कार्यपालिकिय जिम्मेवारीमा पल्किएकै हो त न्यायपालिका ?

Loading...
Spread the love

असार ९, काठमाडौं । दुई हप्तापछि भूपू बन्ने प्रधानन्यायाधीश रामकुमारप्रसाद साहमा उपराष्ट्रपति बन्ने भूत सवार भएको छ रामवरण यादव, उपेन्द्र महतो र अमरेशकुमार सिंहको बुइ चढेर । तीन चार महिनामा पहाडेमूलका व्यक्ति राष्ट्रपति बन्ने भएपछि उपराष्ट्रपति मधेसीले पाउने पक्का छ ।

त्यही भएर खिलराज रेग्मी सरकारप्रमुख बन्दा हुने, मचाहिँ किन उपराष्ट्रपति बन्न नहुने भन्दै सर्वोच्चबाट हालै धपाइएका बाबुराम दाहालहरुलाई धमास दिँदैछन् । ०६७ सालमा झलनाथ प्रधानमन्त्री बन्दा र अहिले चार दलबीच संविधान निर्माणसम्बन्धमा सहमति हुँदा यति आकस्मिक घटनाक्रम विकास भयो क छिमेकीले चालै पाएनन् र चलखेल हुनै भ्याएन ।

त्यसैले यसबीच सभामुखलगायत केही दलका नेतासँग आफूलाई विदेशी दलालका रुपमा हाक्काहाक्की चिनाउने अमरेशले सर्वोच्चको आदेश आउनुअघि गरेको संवाद र आएपछि देखाएका रावण हाँसो थाहा पाउने हो भने धेरैलाई सर्वोच्च अदालत विगतका आफ्नै नजिर काट्दै राजनीतिक मुद्दामा किन प्रवेश गर्यो जान्न सहज हुनेछ ।

लोकसेवा आयोगमा कांग्रेस, एमाले र एमाओवादीले २/२ जना सदस्य नियुक्त गर्दा संवैधानिक परिषद्मा रहेको मैले चाहिँ किन भाग नपाउने भन्दै रामकुमारले महोत्तरीका ब्रम्हदेव रायलाई घुसाएकै हुन् । अरु सबै सदस्य प्रायः पूर्वसचिव या सोसरह विशिष्ट श्रेणीका अनुभवी हुँदाहुँदै प्रथम श्रेणीसँग अन्तर्वार्ता लिने लोकसेवामा स्टाफ कलेजको सोही श्रेणीबाट ब्रम्हदेव यादवलाई ल्याइएसँगै हौसिएका रामकुमारले अख्तियारमा पनि राजनारायण पाठकको निम्ति यसैगरी मौकामा चौका हानेका हुन् ।

‘मैले गरे के हुन्न, दलले मानिहाल्छन्’ भन्दै प्रसन्न मुद्रामा उनैले जनकपुरनिवासी डा. रामवरण यादवनिकट गिरिशचन्द्रलालको इजलासमा पेसी तोकेर ४ दलको १६ बुँदे सहमतिविरुद्ध आदेश जारी गर्न लगाए । मूलतः ४ दलले सम्झौतामा हस्ताक्षर गरे पनि अब त्यो संसद्को स्वामित्वमा गइसक्यो र संविधान निर्माण प्रक्रियासमेत सुरु भइसक्यो । जनआस्था साप्ताहिक

Loading...

यसमा तपाइको मत

अन्य समाचार बाट अन्य

खरेलद्वार सरकारी वकील संयुक्त कार्यालयको शिलान्यास

Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

भारत र नेपालको सम्वन्ध बल्ल तल्ल बराबरीमा उक्लिएको छ

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

नेपालले वनाएको कोरोनाको भ्याक्सिनमा WHO को चासो

Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको  छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

सत्ता भन्दा देश प्यारो देख्ने एउटा बिरेन्द्रको खोजी

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

नयाँ नक्शाले समेटेका आदि कैलाश र ॐ पर्वत लिपुलेक कै सान 

Spread the love   सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

कानून ब्यवसयी विपत राहात कोषमा १५ लाख सम्मको सहयोग

Spread the love नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ । विभिन्न सुझाव सहित राहात गरेको...

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार विरुद्ध चौधरी पुगे अख्तियार

Spread the loveकाठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ...

न्यायाधीश जोशीलाई इजलास नतोक्नु संसदको सम्मान हो: प्रधानन्यायधिस राणा

Spread the loveकाठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर...

स्थानीय सरकारलाई शिक्षा सम्वन्धि कानून बनाउन वन्देज

Spread the loveकाठमाडौं: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकारलाई शिक्षा सम्बन्धि कानून तर्जुमा गर्न वन्देज लगाएको छ । संविधानले विद्यालय शिक्षाका अधिकार स्थानीय सरकार मातहत गरे पनि संघीय मन्त्रालयले मन्त्री स्तरीय निर्णय...