संविधानका प्रावधान अक्षरका संग्रह मात्र हुन्, पालनकर्ताको चरित्रले सकारात्मक नकारात्मकता आउँदछ

Loading...
Spread the love
Bijay Prasad Mishra 1

विजयप्रसाद मिश्र

संविधानका प्रावधानहरु आफैमा अक्षरका संग्रह मात्र हुन् । पालनकर्ताको चरित्रले त्यसमा सकारात्मक वा नकारात्मक पन आउँदछ ।

भनिन्छ ८० प्रतिशत संविधान पूर्व निर्मित नै हुन्छन् । बाँकी २० प्रतिशतमा हामी असल विषय भर्न सक्दछौ ।

नेपाल वार एशोसिएसनका पुर्व महासचिव एवं नेपाल ल क्याम्पसमा एलएल.एम. तहमा प्राध्यापनरत कानून ब्यवसायी एवं कानून ची विजयप्रसाद मिश्रले नेपालको कानूनका विभिन्न विधा र क्षेत्रमा महत्वपूर्ण योगदान गर्नुभएको छ । विश्वको कानून प्रणाली लगायत कानूनका सैद्धान्तिक पक्षमा राम्रो ज्ञान राख्नुहुने उहाँले नयाँ संविधान र त्यसमा राख्न सकिने उत्कृष्ट पक्षको बारेमा नेपाल कानून संग गर्नुभएको कुराकानी ।

अहिले केमा ब्यस्त हुनुहुन्छ ?

म अहिले आफनो नियमित कार्यमा व्यस्त छु । अध्ययन अध्यापन, कानुन व्यवसाय आदि ।

नयाँ संविधान आउने तर्फ केहि सकारात्मक पक्ष देखिएका छन अब बन्ला त संविधान तपाइलाई के लाग्छ ?

संविधान बन्ने देखिन्छ । स्वार्थ राख्ने समूह बीच टकराव भएन भने ।

अब संविधान लेख्दा हामी विश्वमा नै पछिल्लो समयमा संविधान लेख्ने राज्य मध्येमा पर्दछौं यसबाट विश्वमानै संविधानको अभ्यसमा भएका समस्या र नकारत्मक पक्षबाट सतर्क हुदै उत्कृष्ट पक्षलाई अभ्यास गर्ने मौकामा छौ । तपाइको बुझाईमा ती पक्षहरु के के हुन सक्छन ?

सम्पूर्ण प्रणालीका असल पक्षहरुलार्इ हामी संविधानमा समेट्न सक्छौ जसबाट हाम्रो संविधान उत्कृष्ट व्यवस्थाहरुको संग्रह हुन सक्दछ । भनिन्छ ८० प्रतिशत संविधान पूर्व निर्मित नै हुन्छन् । बाँकी २० प्रतिशतमा हामी असल विषय भर्न सक्दछौ । स–साना कुरामा नअल्झि राष्ट्रियता एवं भावी सन्ततीको मुहार संझी सहमति र मस्यौदा गर्न सकेमा त्यो दिगो हुन सक्दछ । संविधानका प्रावधानहरु आफैमा अक्षरका संग्रह मात्र हुन् । पालनकर्ताको चरित्रले त्यसमा सकारात्मक वा नकारात्मक पन आउँदछ । विश्वका आधुनिकतम व्यवस्थाहरु अनुकरण गर्न पाउनु हाम्रो लागि नाफा नै हो ।

हामीले संविधान र कानूनमा कमन ल सिष्टमको बढि जसो अनुशरण गरेका छौ । कतिपय सिभिल ल सिष्टममा पनि भएका सकारात्मक पक्षलाई खुलेर नै अंगिकार गर्न सकिन्न ?

हाम्रो प्रणाली हिन्दू, कमन, सिभिल र मौलिक प्रणालीको साझा स्वरुप हो । जुनसुकै प्रणालीका राम्रा पक्षहरु अनुकरण गर्दै आफनो प्रणाली सुरक्षित गर्नु हाम्रो आवश्यकता नै हो । प्रणाली जुनसुकै अपनाए पनि कानुनी प्रावधान जस्तो सुकै गरे पनि त्यसको सू संचालनका लागि आवश्यक सत्चरित्र र इमान्दारिता हामीमा कम हुदैछ । प्रणालीको जन्म विभिन्न पक्षहरुको दृस्य अदृस्य त्याग तपस्या वलिदान चत्युर्याई र योगदानबाट भएको हुन्छ । त्यसको लाभांँस हामी अहिले उपभोग गर्दै छौ । तर पूजि भने क्षय हुदैछ ।

यसरी अंगिकार गर्न सकिने पक्ष के के हुन सक्छन ?

मेरो विचारमा प्रथमत सवै विषयमा सरल कानुनी व्यवस्था हुनु पर्दछ । कानुन लागू गर्ने निकाय र पदाधिकारीमा व्याप्त शासक मनस्थितिलाई सरल एवं सेवक सेवा मुलक मनस्थितिमा बदल्नु आवश्यक छ । तारेख प्रणाली, देवानी र फौजदारी मुद्धा एउटै फिरादबाट नलाग्ने प्रत्येक व्यवहार घटनै पिच्छे अलग अलग फिराद गर्नु पर्ने जस्ता पुरातन व्यवस्थालाई हटाउनु पर्दछ । ठगी मुद्धालाई व्यक्तिवादी बनाइनु पर्दछ । यसको व्यापक दुरुपयोग भयो ।

विजयप्रसाद मिश्र : पुर्व महासचिव नेपाल वार

विजयप्रसाद मिश्र : पुर्व महासचिव नेपाल वार

मुद्धा फैसला हुने वितिकै तहसिल शाखामा कार्यान्वयनका लागी तारेख तोकी पठाउने, पुनरावेदन परे मुल्तवी राख्ने जस्ता विविध सुधार तुरुन्त प्रारम्भ गर्न सकिन्छ । कानुन व्यवसायीको लागी आवश्यक निरन्तर तालिमका लागि लयर्स एकेडेमीको स्थापना र संचालन गर्न पनि त्यतीकै आवश्यक छ । न्यायाधिश कानुन व्यवसायी आदीको सम्मेलनबाट पारित भएका प्रस्तावहरुको कार्यान्वयनवाट धेरै समाधान हुने निश्चित छ । यी निकायहरुमा प्रसस्त कार्यान्वयन अनुगमन इकाइ गठन हुन जरुरी छ ।

शाशकिय स्वरुपमा संसदीय प्रणालीलाई नै अंगिकार गर्ने लगभग सहमति भएको देखिन्छ, यो अस्थिरताको कारक हो भन्ने पनि भनाई आएका छन, यसमा संविधान सभालाई तपाईको सुझाव के छ ?

एकतन्त्रीय शासनमा फर्कन सक्ने अवस्था अहिले छैन । सो सरहको एक व्यक्ति शक्तिशालिी हुने प्रणाली पनि ठीक होइन । संसदवाट निर्वाचित प्रधानमन्त्री अन्तर्गतको क्याविनेट प्राणालीमा हामी अभ्यस्त छौ । तर यस प्रणालीमा संसद, संसदिय दल आदि जनता प्रति व्यवसायीक रुपमा उतरदायी नहुनु पनि एक प्रकाराको जंग वहादुर प्रवृति नै हो । यसमा सुधार हुनु पर्दछ ।

हाम्रो पुर्विय मान्यता वा हिन्दु विधिशाश्त्रिय मान्यताका कुन पक्ष ब्यवाहारिक छनु जुन नयाँ संविधानमा स्थान दिनै पर्छ भन्ने लाग्छ ?

पूर्विय मान्यताका कुराहरु व्यवहारीक छन् । मृत्यु चिन्तन मृत्यु पछिको जिवन आदिका कुराहरु यसमा छन् । महाजिवन यात्राको क्रममा अर्को जीवन राम्रो बनाउन यस जीवनलाई अवसरको रुपमा लिई सत्कर्म गर्नु पर्दछ भन्ने यसको सार हो । हाम्रो प्रणालीमा स्थान दिन आवस्यक छ ।

बन्न लागेको संघिय संविधान अनि केन्द्रिकृत न्यायपालिका कत्तिको प्रभावकारी होला भन्ने लाग्छ ?

न्यायपालीकाको संरचनामा नाम र तह परिवर्तन वाहेक अन्य कुनै कुरा तत्काल परिवर्तन होला जस्तो मलाई लाग्दैन । प्रणाली परिवर्तन भए पनि हाम्रो संस्कार पुरानै छ । यही पुरानो संस्कार भित्र राम्रा नराम्रा दुवै कुराहरु छन् । राम्रो कुराको वढोतरि समयको माग हो ।

संवैधानिक अदालतमा ३ जना सर्वोच्च अदालतका न्यायाधीश रहने भएपछि यसलाई संवैधानिक वेन्च भनिदिएको भए पनि हुने थियो । बाँकी २ जना सदस्यको भार यसलाई वोकाईनुको कुनै अर्थ देखिन्न । सवंैधानिक अदालत उपर सर्वोच्च अदालमा मुद्धा लाग्ने भए पछि यसको औचित्य के रहयो र ?

न्यायपालिकाको संरचना कस्तो हुदा राम्रो हुन्छ ?

सर्वोच्च अदालतको संरचनामा अस्थायी र अतिरिक्त न्यायाधिशहरुको व्यवस्था हुनु हुदैन । स्थायी न्यायाधिशले अस्थायी न्यायाधिशलाई दोस्रो दर्जाको ठान्ने र स्वयं अस्थायी न्यायाधिशले पनि आफूलाई परिपक्व न्यायाधिश नठान्ने प्रवृति छ । न्यायाधिश सहप्राध्यापक वरिष्ठ अधिवक्ता भरतराज उप्रेतीको इच्छामरणको घटनावाट सम्पूर्ण प्रणालीले शिक्षा लिन र आफूलाई सुधार गर्न सक्नु पर्दछ ।

उत्कृट बन्न संविधानले समेट्नै पर्ने पक्ष वुदागत रुपमा भन्नु पर्दा के के हुन सक्छन ?

न्यायापालीकाको संचालनमा न्यायाधिशको नियुक्ती सरुवा वढुवा कारवाही आदिको मामिला हेर्ने न्याय परिषदरको भूमिका महत्वपूर्ण छ । परिषदमा वारको प्रतिनिधि पठाउने व्यवस्था छ । प्रतिनिधि पठाई सके पछी निज वार प्रति उतरदायी हुने वा निजको गतिविधि वारले जानकारी लिन पाउने व्यवस्था देखिदैन । कमसेकम वार प्रतिनिधिले न्याय परिषदमा निर्वाह गरेको भूमिका वारको साधारणसभामा महासचिव मार्फत प्रस्तुत हुने व्यवस्था गरिएको भए धेरै कुरा जानकारी हुने थियो ।

नेपालको न्यायपालिका र न्याय परिषद पनि निक्कै विपादित वनेका छन यसको सम्रचाना कस्तो वनाए स्वतन्त्र न्यायपालिका र कानूको शासनलाई राम्रो अभ्यासमा ल्याउन सकिन्छ ?

वार भित्र राजनैतिक अवस्थाका आधारमा परिषदमा मनोनयन गर्ने चलन छ । त्यसपछि इतर राजनितिक विचार धारण गर्ने व्यक्तिवाट निजको क्रियाकलाप वारेमा खरो टिप्पणी गरिने चलन हाम्रोमा छ । वार प्रतिनिधिले परिषदमा सामान्य भूमिका मात्र निर्वाह गर्दा परिषदका अध्यक्षको भूमिका सधै प्रभावशाली भई वढुवा प्रणालीमात्र स्थापित हुने घटनाक्रम देखियो ।

समग्रमा यसका पदाधिकारी जो भए पनि इमान्दार नैतिकवान निष्ठावान र सक्षम व्यक्ति न्यायपालीकामा भित्रयाउने चाहना शक्ति यसमा हुनु पर्दछ । अन्यथा यसको कुनै औचित्य नै वाकी रहदैन । पूर्वाधिकारीले सम्पेको पवित्र न्यायपालीका सोही अवस्थामा उतराधिकारीलाई फर्काउनु हामीले धेरै कार्य गर्नु छ । त्यसको शुरुवात आफैलाई सुधारेर गर्नु पर्दछ । अदालतमा निष्ठावान न्यायकर्मी विराजमान गराउदै राष्ट्रियता एवं नागरिक हक सुरक्षित गर्नु एवं त्यस्तो वातावरणमा कानुन व्यवसाय गर्ने एक मात्र हाम्रो चाहना हो ।

Loading...

यसमा तपाइको मत

अन्र्तवार्ता बाट अन्य

नेपालमा विवाह सम्बन्धि कानून र मान्यता

Spread the loveविवाह मानिस परिवार प्रणालीमा प्रबेश गरे संगै विकाश भएको परिवार प्रणालीको एक महत्वपूर्ण र सुन्दर पक्ष विवाहित जोडीको विचको एक महत्वपूर्ण करार हो । यसको ऐतिहासिकता कानूनको भन्दा पुराना ेछ जसकारण हामी...

भारत र नेपालको सम्वन्ध बल्ल तल्ल बराबरीमा उक्लिएको छ

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

Spread the love  पहिले चिकित्सकहरु पनि कालो कोट लगाँउथे । चिकित्सकहरु हात राम्ररी धुदैनथे । उनीहरु आफ्ना उपकरण (छुरी, कैची आदी) त कार्वोनिक अम्लमा डुवाँउथे तर अपरेशन गर्दा तिनै काला लामा दुर्गन्धीत ह्वार्लाङे कोट लगाँउथे...

कानूनको अनभिज्ञता Sudarsan Joshi

Spread the love यो बिषय देख्दा सामान्य देखिए पनि कानूनको कार्यान्वयन मा न्याय संग जोडेर हेर्दा अत्यन्त महत्वपुर्ण छ । बिश्वमा नै बिकसित हुदै आएका फौजदारी न्याय प्रणाली एबं बिधिशास्त्रका मान्यता वा सिद्दान्तहरुलाइ अध्ययन गर्दा...

टिकापुर घटना मुद्दाको फैसला पूर्ण पाठ

Spread the loveजिल्ला अदालत कैलालीले टीकापुर घटनामा मुख्य अभियुक्त रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले चौधरीसहित ११ जनालाई दोषी ठहर गरेको हो । उनीहरुलाई जन्मकैदको फैसला भएको श्रेस्तेदार इन्द्रबहादुर...

बयान परिवर्तन गर्दा उच्च अदालतवाट कैद सजाय

Spread the loveजनकपुरधाम – सर्लाहीको साविक मोतिपुर गाविस–४ का ४५ वर्षीय भूपनारायण महतोले आफैंले दिएको उजुरी विपरीत अदालतमा झूटा बयान दिएको भन्दै उच्च अदालत जनकपुरले कैद र जरिवाना सजाय हुने फैसला गरेको छ । २०७२ भदौ...

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

Spread the loveपीडा ‘निर्मला’को चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र तस्वीरमा सीमित रहनेछ, र तर्साउन...

Spread the loveकाठमाडौं: डा. गोविन्द केसीको अदालतको अवहेलना मुद्धामा कानून व्यवसायीहरुको छाता संगठन नेपाल वार एशोसिएसनले प्रधानन्यायाधीश गोपाल पराजुलीको बचाउ गर्दै करिव २ दिनपछि शुक्रबार विज्ञप्ती जारी गर्दै अनसन मार्फत न्यायालयमाथि दबाव नदिन डा....

अध्यादेस सन्दर्भमा राष्ट्रपति विरुद्ध रिट दर्ता

Spread the loveकाठमाडौँ — सरकारले पठाएको अध्यादेश राष्ट्रपतिले बिनाकारण रोक्नु गैरकानूनी भएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन परेको छ । अधिवक्ता यज्ञमणि न्यौपानेले अविलम्ब अध्यादेश जारी गर्न आदेशको माग गर्दै सर्वोच्चमा निवेदन दिएका हुन् । उनले...

हैन, बरिष्ठ बाड्ने तरीका चै के र छ ?

Spread the loveसर्बोच्च अदालतले २७२ जना कानून ब्यवसायीलाई बरिष्ठ अधिवक्ताको उपाधी दिने गरि गरेको निर्णयमा एक न्यायधिसको फरक मत जाहेर भएको छ । अदालतले भरखरैमात्र २७२ जाना कानू ब्यवसायीलाई बरिष्ठको उपादी प्रदान गर्ने निर्णय...