सामाजिक व्यवहार सुधार विधेयक–२०७१ ल्याउने तयारी

Loading...
Spread the love
जेठ १८, काठमाडौं । सरकारले जनचाहना विपरीत ‘सामाजिक व्यवहार सुधार ऐन’ ल्याउने तयारी गरेको छ। फजुल खर्च रोक्न तथा विवाह, व्रतबन्धलगायत सामाजिक कार्यलाई भड्किलो हुन नदिन भन्दै सरकारले ‘सामाजिक व्यवहार सुधार विधेयक–२०७१’ तयार पारी संसद्मा दर्ता गराएको हो। तर, उक्त विधेयकमा गरिएका व्यवस्था भने जनताको भावना विपरीत रहेको सरोकारावालाहरू बताउँछन्। आजको नेपाल समाचार पत्रमा खबर छ।
Marrise ceromani
विधेकले विवाहमा १ सय ५० भन्दा बढी जन्ती लग्न तथा ३ सय ५० भन्दा बढीलाई भोज खुवाउन नपाउने व्यवस्था गरेको छ। तर, यस्तो व्यवस्था व्यावहारिक नभएको जनताकै प्रतिनिधित्व गर्ने एक जना सभासद्ले बताए। नाम नबताउने सर्तमा उनले भने– ‘जनताले वैधानिक ढंगबाट कमाएको सम्पत्ति उनीहरूले चाहेअनुसार खर्च गर्न पाउनुपर्छ।’ विधेयकमा गरिएको उक्त व्यवस्था लागू भएमा यसले सामाजिक तथा संस्कृतिक विचलन ल्याउने उनको दाबी छ।
उक्त विधेयकमा विवाहबाहेकका अन्य सामाजिक कार्यमा १ सयभन्दा बढीलाई भोज खुवाउन नपाइने उल्लेख गरिएको छ। विशेष गरी विवाह, व्रतबन्धलगायत सामाजिक कार्यमा केन्द्रित उक्त विधेयक पारित भएमा यसले जनताका आकांक्षा र खर्च गर्न पाउने अधिकारलाई कुण्ठित पार्नेछ।
विधेयक तयार पार्ने निकाय गृह मन्त्रालयका एकजना उपसचिवले उक्त विधेयक पारित भएमा त्यसले समाजिक व्यवहारलाई सुधार गर्नुको सट्टा सामाजिक विखण्डन ल्याउने तर्क गरे। ‘कुनै एकजना व्यक्तिको परिवार, आफन्त र अत्यन्तै नजिकका साथी गरी ४ सय जनाभन्दा बढी छन् भने उसले आफ्नो विवाहमा कसलाई बोलाउने कसलाई नबोलाउने?’ उनले प्रश्न गर्दै भने– ‘यसले त जनताको पारिवारिक तथा सामाजिक एकतालाई खलल पुर्याउँछ।’ ‘सामाजिक व्यवहार सुधार ऐन २०३३’ पनि अव्यवहारिक भएकै कारण त्यसको कार्यान्वयन हुन नसकेको भन्दै उनले सामाजिक कार्यमा हुने सहभागितामा सरकारले अंकुश लगाउन नहुने बताए ।
करिब ३८ वर्षअघि ल्याइएको ‘सामाजिक व्यवहार सुधार ऐन २०३३’ लाई केही परिमार्जन गरी तयार पारिएको विधेयक पारित भएमा पार्टी प्यालेस तथा क्याटरिङ व्यवसाय धाराशयी हुने नेपाल पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघका अध्यक्ष अरूण शंकर वैद्यले बताए ।‘उक्त विधेयकमा गरिएका व्यवस्थाले एकातिर जनताको सामाजिक कार्य प्रभावित हुने छ भने अर्का तिर व्यवसाय नै धराशयी हुने पक्का छ’, उनले भने, ‘त्यसैले उक्त विधेयकलाई थप परिमार्जन गरी सबैलाई मान्य हुने बनाउन आवश्यक छ।’  उक्त विधेयक पारित भएमा पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायमा आश्रित दशौं हजार मानिसले रोजगारी गुमाउने इभेन्ट्स एन्ड भेन्यु एसोसिएसन अफ नेपालका कोषाध्यक्ष शिव रञ्जित बताउँछन्।
त्यस्तै, यस क्षेत्रमा गरिएको अर्बौं लगानी पनि खेर जाने उहाँको भनाइ छ। हाल नेपालभर गरी करीब ५ हजार ५ सय पार्टी प्यालेस तथा क्याटरिङ रहेका छन्। उक्त विधेयकमा गरिएका व्यवस्थाले क्याटरिङ तथा पार्टी प्यालेस व्यवसायलाई बन्द नै गराउने उनको भनाइ छ। ‘यसबाट आम जनताका साथै व्यवसायी तथा पशुपालक र कृषकसमेत प्रभावित हुने पक्का छ’, उनले भने– ‘त्यसैले यसलाई संशोधन गर्न अत्यावश्यक छ।’
Loading...

यसमा तपाइको मत

main बाट अन्य

श्रीमान मेरो पक्षलाई हदै सम्म सजाय गरियोस

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

संगठित अपराध; भ्रम र यथार्थ

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

हाम्रो स्वाभिमानका लागि भारत सङ्ग कुरागर्ने हिम्मत गर्नु पर्छ

Spread the loveएउटा भनाइ छ, अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ। जब राज्य कम्जोर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, रास्ट्रले अन्तरास्ट्रिय साख गुमाउंछ। अहिले हाम्रो अवस्था यस्तै हो। जब रास्ट्र अपमानित...

पशुपतिमा अन्याय भयो भनी कराइरहेकालाई जग्गा दिलाउने न्याय

Spread the loveहरि प्रसाद प्रधान नेपालमा प्रधान न्यायालयको प्रधान न्यायाधीश बनाउन भारतवाट झिकाइएका थिए । सो प्रयोजनका लागि उक्त पदका लागि लायक नेपाली नपाइए बिदेशी नागरिकलाई नियुक्त गर्न सकिने गरी नेपालको अन्तरीम शासन ऐन,...

विकल्प नसोचिएको दल र कार्यकर्ताको हित हुने प्रणाली

Spread the loveनेपालमा अवको शासकिय स्वरुप कस्तो वन्नु पर्दछ भन्ने वहश चलिरहेको सन्दर्भमा आफनै देशमा प्रयोग गरिएको प्रणाली र विश्वका विभिन्न राज्यले गरेकोे प्रयोग अनि त्यसको परिणाम हाम्रो लागि वास्तविक प्रयोगशालामा परिक्षण पश्चातका ब्यवाहारिक...

फोरम द्वारा १ दिने अन्तरकृया सम्पन्न

Spread the love पर्यटन ब्यवसायको क्षेत्रमा कार्यरत कानून ब्यवसायीहरुको संस्था टुरिजम लयर्स फोरम नेपालले नेपालको कर प्रणाली, कानून र पर्यटन ब्यवसाय बिषयक एक दिने अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । कर्यक्रममा बौद्ध, सिनामंगल, गौसाला तथा...

मुलुकी संहिता लागू भएसँगै १४ वटा ऐन खारेज, ३६ वटा संशोधन

Spread the loveकाठमाडौं जंगबहादुर राणाले १६५ वर्षअघि लागू गरेको मुलुकी ऐन गत भाद्र १ गतेदेखि विधिवत रुपमा खारेज भएको छ । भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी ऐन मुलुकी देवानी (संहिता) ऐन,...

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

Spread the love“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र...

निर्मला ! तिमीले सुतेकाहरुलाई उठाएकी छौ

Spread the loveसमाजमा हुने घटनाले मानिसमा पारेको प्रभाव पिडा वनेर ब्यक्त हुन्छ । त्यही पिडा कतै कथा, कविता र विभिन्न भावमा प्रस्फुटन हुन्छ । निर्मला पन्तको हत्या र अपराधीलाई बचाउन अपारध नियन्त्रण गर्ने अधिकार...

पर्यटन कानून मसौदाको लागि छलफल कार्यक्रम सम्पन्न

Spread the love काठमाण्डौ ठमेल स्थित होटल बैसालीमा प्रदेश नं. ३ का उद्योग, पर्यटन तथा वातावरण समिती, पर्यटन विज्ञ, ब्यवसायी र पर्यटन क्षेत्रमा कार्यरत कानून ब्यववसायी विच प्रदेशले वनाउने पर्यटन कानून, यसको तर्जुमा र प्रभावकारी...