दाम्पत्य जिवनमा बाधक बन्दै छ फेसबुक

Loading...
Spread the love

असार १९, काठमाण्डौ । महानगरको मध्य सहरी इलाकामा घर, श्रीमान सरकारी स्वामित्वको कम्पनीमा जागिरे त, श्रीमती नाम चलेको स्कुलमा शिक्षिका । दसवर्षे छोरा र माया गर्ने सासूससुरा भएको नैना श्रेष्ठ (नाम परिवर्तन) को जीवन हाँसीखुशी थियो ।

facebook loveस-साना व्यक्तिगत कुरा पनि सामाजिक सञ्जालमा साथीसँग सेयर गर्ने बानीका कारण सम्बन्ध विच्छेद गर्ने अवस्था बन्यो । उनको विवाद थाहा पाएका वकिलका अनुसार नैनाको ससाना व्यक्तिगत कुरा पनि अमेरिका बस्ने सहपाठी साथीलाई फेसबुकको इन्बक्समा भन्थिन् । फेरी साथीलाई भनें भनेर श्रीमानलाई सुनाउँथिन । यस्तो क्रम चल्दै जाँदा श्रीमानको मनमा श्रीमतीका लागि आफूभन्दा साथी नजिक भएको महसुस हुन थाल्यो । उनको असन्तुष्टी प्रकट हुन थाल्यो ।

श्रीमान, श्रीमतीबीच विवाद बढ्न थालेपछि नैनाले पासपोर्ट बनाउन खोजिन्, श्रीमान थप संशकित भए । सम्बन्ध विच्छेद भए थोरै सम्पत्ति दिएर काम चलाउने उद्देश्यले श्रीमानले बावुआमासँग अंश लिइसकेको भर्पाईको कागज बनाए । यसपछि नैनाले पनि विश्वास गर्न सक्ने अवस्था नरहेको भन्दै सम्बन्ध विच्छेदको मुद्दा हालिन । पाँच महिनाअघि दुवै अलग भए । ‘फेसबुकमा साथीलाई कुरा सेयर गरेको इस्यु नभएको भए जोडी जिन्दगीभर नटुटने पर्याप्त आधार थिए,’ उक्त मुद्दा हेरेकी वकिल विन्दु खडाले भनिन ।

loveखडाका अनुसार काठमाडौं जिल्ला अदालतका न्यायाधीश सीताराम खनालले यस्तो परिवारलाई त छुट्टिन दिनुहुदैन भन्दै आफ्नै पहलमा मिलापत्रमा गराउने प्रयास गरेका थिए । सामान्यतया सम्बन्ध विच्छेद गर्न लागेका दुई पक्षबीच अदालतमै झगडा, बाजाबाज हुन्छ, सहजरुपमा लिएर कुराकानी भएको देख्न पाइन्न । तर यो मुद्दामा नैनाले अदालतमा पनि सासुससुरालाई ढोग्ने अदब छाडेकी थिइनन । अहिले पनि छोराको खुशीका लागि दुवै एकसाथ सिनेमा हेर्न जान्छन् । मनमैंजुकी रिना (नाम परिवर्तन) लाई आठ र साढे ४ बर्षीया छोरीलाई छाडेर फेसबुकमार्फत प्रेमसम्बन्ध भएको युवकसँग विवाह गरिन् । उनका एक नातेदारका अनुसार निजी संस्थामा श्रीमानको जागिर थियो, फार्मेसी पढेकी श्रीमतीका लागि औषधि पसल खोलिदिएका थिए ।

फेसबुक अकाउण्ट नखोलुञ्जेल सब ठिकठाक थियो । रिनाले फेसबुकमा सक्रिय भएपछि अफगानिस्तानमा कार्यरत अविवाहित युवकसँग प्रेम भयो । कुरा सेयर गरेकी बहिनीले बुवाआमालाई कुरा लगाइदिएको थाहा पाएपछि ६ महिनाअघि गायब भइन् । ‘दुवैजना काठमाडौंमै बसिरहेको हालै उनले बहिनीलाई खबर गरेपछि थाहा भयो’ ति नातेदारले सुनाए । टवटरमा सक्रिय विनम्रता क्षेत्री (नाम परिवर्तन) लाई टविटरमा एक युवकले वर्ष दिनभन्दा बढी अघिदेखि फलो त गरिरहेकै थिए, उनका सबैजसो पोष्टलाई फेवरेट र रिट्विट गर्थे ।

श्रीमानको विवाहेत्तर सम्बन्धबारे जानकार विनम्रतालाई अनवरत प्रशंसा गरिरहेका युवकप्रति कौतुहलता जगाउन स्वभाविक थियो । केहीअघि दुवैले भेटघाट गरे । भेटघाटपछि विनम्रता युवकको मायामा परिन । तर आफ्नो पारिवारिक जीवन तोड्न तयार नभएकी उनी अहिले परामर्श केन्द्रमा धाइरहेकी छिन् । काठमाडौंमा उच्च वर्गका केहीमा विवाहेत्तर सम्बन्ध स्वीकार्य भएको धेरै भयो । श्रीमान र श्रीमतीको विवाहेत्तर सम्बन्ध हुने, दुवैलाई थाहा हुने तैपनि सम्बन्ध विच्छेद नगरी एउटै छतमा बस्ने पनि नौलो कुरा थिएन, खास वर्गको कतिपय परिवारमा । तर सामाजिक सञ्जालका कारण मध्यमवर्गमा पनि यस्तो प्रवृत्ति स्वीकार्य नहुने देखिदै छ ।

‘सामाजिक सञ्जालले दाम्पत्य जीवनमा ठूलै भूकम्प ल्याउन थालिसक्यो,’ मनोविद करुणा कुँवर भन्छिन्, ‘यस्ता कुरा सुन्दा सुन्दा कहिलेकाही त यसको फाइदा बढी हो कि बेफाइदा भनेर सोच्छु ।’ सामाजिक सञ्जालमार्फत नजिकिएकासँग प्रेम भएपनि वैवाहिक जीवन तोड्न नचाहने थुप्रैलाई उनले परामर्श दिइरहेकी छन् । उनका अनुसार सामाजिक सञ्जालका कारण श्रीमान वा श्रीमतीको अरुसँग प्रेम भई वैवाहिक सम्बन्ध टुट्ने कुरा त छँदैछ, परिवारलाई समय नदिएका कारण पनि परिवारमा कलह जन्माएको छ । दिनभरि परिवारबाट अलग भई घर फर्किएपछिको समय परिवारका लागि बहुमूल्य हुन्छ । तर घर पुग्नासाथ मोबाइलमा फेसबुक आदि चलाउन थाले स्वतः परिवारसँग दूरी बढ्छ, विपरीत लिङ्गीसँग च्याट नगरे पनि ।

facebookयस्तै फेसबुकमा अरुका श्रीमानले परिवारसहित बाहिर घुम्न गएको तस्वीर देख्दा पनि त्यसरी घुम्न नपाएकी श्रीमतीको श्रीमानसँग असन्तुष्टी बढेको उनले पाएकी छन् । सामाजिक सञ्जालमा सामान्यतः हाँसेकै फोटो पोष्ट गरिन्छ । तर त्यो हेर्ने कसैलाई अरु सबै खुशी छन मचाहि छैन भन्ने लाग्न सक्छ । ‘त्यो हाँसो एउटा क्लिकका लागि हो भन्ने देख्नेले बुझदैनन,’ उनले भनिन । सामाजिक सञ्जालबाट विकसित सम्बन्धका कारण दाम्पत्य जिवन टुटेका घटना सात समुद्रपारका नेपालीमा पनि छ । बेल्जियममा स्थापित व्यवसायीको तीन दिनअघि मात्र उतै सम्बन्ध विच्छेद भयो । दुई छोराका ४३ बर्षे पिता उनी पोखराकी २३ बर्षे युवतीसँग फेसबुकमार्फत नजिकिएका थिए ।

महिनैपिच्छे नेपाल आउन थालेपछि श्रीमतीले सोधीखोजी गर्दा उनको गोप्यता खुलेको थियो । पढाताका एकअर्काप्रति आकर्षित भएपनि विवाह नभएकाले फेसबुकमार्फत सम्पर्क भई पुरानो सम्बन्धलाई ब्युँताएका पनि छन् । रसियामा बस्दा काठमाडौंमा रहेकी नर्स विवाह गरेका रोशन (नाम परिवर्तन) ले श्रीमतीलाई रसियामा डाक्टर पढाए । फेसबुकमार्फत सम्बन्ध विच्छेद भई एकल रहेका पुराना प्रेमीसग उनको सम्बन्ध भयो । एक छोरा एक छोरीकी आमा विवाह गरेर बेलायत लागे । धेरै पहिला एकअर्काप्रति आकर्षित भएकाहरु सामाजिक सञ्जालमार्फत नजिक हुदा नोष्टाल्जिक भएर नजिक आउने गरेको कुवर बताउँछिन ।

विवाहलाई एकदम ठोस र अभेद्य मानिने समाजमा सामाजिक सञ्जालले भेद्य बनाइदिएको विश्लेषक सञ्जिव पोखरेल टिप्पणी गर्छन । कुनै समयमा बुहारी एक्लै बाहिर निस्किन पाउथेनन् । विस्तारै निस्किन पाए, सञ्चार माध्यमको विकासले केही भेद्य बनाइदियो । परिचित युवतीसँग कुरा गर्न परे पनि अरुले फोन रिसिव गरे यत्तिकै राख्नपथ्र्यो । मोबाइल सुलभ भएपछि यस्तो अवस्था सहज भए पनि परिचितमाझ मात्र सम्पर्क भलाकुसारीको सम्भावना हुन्थ्यो । तर सामाजिक सञ्जाल यस्तो माध्यम भयो, जहा संसारको जुनसुकै दुई कुनामा भएका अपरिचितबीच पनि सम्पर्क सहज हुन्छ । च्याटमार्फत कुराकानी हुन्छ । सबै सुविधा मोबाइलमा आएपछि झन सजिलो भएको छ । कान्तिपुर

Loading...

यसमा तपाइको मत

जेन्डर एण्ड ल बाट अन्य

खरेलद्वार सरकारी वकील संयुक्त कार्यालयको शिलान्यास

Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

भारत र नेपालको सम्वन्ध बल्ल तल्ल बराबरीमा उक्लिएको छ

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

नेपालले वनाएको कोरोनाको भ्याक्सिनमा WHO को चासो

Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको  छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

सत्ता भन्दा देश प्यारो देख्ने एउटा बिरेन्द्रको खोजी

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

नयाँ नक्शाले समेटेका आदि कैलाश र ॐ पर्वत लिपुलेक कै सान 

Spread the love   सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

कानून ब्यवसयी विपत राहात कोषमा १५ लाख सम्मको सहयोग

Spread the love नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ । विभिन्न सुझाव सहित राहात गरेको...

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार विरुद्ध चौधरी पुगे अख्तियार

Spread the loveकाठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ...

न्यायाधीश जोशीलाई इजलास नतोक्नु संसदको सम्मान हो: प्रधानन्यायधिस राणा

Spread the loveकाठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर...

स्थानीय सरकारलाई शिक्षा सम्वन्धि कानून बनाउन वन्देज

Spread the loveकाठमाडौं: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकारलाई शिक्षा सम्बन्धि कानून तर्जुमा गर्न वन्देज लगाएको छ । संविधानले विद्यालय शिक्षाका अधिकार स्थानीय सरकार मातहत गरे पनि संघीय मन्त्रालयले मन्त्री स्तरीय निर्णय...