अग्ला भवन निर्माणका लागि सरकारको नयाँ मापदण्ड

Loading...
Spread the love

असार २१, काठमाण्डौ । नेपाल सरकारले ठुला भवन निर्माणका लागि निर्माण स्थान साथै मापदण्ड तोक्ने तयारी गरेको छ । सहरी तथा स्थानीय विकास मन्त्रालयद्वारा तयार पारिएको प्रारम्भिक मस्यौदामा ६ तलाभन्दा अग्ला संरचना निर्माण गर्न स्थान तोकेर मात्र स्वीकृत दिइने उल्लेख छ । मापदण्ड नतोकिएसम्म ६तला भन्दा अग्ला संरचना निर्माणमा रोक लगाइनेछ । सरकारले काठमाडौं उपत्यकाभित्रका नगरपालिकाका लागि नयाँ घर निर्माण मापदण्ड जारी गर्न लागेको हो ।

Apartmentप्रस्तावित मापदण्डअनुसार बजार र बढी भीडभाड हुने क्षेत्रमा ६ मिटर कम चौडाइका सडक किनारमा भवन निर्माणमा बन्देज लगाइनेछ । तर, सवारी साधनको चाप, जनसंख्या लगायतलाई अध्ययन गरेरमात्र ६ मिटर चौडा बाटो अनिवार्य हुने ठाउँ निर्धारण गरिनेछ । मापदण्ड संशोधन हुनु अगावै स्वीकृत भएका हाउजिङ योजनाका हकमा भने ६ मिटर चौडा बाटो निर्माणको प्रावधान अनिवार्य राखिएको छैन । ३ तले भवन निर्माण गर्दा १.५ मिटर जग्गा सडकका लागि छाड्नुपर्ने मस्यौदामा उल्लेख गरिएको छ ।

त्यसैगरी, ६ तलासम्म अग्लो भवन बनाउँदा ३ मिटर र त्यसभन्दा अग्ला भवन ६ मिटर बाटो छाडेर मात्रै निर्माण गर्नुपर्ने मस्यौदामा उल्लेख छ । सपिङ मल, सुपर मार्केट, स्कुल, कलेज, अस्पताल, नर्सिङ होम, पोली क्लिनिकको भवन निर्माण गर्दा माटो परीक्षण अनिवार्य गर्ने प्रस्ताव उल्लेख छ ।

मापदण्डविपरीत निर्माण भएका संरचना हटाउन तथा भत्काउन १ वर्षको समय दिइनेछ । यदि उक्त अवधिभित्र नहटाइए स्थानीय निकायले आफै भत्काउनेछ । तर, सो संरचाना भत्काएबापतको लाग्ने खर्च भने घरमालिकबाटै असुल गरिने प्रस्ताव गरिएको छ ।

नयाँ निर्माण हुने भवनको ‘ग्राउन्ड कभरेज’ ७० प्रतिशत हुनुपर्नेछ । व्यापारिकबाहेक अन्य क्षेत्रमा सटररपसल राख्न बन्देज लगाइनेछ । यदि राख्नुपरे त्यस क्षेत्रको सडकको चौडाइ ८ मिटर हुनुपर्नेछ । अब घरमालिकले आँगनअघि जथाभावी पर्खाल लगाउन पाउने छैनन् । पर्खालको उचाइ १ दशमलव २ मिटरमात्र हुनुपर्नेछ । यदि त्यसभन्दा अग्लो बनाउन चाहे ०.५ मिटर जाली राख्नुपर्नेछ । तर, त्यसका लागि पनि महानगर या नगरको स्वीकृति लिनुपर्नेछ ।

औद्योगिक क्षेत्र, सिनेमाघर, नाचघर, सभाहल, रंगशाला र बजारजस्तो अति व्यस्त क्षेत्रमा पनि बाटोको मापदण्ड प्रस्ताव गरिएको छ । उक्त स्थानको क्षेत्रफल २ मिटर लम्बाइ भए ८ मिटर चौडा बाटो, ४ सय मिटर भए ११ मिटर, ६ सय मिटर भए १४ मिटर र ६ सय मिटर लम्बाइभन्दा बढी क्षेत्रफल ओगटेको स्थान छ भने बाटोको चौडाइ २२ मिटर निर्धारण गरिएको छ। यद्यपि यो प्रावधान पुरानो मापदण्डमा पनि कायम गरिएको थियो । तर, कार्यान्वयन निकायको उदासीनताले लागू हुन सकेको थिएन ।

काठमाडौं उपत्यका विकास प्राधिकरणका जिल्ला आयुक्त भाइकाजी तिवारीले संशोधित मापदण्डअनुसार सहर विकास भए दमकल, एम्बुलेन्स लगायतका अत्यावश्यक सवारी साधन सहजै सबै बस्तीमा पुग्न सक्ने बताए । नयाँ मापदण्डको मस्यौदा स्वीकृतिका लागि मन्त्रिपरिषदमा लैजाने तयारी भइरहेको स्थानीय विकास मन्त्रालय स्रातेको भनाई छ ।

Loading...

यसमा तपाइको मत

main बाट अन्य

श्रीमान मेरो पक्षलाई हदै सम्म सजाय गरियोस

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

संगठित अपराध; भ्रम र यथार्थ

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

हाम्रो स्वाभिमानका लागि भारत सङ्ग कुरागर्ने हिम्मत गर्नु पर्छ

Spread the loveएउटा भनाइ छ, अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ। जब राज्य कम्जोर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, रास्ट्रले अन्तरास्ट्रिय साख गुमाउंछ। अहिले हाम्रो अवस्था यस्तै हो। जब रास्ट्र अपमानित...

पशुपतिमा अन्याय भयो भनी कराइरहेकालाई जग्गा दिलाउने न्याय

Spread the loveहरि प्रसाद प्रधान नेपालमा प्रधान न्यायालयको प्रधान न्यायाधीश बनाउन भारतवाट झिकाइएका थिए । सो प्रयोजनका लागि उक्त पदका लागि लायक नेपाली नपाइए बिदेशी नागरिकलाई नियुक्त गर्न सकिने गरी नेपालको अन्तरीम शासन ऐन,...

विकल्प नसोचिएको दल र कार्यकर्ताको हित हुने प्रणाली

Spread the loveनेपालमा अवको शासकिय स्वरुप कस्तो वन्नु पर्दछ भन्ने वहश चलिरहेको सन्दर्भमा आफनै देशमा प्रयोग गरिएको प्रणाली र विश्वका विभिन्न राज्यले गरेकोे प्रयोग अनि त्यसको परिणाम हाम्रो लागि वास्तविक प्रयोगशालामा परिक्षण पश्चातका ब्यवाहारिक...

फोरम द्वारा १ दिने अन्तरकृया सम्पन्न

Spread the love पर्यटन ब्यवसायको क्षेत्रमा कार्यरत कानून ब्यवसायीहरुको संस्था टुरिजम लयर्स फोरम नेपालले नेपालको कर प्रणाली, कानून र पर्यटन ब्यवसाय बिषयक एक दिने अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । कर्यक्रममा बौद्ध, सिनामंगल, गौसाला तथा...

मुलुकी संहिता लागू भएसँगै १४ वटा ऐन खारेज, ३६ वटा संशोधन

Spread the loveकाठमाडौं जंगबहादुर राणाले १६५ वर्षअघि लागू गरेको मुलुकी ऐन गत भाद्र १ गतेदेखि विधिवत रुपमा खारेज भएको छ । भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी ऐन मुलुकी देवानी (संहिता) ऐन,...

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

Spread the love“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र...

निर्मला ! तिमीले सुतेकाहरुलाई उठाएकी छौ

Spread the loveसमाजमा हुने घटनाले मानिसमा पारेको प्रभाव पिडा वनेर ब्यक्त हुन्छ । त्यही पिडा कतै कथा, कविता र विभिन्न भावमा प्रस्फुटन हुन्छ । निर्मला पन्तको हत्या र अपराधीलाई बचाउन अपारध नियन्त्रण गर्ने अधिकार...

पर्यटन कानून मसौदाको लागि छलफल कार्यक्रम सम्पन्न

Spread the love काठमाण्डौ ठमेल स्थित होटल बैसालीमा प्रदेश नं. ३ का उद्योग, पर्यटन तथा वातावरण समिती, पर्यटन विज्ञ, ब्यवसायी र पर्यटन क्षेत्रमा कार्यरत कानून ब्यववसायी विच प्रदेशले वनाउने पर्यटन कानून, यसको तर्जुमा र प्रभावकारी...