उज्यालो नहुदै बच्चा छाडेर काममा जाँदा मन अमिलो हुन्छ सानै छन्, केही घटना होला कि भन्ने डर लाग्छ

Loading...
Spread the love
जेठ १८, काठमाडौं । होचो माइक्रोमा छड्के परेर यात्री बोलाउँदा जति अप्ठ्यारो हुन्छ, त्यो भन्दा बढी अप्ठ्यारो छ उनको जीवनभोगाइ। संघर्षदेखि भागेकी छैनन् उनी। काठमाडौंका एकाध महिला सहचालकमध्येकी उनले परिवार चलाउने संघर्षका क्रममा ठूलो सपना सँगालेकी छिन्, माइक्रोबसको चालक बन्ने। झापा शनिश्चरेकी २९ वर्षीया गोमा श्रेष्ठ २७ नम्बर रुट माइक्रोबसकी सहचालक हुन्।
होचा माइक्रोमा उभिएर आधा ज्यान माइक्रोभित्र र टाउको झ्यालबाहिर निकालेर मान्छे बोलाउन उनी खप्पिस भइसकेकी छन्।
Micro
उनको कमाइले जेनतेन जिन्दगी धानेको छ। आफू र दुई छोरीको पेटमा माडसम्म पुर्‍याएकी छन् उनले। गोेमाका हरेक दिन संघर्षबाट सुरु हुन्छ। दस वर्षकी छोरी र काखे छोरालाई बिहानै चार बजे ओछ्यानमा छाडेर बस स्ट्यान्डतिर जानुपर्छ उनलाई। ती दस वर्षीया छोरीले भात पकाएर सानो भाइलाई पनि खुवाइवरि भाइको हात समातेर स्कुलतिर लम्कँदा तिनकी आमा घाँटी सुक्ने गरी माइक्रोमा यात्रु बोलाइरहेकी हुन्छिन्, किनकि त्यसबेला अफिस टाइमको चापाचाप र दौडादौड सुरु भइसकेको हुन्छ काठमाडौंका सडकमा।
‘छोरी आफैं खाना पकाएर स्कुल जान्छे, भाइलाई पनि खुवाउँछे,’ दस वर्षीया छोरीको पौरख सुनाउँदै गोमाले भनिन्।
उज्यालो हुन नपाउँदै साना नानी ओछ्यानमै छाडेर काममा जाँदा भने मन अमिलो हुने गर्छ उनको। ‘सानै छन्, केही घटना होला कि भन्ने डर लाग्छ,’ गोमाले भनिन्।
जिन्दगी यति सकसपूर्ण हुन्थेन होला यदि उनले विश्वास गरेर जीवनसाथी बनाएका पतिले पारिवारिक जिम्मेवारीमा उनलाई अलिकति साथ दिएको भए। सँगै सहर पसेका श्रीमान बिस्तारै निष्ठुरी बन्दै गए। कमाएको सबै पैसा रक्सीमै सकेर आउने, घरमा झगडा गर्ने, कुट्ने पिट्ने गर्न थाले। बेला–बेला कैयौं दिन गायबै हुने, अनि घर आएका बेला पनि घरको सामान बेचेर रक्सीको बोतलमा सक्नुपर्ने। करिब तीन वर्षअघि डेराको सामान बेचेर बेपत्ता भएका श्रीमानको अहिले कुनै पत्तो छैन।
श्रीमानको भर नभएपछि ज्यामी काम गर्न थालेकी गोमाको तीनजनाको परिवार त्यो कामले धानेन। अब के गरी स–साना केटाकेटीको पेट पाल्ने भनेर चिन्तित भएको बेला उनको आँखा यो पेसामा पुगेको हो। बिहानै उठेर हिँड्दा मन कटक्क खाए पनि यो पेसाले उनलाई घरभाडा तिर्न, छोराछोरी पढाउन र दुई छाक खान जेनतेन सघाएको छ।
बिहान चारै बजे छोरी र छोरालाई छाडेर हिँडे पनि उनले आमाको जिम्मेवारी बिर्सेकी छैनन्। साँझमा मात्र होइन, शनिबार र छोराछोरीको बिदाको दिन पनि उनी घरै बस्छिन्। ‘शनिबार बिदा बस्छु, डे्रस धोइदिन्छु, महिना–पन्ध्र दिनमा घुमघाममा पनि जान्छौं,’ गोमाले भनिन्। त्यसैले उनी कुनै एक बसकी सहयोगी होइनन्, त्यस रुटका सबै बसकी अस्थायी सहयोगी हुन्। काम गर्न बसस्टपमा आएपछि आजसम्म उनलाई खालीहात बस्नुपरेको छैन। कुनै न कुनै बसको सहयोगीले बिदा लिएकै हुन्छ, त्यसैले ड्राइभरले उनलाई काम दिइहाल्छन्।
दिनको करिब पाँच–छ सय कमाइ हुन्छ। खाना र खाजा खान यो पैसा खर्च गर्नु नपर्ने हुनाले पनि उनलाई साना लालाबालाको हेरविचार गर्न यो पेसाले सघाएको छ। ज्यामी काममा पनि तलमाथि यस्तै हो कमाइ तर खाजा, खानाका लागि कमाएको आधा खर्च हुने उनले बताइन्।
Loading...

यसमा तपाइको मत

main बाट अन्य

श्रीमान मेरो पक्षलाई हदै सम्म सजाय गरियोस

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

संगठित अपराध; भ्रम र यथार्थ

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

हाम्रो स्वाभिमानका लागि भारत सङ्ग कुरागर्ने हिम्मत गर्नु पर्छ

Spread the loveएउटा भनाइ छ, अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ। जब राज्य कम्जोर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, रास्ट्रले अन्तरास्ट्रिय साख गुमाउंछ। अहिले हाम्रो अवस्था यस्तै हो। जब रास्ट्र अपमानित...

पशुपतिमा अन्याय भयो भनी कराइरहेकालाई जग्गा दिलाउने न्याय

Spread the loveहरि प्रसाद प्रधान नेपालमा प्रधान न्यायालयको प्रधान न्यायाधीश बनाउन भारतवाट झिकाइएका थिए । सो प्रयोजनका लागि उक्त पदका लागि लायक नेपाली नपाइए बिदेशी नागरिकलाई नियुक्त गर्न सकिने गरी नेपालको अन्तरीम शासन ऐन,...

विकल्प नसोचिएको दल र कार्यकर्ताको हित हुने प्रणाली

Spread the loveनेपालमा अवको शासकिय स्वरुप कस्तो वन्नु पर्दछ भन्ने वहश चलिरहेको सन्दर्भमा आफनै देशमा प्रयोग गरिएको प्रणाली र विश्वका विभिन्न राज्यले गरेकोे प्रयोग अनि त्यसको परिणाम हाम्रो लागि वास्तविक प्रयोगशालामा परिक्षण पश्चातका ब्यवाहारिक...

फोरम द्वारा १ दिने अन्तरकृया सम्पन्न

Spread the love पर्यटन ब्यवसायको क्षेत्रमा कार्यरत कानून ब्यवसायीहरुको संस्था टुरिजम लयर्स फोरम नेपालले नेपालको कर प्रणाली, कानून र पर्यटन ब्यवसाय बिषयक एक दिने अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । कर्यक्रममा बौद्ध, सिनामंगल, गौसाला तथा...

मुलुकी संहिता लागू भएसँगै १४ वटा ऐन खारेज, ३६ वटा संशोधन

Spread the loveकाठमाडौं जंगबहादुर राणाले १६५ वर्षअघि लागू गरेको मुलुकी ऐन गत भाद्र १ गतेदेखि विधिवत रुपमा खारेज भएको छ । भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी ऐन मुलुकी देवानी (संहिता) ऐन,...

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

Spread the love“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र...

निर्मला ! तिमीले सुतेकाहरुलाई उठाएकी छौ

Spread the loveसमाजमा हुने घटनाले मानिसमा पारेको प्रभाव पिडा वनेर ब्यक्त हुन्छ । त्यही पिडा कतै कथा, कविता र विभिन्न भावमा प्रस्फुटन हुन्छ । निर्मला पन्तको हत्या र अपराधीलाई बचाउन अपारध नियन्त्रण गर्ने अधिकार...

पर्यटन कानून मसौदाको लागि छलफल कार्यक्रम सम्पन्न

Spread the love काठमाण्डौ ठमेल स्थित होटल बैसालीमा प्रदेश नं. ३ का उद्योग, पर्यटन तथा वातावरण समिती, पर्यटन विज्ञ, ब्यवसायी र पर्यटन क्षेत्रमा कार्यरत कानून ब्यववसायी विच प्रदेशले वनाउने पर्यटन कानून, यसको तर्जुमा र प्रभावकारी...