प्रेम विवाह गरेका कारण ढुंगाले हिर्काएर हत्या

Loading...
Spread the love
आफूले प्रेम गरेको केटोसँग विवाह गरेका कारण मंगलबार पाकिस्तानको एक उच्च अदालतबाहिर एक २५ वर्षीया युवतीलाई उनको परिवारले ढुंगाले हिर्काएर हत्यार गरेको छ।
यस्तो घटनालाई प्रतिष्ठाका लागि हत्या भनिन्छ। पूर्वी पाकिस्तानी शहर लाहोरस्थित उच्च अदालत खुल्ने प्रतीक्षामा बसेकी फर्जाना इकवाललाई करिब एक दर्जन पुरुषले ढुंगाले हिर्काएर मारेको प्रहरीले जनाएको छ। प्रहरीले आक्रमणकारी उनको पिता, दुई दाजु र पूर्व मंगेतर रहेको बताएको छ।
stone
टाउकोमा गम्भीर चोट लागेको उनको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो। उनका पिताबाहेक अन्य सम्पूर्ण आक्रमणकारी भाग्न सफल भएका छन्। उनले छोरी मारेको स्वीकार्दै प्रतिष्ठाका लागि उक्त जघन्य अपराध गरेको बताएका छन्। अधिकांश पाकिस्तानी कुनै युवतीले आफ्नो छनोटअनुसार विवाह गर्नुलाई परिवारको इज्जत गएको ठान्ने गर्दछन्।
आफ्नै काकाको छोरासँग विवाह पक्का गरिएका इकवालले अर्कै युवकसँग विवाह गरेकी थिइन्। उनको परिवारले ती युवकविरुद्ध छोरीको अपहरण गरेको मुद्दा दायर गरेकाले अदालतमा आफ्नै इच्छाले विवाह गरेको बयान दिन उनी त्यहाँ पुगेकी थिइन्।
पाकिस्तानी महिला अधिकारवादी समूह औरत फउन्डेसनले प्रत्येक वर्ष करिब १ हजार महिलाको यसरी नै ज्यान लिइने गरिएको जनाएको छ। यस फाउन्डेनले अखबारमा छापिएका घटनाको मात्र तथ्यांक निकाल्ने गरेकाले वास्तविक संख्या अझै धेरै हुनुपर्ने अनुमान गरिएको छ।
सरकारले भने यस सम्बन्धमा कुनै आधिकारिक तथ्यांक राख्ने गरेको छैन। अभियन्ताहरू थोरै घटना मात्र अदालतसम्म पुग्ने गरेको र त्यस्ता मुद्दाको सुनुवाइ हुनसमेत वर्षौं लाग्ने गरेको बताउँछन्। हत्याको अभियोग लागेका व्यक्तिहरू पनि सडकमा खुला हिँडिरहेको भेटिने गरेको छ। पाकिस्तानी कानुनअनुसार पीडित पक्षको परिवारले हत्यारलाई माफी दिन सक्छ। एजेन्सी
Loading...

यसमा तपाइको मत

जेन्डर एण्ड ल बाट अन्य

नयाँ ऐन: दैलेखमा पुरुषबाट सम्बन्ध बिच्छेदको पहिलो मुद्धा दर्ता

Spread the loveदैलेख: भदौ १ गतेदेखि लागू हुने गरी ‘मुलुकी देवानी (सहिंता) ऐन २०७४’ जारी भएपछि दैलेखमा पुरुषबाट सम्बन्ध बिच्छेदको पहिलो मुद्धा दर्ता भएको छ । ‘मुलुकी देवानी कार्यविधि (सहिंता) ऐन २०७४’ले पुरुषले पनि...

काष्ठकलामा महिलाको सिप

Spread the loveमहिलाहरु पेशाा ब्यवसायमा हरेक प्रकारका काम गर्ने आत्मविश्वास र सक्रियतामा जुटेका छन । कामको प्रकृति जव मेसिनरी प्रणालीले सहज गरेको छ ।  सबै पेशामा महिलाको सहभागिता समानान्तर वनाउन सहयनेग गरेको छ । हाल समाजमा...

किन बढ्दैछ बहुविवाह ?

Spread the loveकाठमाण्डौ: नारी समानता, स्वतन्त्रता र महिला हिंसा विरुद्धका विषयमा विश्वव्यापी रुपमा बहस छलफल भएपनि विद्यमान कानुनमा भएको त्रुटिका कारण महिलाहरु बहुविवाहको पीडा सहन बाध्य छन् । बहुविवाह विरुद्धको विद्यमान कानुन पुरुष प्रधानसोचबाट...

सम्बन्धविच्छेद गरेर कति खुसी भएको ?

Spread the loveमलाइका अरोडा खानले सोसल मिडियामा एक फोटो सेयर गरेकी छिन् । जसमा उनी श्वेता बच्चनसँग देखिएकी छिन् । फोटोमा मलाइकाले आफ्नो हिप ट्याटु देखाएकी छिन् । यद्यपि, उनको फोटोमाथि थुप्रै सोसल मिडिया प्रयोगकर्ताले...

८० दिनमा बच्चा जन्मे पतिले स्विकार गर्नुपर्ने

Spread the loveकाठमाडौं: सामान्यतया नौ महिनामा बच्चा जन्मने चक्र हुन्छ । नौ महिनापछि जन्मेको शिशु विवाह गरेको पुरुष र उसको परिवारले स्वीकार गर्ने नेपाली परम्परा छ । तर मुलुकी ऐन कार्यान्वयन गर्न निर्माण भएको कानूनमा...

महिनावारीको समयमा सरकारले अब तिन दिन बिदा दिने

Spread the loveकाठमाण्डौ: सरकारले कामकाजमारहेका महिलालाई महिनावारी हुँदा आधिकारिक रुपमा विदा दिने तयारीमा लागेको छ । इटालीको तल्लो सदनमा बिदाको सम्वन्धमा विधेयक दर्ता भएसँगै उक्त विधेयक पास भएमा इटाली सरकार तथा निजी कम्पनीले महिला...

अदालतदेखि प्रशासननै दलितको पक्षमा खुलेर न्याय गर्न अझै सक्दैनन

Spread the loveवि.स. २०६८ जेष्ठ १० गते संसद्को वैंठकले “जातीय भेदभाव तथा छुवाछुतको (कसुर तथा सजाय) विधेयक” पारित गरेको थियो । त्यस लगत्तै १८ गते राष्ट्रपति डा। रामवरण यादवद्धारा विधेयकलाइ प्रमाणिकरण गरेपछि सो विधेयक...

बुहारीलाई छुरा देखाई यौन शोषण कांग्रेस नेता यसरी परे फन्दामा

Spread the loveमहेन्द्रनगर: आफ्नै बुहारीलाई लगातार तीन बर्षदेखि बलात्कार गर्ने कञ्चनपुरका एक काँग्रेस नेताको कर्तुतको पर्दाफास भएको छ । उनले २० बर्षीया बुहारीलाई ‘घाँटीमा छुरा’ देखाएर यौन शोषण गर्दै आएका थिए । बिवाह भएको एक...

उमेर नपुग्दैको विवाहसँगै बड्दो सम्बन्धविच्छेद

Spread the loveकाठमाण्डौ: धबाङ–८ रोल्पाकी मनसरा डाँगी अहिले १९ वर्षकी भइन्। सत्र वर्षको कलिलो उमेरमा धबाङ–८ रोल्पाका २० वर्षीय सुरेश पुनको मायाजालमा परेपछि उहाँ परिवारको स्वीकृतिमा २०७१ साल मङ्सिर २९ गते वैवाहिक सम्बन्धमा बाँधिएकी...

नायिका बनाउने प्रलोभोन दखाई युवतीहरुमाथि चरम शोषण

Spread the loveकाठमाण्डौ: मोडल बन्ने सपना बोकेर गत २३ मंसिरमा एक युवती पुतलीसडकस्थित तिरुपति होटल पुगिन् । अन्तर्वार्ताका लागि भनेर उनलाई होटलमा बोलाइएको थियो । आफूलाई मोडल एजेन्सीको सञ्चालक बताउने एक युवक उनलाई कुरिरहेका थिए...