प्रहरी नियमावली संशोधनमा राष्ट्रपति लगायत शीर्ष नेताको विरोध

Loading...
Spread the love

असार २८, काठमाण्डौ । अर्धसैनिक बल सशस्त्र प्रहरी लाई जनपद प्रहरीसरह पक्राउ पुर्जी जारी गरी नागरिक गिरफ्तारीको अधिकारसहित नियमावली संशोधन भएपछि राष्ट्रपति डा. रामवरण यादवलगायत प्रमुख दलका शीर्ष नेताले त्यसको विरोध गरेका छन् ।

शुक्रबार बिहान राष्ट्रपति रामवरण यादवको आतिथ्यमा शीतल निवासको चियापान मा उपस्थित प्रधानमन्त्री सुशील कोइरालाले यसबारे राष्ट्रपति, एमाले अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारको आक्रोशपूर्ण खप्की खानुपरेपछि उनी ‘म त्यसलाई सच्याउँछुु भन्दै बाहिरिएका थिए ।

राष्ट्रपति यादवले कोइरालासहित १६ बुँदेका हस्ताक्षरकर्ता चार दलका शीर्ष नेतालाई मुख्यतया सर्वोच्च अदालत-संविधानसभाबीचको तिक्त सम्बन्धको सेरोफेरोमा छलफलका लागि बोलाए पनि भेटको अन्त्यतिर प्रधानमन्त्री कोइराला स्वयंले ‘सशस्त्र नियमावली संशोधन नयाँ टाउको दुखाइ भएको अभिव्यक्ति दिएपछि उनी चारैजनाको रिसको घानमा परेका थिए ।

सहभागी एक नेताका अनुसार राष्ट्रपतिले नै कोइरालाको अभिव्यक्तिमाथि पहिलो टिप्पणी गरेका थिए । मैले त पहिला नै भनेको हुँ, मान्नु भएन,’ राष्ट्रपतिले कोइरालालाई भने। त्यसपछि समग्र चर्चाको विषय त्यसतर्फ मोडियो ।

एमाओवादी अध्यक्ष दाहालले झनै चर्को र आक्रोशपूर्ण शैलीमा विरोध पोखे । यसले सशस्त्र प्रहरी र नेपाल प्रहरीबीच द्वन्द्व भड्काउँछ, के तपाईं त्यही चाहनुहुन्छरु  दाहालले कोइरालासँग भने ।

नेपाल प्रहरीको कार्यक्षेत्रमा सशस्त्रलाई प्रवेश गराउँदा अनर्थ हुने चेतावनी दिँदै दाहालले त्यसलाई तत्काल सच्याउन पनि प्रधानमन्त्रीसँग आग्रह गरे। दाहालजत्तिकै तीव्र आक्रोश पूर्वगृहमन्त्रीसमेत रहेका फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारले पोखे ।

उनले यसबाट प्रहरीमा विद्रोह निम्तिने खतरासमेत रहेको बताए। प्रधानमन्त्रीसँगै गृह मन्त्रालयको जिम्मेवारी समालेका वामदेव गौतमको दल एमालेसमेत गच्छदारको आक्रोशको निसाना बनेपछि एमाले अध्यक्ष ओलीले आफू पनि नियमावली संशोधन र सशस्त्र प्रहरीलाई जनपद प्रहरीको भाग दिने व्यवस्थाको विरोधमा रहेको खुलासा गरे । अन्नपूर्ण पोष्ट

Loading...

यसमा तपाइको मत

अन्य समाचार बाट अन्य

खरेलद्वार सरकारी वकील संयुक्त कार्यालयको शिलान्यास

Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

भारत र नेपालको सम्वन्ध बल्ल तल्ल बराबरीमा उक्लिएको छ

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

नेपालले वनाएको कोरोनाको भ्याक्सिनमा WHO को चासो

Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको  छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

सत्ता भन्दा देश प्यारो देख्ने एउटा बिरेन्द्रको खोजी

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

नयाँ नक्शाले समेटेका आदि कैलाश र ॐ पर्वत लिपुलेक कै सान 

Spread the love   सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

कानून ब्यवसयी विपत राहात कोषमा १५ लाख सम्मको सहयोग

Spread the love नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ । विभिन्न सुझाव सहित राहात गरेको...

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार विरुद्ध चौधरी पुगे अख्तियार

Spread the loveकाठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ...

न्यायाधीश जोशीलाई इजलास नतोक्नु संसदको सम्मान हो: प्रधानन्यायधिस राणा

Spread the loveकाठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर...

स्थानीय सरकारलाई शिक्षा सम्वन्धि कानून बनाउन वन्देज

Spread the loveकाठमाडौं: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकारलाई शिक्षा सम्बन्धि कानून तर्जुमा गर्न वन्देज लगाएको छ । संविधानले विद्यालय शिक्षाका अधिकार स्थानीय सरकार मातहत गरे पनि संघीय मन्त्रालयले मन्त्री स्तरीय निर्णय...