बोक्सिको सम्बन्धमा छुट्टै कानुन निर्माण हुनुपर्छ

Loading...
Spread the love

विष्नु न्यौपाने

हाम्रा अधिकांश परम्परागत सामाजिक समस्या र विकृतिहरु अन्धविश्वासका उपज हुन् । नेपाली जनमानसमा शिक्षाको अभाव रहेको छ । उनीहरुको विचार, संस्कार र व्यवहार अन्धविश्वासबाट निर्देशित रहेका छन् । समाज निर्माण, अन्धविश्वास, कुरिती, धर्म, प्रचलन तथा प्रथा संगै जोडिएर आएको पाइन्छ । त्यसैले समाजमा भएका कूरीति तथा कुप्रथालाई त्याग्दै राम्रा प्रथा तथा परम्परालाई अंगिकार गरी अगाडी बढ्नु आजको आवश्यकता हो । नेपाल जस्तो शिक्षाको सहज पहुँच नपुगेको तथा नजचेतनाको अभावमा पछि परेको समाजमा कुप्रथा तथा कुरितिले जरा गाडेको हुन्छ । बिस्तारै जनतामा चेतनाको स्तर वृद्धि गर्दै कुप्रथाको अन्त्य गर्नुपर्छ । यिनै कुरिति मध्ये बोक्सिमाथिको अन्धविश्वास पनि एक हो ।

बोक्सि जादुमन्त्र गरेर अरुलाई दुःख दिने विश्वास गरीएकी महिला हुन् जुन जनमानसमा रहेको भ्रम मात्र हो । यदि बोक्सि माथिको अन्धविश्वास साँचो हो भने के महिला मात्र हुन्छन् बोक्सी पुरुषहरु हँदैनन् त ? यसमा कुनै सत्यता छैन, यो त केबल महिलालाई अपहेलित र कमजोर बनाउने हतियार मात्र हो । महिला हिंसाको पराकाष्टा हो । समाजमा गन्नेमान्ने टाठाबाठा शिक्षित महिला तथा पुरुषहरुलाई बोक्सि÷बोक्साको आरोप लगाएको पाइँदैन । सामान्यतया जो महिला अशिक्षित छिन्, आर्थिक रुपमा पिछडिएकि छिन्, एकल छिन्, परिवार र समाजबाट परित्यक्त छिन्, जसका विरुद्ध बोलिदिने कोहि छैन, निर्बल तथा निरिह छिन् त्यस्ती महिलामाथि मात्र बोक्सिको आरोप लगाएको पाईन्छ । विशेषत आर्थिक तथा चेतनाको स्तरमा पछाडि रहेका तराईका जिल्लाहरुमा यो समस्याले विकराल रुप लिएको पाइन्छ । जनचेतनाको कमि तथा कानूनको अभावका कारण यस्ता घटनाक्रमहरु दिनानुदिन बढ्दो क्रममा छन् ।

बोक्सिको नाममा महिलामाथि निर्घात रुपमा कुटपिट गर्ने, मलमुत्र खुवाउने लगायतका शारीरिक तथा मानसिक यातनाका घटनाहरु बेलाबेलामा विभिन्न सञ्चारका माध्महरुमा पढ्न तथा सुन्नमा आईरहन्छ । भरखरै दुई तीनवटा यस्तै प्रकृतिका घटनाहरु बाहिर आएका छन, पथराबुधराम–५ की ४५ वर्षिया रेणुदेवी जयसवाल, सिराहा अनसनपुर–२ गोलबजारकी सवुरदेवी यादव तथा उनका परिवारमाथि उनकै छिमेकि तथा आफन्तजन वाटै निर्घातरुपमा कुटपिट भएको छ । रेणुदेवी र सवुरदेवी त प्रतिनिधि पात्र मात्र हुन् । उनीहरु जस्ता कैयौ महिलाले दिनहुँ जसो बोक्सिकै आरोपमा शारीरिक तथा मानसिक यातना भोगिरहेका छन् ।

निराधारको आरोप तथा यातनाको सामना गर्न नसकी कति पीडित महिलाहरुले मृत्युवरणको बाटो रोजेको पनि देखिन्छ जसमध्येकी एक प्रतिनिधि पात्र हुन् महोत्तरी लोहारपट्टीकी बुचियादेवी । २०५५ सालतिर उनलाई बोक्सिकै आरोपमा आफन्तहरुले निर्घातरुपमा कुटपिट गरेर नाङ्गो पारी गाउँ घुमाउने धम्की दिएपछि त्यो बेइज्जतीको सामना गर्न नसकि उनले मृत्युको बाटो रोजिन् । उनले विष सेवन गरेर आत्महत्या गरेकी थिइन् ।

कतिपय महिलाहरु आफ्नै बेइज्जत हुने डरमा हिंशा सहेरै बस्छन् कतै उजुर गर्दैनन् भने कतिपयले उजुर दर्ता गर्न जाँदा प्रहरीले घरेलु कुरा गाउँमा नै मिलाउनुपर्छ भनि उजुरी दर्ता नै नगरिदिएको कुरा पनि सुन्नमा आउँछ । कतिपय उजुरी भने दर्ता भएपनि पीडकलाई उचित कारवाहि हुन सकिरहेको अवस्था छैन, पीडितले प्रयाप्त न्याय पाएको अवस्था छैन । जसको एक प्रतिनिधि पात्रका रुपमा ललितपुर प्युटार गाविसकी कल्ली कुमारी विकलाई लिन सकिन्छ । उनले २०६५ सालदेखि न्याय पाउन सकेकी छैनन् । उनलाई बोक्सिको आरोपमा कुटपिट गरी मलमुत्र समेत खुवाइएको थियो जुन राष्ट्रिय मुद्धा नै बनेको थियो । पीडकलाई उचित सजाय दिलाई पीडितलाई न्याय दिने क्रममा महिला अधिकारकर्मी तथा नेपाल सरकारको दवाबमा प्रहरिले पीडकलाई पक्राउ त ग¥यो तर धरौटीमा नै रिहा गरियो यसले कानूनको फितलोपनालाई जनाउँछ ।

बोक्सिको सम्बन्धमा कुनै संवैधानिक व्यवस्था नभएका भने होइनन् तर भएका व्यवस्थाहरु उचित रुपमा कार्यान्वयन हुन सकिरहेका छैनन् । मुलुकी ऐन, २०२० को अदलको महलको १० (ख) मा कसैले कसैलाई बोक्सि वा बोक्सोको आरोप लगाउने वा त्यस्तो आरोपमा निजलाई बसोबास गरेको ठाउँबाट निकाला गर्ने, सामाजिक बहिस्कार गर्ने वा अन्य कुनै अमानविय वा अपमानजनक व्यवहार गर्ने वा यातना दिने काम गरेमा तीन महिनादेखि दुई वर्षसम्म कैद वा पाँच हजार देखि पच्चिस हजार रुपैयासम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरेकोछ । त्यस्तै नेपालको अन्तरिम संविधान, २०६३ को धारा २० (३) मा पनि महिलाविरुद्ध शारीरिक, मानसिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य गरिने छैन र त्यस्तो कार्य कानूनद्धारा दण्डनीय हुनेछ भनी उल्लेख गरिएको छ । कार्यान्वयनको अभावमा यी व्यवस्थाहरु कागजमा नै सीमित रहेको अवस्था विद्यमान छ । यी जति घटना घटेका छन् सबै जनचेतना र कानूनको अभाबमा घटिरहेका छन् ।

Witch

छुट्टै कानूनको अभावमा कैयौ पीडकहरुले सजाय पाएका छैनन् भने पीडितले न्याय पाउन सकेका छैनन् । यस सम्बन्धमा छुट्टै कानून बन्नुपर्ने चर्चा चलिरहेको अवस्थामा ढिलै भएपनि नेपाल सरकारले पनि यस्तो प्रकृतिको कानून ल्याउने तयारी गरिरहेको जानकारहरु बताउँछन् । कताकता यस सम्बन्धमा विवाद चलिरहेको छ भन्ने कुरा पनि विज्ञहरु भन्दछन् । एकाथरीले बोक्सिको नाममा महिलामाथि हुने ज्यादती रोक्नको लागि छुट्टै कडा भन्दा कडा कानून बनाई त्यसको उचित रुपमा कार्यान्वयन गर्नुपर्छ अनि मात्र यस्ता घटनाहरुलाई कम गर्न सकिन्छ भन्छन् भने अर्काथरि कानून बनाउँदैमा मात्र समस्या समाधान नहुने र जनचेतनाका कार्यक्रमहरु अगाडी बढाउनु पर्ने कुरामा बढी जोड दिन्छन् । उनीहरुको आधारमा बोक्सि काल्पनिक कुरा भएकोले यसको प्रमाणित गर्न सकिदैन ।

व्यक्तिगत रिसिविका आधारमा पनि झुटा उजुरी पर्न सक्ने र निर्दोष व्यक्ति पनि सजायको भागीदार बन्न सक्ने अवस्था सिर्जना हुन सक्छ । त्यसैले बढी दण्ड दिनेखालको कानून बनाउँनु हुदैन । अलिअलि कानूनको व्यवस्था पनि गर्नुपर्छ तर जनचेतनालाई बढी जोड दिनुपर्ने कुरामा ध्यानाकर्षण गराउँदछन् । उनीहरुले बोक्सिको सम्बन्धमा छुट्टै कानूनको व्यवस्था गर्दा बोक्सि हुन्छ भन्ने अन्धविश्वास प्रमाणित हुने र यस्ता ज्यादती झन् बढ्ने हुँदा हामीसँगै भएका कानूनको अक्षरस पालना गरि जनताको चेतनास्तरमा वृद्धि हुने खालका कार्यक्रमहरु अगाडी बढाउनुपर्छ भन्ने धारणा दिएकाछन् ।
दुबै पक्षका धारणा आफ्ना ठाउँमा सराहनिय छन् तर पनि यस्ता कुरीतिहरुको अन्त्यको निम्ति जनचेतनामूलक कार्यक्रम सँगसगै कानूनको ठुलो हात रहन्छ । छुट्टै कानूनको निर्माण गरी सही कार्यान्यन नगर्दासम्म पीडकलाई कारवाही हुन सक्दैन र पीडितले सही रुपमा न्याय पाउन सक्दैन । महिला अधिकारको प्रत्याभूत हुन सक्दैन । त्यसैले छिटो भन्दा छिटो कानूनको निर्माण गरी अपराधीलाई कडा भन्दा कडा कारवाही हुनुपर्छ र पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्छ । जबसम्म महिलामाथि हुने ज्यादतिको अन्त्य हुदैन तबसम्म सभ्य र समुन्नत समाजको परिकल्ना गर्न सकिदैन । त्यसैले छिटो भन्दा छिटो यसको समाधानको बाटो पहिल्याउनुपर्छ ।

नेपालकानून.कम

Loading...

यसमा तपाइको मत

लेख/अनुसन्धान बाट अन्य

नेपालमा विवाह सम्बन्धि कानून र मान्यता

Spread the loveविवाह मानिस परिवार प्रणालीमा प्रबेश गरे संगै विकाश भएको परिवार प्रणालीको एक महत्वपूर्ण र सुन्दर पक्ष विवाहित जोडीको विचको एक महत्वपूर्ण करार हो । यसको ऐतिहासिकता कानूनको भन्दा पुराना ेछ जसकारण हामी...

अवहेलना मुद्दामा न्यायलयलाई स्वच्छन्द अधिकार

Spread the loveभारतको वर्तमान प्रधान न्यायाधिशले चढेको मोटरसाईकलको फोटो, मुल्य र त्यस्को मालिकको सम्वन्धमा आम संचार माध्यममा आफ्नो टिप्पनी लेखेका थिए । सोही लेख लेखेको भनेर भारतको जानेमाने वकिल प्रशान्त भुषण विरुद्द भारतको सर्वोच...

वकिल देखि न्यायाधिश सम्मै बिचौलियाको चंगुल

Spread the loveप्रकरण १ नेपाल बार एशोशिएसनका पुर्व अध्यक्ष बरिष्ठ अधिवक्ता शम्भु थापाले एक अन्र्ताबार्तामा वकिल नै न्यायधिश कहाँ घुुस पुर्याउछन् भनि भन्नु भएकोछ ।  वकिल र न्यायधिशको नाम भन्नको लागि अन्तर्वाता लिने व्यक्तिले अनुरोध...

प्रकृति त आमा हुन, आश्रम किन पठायौ

Spread the loveप्रकृति र विनाश सन्दर्भः  विश्व वातावरण दिवस प्रकृति त वरदान हो, विनाश किन वनायौ । प्रकृति त जीवन हो, मृत्यु किन वोलायौ ।। प्रकृति त स्वर्ग हो, नर्क किन वनायौ ।। प्रकृति त...

मृत्युदण्डलाई मानव जीवनको अधिकार र पीडितको तर्फबाट हेर्दा अलग अलग चित्र देखिन्छ

Spread the loveडा. मदनकुमार भट्टराईको पुस्तक, हरिप्रसादले भारतीय कानून लगाएका थिएनन् भन्ने आदि र “जव ३० वर्षे व्यवस्थामा दमितहरु २०४६।१२।२७ पछि शक्तिमा पुगे मुख्यतः पात्र परिवर्तनलाई जोड दिंर्दै नयाँ संरचनाहरु खडा गर्न थालिए तर...

अदालतमा गरिने बहस थरिथरिका

Spread the loveमैले बुझेअनुसार बहस थरिथरिका हुन्छन् । पक्षले वकीललाई नियुक्त गर्दा गरिने वहस, बैतनिक वकील वा सरकारी वकीलले गर्ने वहस, कानूनी सहायता वा प्रो बोनोको स्वरुपमा वा एमिकस क्यूरीको रुपमा गरिने वहस, कुनै...

लगानी बिनाको व्यापार भएको छ. . . —रामकृष्ण काफ्ले

Spread the loveशहरका हुने खाने सम्भ्रान्तहरुः आफ्ना शरीरमा हात्ति पाली अरुका शरीरको जुम्रा देख्ने स्वनामधन्य सर्वज्ञहरुको स्थायी जागिर भएको छ आजको मानवअधिकार । नवधनाड्य हुन शहर पसेकाहरुको माछो नखाने प्रायश्चित्त सहित बकुल्लाव्रत बसेकाहरुको बेलाबखत जप्ने मन्त्र भएको छ आजको मानव अधिकार । लम्बेचौडे कागजी नाटक...

आधुनिक जिवनशैलीले फेरिएको दशै

Spread the loveविजयादशमी पारिवारीक र मान्यजनसँगको जमघट, सामिप्यता, आदर÷सत्कार र सुख दुःख साटासाट गर्दै सुख शान्ति र समृद्धिको कामना सहित मनाईने हिन्द धर्मावलम्वीहरुको राष्ट्रिय चाडको रुपमा रहेको महत्वपूर्ण पर्व हो । दशैं घटस्थापना अर्थात...

…. अदालतको ढोकामा चिच्याई रहेको

Spread the loveन्याय  आजकाल न्याय अदालतको ढोकामा चिच्याई रहेको देख्छु मैले भने , खै किन भित्र नपसेको ? अदालतको ढोका र झ्याल त खुल्यै छन् १ न्याय म सँग झोक्किदै भन्यो म झ्याल र ढोका बाट छिर्ने होईन दिमागबाट छिर्ने हुँ त्याहाँ बाक्लो...

शुशासनको अनुभूती राज्यका कुनै पनि निकायबाट प्राप्त गर्न सकिएन

Spread the love२०७२ साल आश्विन ३ गते संविधान नेपाली जनताले पहिलो पटक आफैले चुनेका प्रतिनिधीहरु मार्फत बनाएको प्रथम संविधान हो । अर्थात, यो जनताको संविधान हो । सर्वस्वीकार्यताको प्रश्न निर्वाचन आयोगका अनुसार पछिल्लो संविधानसभाको चुनावमा नेपालको...