको मुलुकी ऐन गत भाद्र १ गतेदेखि विधिवत रुपमा खारेज भएको छ । भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी ऐन मुलुकी देवानी (संहिता) ऐन,...

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

Spread the love“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र...

निर्मला ! तिमीले सुतेकाहरुलाई उठाएकी छौ

Spread the loveसमाजमा हुने घटनाले मानिसमा पारेको प्रभाव पिडा वनेर ब्यक्त हुन्छ । त्यही पिडा कतै कथा, कविता र विभिन्न भावमा प्रस्फुटन हुन्छ । निर्मला पन्तको हत्या र अपराधीलाई बचाउन अपारध नियन्त्रण गर्ने अधिकार...

पर्यटन कानून मसौदाको लागि छलफल कार्यक्रम सम्पन्न

Spread the love काठमाण्डौ ठमेल स्थित होटल बैसालीमा प्रदेश नं. ३ का उद्योग, पर्यटन तथा वातावरण समिती, पर्यटन विज्ञ, ब्यवसायी र पर्यटन क्षेत्रमा कार्यरत कानून ब्यववसायी विच प्रदेशले वनाउने पर्यटन कानून, यसको तर्जुमा र प्रभावकारी...