ज्वाइँलाई फसाएर छोरी र नाती बेचबिखन

Loading...
Spread the love
असार ३, जनकपुरधाम । धनुषा रघुनाथपुर ८ माइत भएकी सुशीलाले बुबा मिश्री ठाकुर बरही र आमा कुमारी ठाकुरले आफूसँग सापटी लिएको तीन लाख रुपैयाँ पचाउन उल्टै दुई वर्षको छोरासहित उनलाई ४० हजारमा बेचेको प्रहरी समक्ष बयान दिएकी छिन् ।women traffickingधनुषा पटेर्वा ३ का २८ वर्षीय विष्णु ठाकुरसँग पाँच वर्षअघि सुशीलाको बिहे भएको थियो । छा्रा जन्मिएपछि बिहे भएको दुई वर्षमा विष्णु वैदेशिक रोजगारका लागि साउदी अरेबिया गए। उनले दुई वर्षमा पठाएको तीन लाख रुपैयाँ छोरी सुशीलालाई फकाउँदै उनका बुबाआमाले चलाइदिए। दुई वर्षमा विष्णु साउदी अरेबियाबाट फर्के र आफूले पठाएको कमाइको हिसाब माग्दा सुशीलाले आमाबुबाले सापटी लिएको बताइन् ।

विष्णुले रकम फिर्ता गर्न सासूससुरालाई ताकेता गर्न थाले। सासूससुराले विष्णुलाई आफ्नी अर्की छोरी कोशिलाको घर जनकपुरमा बोलाएर । त्यो रात त्यही सुतेको बेला विष्णुको सिरानीमा कोशिलाका पतिले भारततिरबाट ल्याएको कटुवा पेस्तोल राखेर उनीहरूले प्रहरीलाई खबर गरे। प्रहरीलाई विष्णुलाई हातहतियार तथा खरखजाना ऐनमा समात्यो र जलेश्वर जेलमा डेढ वर्ष काट्नुपर्‍यो।

पति जेल परे पनि सुशीलालाई आफ्नै आमाबुबाले षड्यन्त्र गरेर उनलाई जेल पठाएको कल्पनासम्म भएन। पति जेल परेपछि सुशीलालाई घरै चलाउन मुस्किल पर्न थाल्यो। उनले आमाबुबालाई पटकपटक सापटी फिर्ता गर्न अनुरोध गरिन्। आमाबुबाले अघिल्लो वैशाखमा रौतहटको शिवगढी मेला हेर्न जाऊँ भनी छोरा समरसँगै सुशीलालाई फकाएर लगे।

त्यहाँ पुगेर उनीहरूले छोरीलाई नातिसहित ४० हजारमा बेचे र आफू कुलेलम ठोके ।

आफूलाई आमाबुबा, मेला हेर्न भन्दै सँगै गएका माइतका छिमेकी नेंग्रा यादव, रौतहटको बिर्तागाउँमा बिहे भएकी उनकी छोरी सकुन्ती यादव र आफ्नै जेठी दिदी कोशिला मिलेर रौतहट अजगेवा गाविसका ३५ वर्षीय सौखीलाल राय यादवसँग ४० हजारमा बेचेको सुशीला बताउँछिन्। यादवले घरमै थुनेर कुटपिट र यौनशोषण गरेको उनको आरोप छ। सुशीलाको गर्भमा यादवको ९ महिनाको बच्चा छ ।

डेढ वर्षको जेल सजाय भोगेर फागुनमा घर फर्केपछि विष्णुले पत्नी र छोरा बेचिएको उजुरी रौतहटको कोपबा प्रहरीचौकीमा दिएपछि उनीहरूको उद्धार भएको थियो।

यता, सुशीलाका आमाबुबाले आफूहरूले छोरीसँग रकम सापटी नलिएको र नबेचेको दाबी गरे। बुबा मिश्रीले आक्रोशित हुँदै आफ्नी छोरी चरित्रहीन रहेको र पति विदेश भएको मौका छोपी विभिन्न व्यक्तिसँग सम्बन्ध राखेर गर्भ बोकेको आरोप लगाएका छन् ।

Loading...

यसमा तपाइको मत

जेन्डर एण्ड ल बाट अन्य

खरेलद्वार सरकारी वकील संयुक्त कार्यालयको शिलान्यास

Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

भारत र नेपालको सम्वन्ध बल्ल तल्ल बराबरीमा उक्लिएको छ

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

नेपालले वनाएको कोरोनाको भ्याक्सिनमा WHO को चासो

Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको  छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

सत्ता भन्दा देश प्यारो देख्ने एउटा बिरेन्द्रको खोजी

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

नयाँ नक्शाले समेटेका आदि कैलाश र ॐ पर्वत लिपुलेक कै सान 

Spread the love   सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

कानून ब्यवसयी विपत राहात कोषमा १५ लाख सम्मको सहयोग

Spread the love नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ । विभिन्न सुझाव सहित राहात गरेको...

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार विरुद्ध चौधरी पुगे अख्तियार

Spread the loveकाठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ...

न्यायाधीश जोशीलाई इजलास नतोक्नु संसदको सम्मान हो: प्रधानन्यायधिस राणा

Spread the loveकाठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर...

स्थानीय सरकारलाई शिक्षा सम्वन्धि कानून बनाउन वन्देज

Spread the loveकाठमाडौं: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकारलाई शिक्षा सम्बन्धि कानून तर्जुमा गर्न वन्देज लगाएको छ । संविधानले विद्यालय शिक्षाका अधिकार स्थानीय सरकार मातहत गरे पनि संघीय मन्त्रालयले मन्त्री स्तरीय निर्णय...