अनौठो मुलुकको अनौठो अनुभूति

Loading...
Spread the love

साहित्यकार चन्द्रप्रसाद भट्टराईद्वारा लिखित ‘अनौठो मुलुकको अनौठो अनुभूति’ शीर्षक नियात्रा कृतिको बिहीबार विमोचन गरिएको छ । भट्टराईले एसिया प्रशान्त क्षेत्रीय देश पपुआ न्यु गिनीको अर्थ मन्त्रालयमा चार वर्षसम्म सल्लाहकारका रुपमा रहँदाको अनुभव र अनुभूति समेटेर सो कृति तयार गर्नुभएको हो । कृति उत्कृष्ट प्रकाशन प्रालिको पहिलो प्रकाशन हो ।

कृतिमा सो देशको भाषा, संस्कृति, खानपिन, रीतिथिति, संस्कार, प्राकृतिक सम्पदा, ज्वालामुखी, त्यहाँका व्यक्तित्व, थोेरै नेपालीहरूसँगको भेटघाट आदिबारे चित्रण गरिएको छ । त्यहाँ सन् १९५९पूर्वसम्म मान्छेले मान्छेको मासु खाने चलन थियो ।

वरिष्ठ नियात्राकार डा तारानाथ शर्माले कृति विमोचन गर्दै पुस्तक नेपाली साहित्यको बेजोड नमुना र सङ्ग्रह गर्नलायक तथा त्यसको भाषा, शैली र विषयवस्तु अत्यन्त सहज भएको बताए ।

प्रा. राजेन्द्र सुवेदी, प्रा डा खगेन्द्रप्रसाद लुइँटेल र प्राचार्य दुर्गाप्रसाद नेपालले पुस्तकमाथि टिप्पणी गर्दै पपुआ न्यु गिनी र नेपालको पीडा, उज्यालो र अँध्यारो पक्षलाई कलात्मक र रोचक शैलीमा कृतिमा प्रस्तुत गरिएको छ भने । प्रकाशन प्रालिका अध्यक्ष हरिप्रसाद रिमालले नेपाली साहित्य र वाङ्मयमा लेखिएका उत्कृष्ट कृतिको प्रकाशन गर्ने उद्देश्यले प्रकाशन प्रालिको स्थापना गरिएको जानकारी दिँदै सङ्ख्यामा भन्दा गुणस्तरमा जोड दिइने बताए । लेखक भट्टराईले आफू थोरै लेख्ने तर राम्रो लेख्ने मान्यतामा रहेको विचार व्यक्त गरे ।

नेपाल स्रष्टा समाजका पूर्वअध्यक्ष समेत रहनुभएका भट्टराई (विराटनगर–१५, नहरपारि) अहिले नेपालको विकास अर्थशास्त्रमा अध्ययन, अनुसन्धान र परामर्शमा सङ्लग्न थिए । उनका ‘सहयात्रा’ शीर्षक कथासङ्ग्रह(२०५९) र ‘प्रशान्तका छालहरूमा मेरो नेपाल’(२०६१) शीर्षक नियात्रा कृति प्रकाशित हुुनाका साथै उनले केही कृति सम्पादनसमेत गरे ।

Loading...

यसमा तपाइको मत

पुस्तक बाट अन्य

किशानको अधिकार र कानूनी सन्दर्भ समेटीएको पुस्तक आयोगद्धारा सार्वजनिक

Spread the loveकाठमाण्डौ: राष्ट्रिय मानव अधिकार आयोगले किसानको अधिकार सम्वन्धि कानूनहरुको पुनरावलोकन अध्ययन प्रतिवेदन शुक्रबार एक कार्यक्रमका विच सार्वजनिक गरेको छ । पुस्तकमा किशानको अधिकारको एतिहाँसिक सन्दर्भ, नेपालको संविधानले गरेका व्यवस्था, अन्तराष्ट्रिय कानून र...

दुष्कृति कानून: अदालतको व्यवस्थापन देखेर पंक्तिकारका आँखा रसाए

Spread the loveकाठमाण्डौ (पुस्तक समिक्षा): नेपालमा खासै प्रचलनमा नरहेको तर विश्वमा प्रचलित दुष्कृति कानूनलाई मुलुकी देवानी (संहिता) ऐन २०७४ ले कानूनी रुप दिएपछि यसको चर्चा व्यापक भइरहेको छ । यसै कानूनलाई अझ बढी परिभाषित...

डा. श्रेष्ठको पीडितशास्त्र पूस्तक विमोचन

Spread the loveकाठमाण्डौ: विश्वका कुनै विकसित मुलुक भन्दा नेपाल पहिलो हो जस्ले अपराध पिडितको हक लाई मौलिक हकको रुपमा मान्यता प्रदान गरेको छ । नेपालको संविधान २०७२ को धारा २१ अन्र्तगत अपराध पिडितको हक...

रोजगारीमा गएका युवाको पीडा समेट्दै मुदिर

Spread the loveकेही वर्षअघि युवा गजलकारका रूपमा राम्रो छाप छाडेका मीनराज वसन्त साहित्यिक वातावरणबाट अचानक बेपत्ता भए । करिब पाँच वर्ष उनको कुनै अत्तोपत्तो भएन । केही समयअघि मात्र थाहा भयो– उनी वैदेशिक रोजगारीका...

क्रसरोड्स सार्वजनिक

Spread the loveमाधव अधिकारी /काठमाडौँ  पोखरा विश्वविद्यालयको उच्च शिक्षा अध्ययन संस्थान आएसरले क्रसरोड्स नामक कथासङ्ग्रह बजारमा ल्याएको छ । दुई वर्ष अघि ल्याइएको हुलाकी सङ्ग्रहबाट साहित्य प्रकाशन सुरु गरेको संस्थाले १७ कथाकारका एक एक वटा...

साहित्यकार विष्टको कामरेडको कथा उत्कृष्ठ वर्ष पुस्तक

Spread the loveकाठमाण्डौ: फेडोल साहित्य प्रतिष्ठानले साहित्यकार गायत्री विष्टलाई सम्मान गर्ने निर्णय गरेको छ । साहित्यकार विष्टको कामरेडको कथा २०७२ साल भरिमा प्रकासित भएका सम्पुर्ण पुस्तकहरुमध्येको उत्कृष्ठ पुस्तकको रुपमा समावेस भएका कारण विष्टलाई सम्मान गरिने...

पत्रकार लुइटेलको जलेको मन अमेरिकामा सार्वजनिक

Spread the loveलस एन्जल: पत्रकार एवं साहित्यकार गुणराज लुइटेलले अमेरिकाबाट आफ्नो कविता संग्रह जलेको मनु ल्याएका छन । प्रथम अन्तरराष्ट्रिय च्याप्टर सम्मेलन तथा विश्व काव्य गोष्ठीको उद्घाटनमा जलेको मनु को विमोचन गरिएको छ। लुइँटेलको कविता...

प्रियासनको पुनरागमन सार्वजनिक

Spread the loveदाङ: पत्रकार एवं साहित्यकार सविन प्रियासनद्वारा लिखित पुनरागमन उपन्यासको मंगलबार विमोचन गरिएको छ । मंगलबार दाङको घोराहीमा आयोजित एक कार्यक्रममा पुनरागमन उपन्यासको विमोचन गरिएको हो । पत्रकार महिलाहरुको संघर्षशील कथा समेटिएके उपन्यासको जिल्लाका...

कथामा अल्झिएको प्रेम शनिबार सार्वजनिक हुने

Spread the loveप्रेम दिवस लगतै कथाकार संगीता श्रेष्ठ प्रेमसम्बन्धी आफ्नो कथा लिएर पाठक माझ आएकी छन् । उनीद्वारा लिखित प्रेकथाको संग्रह कथामा अल्झिएका प्रेम यही साता सार्वजनिक हुदै छ । विभिन्न उमेरसमूहका मानिसबीच विभिन्न क्षेत्रमा...

रविन्द्र अधिकारीको “समृद्ध नेपाल” विमोचन

Spread the loveनेपाल लिटरेचर फेस्टिभलको पाँचौ संस्करणमा सांसद तथा संसदीय विकास समितिका अध्यक्ष रविन्द्र अधिकारीको कृति “समृद्ध नेपाल” को विमोचन भएको छ । पोखराको पार्दीमा शुरु भएको उक्त फेस्टिभलमा अधिकारीले बालबालिकाको हातबाट आफ्नो कृति...