गुगलको स्वचालित कार पछि अव रोवर्ट

Loading...
Spread the love

जेठ १८, काठमाडौं । विश्‍वप्रख्यात सर्च इन्जिन कम्पनी गुगलले ल्याएको नयाँ उत्पादन स्वचालित कार यति बेला चर्चामा छ। केही दिनअघि सार्वजनिक यो कारका बारेमा विभिन्‍न प्रतिक्रिया आउन सुरु भएको छ। गुगलले स्वचालित कार निर्माण गरेको केही समयपछि नै अर्को एक महत्त्वपूर्ण संकेत गरेको छ। पछिल्लो एक वर्षमा आधा दर्जनभन्दा बढी रोबोट निर्माण गर्ने कम्पनी अधिग्रहण गरेको गुगलले चाँडै प्रभावशाली यन्त्र मानव बनाउने संकेत गरेको हो।

google car

यति बेला भने गुगलको स्वचालित कार नै सर्वाधिक चर्चामा छ। स्वचालित भनिए पनि यो कारमा चालक आवश्यक पर्छ। चालकले कुदाउन र रोक्न दुईवटा बटनमात्र प्रयोग हुने यो कार चालकको नियन्त्रणभन्दा बाहिर हुन्छ। भर्खरै सार्वजनिक यो कारको सकारात्मक तथा नकारात्मक पक्षबारे अनुसन्धान भइरहेको छ। केही यातायातविज्ञले यो स्वचालित कारलाई सहरी ट्राफिक व्यवस्थापनको चुनौतीका रूपमा लिएका छन्।

गुगलको कार हेर्दा पनि पुराना शैलीको कारजस्तो देखिँदैन। यसमा अन्य कारको जस्तो अघिल्लो वा पछिल्लो भागमा बोनट छैन। यसको अघिल्लो भाग पैदलयात्रीको सुरक्षाका लागि नरम बनाइएको छ। यसका सिसाहरू पनि नफुट्ने किसिमका छन्।

चिटिक्क परेको दुईजना मात्र बस्न मिल्ने गुगलको कारमा न स्टेयरिङ छ न त गियर वा ब्रेक। प्रारम्भमा यो कारको नियन्त्रणका लागि केही नियन्त्रक लगाइएको छ। सुरुका दिनमा कुनै चालकलाई केही समस्या आए तत्काल नियन्त्रणका लागि यस्तो व्यवस्था गरिएको गुगलले जनाएको छ।
स्वचालित कारपछिको अर्को उत्पादन स्वचालित रोबोट उत्पादनका लागि गुगलले कर्मचारीहरू भर्ना गर्न सुरु गरेको छ। गुगलका अनुसार एन्ड्रोइड अपरेटिङ सिस्टम निर्माणका प्रमुख एन्डी रुबिन गुगलको यन्त्रमानवसम्बन्धी परियोजनाको पनि नेतृत्व गएको वर्षदेखि नै गरिरहेका छन्।

robert

एजेन्सीहरूका अनुसार गुगलको यो रोबोट पसलबाट घरसम्म सामान डेलिभरी गर्नेसम्मको क्षमता राख्ने हुनेछ। यसका लागि गुगलले अनुसन्धान तथा परीक्षण पनि सुरु गरिसकेको छ। अमेरिकाका केही सहरमा ुगुगल सपिङ एक्सप्रेसु नामबाट सामान घर पुर्‍याउन सुरु गरिएको छ। गुगगले अत्याधुनिक र क्षमता सम्पन्‍न रोबोट कहिले ल्याउँछ भन्नेबारेमा मिति नतोके पनि यो परियोजनाको नेतृत्व गरिरहेका एन्डीले यो दस वर्षको योजना रहेको बताएका छन्। उनले अहिले रोबोटको हार्डवेयर र सफ्टवेयर दुवै निर्माणका क्रममा रहेको बताएका छन्।

गुगलको रोबोट उत्पादनसम्बन्धी कार्यालय अमेरिकाको क्यालिफोर्नियामा रहने बताइएको छ भने यसको सहायक कार्यालय जापानमा पनि रहनेछ। गुगलले अटोफस, इन्डस्ट्रियल पर्सेप्सन, मिका रोबोटिक्स, रेडउड रोबोटिक्सलगायतका कम्पनी अधिग्रहण गरेको थियो। (एजेन्सी)

Loading...

यसमा तपाइको मत

रोचक प्रसंग बाट अन्य

प्रेम गरेको अभियोगमा ८१ वर्षीय वृद्धलाई गाउँ निकाला

Spread the loveगुल्मी: गुल्मीको अर्बेनी गाविस ५ का ८१ वर्षीय वृद्ध लालबहादुर सुनारले सोही गाउँकी ४२ वर्षीया सावित्री न्यौपानेसँग प्रेम सम्बन्ध राखेको भन्दै स्थानीयले उनीहरुलाई कुटपिट गरी गाउँ निकाला गरेका छन् । पुस १...

सानै उमेरमा नियुक्ति दिएको भन्दै विवादीत बनिन अधिवक्ता अन्ना

Spread the loveयुक्रेनमा भ्रष्टाचारविरोधी आयोगको नेतृत्व २३ वर्षकी महिला वकिल अन्ना कलिनचुकलाई दिएपछि विरोध सुरु भएको छ । पछिल्ला केही दिनयता युक्रेनको सर्वोच्च पदमा नियुक्त भएकी उनी दोस्री महिला हुन् । यसभन्दा अगाडि युक्रेनको आन्तरिक...

कैदीबिच कुटाकुट हुँदा ८ घाइते

Spread the loveमहोत्तरी: जलेश्वर कारागारमा कुटाकुट हुँदा ८ जना घाइते भएका छन् । टाउकोमा चोट लागेका उनीहरुलाई उपचारको लागि जलेश्वरस्थित कान्ति सामुदायिक अस्पतालमा लगिएको छ । कारी साह भन्ने भाइ नाइकेलाई सन्दोष पण्डित नामको कैदीले...

बाँदरको विषयलाई लिई दुई समुदायबीको झडपमा २० को मृत्यु

Spread the loveएउटा बाँदरका कारण २० जनाले ज्यान गुमाउनु परेको घटना अनौठो लाग्न सक्छ । तर एउटा बाँदरका कारण लिबियामा दुई समुदायबीच हिंस्रक झडप हुँदा २० जनाभन्दा बढीले ज्यान गुमाएका छन् । लिबियाको दक्षिणी...

भारु नोटमा प्रतिबन्ध लगाएसँगै कालोधन जम्मा गर्नेको होस गुम्दै

Spread the loveभारतको रायचुरमा भारु पाँच सय र एक हजारका नोट बोकेर गुडिरहेको एक ट्रक बाटोमा पल्टिदा सडकमा पैसाको थुप्रो लागेको छ । घटना सिन्धानर तालुकाको मुन्नातागी क्याम्प नजिकैको हो । सोमबार जब ९ वटा...

प्रेमजोडीको गन्तव्य बन्यो प्रहरी भवन

Spread the loveकाठमाण्डौ: स्थानीयले प्रहरीका लागि बनाइदिएको भवन अहिले प्रेमजोडी बस्ने घर बनेको छ । राप्ती राजमार्ग अन्तर्गत दाङ-सल्यान-रुकुम सडक खण्डको हर्नेटीनजिकै डगैरामा स्थानीय समुदायले अस्थायी प्रहरी पोस्ट स्थापनाका लागि निर्माण गरेको भवनमा प्रहरी...

टेनिस महिला खेलाडीको सुन्दरताले फिदा भए ट्रम्प

Spread the loveडोनाल्ड ट्रम्पले पछिल्लो दिनमा सबै पूर्वानुमानलाई चुनौति दिँदै अमेरिकी राष्ट्रपति निर्वाचनमा हिलारी क्लिन्टनलाई हराएका थिए । महिलाहरुसँगको सम्बन्धले विवादमा आइरहने ट्रम्प एक टेनिस खेलाडीको सुन्दरताले फिदा नै भइसकेका छन् । ट्रम्पका अनुसार अहिलेसम्म...

हाडनाताको करणीले अन्तत पायो कानूनी मान्यता

Spread the loveकाठमाडौं: बाबुछोरीको सम्बन्ध पवित्र भनेको हाडनाताको सम्वन्ध सँगै पवित्रध सम्बन्ध मानिन्छ तर यहाँ एक पुरुषले आफ्नै भतिजीसँग अवैध सम्बन्ध राख्ने गरेको थाहा हुन आएके छ । उक्त घटना सँगै रोचक कुरा अदालतको फैसलालाई...

अनुमति विना तस्विर प्रकाशन गरेको भन्दै मुद्धा दर्ता

Spread the loveकसैको सहमति विना तीसवर खिच्नु पनि गैरकानूनी काम हो । यहाँ यस्तै घटना भएको अमेरिकाको लस एन्जलस प्रहरीले लज्जाजनक तस्वीर लिएको अभियोगमा प्लेव्वाई म्यागजिनकी मोडल डेनी म्यादर्सबिरुद्ध मुद्धा दर्ता गरेको छ । डेनीले...

बाँचुन्जेल बाटो खन्ने ७२ वर्षीय साहासी वृद्ध ओली

Spread the loveकाठमाण्डौ: परिवारमा सात सदस्यमध्ये ६ जना दृष्टिविहीन । काम गर्न सक्ने उनी मात्रै एक्लो सदस्य, त्यो पनि सात दशक काटेका वृद्ध । श्रीमतीसहित परिवारका सदस्यको हेरचाह अनि चौपायालाई घाँसपात गर्दैमा उनलाई फुर्सद...