आस्थाजी छोरालाई हतियार बनाएर मेरो राजनीति सिध्याउन खोज्दै हुनुहुन्छ:लेखनाथ न्यौपाने

Loading...
Spread the love

असार १८, काठमाण्डौ । ‘व्यक्तिगत कुरा किन उठाउनु ? दोहोरी किन खेल्नु भन्ने ठान्छु । तर परिस्थितिले बोल्नै पर्ने भयो, केही त भन्नै पर्ने भयो,’ नेकपा-माओवादीका नेता लेखनाथ न्यौपानेले  भने, ‘महिलाले बोलेपछि कानुन हुने त होइन होला, फेरि पनि म दोहोरी खेल्ने मूडमा छैन, आस्थाजी छोरालाई हतियार बनाएर मेरो राजनीतिक जीवन सिध्याउन खोज्दै हुनुहुन्छ ।’

Lekhnath neupane
बिहीबार पूर्वपत्नी आस्था घिमिरेले लेखनाथसँग विवाह गरेर पछुताएँ भन्दै उनका बारे चारित्रिक आरोप पनि आएपछि न्यौपानेले प्रतिक्रिया दिएका हुन् । उनले भने, ‘व्यक्तिगत जीवनबारे बोलेर मेरो सामाजिक जीवन सिध्याउने काम भयो, एकतर्फी आरोपले म निकै मर्माहत भएको छु ।’ उनले गरेको कुराकानीको केही अंशः

छोरा एक किलोको थियो 

आस्थाजीले भन्नु भएछ, ‘उहाँ सुत्केरी भएको एक महिनापछि नै म केटीसँग हिँड्थे रे ।’ आस्थाजी भुल्नु भयो, हाम्रो छोरो जन्मिँदा एक किलोको थियो, एब्नर्मल थियो, आँखा पनि राम्रा थिएनन् । मसँग पैसा र ओम हस्पिटलको प्रविधिले साथ नदिएको भएका हाम्रो छोरो बाँच्थ्यो होला ? एक महिना त छोराका लागि हामी अस्पताल बस्यौँ, त्यसपछि म दक्षिण अफ्रिका उडेँ, १५ दिन पछि फर्किएँ, कहिले हिँडे केटीसँग ?’
दुःख दिने नियत 

सौर्य दैनिकमा आस्थाजीको आरोप पढेँ । जहाँ उहाँले छोरा लैजान्न पनि भन्नु भएको छ । म राम्ररी बुझ्छु, ‘उहाँ मलाई दुःख दिने नियतमा हुनुहुन्छ ।’ सम्बध विच्छेद भएको साढे तीन वर्ष कटिसक्यो । छोरा सात वर्षको छ । पत्नी विभूति कैलालीमा छे । म छोराको शिक्षादीक्षाका लागि खटिएको छु, यसले मेरो व्यक्तिगत जीवन, राजनीतिक जीवन ओझेलमा परेको छ । आस्था यो कुरा कहिले बुझ्नु हुन्छ ?आस्थाजी, छोराको भविष्यले मलाई बन्धक बनायो । तपाईं छोरा नै हतियार बनाएर मलाई प्रहार गर्दै हुनुहुन्छ ।

टेढो नजरले पनि हेरिनँ

पत्रकारिता कस्तो हुँदै गयो । मैले हिँसा गरेँ रे । म भन्न चाहन्छु, ‘मैले आस्थाजीलाई टेढो नजरले पनि हेरिनँ ।’ ६ वर्ष सँगै बसेको कम्युनिटीलाई सोधे थाहा हुन्छ । काठमाडौँ जिल्ला अदालतमा औपचारिक सम्बन्ध विच्छेद भइसक्यो त । म त राजनीतिक सामाजिक प्राणी । पत्रिकामा समाचार आएपछि महिला हिंसा गर्नेमा दरिएँ । महिलाले बोलेपछि कानुन नै हुने हो र ?

२० वर्ष नपुग्दै विवाहको कुरा 

आस्थाजी र मेरो विवाहको कुरा हुँदा उनको जन्मदर्ता २०४३ सालको थियो । मैले २० वर्ष नपुग्दै विवाहका लागि बाध्य पारेँ र रु अनि कहाँ छिन मेरी बहिनी र उनको कोठा रु २०६३ मा विवाह भयो । २०६५ मा छोरा जन्मियो । आरोप यस्तरी लगाइयो कि मैले जबर्जस्त विवाह गरेँ ।

आस्थाजीको एसएमएस आयो 

१३ वैशाखमा आस्थाजीको एसएमएस आयो । छोरो कस्तो छ भन्ने थियो । मैले ठीक छ भनेँ । त्यसपछि घर मेरो गोर्खा । भूकम्पपीडित गाउँ थियो । गाउँमा आमामात्र । काठमाडौँमा बस्न सकिने स्थिति थिएन । उहाँ पनि जानै प¥यो । पार्टीको काममा खटिनै प¥यो । त्यसपछि छोरालाई स्याङ्जा पठाएँ । छोरा काठमाडौँमा छाडेर जान सकिनँ । त्यही बीचमा फोन आयो, छोरा भेट्नु पर्छ भनेर । स्याङ्जा भएको छोरा मैले कसरी भन्नेबित्तिकै भेट्टाउँ रु अघिल्लो वैशाख यता उहाँले छोरा प्रिथकको खोजी पनि गर्नु भएन । मैले पनि भेट गराउन समय दिन सकिनँ । त्यसअघि मैले आमाछोराको नियमित भेटघाट गराइरहेको थिएँ ।

‘युद्ध सुरु भयो भन्नु भयो’ 

म नेकपा–माओवादीको जिम्मेवार नेता । सुरक्षा र गोपनीयताका कुरा हुन्छन् । दुई भाइ लिएर उहाँ एकाएक कोठामा देखिनु भयो । नचिनेका भाइहरुसँग उहाँ आउनु भयो । मैले यो ठीक भएन भनेँ । आस्थाजी भन्दै हुनुहुन्थ्यो, ‘हाम्रो युद्ध सुरु भयो ।’ सम्बन्ध विच्छेदपछि पनि युद्ध गर्ने उहाँको रहरले मिडियामा पुग्नु भएछ । म युद्धमा हारेको सिपाही झैँ झोक्राइरहेको छु फगत छोराको भविष्यका लागि ।

छोरा लैजानुस् न त :

कानुनले ५ वर्ष पुगेपछि छोरा जोसँग बस्न चाहन्छ, उसैसँग बस्न दिने अधिकार दिएको छ । आस्थाजी छोरा लैजान पनि चाहनु हुन्न । छोराको लालनपालन र शिक्षाका लागि म खटिएकै छु । यसले पार्टीको काममा जान सकेको छैन । पत्नी कैलालीमा भएकाले सात वर्षीय छोराका लागि आफैँ लागेको कसबाट लुकेको छैन । उहाँ छोरा पनि लैजान चाहनु हुन्न र मलाई दुःख दिन पनि छाड्नुहुन्न ।

एकपक्षीय नठान्नुहोला

सम्बन्ध विच्छेद भइसकेकै साढे तीन वर्ष नाघेको छ । छोरा उहाँसँग बस्दा सुरक्षित भविष्यको ग्यारेन्टी छ भने लगे पनि हुन्छ । मसँग रहँदा उहाँको छोराले कुनै दुःख पाउँदैन । ‘युद्ध सुरु भयो’ भनेर उहाँको उद्घोषपछि जुन आरोपहरु मैले पढेँ । मलाई चिन्नेहरुले एकतर्फी नबुझ्नुहोला । कि त मैले उहाँसँग सम्बन्ध विच्छेदपछि पनि अर्को विवाह गर्न पाउँदैन भन्नुहोला । ममाथि जुन प्रहार भएको छ । यसले छोराको भविष्यलाई पनि आघात पार्छ । अदालतमै सकिएको कुरामा रोइकराइ गरेर तत्काल लाभ देखिए पनि हानी नै गर्ने देख्छु । फेरि पनि दोहोरी खेल्ने रहर थिएन, यति भन्न बाध्य पारियो, ‘आस्थाजी, छोरा लैजान चाहनुहुन्छ, लैजानुस्, मसँग रहन दिनुहुन्छ तयार छु । तर विगतका ती कठिन मोडहरुमा म अशल बाबु हुन गरेको प्रयासमा विचलित छैन।

 http://www.nepalese.org/article/2015/07/03/17135/

Loading...

यसमा तपाइको मत

अन्य समाचार बाट अन्य

खरेलद्वार सरकारी वकील संयुक्त कार्यालयको शिलान्यास

Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

भारत र नेपालको सम्वन्ध बल्ल तल्ल बराबरीमा उक्लिएको छ

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

नेपालले वनाएको कोरोनाको भ्याक्सिनमा WHO को चासो

Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको  छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

सत्ता भन्दा देश प्यारो देख्ने एउटा बिरेन्द्रको खोजी

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

नयाँ नक्शाले समेटेका आदि कैलाश र ॐ पर्वत लिपुलेक कै सान 

Spread the love   सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

कानून ब्यवसयी विपत राहात कोषमा १५ लाख सम्मको सहयोग

Spread the love नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ । विभिन्न सुझाव सहित राहात गरेको...

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार विरुद्ध चौधरी पुगे अख्तियार

Spread the loveकाठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ...

न्यायाधीश जोशीलाई इजलास नतोक्नु संसदको सम्मान हो: प्रधानन्यायधिस राणा

Spread the loveकाठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर...

स्थानीय सरकारलाई शिक्षा सम्वन्धि कानून बनाउन वन्देज

Spread the loveकाठमाडौं: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकारलाई शिक्षा सम्बन्धि कानून तर्जुमा गर्न वन्देज लगाएको छ । संविधानले विद्यालय शिक्षाका अधिकार स्थानीय सरकार मातहत गरे पनि संघीय मन्त्रालयले मन्त्री स्तरीय निर्णय...