सरकारले क्यासिनोबाट एक अर्ब राजस्व असुल्न बाँकी

Loading...
Spread the love

जेठ ३१, काठमाण्डौ । क्यासिनोबाट सरकारले करिब एक अर्ब रुपैयाँ राजस्व असुली गर्न बाँकी रहेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले क्यासिनोले सरकारलाई ९३ करोड ७३ लाख ६६ हजार रुपैयाँ तिर्न बाँकी रहेको जानकारी दिएको छ। नेपालमा खुलेका दुईवटा बाहेक सबै हाल क्यासिनो बन्द छन् ।

Moneyसरकारले ल्याएको क्यासिनो नियमावली २०७० को पालना गर्न नसक्दा २०७१ को वैशाख ७ गतेबाट नेपालका १० वटा क्यासिनो बन्द भएका थिए दुईवटा भने नयाँ नियमअनुसार सञ्चालनमा आएका छन् ।

पर्यटन मन्त्री कृपासुर शेर्पाले संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र मानवअधिकार समितिलाई यसबारे जानकारी गराएका हुन् । पर्यटन मन्त्रालयले पटकपटक ताकेता गर्दा पनि सरकारलाई तिर्नुपर्ने रकम भुक्तानी नगरेपछि १० वटा पाँचतारे होटेलमा सञ्चालित क्यासिनो तथा गेमिङ क्लब बन्द भएका थिए । ती क्यासिनो अझै पनि बन्द रहेको पर्यटन विभागका महानिर्देशक तुलसी गौतमले बताए ।

गौतमका अनुसार हाल दुई वटा पाँचतारे होटेलमा मात्रै क्यासिनो सञ्चालन भइरहेका छन् । हाल सांग्रीला र सोल्टी होटेलका क्यासिनो मात्र सञ्चालनमा हुन् । यी दुई क्यासिनो भने सरकारले ल्याएको पछिल्लो क्यासिनो नियमावलीअनुसार सञ्चालित भएको उल्लेख छ। यिनले भने राजस्व तिरिसकेका छन् ।

बन्द क्यासिनोले २०६९ र ७० सम्मको ६७ करोड र २०७० र ७१ को बाँकी रकम गरी करिब एक अर्ब रुपैयाँ राजस्व तिर्न बाँकी रहेको मन्त्रालयले जानकारी दिएको छ । क्यासिनोले सरकारी राजस्व नतिर्ने, मजदुर र सप्लायर्सलाई समयमा भुक्तानी नदिने गरेकाले दायित्व बढ्दै गएको हो ।

सरकारले ल्याएको क्यासिनो नियमावली २०७०ु पालना नगरेका कारण गृह मन्त्रालयको सहयोगमा पर्यटन मन्त्रालयले त्यस्ता क्यासिनो बन्द गराएको थियो । अन्नपुर्या पोष्ट

Loading...

यसमा तपाइको मत

कानुन र बिजनेश बाट अन्य

खरेलद्वार सरकारी वकील संयुक्त कार्यालयको शिलान्यास

Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

भारत र नेपालको सम्वन्ध बल्ल तल्ल बराबरीमा उक्लिएको छ

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

नेपालले वनाएको कोरोनाको भ्याक्सिनमा WHO को चासो

Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको  छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

सत्ता भन्दा देश प्यारो देख्ने एउटा बिरेन्द्रको खोजी

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

नयाँ नक्शाले समेटेका आदि कैलाश र ॐ पर्वत लिपुलेक कै सान 

Spread the love   सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

कानून ब्यवसयी विपत राहात कोषमा १५ लाख सम्मको सहयोग

Spread the love नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ । विभिन्न सुझाव सहित राहात गरेको...

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार विरुद्ध चौधरी पुगे अख्तियार

Spread the loveकाठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ...

न्यायाधीश जोशीलाई इजलास नतोक्नु संसदको सम्मान हो: प्रधानन्यायधिस राणा

Spread the loveकाठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर...

स्थानीय सरकारलाई शिक्षा सम्वन्धि कानून बनाउन वन्देज

Spread the loveकाठमाडौं: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकारलाई शिक्षा सम्बन्धि कानून तर्जुमा गर्न वन्देज लगाएको छ । संविधानले विद्यालय शिक्षाका अधिकार स्थानीय सरकार मातहत गरे पनि संघीय मन्त्रालयले मन्त्री स्तरीय निर्णय...