मैले केटा पाए तर असल श्रीमान पाएनछु !

Loading...
Spread the love

असार १८, काठमाण्डौ । नारी करुणाकी धनी हुन्छिन् । भन्छिन् जुन घरमा नारी हुन्छिन् त्यो घरमा सुख शान्ति हुन्छ । तर हाम्रो नेपाली समाजमा नारीलाई नै विभिन्न अत्याचार गर्ने चलन हट्न सकेको छैंन । त्यो गरिब परिवारमा मात्र होइन एक सम्पन्न परिवारमा समेत महिलालाई अत्याचार गर्ने गरेको खबर बेला बखतमा बाहिर आइरहेको हुन्छ ।

Violenceत्यस्तैं एक महिला हुन् कला बजगाई । उनी सम्पन्न परिवारकै छोरी हुन् । पूर्वको झापामा जन्मिएकी कला पढाइको शिलशिलामा काठमाडौं आइन । पढाइको शिलशिलामै उनले नेपाल एयरलाइन्समा परिचालीकाको अवसर प्राप्त गरिन । कलाले २०५२ देखि २०६४ सम्म १२ बर्ष नेपाल एयरलाइन्समा काम गरिन । भविष्यमा केहि गरेर देखाउँछु भनेर एक साहसी महिलाको उदारहण दिदैं आएकी कलाको जिन्दगीले एका एक नयाँ मोड लियो । हाल एन्फाका सह-महासचिव मणी कुँवर र उनको भेट करिब २०५८ मा साथीको घरमा भएको थियो । पटक पटकको भेट पछी उनीहरुले एक अर्कालाई जीवन साथीको रुपमा छाने ।

कलाले विवाह हुने निश्चित भए पछी २०६० सालमा मणिको आग्रह बमोजिम १४ लाख रुपैयामा टोयोटा गाडी पनि किनिदिएको बताउछिन । उनीहरुको चिनजान दिनदिनहुँ अगाडी बढ्दैं गयो र करिब ३ बर्षसम्म प्रेममा रहेपछि उनीहरुले अन्तिममा २०६१ मा परिवारको सहमतिमा बिवाह गरे ।

उनीहरुको बिवाहलाई दुवै परिवारका सदस्यहरुले साथ दिए र उनीहरुको बिवाह राम्रैपनि भयो । बिबाह भएको केहि बर्ष त उनीहरुको सम्बन्ध सामान्य नै रह्यो तर कलाले मणी कुँवरलाई त्यतिबेला मात्र चिनिन जतिबेला उनीसंग मणीलाई स्विकार्नु भन्दा अरु कुनै विकल्प थिएन । उनले जेठी छोरी पेटमा हुदा अहिले बसिरहेको बबरमहलको घर किन्दा श्रीमान र परिवारको आग्रहमा आमाले आफुलाइ दिएको जग्गा बेचेर घरमा ३० लाख रुपैयाँ पनि दिइन ।

मणीले सधै कलालाई पैसा देउ न भनेर माग्ने गर्दर्थे । चोरका नौ दाउ भने झै उनी कलाको बैंकबाट पैसा झिक्न लाउँदा सेल्फ भनेर निकाल्न लगाउने गर्दथे । उनले श्रीमानको खुसिका खातिर पेप्सिकोलामा रहेको १० आना जग्गा बेचेर डिस्को खोल्न दिइन ।

कलाको कोखबाट २०६३ मा जब जेठी छोरीको जन्म भयो तब देखी मणी कुँवर केहि पराई जस्तो ब्यबहार गर्न थाले । उनी परस्त्रीसंग रातभर फोनमा व्यस्त हुने अनि घर बाहिरै, सुत्ने कोठा पनि अलग बनाउने गर्न थाले । फोन गर्दा मोबाइल अफ गर्ने , हप्तामा ३, ४ दिन हराउने जस्ता काम गर्न थाले ।

कलाले भनिन् मेरो कान्छि छोरी २०६७ मा जन्मिएपछि मणी र मेरो बस्ने कोठा फरक भयो । हामी एउटै घरमा बसे पनि हामी फरक फरक कोठामा बस्न थाल्यौं । किन फरक फरक कोठामा बस्न थाल्नु भएको भन्ने हाम्रो प्रश्नमा उनी भन्छिन् मलाई मेरो कान्छि छोरी जन्मिएपछि उहाँ माथि शंका लाग्न थाल्यो । घर राती राती आउँने, राम्रोसँग नबोल्ने, कुट्ने र कयौ पटक मैले केटीहरुसँग कुरा गरेको देखेपछि म अलग भएर बस्न थालेकी हुँ । तर हाल म सोहि कोठामा बसिरहेको छु तर सोहि बेला मणी कुँवर भने अर्को कोठामा बस्न थाल्नुभयो । मैले छोरीको फि तिर्न पैसा माग्दा र सानी छोरीलाई दुध किन्ने पैसा माग्दा उहाँले मुड्किले हानेर मेरो दाँत नै झारिदिनु भयो ।

Marriageउनले गहँभरी आसु पार्दै भनिन श्रीमान र श्रीमतीमा हुने विश्वास नै नभएपछि हामी टाढिएर बसेका हौं । उहाँलाई केटीसँग कुरा गर्न म सँग बस्दा असजिलो हुने भएका कारण उहाँले सोहि घरको अर्को कोठामा बस्न थाल्नु भयो । अहिले म सोहि घरमा छु तर मणी कुँवर करिब ३ बर्षदेखी कहाँ हुनुहुन्छ मलाई केहि पनि थाहा छैंनन् । कलाले भनिन् मैले उक्त घरको पानी नखाएको पनि ५ बर्ष भयो । करिब ५ बर्षदेखी छिमेकीको घरबाट पानी थाप्दैं आएकी कला अहिले न्यायको खोजीमा छिन् । मणी कुँवरसँग टाढा रहेर आफ्ना दुई छोरीहरुलाई उच्च शिक्षा दिने सोच बनाएकी कला अहिलेसम्म आफ्नै पैसाले छोरीहरु पढाउदैं गरेको बताउछिन् । उनीले रुदैं भनिन् मणी कुँवरले मलाई र मेरो छोरीलाई अतिनै ज्याजति गर्नुभएको छ ।
रडले हिर्काउने, पानी खान नदिने, मलाई मात्र होइन मेरो छोरीहरुलाई समेत ज्याजति गर्नुभएको छ । उहाँ घरमा आउँदा छोरीहरु नजिक आए भने तिमिहरु नआउ मेरो कोठामा मलाइ डिसटर्व भयो भन्ने गर्नु हुन्थ्यो । आजकल त छोरीहरु पनि मामु राक्षस आयो भन्दै भाग्छन् म अवाक हुन्छु ।

उनले अगाडी भनिन् मणी कुँवरले म सँग होइन मेरो पैसासँग बिहे गरेको हो । मेरो १२ बर्षसम्मको कमाइ उसैले विभिन्न बाहानामा सिध्याएको हो । मेरो पैसाले क्लब टु थाउजेन नामक डिस्को, क्लिन इन्टरनेसनल र इक्र्वटर नामक मेनपावर कम्पनी पनि मेरो पैसाले किनेको हो र उहाँले उक्त तिनै वटा बेचेर खाइसकेको भन्ने थाहा पाएको छु ।

अहिले आफ्नो दुई छोरी पढाउदैं आएकी कला आफ्नो अदालतमा विचारधिन रहेको मुद्धा फैलासा भएपछि त्यसबाट आउँने अंशले आफ्नो छोरीहरुको पढाइ खर्च अरुसँग लिएको तिर्ने बताउँछिन् । तर मणी कुँवरले मलाई अझै १५ बर्ष झुलाउँछु भन्छ उनले अगाडी भनिन् म अदालतको निर्णयको पर्खाइमा छु ।

उनले अगाडी रुँदैं भनिन् भूकम्प गएपछि अरु राहत बाड्न गए तर मैले मेरो छोरीहरुको कपडा धुन इनारको पानी झिक्दा मणी कुँवरले मलाई फलामको डन्डिले हिर्काएर म निकै विरामी भएको थिए । मेरो पैसाले बिबाह हुनुभन्दा अगाडी करिब २०६० सालमा उसले गाडी किन्यो तर अहिलेसम्म त्यहि गाडी चढेर ऊ हिडिरहेको छ ।

मणी कुँवरको आमा बुबा, गणेश थापाको श्रीमती र मणी कुँवरकी माहिली दिदी मिनु अधिकारीले पनि बेला बखतमा पिट्ने, गाली गर्ने गरेको कला बताउँछिन् । मणी कुँवरको परिवारबाट समेत ज्याजति खपेकी कला अब न्यायको खोजीमा रहेको तर चाडैं न्याय पाउँने अवस्था भने मारिसकेको उनी बताउँछिन् । कुर्सीमा उसैका मान्छे भएका कारण अदालतमा विचाराधिन अवस्थामा रहेको मुद्दाले चाडैं ठाँउ पाउनु पर्ने र आफु अन्यायमा परेको हुनाले मणीलाई पनि कारवाहि होस् भन्ने चाहेको उनले रुदैं बताइन ।

उनले अगाडी भनिन् मलाई रडले पिट्दा मैले हनुमान ढोकामा लिखित जाहेरि दिदाँ मणीलाई हनुमानढोकामा लगिएको थियो तर मणी थापाको भिनाजु गणेश थापाको रोहबरमा छुटाएर लगे र मैले कुनै पनि न्याय पाउन सकिन् । र त्यसपछि पनि आफुलाई मणी कुँबरले कुट्न गरेको उनी बताउँछिन् ।
उहाँको खुसिमा मैले कहिल्यै सिमा लगाउन सकिन । तर उहाँको परिवार र उहाँबाटै पनि मेरो योगदानको कदर नै भएन । अब त छोरीहरु पनि ठुला भए । मैले पानी पनि इनारबाट झिकेर लुगा धुनु पर्छ त्यहाँ पनि सासु ससुराले ताल्चा लगाउने गर्दछन् । खाने पानी सपना मल्लको घरबाट लेराउने गरेको छु । छोरीहरुलाई बाहिर राखेर नुहाउन पनि लाज लाग्न थालीसक्यो अब त उनीहरु ठुला पनि भैसके ।

अस्ती भर्खरको कुरा सासु ससुराले इनारमा लगाएको ताल्चा मैले फोडिदिए त्यसपछि उहाँहरुले मणी कुवरलाई बोलाएर मलाई कुट्न लगाउनु भयो । फलामको डण्डि र लात्ति मुड्कीले हिर्काएको हुँदा अझ पनि राम्रोसंग निको भाको छैन त्यसको फोटो पनि छ म संग । म सहरमा छु । सम्पन्न परिवारकी छोरी बुहारी हुँ र पनि मैले यति पिडा सहनु परेको छ विकट गाँउहरुमा कस्तो अवस्था होला जस्तो लाग्छ । मैले विवाह गर्ने केटा त पाएँ तर असल श्रीमान पाएको रहेनछु जस्तो आजकल महसुस गर्ने गरेको छु । उनी असल श्रीमान त रहेनन् असल पिता पनि बन्न सकेनन । के जन्माएका सन्तान प्रतिको उत्तरदायित्व आमाको मात्र हुने हो । खै यो समाज के रमिता हेर्छ रु यो कानुन कस्तो निर्णय गर्छ रु एउटी अबोला महिला माथि अर्की महिला किन जाइलाग्छे अनि यि पुरुषहरु आफुलाइ के सम्झन्छन् रु यस्ता कुराहरु सम्झदा कहिलेकाँही वाक्क लाग्छ…..  http://www.rastriyakhabar.com/?p=31674

Loading...

यसमा तपाइको मत

जेन्डर एण्ड ल बाट अन्य

खरेलद्वार सरकारी वकील संयुक्त कार्यालयको शिलान्यास

Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

भारत र नेपालको सम्वन्ध बल्ल तल्ल बराबरीमा उक्लिएको छ

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

नेपालले वनाएको कोरोनाको भ्याक्सिनमा WHO को चासो

Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको  छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

सत्ता भन्दा देश प्यारो देख्ने एउटा बिरेन्द्रको खोजी

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

नयाँ नक्शाले समेटेका आदि कैलाश र ॐ पर्वत लिपुलेक कै सान 

Spread the love   सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

कानून ब्यवसयी विपत राहात कोषमा १५ लाख सम्मको सहयोग

Spread the love नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ । विभिन्न सुझाव सहित राहात गरेको...

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार विरुद्ध चौधरी पुगे अख्तियार

Spread the loveकाठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ...

न्यायाधीश जोशीलाई इजलास नतोक्नु संसदको सम्मान हो: प्रधानन्यायधिस राणा

Spread the loveकाठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर...

स्थानीय सरकारलाई शिक्षा सम्वन्धि कानून बनाउन वन्देज

Spread the loveकाठमाडौं: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकारलाई शिक्षा सम्बन्धि कानून तर्जुमा गर्न वन्देज लगाएको छ । संविधानले विद्यालय शिक्षाका अधिकार स्थानीय सरकार मातहत गरे पनि संघीय मन्त्रालयले मन्त्री स्तरीय निर्णय...