मस्यौदा जस्ताको त्यस्तै आए राष्ट्रमा थप जटिलता : डा. भिमार्जुन आचार्य

Loading...
Spread the love

असार २४, काठमाडौं ।

नेपाल ल क्याम्पस मा अध्ययनरत विद्यार्थीहरुले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेका छन । नेपालको संविधान २०७२ को मस्यौदामा मौलिक हक र न्यायपालीका सम्बन्धि व्यवस्थामा केन्द्रित Bhimarjun Achryaरहेको उक्त कार्यक्रममा संविधानविद डा. भिमार्जुन आचार्यले संविधान अत्यधिक लामो रहेको र लामो संविधान भन्दा छोटो संविधान हदा जनताहरुले अधिकारको उच्चतम प्रयोग गर्न पाउछने वताए । संसारको सबैभन्दा बढि २७ पटक संविधान लेखिएको मुलुक भेनेजुयला हो भन्दैे संविधानमा थुप्रै शब्दगत तथा अन्य त्रुटीहरु रहेका संच्याउनु पर्ने उनले वताए ।

यसको परिमार्जन नगर्ने हो भने भेनेजुयला जस्तै बेलाबेलामा संविधान बनाइरहनु पर्ने अवस्था आउन सक्ने भन्न्दै संविधान निर्देशनात्म हुनुपर्दछ तर यो संविधान व्याख्यात्मक भएको वताए । संविधानको प्रश्तावनामा दुई वटा कुरा अधिकारको श्रोत र संविधानको उद्देश्य लेखिनु पर्ने मा मस्यौदामा गाली गलौज र नकरात्मक शब्दहरु रहेकोमा चिन्ता ब्याक्त गरे ।

यो मसौदा हेर्दा यो संविधान हैन विभिन्न पार्टीहरुको साझा घोषणा पत्र जस्तै भएको छ । त्यस्तै धर्म निरपेक्ष राष्ट्र भनेर लेख्ने अनि गाईलाई राष्ट्रिय जनावर भनि उल्लेख गर्दा दुईवटा धाराहरु एक आपसमा बाझिन पुग्दछन, गाई र धर्म निरपेक्षता संगै रहनै सक्दैनन उनको तर्क थियो ।

धार्मिक स्वतन्त्रता भनेर राखिसकेपछि नास्तिक हुन पाउने अधिकार भनेर राखिनु नै हुदैन । यो वाक्य पुरै हटानुपर्ने मत राख्दै खाद्य सम्प्रभुता भन्ने शब्द मौलिक हक (राज्य विरुद्धको हक) मा राखिएको छ , तर यो राज्यले अभ्यास गर्ने अधिकार हो उनले सहभागिको जिज्ञासामा उत्तर दिने क्रममा भने ।

Nepal Law BA.L.L.B.
न्यायलय सम्बन्धि पनि खासै प्रभावकारी परिवर्तनहरु गरिएको छैन । न्याधिसको नियुक्ती प्रक्रिया लगाएतका कुराहरु ०४७ सालको संविधान जस्तै हुबहु सारिएको छ । संबैधानिक अदालतको सम्बन्धमा उनी भन्छन संवैधानिक अदालत कि त स्थायी राखिनु पर्छ नत्र १० वर्षको लागि राख्नुको औचित्य छैन ।

अतः यो संविधानको समर्थनमा जत्तिको श्ँक्ति छन् त्यत्तिकै यसको विपक्षमा सडकमा उत्रेका छन् । परिमार्जन नगरि यो मस्यौदा जस्ताको त्यस्तै आए यसले राष्ट्रमा थप जटिलता ल्याउन सक्ने संकेत गरे । अन्तमा आयोजक मण्डलको तर्फबाट ओजस्वी भट्टराईले धन्यवाद ज्ञापन गरेकी थिइन् । यो कार्यक्रमको प्रतिबेदन तयार गरि सुझाव सहित संविधान सभा सचिवालयलाई बुझाउने जानकारी बसन्त जोशीले नेपालकानूनलाई दिए ।

कार्यक्रममा प्रमुख वक्ताको रुपमा कानुनका ज्ञाता तथा संविधानविद डा. भिमार्जुन आचार्य हुनुहुन्थ्यो । कार्यक्रमको आयोजना नेपाल ल क्याम्पस वि. ए. एलएल.वि. प्रथम वर्षले गरेको थियो ।

Loading...

यसमा तपाइको मत

main बाट अन्य

श्रीमान मेरो पक्षलाई हदै सम्म सजाय गरियोस

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

संगठित अपराध; भ्रम र यथार्थ

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

हाम्रो स्वाभिमानका लागि भारत सङ्ग कुरागर्ने हिम्मत गर्नु पर्छ

Spread the loveएउटा भनाइ छ, अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ। जब राज्य कम्जोर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, रास्ट्रले अन्तरास्ट्रिय साख गुमाउंछ। अहिले हाम्रो अवस्था यस्तै हो। जब रास्ट्र अपमानित...

पशुपतिमा अन्याय भयो भनी कराइरहेकालाई जग्गा दिलाउने न्याय

Spread the loveहरि प्रसाद प्रधान नेपालमा प्रधान न्यायालयको प्रधान न्यायाधीश बनाउन भारतवाट झिकाइएका थिए । सो प्रयोजनका लागि उक्त पदका लागि लायक नेपाली नपाइए बिदेशी नागरिकलाई नियुक्त गर्न सकिने गरी नेपालको अन्तरीम शासन ऐन,...

विकल्प नसोचिएको दल र कार्यकर्ताको हित हुने प्रणाली

Spread the loveनेपालमा अवको शासकिय स्वरुप कस्तो वन्नु पर्दछ भन्ने वहश चलिरहेको सन्दर्भमा आफनै देशमा प्रयोग गरिएको प्रणाली र विश्वका विभिन्न राज्यले गरेकोे प्रयोग अनि त्यसको परिणाम हाम्रो लागि वास्तविक प्रयोगशालामा परिक्षण पश्चातका ब्यवाहारिक...

फोरम द्वारा १ दिने अन्तरकृया सम्पन्न

Spread the love पर्यटन ब्यवसायको क्षेत्रमा कार्यरत कानून ब्यवसायीहरुको संस्था टुरिजम लयर्स फोरम नेपालले नेपालको कर प्रणाली, कानून र पर्यटन ब्यवसाय बिषयक एक दिने अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । कर्यक्रममा बौद्ध, सिनामंगल, गौसाला तथा...

मुलुकी संहिता लागू भएसँगै १४ वटा ऐन खारेज, ३६ वटा संशोधन

Spread the loveकाठमाडौं जंगबहादुर राणाले १६५ वर्षअघि लागू गरेको मुलुकी ऐन गत भाद्र १ गतेदेखि विधिवत रुपमा खारेज भएको छ । भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी ऐन मुलुकी देवानी (संहिता) ऐन,...

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

Spread the love“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र...

निर्मला ! तिमीले सुतेकाहरुलाई उठाएकी छौ

Spread the loveसमाजमा हुने घटनाले मानिसमा पारेको प्रभाव पिडा वनेर ब्यक्त हुन्छ । त्यही पिडा कतै कथा, कविता र विभिन्न भावमा प्रस्फुटन हुन्छ । निर्मला पन्तको हत्या र अपराधीलाई बचाउन अपारध नियन्त्रण गर्ने अधिकार...

पर्यटन कानून मसौदाको लागि छलफल कार्यक्रम सम्पन्न

Spread the love काठमाण्डौ ठमेल स्थित होटल बैसालीमा प्रदेश नं. ३ का उद्योग, पर्यटन तथा वातावरण समिती, पर्यटन विज्ञ, ब्यवसायी र पर्यटन क्षेत्रमा कार्यरत कानून ब्यववसायी विच प्रदेशले वनाउने पर्यटन कानून, यसको तर्जुमा र प्रभावकारी...