आफ्नै श्रीमती सौतेनी आमा बनेपछि

Loading...
Spread the love

अहिलेको युगमा मानव समाजले नसाचेका फरक घटनाहरु हाम्रो समाजमा बाहिर आउन थालेका छन् । हाम्रो समाज परम्परा, नैतिकता र धार्मिक विश्वास लाई आधार मान्दै चलेको छ ।

तर यहाँ मानव जीवनको अनौठो सम्बन्ध बाहिर आएको छ । व्रिटेनमा एक युवतीले श्रीमानसँग सम्बन्ध विच्छेद गरेर ससुरासँग विवाह गर्न लागेको घटना सार्वजनिक भएको छ ।

समाचार एजेन्सीका अुनसार एक ३६ वर्षीय बुहारीले आफ्ना ३५ वर्षका पतिसँग सम्बन्ध विच्छेद गरेर ससुरासँग विवाह गर्ने फैसला गरेकी छिन् । महिलाको यो फैसलाबाट सबै अचम्मा परेका छन् । यो घटना ब्रिटेनको ग्रिम्सबाई शहरको हो ।

लीजा गोड्डार्ड नामकी ३६ वर्षीय महिलाले ३५ वर्षीय जैसन हारवूडसँग एक युवा क्लबमा चिनजान भएपछि मन पराएर २०१३ मा विहे गरेकी थिईन् । तर उनीहरुको वैवाहिक जीवनमा एक वर्षपछि खटपट सुरु भयो । र दुबैले एक अर्काबाट अलग रहने निर्णय गरे ।

सम्बन्ध विच्छेदपछि जैसनले लीजालाई अफ्नो बुबा अर्थात लीजाका ससुराका घरमा बस्न सल्लाह दिए । ताकि दुबै जनाको पैसा बचत होस् । त्यसैअनुसार लीजा आफ्ना ससुरासँग बस्न थालिन ।

तर, ससुरसँग बसेको केही दिनमै घटनाले अर्कै मोड लियो । सँगै बस्दा ससुरासँग लीजाको माया प्रेम बस्यो । उनीहरुबीच शारीरिक सम्पर्क पनि भयो । त्यो बेला उनीहरु यती नजिक भएकी उनीहरुले जैसनलाई छाडेर आफ्नो नयाँ जिन्दगीको सुरुवात गर्ने निर्णयमा पुगे ।

जैसनकी श्रीमती लीजाले अब उससँग पूर्णरुपमा सम्बन्ध विच्छेद गरेर उनका बुबासँग विवाह गर्ने फैसला गरिसकेकी छिन् । लीजा र जैसनका बुबाको विवाह समेत तय भइसकेको छ ।

अचम्मको कुरा त के छ भने उनी जुन ससुरासँग विहे गर्दैछिन् उनी ७४ वर्षका बुढा हुन् । अर्थात लीजाको उमेर भन्दा ४० साल जेठा छन् । डेली मेलका अनुसार, आफ्नी पत्नीको यस्तो निर्णयप्रति प्रतिक्रिया दिँदै जैसनेले भनेका छन्-‘म अब लीजाको पूर्व पति हु र बुबासँग विवाह गरेर लीजा मेरी सौतेली आमा बन्दैछिन ।’

जैसनका पिता जोनले अफ्नो फेसबुकमा लीजासँग आफ्नो मग्नी भइसकेको कुरा लेखेका छन् । तर यो विवाह तय हुनुभन्दा पहिले जब जैशन लीजासँगै बुबासँग बस्थे त्यो बेला उनलाई लीजा र आफ्ना बुबाबीच अवैध सम्बन्ध भएको शंका गरेका थिए ।

तर उनले बुबालाई त्यो कदमको विरोध गर्नुको सट्टा बधाई दिने निर्णय लिएका छन् । अबको केही दिनभित्रै लीजाको विवाह ससुरासँग हुँदैछ । (एजेन्सी )

Loading...

यसमा तपाइको मत

रोचक प्रसंग बाट अन्य

प्रेम गरेको अभियोगमा ८१ वर्षीय वृद्धलाई गाउँ निकाला

Spread the loveगुल्मी: गुल्मीको अर्बेनी गाविस ५ का ८१ वर्षीय वृद्ध लालबहादुर सुनारले सोही गाउँकी ४२ वर्षीया सावित्री न्यौपानेसँग प्रेम सम्बन्ध राखेको भन्दै स्थानीयले उनीहरुलाई कुटपिट गरी गाउँ निकाला गरेका छन् । पुस १...

सानै उमेरमा नियुक्ति दिएको भन्दै विवादीत बनिन अधिवक्ता अन्ना

Spread the loveयुक्रेनमा भ्रष्टाचारविरोधी आयोगको नेतृत्व २३ वर्षकी महिला वकिल अन्ना कलिनचुकलाई दिएपछि विरोध सुरु भएको छ । पछिल्ला केही दिनयता युक्रेनको सर्वोच्च पदमा नियुक्त भएकी उनी दोस्री महिला हुन् । यसभन्दा अगाडि युक्रेनको आन्तरिक...

कैदीबिच कुटाकुट हुँदा ८ घाइते

Spread the loveमहोत्तरी: जलेश्वर कारागारमा कुटाकुट हुँदा ८ जना घाइते भएका छन् । टाउकोमा चोट लागेका उनीहरुलाई उपचारको लागि जलेश्वरस्थित कान्ति सामुदायिक अस्पतालमा लगिएको छ । कारी साह भन्ने भाइ नाइकेलाई सन्दोष पण्डित नामको कैदीले...

बाँदरको विषयलाई लिई दुई समुदायबीको झडपमा २० को मृत्यु

Spread the loveएउटा बाँदरका कारण २० जनाले ज्यान गुमाउनु परेको घटना अनौठो लाग्न सक्छ । तर एउटा बाँदरका कारण लिबियामा दुई समुदायबीच हिंस्रक झडप हुँदा २० जनाभन्दा बढीले ज्यान गुमाएका छन् । लिबियाको दक्षिणी...

भारु नोटमा प्रतिबन्ध लगाएसँगै कालोधन जम्मा गर्नेको होस गुम्दै

Spread the loveभारतको रायचुरमा भारु पाँच सय र एक हजारका नोट बोकेर गुडिरहेको एक ट्रक बाटोमा पल्टिदा सडकमा पैसाको थुप्रो लागेको छ । घटना सिन्धानर तालुकाको मुन्नातागी क्याम्प नजिकैको हो । सोमबार जब ९ वटा...

प्रेमजोडीको गन्तव्य बन्यो प्रहरी भवन

Spread the loveकाठमाण्डौ: स्थानीयले प्रहरीका लागि बनाइदिएको भवन अहिले प्रेमजोडी बस्ने घर बनेको छ । राप्ती राजमार्ग अन्तर्गत दाङ-सल्यान-रुकुम सडक खण्डको हर्नेटीनजिकै डगैरामा स्थानीय समुदायले अस्थायी प्रहरी पोस्ट स्थापनाका लागि निर्माण गरेको भवनमा प्रहरी...

टेनिस महिला खेलाडीको सुन्दरताले फिदा भए ट्रम्प

Spread the loveडोनाल्ड ट्रम्पले पछिल्लो दिनमा सबै पूर्वानुमानलाई चुनौति दिँदै अमेरिकी राष्ट्रपति निर्वाचनमा हिलारी क्लिन्टनलाई हराएका थिए । महिलाहरुसँगको सम्बन्धले विवादमा आइरहने ट्रम्प एक टेनिस खेलाडीको सुन्दरताले फिदा नै भइसकेका छन् । ट्रम्पका अनुसार अहिलेसम्म...

हाडनाताको करणीले अन्तत पायो कानूनी मान्यता

Spread the loveकाठमाडौं: बाबुछोरीको सम्बन्ध पवित्र भनेको हाडनाताको सम्वन्ध सँगै पवित्रध सम्बन्ध मानिन्छ तर यहाँ एक पुरुषले आफ्नै भतिजीसँग अवैध सम्बन्ध राख्ने गरेको थाहा हुन आएके छ । उक्त घटना सँगै रोचक कुरा अदालतको फैसलालाई...

अनुमति विना तस्विर प्रकाशन गरेको भन्दै मुद्धा दर्ता

Spread the loveकसैको सहमति विना तीसवर खिच्नु पनि गैरकानूनी काम हो । यहाँ यस्तै घटना भएको अमेरिकाको लस एन्जलस प्रहरीले लज्जाजनक तस्वीर लिएको अभियोगमा प्लेव्वाई म्यागजिनकी मोडल डेनी म्यादर्सबिरुद्ध मुद्धा दर्ता गरेको छ । डेनीले...

बाँचुन्जेल बाटो खन्ने ७२ वर्षीय साहासी वृद्ध ओली

Spread the loveकाठमाण्डौ: परिवारमा सात सदस्यमध्ये ६ जना दृष्टिविहीन । काम गर्न सक्ने उनी मात्रै एक्लो सदस्य, त्यो पनि सात दशक काटेका वृद्ध । श्रीमतीसहित परिवारका सदस्यको हेरचाह अनि चौपायालाई घाँसपात गर्दैमा उनलाई फुर्सद...