प्रेमीले घुमाउने बहानामा बेच्न लगेकी युवतीको उद्दार

Loading...
Spread the love

असार २, भक्तपुर । भक्तपुरबाट बिक्री गर्न भारत पुर्‍याइएकी सिन्धुपाल्चोक थाङ्पाल्कोट–२ की २१ वर्षीया सुनिता खत्रीको भक्तपुर प्रहरीले उद्धार गरी फिर्ता ल्याएको छ ।

Sex traffickingभक्तपुरको व्याँसीस्थित प्राइम अफ्सेट प्रेसमा विगत दुई वर्षदेखि काम गर्दै आएकी खत्रीलाई एक महिनादेखि सोही प्रेसमा काम गर्न बसेका तामाङले प्रेम गर्छु भनी सम्बन्ध बढाएर बिहे गर्छु भन्दै घुमाउन लाने बहानामा भारत पुर्‍याएको अनुसन्धानबाट खुलेको प्रहरीले स्रोलते बताएकोछ ।

भक्तपुरबाट गत जेठ १८ गते नुवाकोट जिल्ला शिखरबेँसी गाविस–९ का १७ वर्षीय सुमन तामाङले बिक्री गर्न भारत पुर्‍याएपछि प्रहरीले उद्धार गरी जेठ २६ गते भक्तपुर फर्काएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक विकास श्रेष्ठले बताएका छन् ।

नेपाल फर्काइएकी खत्रीले आफूसँग प्रेम गर्छु भनेर फकाई घुम्न जाने बहानामा भारत पुर्‍याएको बताइन् । अब विवाह गर्ने, पहिला कपडा किनेर घुम्न जाउँ भनेर एकरात काठमाडौँको होटलमा राखेपछि भोलिपल्ट कलङ्कीबाट बस चढेर चितवन लगेको र पछि घुम्न जाने भन्दै भारत पुर्‍याएको उनले बताइन्।

भारतको सीमामा पुगेपछि मामा भन्ने एक र अरुसहित गरेर चारजना एकै बसमा भारत गएको बताउँदै खत्रीले भनिन्,“भारत जान्नभन्दा बिहे गरेर भारतमै बस्ने, दुईवर्ष उतै काम गरेर फर्कौंला भन्यो। भोक लाग्यो भन्दा गाडीमा खानेकुरा ल्याइदिन्थ्यो। शौचालय जाँदा पनि मास्क लगाएर सलले अनुहार छोप्न लगाउँथ्यो ।” भारत पुगेपछि थप चारजनासहित आठजनाको घेराबन्दीमा परेकी उनलाई सिलिगुढी हुँदै मेघालयको सिलोङ लाडुङवाई तिनालीमा एक होटलमा पुर्‍याएपछि नेपाली भाषी सङ्गीता श्रेष्ठको सहयोगमा उद्धार भएको प्रहरीले जनाएको छ।

त्यहाँबाट एक नेपाली भाषी महिलालाई बुझाउने क्रममा खत्री जान नमानेपछि सङ्गीतासहितका स्थानीय नेपाली भाषीले सोधपुछ गरेर प्रहरीलाई खबर गर्ने भनेपछि सबै तत्काल फरार भएको अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक श्रेष्ठले बताए।

खत्रीले दाजु भक्तपुर प्रहरी परिसरमा कार्यरत प्रहरी जवान नीरबहादुर खत्रीको बारेमा जानकारी दिएपछि सङ्गीताले फोन मार्फत् घटनाको जानकारी दिएकी थिइन्। सङ्गीताले बहिनी लिन आउनु भन्ने खबर दिएपछि खत्रीसहित दुईजनाको टोली २३ गते भारत गएर उद्धार गरी ल्याएको थियो ।

उद्धारमा संलग्न प्रहरी जवान खत्रीले सिलिगुढीमा सङ्गीता र अरु नेपाली भाषीको सहयोगमा बहिनीको उद्धार गर्न सहज भएको बताए। फरार तामाङको नेपाल र भारतीय प्रहरीद्वारा खोजी भइरहेको प्रहरीले जनाएको छ । – रासस

Loading...

यसमा तपाइको मत

अपराध र कानुन बाट अन्य

खरेलद्वार सरकारी वकील संयुक्त कार्यालयको शिलान्यास

Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

श्रीमान मेरो पक्षलाई हदै सम्म सजाय गरियोस

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

संगठित अपराध; भ्रम र यथार्थ

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

भारत र नेपालको सम्वन्ध बल्ल तल्ल बराबरीमा उक्लिएको छ

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

उपाहार दिए पनी अपराध

Spread the loveआम जनताको जानकारीको लागि : आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) ऐन, २०४९ आमाको दुधको वाध्यात्मक बिकल्पलाई वनाइएका खाध्य बस्तु आमाको दुध आएको अवस्थामा कुनै पनी वाहानामा खुवाउन हुदैन भनी ल्याईको...

नेपालले वनाएको कोरोनाको भ्याक्सिनमा WHO को चासो

Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको  छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

सत्ता भन्दा देश प्यारो देख्ने एउटा बिरेन्द्रको खोजी

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

नयाँ नक्शाले समेटेका आदि कैलाश र ॐ पर्वत लिपुलेक कै सान 

Spread the love   सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

मृत्युदण्डलाई मानव जीवनको अधिकार र पीडितको तर्फबाट हेर्दा अलग अलग चित्र देखिन्छ

Spread the loveडा. मदनकुमार भट्टराईको पुस्तक, हरिप्रसादले भारतीय कानून लगाएका थिएनन् भन्ने आदि र “जव ३० वर्षे व्यवस्थामा दमितहरु २०४६।१२।२७ पछि शक्तिमा पुगे मुख्यतः पात्र परिवर्तनलाई जोड दिंर्दै नयाँ संरचनाहरु खडा गर्न थालिए तर...

कानून ब्यवसयी विपत राहात कोषमा १५ लाख सम्मको सहयोग

Spread the love नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ । विभिन्न सुझाव सहित राहात गरेको...