प्रहरीको हेपहा शब्द र हेपहा प्रवृतिको बिरोध गर्नु के अपराध हो ?

Loading...
Spread the love

असार २२, काठमाण्डौं । आईतबार (असार २१ गते) अपरान्ह मीनभवनमा एक हुल प्रहरीले एक युवालाई बल प्रयोग गरेर नियन्त्रणमा लिन खोज्दै थिए । ती युवा को हुन् र किन समातिए भन्ने कुरा त्यतिखेर प्रहरीले बताउन चाहेन । पछि उनलाई प्रहरीले गिरफ्तार गरेको फोटो र भिडियो सार्वजनिक भए । प्रहरीले आफूलाई गिरफ्तार गर्नुको कारण र घटनाबारे २८ वर्षिय अमितले सोमबार बताए :

police crimeपेशाले म इन्जिनियर हुँ । घर विराटनगर हो । अहिले काठमाडौंमै कार्यरत छु । आइतबार मेरो विदा थियो । म अलि दुब्लो भएका कारण ज्यान बढाउनलाई जिम गर्छु । आइतबार पनि म कुमारीपाटीको द फिजिक वर्कशपमा जिम सकेर फर्किदै थिएँ । कोटेश्वर महादेवस्थानस्थित आफ्नो डेरा पुग्न टेम्पुबाट मीनभवन क्याम्पस गेटमा झरेर जेब्राक्रसबाट बाटो पार गर्न खोज्दै थिएँ ।

त्यसैबेला एकजना ट्राफिक प्रहरी निरीक्षकले पछाडिबाट एकदमै रुखो (तँ, ओए जस्ता) शब्द प्रयोग गर्दै मलाई बाटो काट्नबाट रोके । म फर्किएँ र उनले प्रयोग गरेको शैली र शब्दको प्रतिवाद गरेँ । त्यहाँ मीनभवनमा वृद्धरवृद्धाको धर्नाले ट्राफिक जाम हुने भएकाले उनले बाटो काट्न रोक्न खोजेका थिए । तर, उनको शैली एकदमै असभ्य थियो ।

मैले प्रतिवाद गर्दा उनले हात उठाउन खोजेझैं गरे । केहीबेरको प्रतिवादपछि मैले उनलाई इग्नोर गर्न खोजें तर त्यसले उनको ‘इगा’मा धक्का पुग्न गएछ । ‘नटेरेको नसुनेको’ भन्दै उनले त्यहीँ धर्नास्थलमा ड्युटी खटिएका प्रहरी बोलाए । मलाई ५र७ जना प्रहरीले जर्बजस्ती लछार पछार र कुटपिट गर्दै हत्कडी लगाएर भ्यानमा हाले । उनीहरुको जथाभावी प्रहार मेरो अण्डकोषमा पनि पर्न गयो । लाग्दैथ्यो, कुनै ठूलै अपराधीको रुपमा मलाई समातिएको हो ।

मलाई बानेश्वर प्रहरी वृतमा ल्याइयो । यो घट्नाक्रम बिहान ११ देखि साढे ११ बीचको हो । भ्यान भित्र हत्कडी लगाइएको अवस्थामा पनि मलाई मुक्का हान्ने, भुतल्ने गरियो ।

बानेश्वर प्रहरी वृतमा एकजना प्रहरीले मेरो नाम सोधे । प्रहरीले त्यतिकै मुद्दा मामिलामा फँसाउने हो कि भन्ने डरले मैले नाम भन्न इन्कार गरें । उनले मज्जाले मुड्की हानेर लछारिहाले ।

मलाई चौकीमा लगे पनि थुनेको थिएन । हत्कडी लगाएर राखिएको थियो । मैले फोन गर्छु भनेपछि हत्कडी खोलिदिए । मैले दाईलाई फोन गरेर बोलाएँ । दाईको रोहबरमा मलाई छाडियो । कागजमा ट्राफिक प्रहरीसँगको ‘मिस बिहेब’ को आरोप लगाइएको छ । ४र५ घण्टापछि मलाई छोडियो ।

नेपाल प्रहरीले नारामा मिठो बोली र भद्र व्यवहारको कुरा गरे पनि त्यस्तो भइरहेको छैन । यस्तै व्यवहारले भोलि प्रहरी देख्नासाथ मानिस डराउने जस्ता अवस्था आउन सक्छ । मसँग दुव्र्यवाहार गर्ने प्रहरीहरुको नाम थाह छ तर म व्यक्ति विशेषको पछि लाग्न नचाहेर सम्पूर्ण प्रणालीमै सुधारको अपेक्षासहित प्रहरी प्रमुखसमक्ष केही प्रश्न राख्न चाहन्छु । म यी प्रश्नको जवाफ चाहन्छु ।

– प्रहरीको हेपहा शब्द र हेपहा प्रवृतिको बिरोध गर्नु के अपराध हो ?

–प्रहरीको नियम कानुनमा सम्झाउनु भन्ने शब्द छ कि छैन ?

–हामी पढेलेखेकालाई प्रहरीको यस्तो व्यवहार छ भने कमजोर मानिसलाई झन् कस्तो होला ?

–कुरा पनि नबुझी सिधै हात हाल्ने अधिकार प्रहरीलाई छ ?

–नियन्त्रणमा लिइसकेका व्यक्तिमाथि कुटपिट गर्न पाइन्छ ?

–ट्राफिक प्रहरीलाई ‘मिस बिहेब’ को आरोप ममाथि छ । तर प्रहरीले मसँग गरेको पशुजन्य मिस बिहेबको उजुरी कहाँ गर्ने ?

–कसैलाई नियन्त्रणमा लिने प्रक्रिया केही छ कि रु जबरजस्ती र लछार–पछार नै हो ?

–प्रहरीको यस्तो कठोर व्यवहारले ‘प्रहरी देख्दै’ डराउने प्रकारको मानसिक आघात परे यसको जिम्मेवार को हुने ?

–अचेलका मानिसले महंगा मोबाइला फोन र ग्याजेटहरु बोक्छन् । लछारपछारमा ती फुटे भने कसले बेहोर्छ ?

http://www.ekantipur.com/np/2072/3/21/full-story/412188.html

Loading...

यसमा तपाइको मत

अभियान सुशासनकाे बाट अन्य

गर्भवती र सुत्केरी महिलाको हवाई उद्धार सरकारले निःशुल्क गर्ने

Spread the loveकाठमाण्डौ: ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाले अब तत्काल हवाई उद्धारको सुविधा पाउने भएका छन् । सरकारले यस्तो सुविधा पहिलो चरणमा हिमाली तथा पहाडी भेगका दुर्गम स्थानीय तहबाट शुरु गर्न लागेको...

पर्यटन कानून मसौदाको लागि छलफल कार्यक्रम सम्पन्न

Spread the love काठमाण्डौ ठमेल स्थित होटल बैसालीमा प्रदेश नं. ३ का उद्योग, पर्यटन तथा वातावरण समिती, पर्यटन विज्ञ, ब्यवसायी र पर्यटन क्षेत्रमा कार्यरत कानून ब्यववसायी विच प्रदेशले वनाउने पर्यटन कानून, यसको तर्जुमा र प्रभावकारी...

मन्त्रालयका काम र प्रगति विवरणको अनुगमन गर्न सफ्टवेयर निर्माण हुदै

Spread the loveकाठमाण्डौ: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रालयहरूले हरेक दिन गरेको कामको कार्यप्रगति अनुगमन गर्न विवरण गर्नका लागि सफ्टवेयर निर्माण गर्ने भएको छ । सफ्टवेयरमार्फत राष्ट्रिय गौरवका आयोजना सँगै महत्वपूर्ण कामको अनुगमन प्रधानमन्त्री कार्यलयबाट...

आन्दोलन गर्ने स्थानको निर्धारण, उल्लंघन गरे कडा कारवाही

Spread the loveकाठमाडौं: हरेक काम कागहरु प्रति चिक्त नवुझेको खण्डमा नेपालमा सडक तताँउने अभियान सामान्यत जस्तै रहेको छ । व्यस्थ सडकहरुमा आन्दोलन र गरिएका प्रदर्शनले ट्राफिक आवतजावतमा अस्त व्यस्त वन्दै आएको राजधानी काठमाण्डौ अव...

कैदी बन्दीका गुनासोहरु गोप्य ढंगले अव सिधै मन्त्रालयमा

Spread the loveकाठमाण्डौ: गृहमन्त्री राम बहादुर थापा बादलले कारागार सुधारका लागि काठमाण्डौ स्थित जगन्नाथदेवल, डिल्लीबजार कारागार र ललितपुर भैसेपाटी स्थित नख्खु कारागारको प्रत्यक्ष रुपमा निरीक्षण गरि कार्यलयहरुको भौतिक पुर्वाधार, सुरक्षाको अवस्था र कैदी बन्दीहरुका...

अव चेलीबेटी बेचविखनका अपराधी समाउने नयाँ प्रवीधी

Spread the loveनेपालबाट बर्षेनी ११ हजार भन्दा बढी चेलीबेटी भारतमा बेचिन्छन । दलाल आफन्तबाटै समेत बेचिने ती चेलिको खोजीमा माइती नेपालले अझ सक्रियता साथ काम गर्ने भएको छ । माइती नेपालका स्वयंसेवकहरु नेपालका सीमा...

दुःख दिने नियतले मुद्दा हालेमा झगडियालाई नै कार्यवाही हुने

Spread the loveअनावश्यक रुपमा मुद्दा हालेर कसैले दुःखरहैरानी दिए मुद्दामा लागेको खर्च त्यस्ता झगडियाबाटै भराइने कार्यवाही हुने गरी भएको छ । सर्वोच्च अदालतको फुलकोर्टले सोमबार पारित गरेको नयाँ नियमावलीमा मुद्दा दायर गरेकै कारण पर्न गएको...

सामाजिक कार्यमा अग्रणी भुमिका निभाँउदै प्रभु बैक

Spread the loveकाठमाण्डौ: प्रभु बैंक लिमिटेडले आफ्नो स्थापना कालदेखिनै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न समाजउपयोगी क्रियाकलापहरुलाई निरन्तरता दिँदै बॉके जिल्लाको रनियापुर गा.बि.स.का अधिकांश मानिसहरुमा ऑखा सम्बन्धी समस्या रहेको तथ्याङ्क अनुसार उक्त समस्यालाई न्युनिकरण गर्न...

नेपाली कांग्रेस विरुद्ध सर्बोच्चमा अवहेलना मुद्दा दायर

Spread the loveनेपाली कांग्रेसविरुद्ध आज सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर भएको छ । नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिको विषयमा सर्वोच्च अदालतले गरेको फैसला आदेशले कार्यपालिकाको अधिकारमा हस्तक्षेप गरेको भन्दै उक्त निर्णय शक्तिपृथकिकरणको मान्यता भन्दा विपरित भएको...

अवैध मदिरा नियन्त्रण गर्न सक्रिय बन्दै विभाग

Spread the loveकाठमाडौं: आन्तरिक राजस्व विभागका उपमहानिर्देशक राजेन्द्रकुमार पौडेलको संयोजकत्वमा २०७३ पुस १९ गते अवैध मदिरा नियन्त्रण समन्वय समितिको वैठक आन्तरिक राजस्व विभागमा सम्पन्न गरिएको छ । अवैध मदिरा र राजस्व छली गरेर बेचिने...