नयाँ संविधान २०७२ को पहिलो पूर्ण मस्यौदाको प्रस्तावना

Loading...
Spread the love

हामी सार्वभौम सत्ता सम्पन्न नेपाली जनता, नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता एवं स्वाभीमानलाई अक्षुण्ण राखी जनताको सर्वभौम अधिकार, स्वायत्तता र स्वशासनको अधिकारलाई आत्मसात गर्दै,

New constitution of Nepalराष्ट्रिय हित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि नेपाली जनताले पटक–पटक गर्दै आएको ऐतिहासिक जनआन्दोलन, सशस्त्र संघर्ष, त्याग र बलिदानको गौरवपूर्ण इतिहासलाई स्मरण एवं सहिद तथा बेपत्ता र पीडित नागरिकलाई सम्मान गर्दै,

सामन्ती, निरंकुश, केन्द्रीकृत र एकात्मक राज्यव्यवस्थाले सिर्जना गरेको सबै प्रकारको विभेद र उत्पीडनको अन्त्य गर्दै,

बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात गरी विविधताबीचको एकता, सामाजिक, सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावनालाई संरक्षण एवं प्रवर्द्धन गर्ने, वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक र सबै प्रकारका जातपात र छुवाछुतलगायत सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गरी आर्थिक समानता, समृद्धि, सम्पन्नता र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तको आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गर्दै,

जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानवअधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, प्रेस स्वतन्त्रता, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा कानुनी राज्यको अवधारणालगायतका लोकतान्त्रिक मूल्य र मान्यतालाई अवलम्बन गरी समाजवादको आधार निर्माण गर्न प्रतिबद्ध रहँदै,

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न संविधानसभामार्फत यो संविधान नेपालका लागि जारी भएको घोषणा गर्दछौं ।

Loading...

यसमा तपाइको मत

फैसला विश्लेशण बाट अन्य

पशुपतिमा अन्याय भयो भनी कराइरहेकालाई जग्गा दिलाउने न्याय

Spread the loveहरि प्रसाद प्रधान नेपालमा प्रधान न्यायालयको प्रधान न्यायाधीश बनाउन भारतवाट झिकाइएका थिए । सो प्रयोजनका लागि उक्त पदका लागि लायक नेपाली नपाइए बिदेशी नागरिकलाई नियुक्त गर्न सकिने गरी नेपालको अन्तरीम शासन ऐन,...

सर्बोच्चको सोमवारको आदेशमा लुकेको अर्को आदेश

Spread the loveसर्बोच्चको स्पस्ट भाषा छ संसदमा नै गतल विधेयक आएको भए पनी त्यसलाई पास गर्न नदिने नसक्ने र रोक्ने अवस्था हुन्छ । वर्तमान संविधान संसोधन उपरको विधेयक संसदको कार्य नै हो, सो कार्य...

नछोपिएको दाग, लाज छोप्न हत्या गर्दा आजिवन मानसिक कैद

Spread the loveहो । त्यो बच्चाको जन्म मैले नै दिएकी हुँ । त्यो अबोध नवजात शिशु मेरो कोखबाट नै जन्मेको हो । त्यो जन्माउन पनि मैले अन्य छोराछोरी सरह एउटा आमाले पाउने सबै दुख...

निर्वाचन तयारी बारे जानकारी गराउन सर्बोच्चको आदेश

Spread the loveकाठमाडौं । सर्वोच्च अदालतले केन्द्र, प्रान्त र संघीय तहको निर्वाचनका विषयमा सरकारले गरी रहेको तयारीलगायत अन्य विषयमा जानकारी गराउन आदेश गरेको छ। संविधानले तोकेकै समयमा हुनु पर्ने माग गर्दै दर्ता भएको रिटमा...

महिला शिक्षकहरुमाथि भेदभाव र अन्याय भएको भन्दै पुनराबेदनमा रिट दायर

Spread the loveकाठमाण्डौ : मा. बि. महिला शिक्षकहरुले आफुहरु अन्यायमा परेको भन्दै पुनराबेदन अदालत पाटनमा रिट दर्ता गरेका छन । मा.बि. महिला शिक्षकहरुलाई पनि नि.मा.बि. महिला शिक्षकहरु सरह जिल्ला छान्न पाउने सुबिधा उपलब्ध गराउन सम्बन्धीत...

सबै अदालतमा पुगेर चौधरीले भनेः जाहेरी दिनु मेरो भुल थियो

Spread the loveजव कुनै अपराध हुन्छ वा कसैमाथि अन्याय हुन्छ तव न्याय खोज्न न्यायलय वा प्रहरीकहाँ पुग्नु पर्दछ । अन्याय गर्ने भन्दा सहने ब्यक्ति गलत हुन्छ त्यसैले समयमै उपचार खोज्नु पर्छ साथै हरेक नागरिकले...

उत्तरकोरियामा बैठकमा निदाएको भन्दै शिक्षामन्त्रीलाई फाँसी

Spread the loveकोरियाका शिक्षा मन्त्री किम याङ जिनलाई फाँसी दिइएको छ। दक्षिण कोरियाको एकीकरण मन्त्रालयका प्रवक्ता जेङ जोन हीले बुधबार पत्रकार सम्मेलनमा उत्तरकोरियाले शिक्षा मन्त्रीलाई फाँसी दिएको बताए। शिक्षा मन्त्री ही उत्तर कोरियाका राष्ट्रपति किम...

अवैध नवजात शिशुको हत्या गर्ने प्रेम जोडीलाई जन्मकैद

Spread the loveपर्वत । अवैध गर्भधारणपछि जन्मेको शिशुको हत्या गरेको अभियोगमा पर्वत जिल्ला कारागारमा थुनामा रहेका प्रेम जोडीलाई पर्वत जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको छ। पर्वतको नाङ्गलिबाङ्ग–४ की १८ वर्षीया सङ्गीता रेग्मीलाई शिशु हत्यामा सर्वस्वसहित...

कानूनतः नमिल्ने मुद्दा फिर्ता गृहकार्यमा प्रचण्ड सरकार

Spread the loveकैलालीको टीकापुर घटना र जलेश्वरको काण्ड भन्ना साथ हामी सबैमा एक विभत्स अपराधको झभल्को आउछ । अपराधी को भन्ने विषय कानून र अदालती प्रकृयाले अन्तिम टुङ्गो नलगाए सम्म वोल्न मिल्दैन, उक्त घटनामा...

गुफलेडीको गोठमा एकाविहानै देखिएको फरक दृश्य

Spread the loveकसैलाई थाहा थिएन, बस्तुभाउ रहने गोठमा एउटी बेहोस महिला पल्टीरहेकी थिईन । सानी एउटा बालिका आमा उठ भन्दै कराई रहेकी थिईन । ति बालिकाले धेरै उठाउने प्रयास गरिन तर महिला उठिनन ।...