सोह्र बुँदे सहमतिमा अटेन आमाको नामबाट नागरिकताको हक

Loading...
Spread the love

संविधान निर्माणका लागि ४ राजनीतिक दलबीच सोमबार मध्यरातमा भएको सहमति कोशेढुङ्गा सावित भएको छ। गएराती मध्यरातमा १६ बुँदे सहमति भएपछि आठ वर्षदेखिको संविधान बनाउने गाँठो फुकेको हो।

citizenshipदलहरूले संघीयता र प्रदेश रचना, संसद र निर्वाचन प्रणाली, शासकीय स्वरुप न्याय प्रणालीलगायतका विवादित विषय सल्टाउँदै संविधान निर्माणको ढोका खोलेका हुन्। सहमति हुने क्रममा संविधानमा आमाको नाममा नागरिकताको अधिकार सुनिश्चित गर्न मस्यौदामा भएको विद्यमान प्रावधान ‘आमा र बाबु’ को ठाउँमा ‘आमा वा बाबु’ हुनुपर्ने भन्दै उठेको आवाजलाई वेवास्ता गरिएको भन्दै महिलाले असन्तुष्टि जनाएका छन्।

गएको माघ महिनामा आगामी संविधानमा ‘आमा वा बाबु’ मध्ये एक नेपाली नागरिक भए उनीहरूवाट जन्मेको सन्तानलाई वंशजका आधारमा नागरिकता दिने प्रतिवद्धता दलहरूले जनाएका थिए। तर थुप्रै विवादित विषय हुँदाहुँदै नागरिकताकोे एउटामात्रै विषयमा सहमति गर्दा नागरिकमा राम्रो सन्देश नजाने भएकाले सवै विषयमा सहमति हुँदा यसलाई पनि समेटिने प्रतिवद्धता जनाएका थिए।

‘तर, त्यो प्रतिवद्धता नेताहरूले विर्सेपनि हामी पुनःस्मरण गराउँछौ’— अधिवक्ता सपना मल्ल प्रधान भन्छिन्। संसोधन प्रस्ताव ल्याएर भनेपनि यसलाई सच्याउनुपर्ने उनको माग छ। ‘अव विभेदलाई हामी निरन्तरता दिन सक्दैनौँ, समानता कायम गर्ने कुरामा हामी नेताहरूलाई फेरी झक्झक्याउँछौ, स्मरण गराउँछौं’— मल्लले भनिन्। महिला अधिकार स्थापित गर्ने उत्तरदायित्व नेताको पनि भएको मल्लको भनाइ छ। यो प्रक्रियालाई महिलाले अत्यन्तै चनाखो भएर हेरिरहेको र तत्काल यसमा लाग्ने पनि उनले बताइन्।

यसैगरि सभासद सीता गुरुङ्ले संविधान निर्माणका लागि दलहरूबीच भएको १६ बुँदे सहमतिमा नागरिकताको विषय नपर्नु आश्चर्यजनक भएको बताइन्।

माओवादी नेता शशी श्रेष्ठले महिलाको चौतर्फी दबाबस्वरुप दलहरूले दिएको वचन पुरागर्न नसक्नु अत्यन्तै दुखद भएको बताइन्। यो प्रतिवद्धतालाई दलहरूले पुनः कार्यान्वयन नगरे आम महिलाले उनीहरूमाथि गरेको भरोसा उड्ने उनको भनाई छ। साथै मिश्रीत निर्वाचन प्रणालीमा तोकिएको प्रतिशतले संसदमा महिलाको प्रतिनिधित्व स्वात्तै घट्ने उनले स्पष्ट पारिन्। यी सवै विषयलाई समेटेर अर्न्तपार्टी महिला सञ्जालले प्रधानमन्त्रीको ध्यानाकर्षण गर्ने जानकारी उनले दिएकी छिन्।

पहिलो संविधानसभाले तयार गरेको संविधानको मस्यौदामा भएको ‘बाबु र आमाबाट’ जन्मेको बच्चालाई वशंजका आधारमा नागरिकता दिईने छ भन्ने प्रावधानको सट्टा ‘बाबु वा आमा’ राख्नुपर्ने माग महिलाले गरेका हुन्। यसैगरि नेपाली पुरुषले विदेशी महिलासँग विवाह गरेमा तुरुन्तै अङ्गिकृत नागरिकता पाउने तर नेपाली महिलाले विदेशी पुरुषसँग विवाह गर्दा पुरुषले अङ्गिकृत नागरिकता पाउन १५ वर्ष कुर्नुपर्ने व्यवस्थाको समेत महिलाहरूले विरोध गरेका छन्। यो समयावधि निकै लामो भएकाले उनीहरूबाट जन्मेका बच्चालाई समेत समस्या पर्ने भएकाले यस्तो व्यवस्था समान हुनुपर्ने उनीहरूले माग गरेका हुन्। – दुर्गा कार्की, संचारिका समूह नेपाल

Loading...

यसमा तपाइको मत

जेन्डर एण्ड ल बाट अन्य

नयाँ ऐन: दैलेखमा पुरुषबाट सम्बन्ध बिच्छेदको पहिलो मुद्धा दर्ता

Spread the loveदैलेख: भदौ १ गतेदेखि लागू हुने गरी ‘मुलुकी देवानी (सहिंता) ऐन २०७४’ जारी भएपछि दैलेखमा पुरुषबाट सम्बन्ध बिच्छेदको पहिलो मुद्धा दर्ता भएको छ । ‘मुलुकी देवानी कार्यविधि (सहिंता) ऐन २०७४’ले पुरुषले पनि...

काष्ठकलामा महिलाको सिप

Spread the loveमहिलाहरु पेशाा ब्यवसायमा हरेक प्रकारका काम गर्ने आत्मविश्वास र सक्रियतामा जुटेका छन । कामको प्रकृति जव मेसिनरी प्रणालीले सहज गरेको छ ।  सबै पेशामा महिलाको सहभागिता समानान्तर वनाउन सहयनेग गरेको छ । हाल समाजमा...

किन बढ्दैछ बहुविवाह ?

Spread the loveकाठमाण्डौ: नारी समानता, स्वतन्त्रता र महिला हिंसा विरुद्धका विषयमा विश्वव्यापी रुपमा बहस छलफल भएपनि विद्यमान कानुनमा भएको त्रुटिका कारण महिलाहरु बहुविवाहको पीडा सहन बाध्य छन् । बहुविवाह विरुद्धको विद्यमान कानुन पुरुष प्रधानसोचबाट...

सम्बन्धविच्छेद गरेर कति खुसी भएको ?

Spread the loveमलाइका अरोडा खानले सोसल मिडियामा एक फोटो सेयर गरेकी छिन् । जसमा उनी श्वेता बच्चनसँग देखिएकी छिन् । फोटोमा मलाइकाले आफ्नो हिप ट्याटु देखाएकी छिन् । यद्यपि, उनको फोटोमाथि थुप्रै सोसल मिडिया प्रयोगकर्ताले...

८० दिनमा बच्चा जन्मे पतिले स्विकार गर्नुपर्ने

Spread the loveकाठमाडौं: सामान्यतया नौ महिनामा बच्चा जन्मने चक्र हुन्छ । नौ महिनापछि जन्मेको शिशु विवाह गरेको पुरुष र उसको परिवारले स्वीकार गर्ने नेपाली परम्परा छ । तर मुलुकी ऐन कार्यान्वयन गर्न निर्माण भएको कानूनमा...

महिनावारीको समयमा सरकारले अब तिन दिन बिदा दिने

Spread the loveकाठमाण्डौ: सरकारले कामकाजमारहेका महिलालाई महिनावारी हुँदा आधिकारिक रुपमा विदा दिने तयारीमा लागेको छ । इटालीको तल्लो सदनमा बिदाको सम्वन्धमा विधेयक दर्ता भएसँगै उक्त विधेयक पास भएमा इटाली सरकार तथा निजी कम्पनीले महिला...

अदालतदेखि प्रशासननै दलितको पक्षमा खुलेर न्याय गर्न अझै सक्दैनन

Spread the loveवि.स. २०६८ जेष्ठ १० गते संसद्को वैंठकले “जातीय भेदभाव तथा छुवाछुतको (कसुर तथा सजाय) विधेयक” पारित गरेको थियो । त्यस लगत्तै १८ गते राष्ट्रपति डा। रामवरण यादवद्धारा विधेयकलाइ प्रमाणिकरण गरेपछि सो विधेयक...

बुहारीलाई छुरा देखाई यौन शोषण कांग्रेस नेता यसरी परे फन्दामा

Spread the loveमहेन्द्रनगर: आफ्नै बुहारीलाई लगातार तीन बर्षदेखि बलात्कार गर्ने कञ्चनपुरका एक काँग्रेस नेताको कर्तुतको पर्दाफास भएको छ । उनले २० बर्षीया बुहारीलाई ‘घाँटीमा छुरा’ देखाएर यौन शोषण गर्दै आएका थिए । बिवाह भएको एक...

उमेर नपुग्दैको विवाहसँगै बड्दो सम्बन्धविच्छेद

Spread the loveकाठमाण्डौ: धबाङ–८ रोल्पाकी मनसरा डाँगी अहिले १९ वर्षकी भइन्। सत्र वर्षको कलिलो उमेरमा धबाङ–८ रोल्पाका २० वर्षीय सुरेश पुनको मायाजालमा परेपछि उहाँ परिवारको स्वीकृतिमा २०७१ साल मङ्सिर २९ गते वैवाहिक सम्बन्धमा बाँधिएकी...

नायिका बनाउने प्रलोभोन दखाई युवतीहरुमाथि चरम शोषण

Spread the loveकाठमाण्डौ: मोडल बन्ने सपना बोकेर गत २३ मंसिरमा एक युवती पुतलीसडकस्थित तिरुपति होटल पुगिन् । अन्तर्वार्ताका लागि भनेर उनलाई होटलमा बोलाइएको थियो । आफूलाई मोडल एजेन्सीको सञ्चालक बताउने एक युवक उनलाई कुरिरहेका थिए...