नेपाली युवतीलाई जबरजस्ती यौन व्यवसायमा

Loading...
Spread the love
जेठ १८, काठमाडौं । केन्या र तान्जियाका डान्सबारमा रहेका नेपाली युवतीको उद्धारमा सघाउन नेपाल प्रहरीले ती मुलुकका इन्टरपोललाई पत्राचार गरेको छ । भारत हुँदै त्यहाँका रेस्टुरेन्ट र डान्सबारमा पुर्‍याइएका नेपाली युवतीबारे केहीअघि कान्तिपुरले स्थलगत रिपोर्टिङ गरेको थियो ।
Sex worker
नेपाल प्रहरीको इन्टरपोलको पत्रको जवाफमा ती मुलुकले उद्धारका लागि थप सूचना माग गरेका छन् । ती युवतीको नाम, ठेगाना र उनीहरूको राहदानीको फोटोकपी माग गरिएको छ । तर प्रहरीले सूचना उपलब्ध गराउन सकेको छैन । आजको कान्तिपुरमा खबर छ।
ती युवतीको पहिचान खुलाउन नसकेकाले उद्धारमा कठिनाइ भएको प्रहरी प्रवक्ता एसएसपी गणेश केसीले बताए । ‘उनीहरू आफ्नै राहदानीमा गएका हुन् या अरू कसैकोमा भन्ने समेत खुलाउन सकिएको छैन,’ उनले भने । पीडितले आफन्तलाई सम्पर्क गरे र आफन्तले प्रहरीलाई जानकारी उपलब्ध गराएमा उद्धार सहज हुने उनले बताए ।
नेपाल प्रहरीको इन्टरपोल अनुसन्धानअनुसार भारतीय विमानस्थल हुँदै हरेक दिन ६ देखि १० जना हाराहारीमा नेपाली युवती ती मुलुकमा लगिने गरेका छन् । नेपालका सविन श्रेष्ठ नामका व्यक्ति यसमा संलग्न छन् । तरुण र हीरालाल नाम गरेका दुई भारतीय नागरिकसमेत काठमाडौंमै रहेर युवती रोज्ने र ‘डिमान्ड’ अनुसार पठाउने गरेका छन् ।
 तान्जियाको दारेसलाम, केन्याको नैरोबी र मोम्मसामा नेपाली युवतीलाई जबरजस्ती यौन व्यवसायमा समेत लगाउने गरेको प्रहरीको भनाइ छ ।
तान्जियाको दारेसलाममा ६ वटा बारमा नेपाली युवती मुजुरा डान्स गर्छन् । त्यहाँ धर्मा डान्सबार दुईवटा छन् । यस्तै सारेगम बार, सलाम बम्बे, दावत बार र मिर्च मसला नामका ६ वटा बारमा नेपाली युवती छन् । ती डान्सबारमा सञ्चालक भारतीय हुन् ।
प्रहरी अनुसन्धानअनुसार ३ सय डलर दिएर एक रात वा दिनका लागि नेपाली युवतीलाई ग्राहकले लैजाने र ४/५ जनासम्मले एकै युवतीसँग जबरजस्ती शारीरिक सम्पर्क राख्ने गरेको पाइएको छ । तर त्यो पैसा पनि युवतीलाई नदिइने र फर्किन खोज्दासमेत रोक्ने गरेको प्रहरीको भनाइ छ । त्यहाँ १ सय ७५ भन्दा बढी नेपाली युवती छन् ।
काठमाडौं विमानस्थलमा कडा सुरक्षा भएपछि मानव तस्करले रुपैडिया, रक्सोल हुँदै भारतको दिल्ली र मुम्बईस्थित विमानस्थलबाट उनीहरूलाई लैजाने गरेको पाइएको छ ।
केन्याको १४ वटा डान्स क्लबमा नेपाली युवतीलाई जबरजस्ती यौन कार्यमा लगाउने गरेको पाइएको छ । प्रहरीका अनुसार केन्याका डान्सबार पनि प्रायः भारतीय लगानीकै हुन् । त्यहाँका ४ वटा साममा, नसा, रेडी र र गिला बार छन् ।
कसरी लगिन्छ ?
प्रहरीका अनुसार उपत्यका बाहिरबाट काठमाडौंमा आउने धेरै किशोरीलाई फिल्म खेलाउने, डान्सबारको काम दिलाउने भन्दै डान्स सिकाइन्छ । विदेश पठाउने दलालले युवतीलाई उपत्यका बाहिरै गएर खोजेर पनि ल्याउँछन् । डान्स सिकाएपछि महिनाको ५० हजारदेखि लाख रुपैयाँसम्म नेपाली हुने भन्दै विदेश लैजाने गरिन्छ ।
दशकअघि नेपाली युवतीलाई खाडी मुलुक दुबईमा डान्स गर्न लैजाने गरिन्थ्यो । अफ्रिकन मुलुकमा भने भारतीय र पाकिस्तानी युवती बढी जाने गर्थे । त्यहाँ युवतीको यौन शोषण हुने गरेको थाहा पाएपछि ती दुई मुलुकले युवती पठाउन कडाइ गरे । त्यसपछि दलालहरूले नेपाल छिरेर युवतीलाई फकाएर वा आर्थिक लोभ देखाएर लैजाने गरेको प्रहरीले जनाएको छ । दुई वर्षअघिसम्म विमानस्थल अध्यागमनका कर्मचारीसँग सेटिङ मिलाएर युवती यहींबाट उडाउने गरिन्थ्यो । तर पछिल्लो समय सुरक्षा कडा बनाएपछि उनीहरूले भारतको बाटो रोजेका हुन् ।
Loading...

यसमा तपाइको मत

main बाट अन्य

श्रीमान मेरो पक्षलाई हदै सम्म सजाय गरियोस

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

संगठित अपराध; भ्रम र यथार्थ

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

हाम्रो स्वाभिमानका लागि भारत सङ्ग कुरागर्ने हिम्मत गर्नु पर्छ

Spread the loveएउटा भनाइ छ, अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ। जब राज्य कम्जोर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, रास्ट्रले अन्तरास्ट्रिय साख गुमाउंछ। अहिले हाम्रो अवस्था यस्तै हो। जब रास्ट्र अपमानित...

पशुपतिमा अन्याय भयो भनी कराइरहेकालाई जग्गा दिलाउने न्याय

Spread the loveहरि प्रसाद प्रधान नेपालमा प्रधान न्यायालयको प्रधान न्यायाधीश बनाउन भारतवाट झिकाइएका थिए । सो प्रयोजनका लागि उक्त पदका लागि लायक नेपाली नपाइए बिदेशी नागरिकलाई नियुक्त गर्न सकिने गरी नेपालको अन्तरीम शासन ऐन,...

विकल्प नसोचिएको दल र कार्यकर्ताको हित हुने प्रणाली

Spread the loveनेपालमा अवको शासकिय स्वरुप कस्तो वन्नु पर्दछ भन्ने वहश चलिरहेको सन्दर्भमा आफनै देशमा प्रयोग गरिएको प्रणाली र विश्वका विभिन्न राज्यले गरेकोे प्रयोग अनि त्यसको परिणाम हाम्रो लागि वास्तविक प्रयोगशालामा परिक्षण पश्चातका ब्यवाहारिक...

फोरम द्वारा १ दिने अन्तरकृया सम्पन्न

Spread the love पर्यटन ब्यवसायको क्षेत्रमा कार्यरत कानून ब्यवसायीहरुको संस्था टुरिजम लयर्स फोरम नेपालले नेपालको कर प्रणाली, कानून र पर्यटन ब्यवसाय बिषयक एक दिने अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । कर्यक्रममा बौद्ध, सिनामंगल, गौसाला तथा...

मुलुकी संहिता लागू भएसँगै १४ वटा ऐन खारेज, ३६ वटा संशोधन

Spread the loveकाठमाडौं जंगबहादुर राणाले १६५ वर्षअघि लागू गरेको मुलुकी ऐन गत भाद्र १ गतेदेखि विधिवत रुपमा खारेज भएको छ । भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी ऐन मुलुकी देवानी (संहिता) ऐन,...

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

Spread the love“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र...

निर्मला ! तिमीले सुतेकाहरुलाई उठाएकी छौ

Spread the loveसमाजमा हुने घटनाले मानिसमा पारेको प्रभाव पिडा वनेर ब्यक्त हुन्छ । त्यही पिडा कतै कथा, कविता र विभिन्न भावमा प्रस्फुटन हुन्छ । निर्मला पन्तको हत्या र अपराधीलाई बचाउन अपारध नियन्त्रण गर्ने अधिकार...

पर्यटन कानून मसौदाको लागि छलफल कार्यक्रम सम्पन्न

Spread the love काठमाण्डौ ठमेल स्थित होटल बैसालीमा प्रदेश नं. ३ का उद्योग, पर्यटन तथा वातावरण समिती, पर्यटन विज्ञ, ब्यवसायी र पर्यटन क्षेत्रमा कार्यरत कानून ब्यववसायी विच प्रदेशले वनाउने पर्यटन कानून, यसको तर्जुमा र प्रभावकारी...