लेखनाथसँग बितेका चार वर्ष मेरो जीवनको काला दिन

Loading...
Spread the love

असार १८, काठमाण्डौ । आस्था घिमिरे नेकपा–माओवादी नेता लेखनाथ न्यौपानेकी पूर्वपत्नी हुन् । कुनै बेला नेकपा माओवादीले सञ्चालन गरेको ‘जनवादी राज्यसत्ता स्थापना गर्ने र सिंगो जनतालाई मुक्ति दिलाउने युद्धमा होमिएकी आस्थाले महिला मुक्तिका भाषण धेरै गरिन् ।

Aastha Ghimire

आस्था घिमिरे

सशस्त्र द्वन्द्वको हुंकारले देश त्रसित थियो । महिलामाथि हुने घरेलु हिंस्रक उनका दुश्मन हुन्थे । गाउँमा श्रीमती पिटेको, मदिरा खाएको आरोपमा धेरैले कारबाही भोगे । उनी स्वयं पनि नजाने कतिवटा पार्टी कारबाहीमा सम्मिलित थिइन् । श्रीमान र श्रीमती रथका दुई पांग्रा मान्थिन् उनी । यस्तै क्रममा युद्धका दौरान भेटिएका एक युवा नेतालाई उनले श्रीमान् बनाइन् । उनीहरूको छोरा जन्मियो तर उनी आफैंले भने श्रीमान्बाट केवल हिंसा मात्र पाइन् । अवस्था त केसम्म छ भने नौ महिना कोखमा राखेर जन्माएको छोरा अहिले बाबुको कब्जामा छ । उनी आफ्नै छोरालाई भेट्न पाउँदिनन् !

नचाहँदा नचाहँदै पनि बेला बेला लेखनाथसँग मेरो नाम जोडिन्छ । जनयुद्धको समयदेखि आहिलेसम्म मैले पनि जीवनको महत्वपूर्ण समय गुमाएकी छु । लेखनाथको श्रीमती हुनुभन्दा पहिला नै मैले राजनीति गरेकी हुँ । तर, मेरो क्षमतालाई गुमनाम गर्ने कोशिस भयो ।

भविष्यका सपना सुनौला थिए । तर, टिक्न सकेनन् । विगत सम्झदा दुःख लाग्छ, अहिले खुसी छु, कसैको हिंसाको सिकार हुन नपरेकोमा । अबको दिन आफ्नै पहिचानमा बाँच्न चाहन्छु । जे सक्छु, आफ्नै बुताले गर्छु । लेखनाथ मकवानपुर पार्टी इन्चार्ज थिए । म त्यहीको पार्टीमा संगठित भएको कारण ०६१ मा पहिलोपटक उनीसँग भेट भयो । म उनलाई इमानदार कर्तव्यनिष्ट नेताको रूपमा हेर्थें । साच्चै उनि मैले बुझेको तीन वर्ष धेरै राम्रा थिए । नराम्रो केही देखिनँ ।

पार्टी खुला राजनीतिमा आएपछि म पनि विद्यार्थी राजनीति गर्न काठमाडौं आएँ । बस्ने ठाउँ नभएकोले उनको बहिनीसँगै बसे । लेखनाथलाई धेरै सम्मान गर्थें । लाग्थ्यो, उनले युद्धमा श्रीमती गुमाए, कति पीडा होला १ सकेसम्म उनको निजी काममा सहयोग गर्थें । उनीप्रति मात्र नेताको व्यवहार थियो, प्रेम थिएन । एक दिन बिहेको प्रस्ताव गरे, विनासोच ओके भनेँ । ०६३ फागुनमा बिहे भयो । परिवारसँग राम्रो सल्लाह पनि गरिनँ, थाहा पाएछन् । उमेर मिल्दैन हुँदैन भने तर मैले आफैं निर्णय लिएँ ।

उनीसँग बितेका चार वर्षमा एक वर्ष मात्र राम्रोसँग बित्यो । बाँकी तीन वर्ष मानसिक तनावमा बिते । त्यो समय मेरा लागि कष्टकर बन्यो । धेरै मानसिक यातना भोगेँ मैले । जनयुद्धमा लाग्दा र पछिका समयमा महिला मुक्तिका धेरै कुरा गरेँ ।

गाउँमा घरेलु हिंसा र सामाजिक हिंसामा परेका महिलाको पक्षमा वकालत गरियो । सिंगो महिला मुक्तिका लागि युद्धमा होमिएको थिएँ । तर, आफैं प्रताडित भएँ, मैले भोगेको घरेलु हिंसा दर्दनाक छ ।
कहिलेकाहीँ सोच्थेँ, मैले रोजेको बाटो काँडैकाँडाले घेरिएको रहेछ । आफैं हिंसामा बस्नेले कसरी दिन सक्छ अरूलाई मुक्ति रु सहन सक्ने महिला भएको भए सम्बन्धविच्छेद हुँदैन थियो । मैले सहने कोसिस गरेँ । सकिनँ । थाकेँ । जीवन आँसुमा डुब्नका लागि होइन, केही गर्नका लागि हो भनेर मुक्ति खोजेँ ।

कति दिन यसरी परमहिलासँग हिँड्लान भनेर तीन वर्ष अनेक कोशिस गरेँ । म चाहँदैन थिएँ, मेरा कारण उनको राजनीतिक छवी धमिलियोस् । मसँग लेखनाथको स्तर मिल्दैन थियो । उमेर, राजनीतिक हैसियत, वैचारिक स्तर, जिम्मेवारी जस्ता कुरामा उनी मभन्दा धेरै माथि थिए । त्यो स्तरको नेतालाई बचाउनुपर्छ भनेर आफ्ना सबै कुरा त्यागेँ । पढाइ छोडेँ । महत्वपूर्ण राजनीतिक जिम्मेवारी त्यागेँ ।

उसका अगाडि म कमजोर जस्तै देखिएँ । चाहेको भए मैले आफ्नो बारेमा धेरै सोच्न सक्थेँ । तर, त्यो गरिनँ । उसको मानसिकता यसले सबै प्रकारको दमन सहेर बस्नुपर्छ भन्ने थियो । यो समाजको पुरुषवादी सोच होला, महिला आफ्ना पीडा सकेसम्म बाहिर ल्याउन चाहेनन् । तर, मैले सहन सकिन र बाहिर आएँ ।

????????????????????????????????????????????????????????माओवादीका धेरै नेता सांस्कृतिक विचलनको कारण कारबाहीमा परेका छन् । म लेखनाथले पनि त्यस्तो कारबाहीको दिन बहोर्न नपरोस् भन्ने ठान्थेँ । पार्टीको त्यो स्तरमा पुगेको नेतालाई जोगाउनुपर्छ भन्ने थियो ममा । पार्टीले त्यही स्तरको नेता पाउन धेरै लगानी गर्नुपर्छ भन्ने मैले बुझेको थिएँ । सकेसम्म आफू दुःखमा परेर पनि उसका विरुद्ध पार्टीमा उजुरी गरिन् ।

लेखनाथसँग बितेका चार वर्षलाई मेरो जीवनको कालो दिन भन्न चाहन्छु । लेखनाथबाट धेरै प्रताडित भएँ । त्यति बेला मैले भोगेको हिंसा अहिले सम्झन नपरे हुन्थ्यो भन्ने लाग्छ । श्रीमान् बेगर महिला बाँच्नै सक्दैन भन्ने मानसिकता बोक्नेहरूको अगाडि म एक्लै बाँचेर देखाउन चाहन्थेँ ।

महिला एक्लै बस्नै सक्दैनन्, पुरुषको सहारा अनिवार्य छ भन्ने कमजोर मानसिकतालाई चुनौति दिन चाहन्थेँ । अहिले म धेरै कुराले सन्तुष्ट छु । अहिले कसैको हिंसा सहनु परेको छैन । जीवनलाई अगाडि बढाउने उपाय खोज्दै छु ।

छोरा जन्मिएको एक महिनापछि उनी बाहिर केटी लिएर हिँड्न थाले । पार्टी नेताहरूले मलाइ भन्थेँ, ‘आस्थाजी, लेखनाथजीको बाहिर केटीहरूसँग सम्बन्ध छ, सम्झाउनु होला ।’ सम्झाउने प्रयास धेरै गरेँ । उनलाई मैले सम्झाएको मन पर्दैन थियो, सोच्थे मैले जे गरे पनि हुन्छ । त्यसैको विषयमा धेरै विवाद हुन्थ्यो । उनका कमजोरी थाहा पाएर पनि पार्टीमा भन्दैन थिएँ ।

सकेसम्म मिल्नुपर्छ भन्ने सोच थियो । जतिबेला मैले उनको बारेमा पार्टीमा कुरा गरेँ, त्यतिबेला धेरै ढिला भइसकेको थियो । मिल्नसक्ने अवस्था थिएन । त्यतिबेला पार्टीले पनि जस्तो भूमिका निर्वाह गर्नुपर्ने थियो गरेन । हामी कुनै हालतमा सँगै बस्न नसक्ने अवस्था पुगेका थियौँ ।

काठमाडौं जिल्ला अदालतमा सम्बन्धविच्छेद भयो । कानुनतः मैले चाहेको भए उनको सम्पत्ति दावा गर्न सक्थेँ तर, गरिनँ । जोसँग जीवन बाँच्ने भनेर बिहे गरियो उ त जीवनमा रहेन भने उसको सम्पत्ति के काम भन्ने लाग्यो । सम्बन्धविच्छेद हुँदा छोरा मसँग बस्ने र उसको लालनपालन, पढाइ र स्वास्थलगायते खर्च बाबुले बेहोर्ने फैसला भएको थियो ।

सुरुका दिनमा उनले फैसला कार्यान्वयन गरे तर केही समयपछि उनले आफ्नो दायित्व पूरा गरेनन् । म आर्थिक रूपमा कमजोर थिएँ र अहिले पनि मेरो अवस्था त्यही हो । पढाइ छाडेर पार्टीमा लागियो, कमाउने काम गरिएन । उनले छोराको खर्च नभरेपछि मलाई समस्या आयो । बाध्य भएर उनलाई भनेँ, छोरा तपाईंसँगै राख्नु । म चाहेको बेला भेट्न आउँछु । उनले हुन्छ भने । मौखिक सहमतिको आधारमा मैले छोरा उनलाई जिम्मा लगाएँ ।

जब उनले तेस्रो बिहे गरे त्यसपछि उनको कुरा फेरियो । सर्त राखे, छोरा उनीसँग बस्ने भए मैले भेट्न नपाउने, भेट्न मन भए मैले राखेर उसको सबै खर्च पूरा गर्नुपर्ने । म अहिले छोरोको सबै खर्च धान्न सक्ने अवस्थामा छैन । छोरा जतिबेला पनि मसँग आउन तयार छ । सबै निर्णय भावनाले गर्न सकिँदैन रहेछ दिमागले सोचेर गर्नुपर्ने रहेछ । अहिले छोरा लिँदा म समस्यामा छु । आफैं केही गर्न सकेको छैन । उसलाई ल्याउँदा आमाछोरा दुवैको भविष्यमा संकट आउँछ ।

पढाउन पर्‍यो बिरामी हुँदा उपचार गर्नुपर्‍यो । त्यो सबै क्षमता मसँग छैन । सायद मेरो कमजोर आर्थिक अवस्था बुझेर उसले त्यो सर्त राखेको होला । नौ महिना कोखमा राखेर जन्माउने म, दुःखले हुर्काउने म तर, चाहेको बेला म छोरा भेट्न सक्दिनँ । उसलाई अँगालोमा लिन मन हुन्छ सक्दिनँ । छोरासँगै विगत सम्झेर रुन मन लाग्छ ।

भूकम्प आएपछि भेट्न गएँ । कोठाभित्र पस्न दिएन, छोरा आएर ढोका खोल्यो । पार्टीका नेता पनि उनको कोठामा थिए, उनीहरूको अगाडि मलाई अपमानित गर्ने काम भयो । छोरा चाहिने भए सधैँको लागि लैजा भने ।

मैले ल्याउन सकिनँ, छोरो झोला बोकेर निस्कियो मसँगै आउन । तर, मनमा गाँठो पारेर उसको भविष्यको लागि भनेर छोडेर आएँ । जति बेला म छोराको लालनपालन र पढाइ पूरा गर्न सक्ने हुनेछु त्यति बेला ल्याउँछु । अहिले पनि उसको व्यवस्था गर्न सक्ने भए ल्याउथेँ तर त्यो सम्भव छैन ।
म यति बेला राजनीतिक रूपमा जिम्मेवार छु । पार्टीको काठमाडौं जिल्ला कमिटीमा छु । अनेरास्ववियूको केन्द्रीय सचिवालयको जिम्मेवारी सम्हालेको छु ।

लेखनाथ र मेरो राजनीतिक विचार बाटो फरक छ । अब यो मूलुक परिवर्तन गर्ने विप्लवले नेतृत्व गरेको माओवादीले मात्र सक्छ । त्यसैले एमाओवादी ड्यास माओवादी हुँदै यहाँसम्म आएको छु । विगत बिर्सेर वर्तमान बनाउने प्रयासमा छु ।

यो २६ वर्षको उमेरमा आफूले गरेको कुनै कामको पछुतो छ भने लेखनाथसँग बिहे गरेकोमा छ । त्यो नै मेरो जीवनको सबैभन्दा ठूलो गल्ती थियो । उनीसँग नगाँसिएको भए जीवन फरह रूपमा अगाडि बढाउन सक्थेँ ।

मम्मीले बेलाबेला भन्नुहुन्छ, छोरी माओवादी पार्टीमा लागेर ठूलो गल्ती गरिस् । मलाई माओवादी पार्टीमा लागेकोमा गर्व छ । पछुतो छ भने आफ्नो वैवाहिक जीवनसँग छ । जीवनमा सच्याउनै नसक्ने भूल थियो लेखनाथसँग बिहे गर्नु ।

उसँगको विवाहले मेरो जीवनलाई तहसनहस बनायो । त्यो क्षतिको पूरा गर्ने प्रयास गर्दै छु । त्यो पूरा गर्न धेरै मिहेनत गर्नुपर्ने छ । छोराको कारण उसँग मेरो नाम जोडिने गरेको छ । म छोराको पहिचान आफैं दिन चाहन्छु ।

मुलुक परिर्वत गर्न हिँडेको थिएँ, महिला मुक्तिका सुनौला भाषणले प्रभावित थिएँ र अरूलाई पनि प्रभावित पारेको थिएँ । कयौँपटक मरेर बाँचेको सघर्षभित्र आफू पनि पिल्सिएँ र अहिले त्यो पीडाबाट निस्केर सहज जीवन बाँच्ने कोशिसमा छु ।

आफूले भोगेको भोगाइको आधारमा अरू महिलालाई पनि सहज बनाउने कोशिस गर्दै छु । परिवार धान्ने र सहने महिलाको भागमा मात्र हुँदैन । भावना मिल्दैन, एकले अर्काको विचारको कदर गदैन, श्रीमान् भएकोमा आफ्ना कुरा मात्र लाद्न खोज्छ भने त्यो जीवनसाथी हुन सक्दैन मात्र पुरुषत्व हुनसक्छ ।
खर्च धान्न नेपाली किताबहरू टाइप गर्छु । घरबाट आमाले दालचामललगायत सामान पठाउनुहुन्छ । कहिलेकाहीँ पार्टीका साथीहरूले दुईरचार हजार दिनुहुन्छ यसैले खर्च चलाउँछु । एक्लै भएकोले धेरै खर्च हुँदैन सरल र सहज रूपमा आफ्नो जीवन चलाएको छु । स्रोत : सौर्य दैनिक

Loading...

यसमा तपाइको मत

जेन्डर एण्ड ल बाट अन्य

खरेलद्वार सरकारी वकील संयुक्त कार्यालयको शिलान्यास

Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

भारत र नेपालको सम्वन्ध बल्ल तल्ल बराबरीमा उक्लिएको छ

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

नेपालले वनाएको कोरोनाको भ्याक्सिनमा WHO को चासो

Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको  छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

सत्ता भन्दा देश प्यारो देख्ने एउटा बिरेन्द्रको खोजी

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

नयाँ नक्शाले समेटेका आदि कैलाश र ॐ पर्वत लिपुलेक कै सान 

Spread the love   सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

कानून ब्यवसयी विपत राहात कोषमा १५ लाख सम्मको सहयोग

Spread the love नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ । विभिन्न सुझाव सहित राहात गरेको...

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार विरुद्ध चौधरी पुगे अख्तियार

Spread the loveकाठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ...

न्यायाधीश जोशीलाई इजलास नतोक्नु संसदको सम्मान हो: प्रधानन्यायधिस राणा

Spread the loveकाठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर...

स्थानीय सरकारलाई शिक्षा सम्वन्धि कानून बनाउन वन्देज

Spread the loveकाठमाडौं: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकारलाई शिक्षा सम्बन्धि कानून तर्जुमा गर्न वन्देज लगाएको छ । संविधानले विद्यालय शिक्षाका अधिकार स्थानीय सरकार मातहत गरे पनि संघीय मन्त्रालयले मन्त्री स्तरीय निर्णय...