कथा “कैदीसँगको प्रेम”

Loading...
Spread the love

निलु आफ्नो कलेजबाट घर फर्किँदै गर्दा उनका बाबाको अफिस बाटामै पर्ने हुँदा उनलाई आफ्ना बाबाको अफिसमा पसेर बाबासँगै घर फर्किने मनसाय भयो । उनका बाबा जेलर थिए ।

Kalpana Kharel

कल्पना खरेल

जेलर अलि व्यस्त भएका कारणले उनले केही समय पर्खिनुपर्यो । जेलरको अफिस बाहिरपट्टि यताउता निलु डुल्दै थिइन् । एक्कासि निलुका आँखा जेलको ग्रिलको ढोकाबाट भित्रको दृश्यमा पर्यो । टाढैबाट एक निलो टिसर्ट लगाएको कैदीले उनलाई नियालिरहेको थियो । उनको आँखा त्यही कैदीमै पर्यो । कैदी अति नै हेन्डसम थियो । निलुले सोचिन् यति सुन्दर केटो को होला ? किन जेल पर्यो होला ? यति भद्र केटाले के अपराध गर्यो होला ? भन्ने उनको मनमा अनेक कुतुहल चल्यो ।

टाढैबाट निलु र कैदीको एक अर्कालाइ हेर्ने क्रम चलिरह्यो । टाढैबाटको हेराहेरले एकअर्काप्रतिको मनको तरङ्ग आदानप्रदान हुँदै थियो । यतिकैमा जेलर आफ्नो काम सकेर बाहिर निस्किए । बाबुछोरी एकै बाइकमा बसेर घरतिर लागे । निलुको मानसपटलमा त्यही हेन्डसम भद्र कैदीको मुहार घुमिरहेको थियो । निलुलाई उही कैदीका विषयमा बुझ्ने जिज्ञासा प्रबल भएर मनमा उर्लियो ।

उनले आफ्ना बाबाको बाइकमा पछाडि बसेर अलिकति डराउँदै आफ्ना बाबासँग सोधिन् । बाबा ! जेलभित्र निलो कपडा लगाएको एउटा मानिस हेर्दा कति भद्र लाग्छ, त्यति भद्र मानिसले के अपराध गर्यो होला र जेल पर्यो होला ? जेलरले आफ्नी छोरीसँग भने, छोरी म त्यस मानिसको सम्पूर्ण कुरा घर पुगेपछि तिमीलाई भन्छु । केही क्षणमा निलुको बाबाछोरी घरमा पुगे ।

खानपिन गरेर बाबुछोरी नै आराम गर्दै थिए । प्रसङ्वश फेरि निलुले त्यही कैदीको कुरा आफ्ना बाबासँग निकालिन् । त्यसपश्चात् जेलरले उही कैदीको बारेमा सम्पूर्ण विवरण निलुसँग बताए । निलु निक्कै ध्यान लगाएर सुन्दै गइन् । त्यो कैदी एक स्कुलको हेडमास्टर हो । उसले अङ्ग्रेजीमा एम.ए. गरेको छ । साधारण घरको छोरो हो । साथीसाथी झगडा हुँदा अर्कै साथीले साथीलाई रिसको झोँकमा हत्या गरेर भाग्यो । ऊ पनि सँगै भएका कारण त्यो केटो फँस्यो ।

अहिले उसको अदालतमा मुद्दा चलिरहेको छ भनेर जेलरले निलुलाई सुनाए । एक निर्दोष मानिसले सजाय भोगिरहेको कुरो सुनेर निलुलाई अझ कैदीप्रति माया जागेर आयो । दिनदिनै कलेज जाँदा निलुलाई उही कैदीलाई देख्ने इच्छा भयो र उनी केही बहाना गरेर आफ्ना बाबाको अफिस जान लागिन् । धेरैजसो कैदीको र निलुको देखादेख हुने गर्दथ्यो । यो क्रम जारी नै रयो । चारदिवारभित्रको पिँजडामा रहेका कैदीका मनमा निलुप्रति प्रबल प्रेम जागेर आयो ।

prisionनिलु पनि कैदीको प्रेममा डुब्दै गइन् । उनीहरु एकअर्कामा टाढाबाटै हुने गरेको हेराइका स्पर्सले एकअर्काप्रतिको चाहनालाई छर्लंग महसुस गरिरहन्थे । जतिजति दिनहरु बित्दै गए । प्रेमको गहिराइभित्र डुबेर लेखिएका प्रेमपत्र उनीहरुबीच आदानप्रदान हुन थाले । हरदम उही कैदीको निर्दोष मायालु मुहार निलुको मनासपटलमा घुमिरहन्थ्यो । उनीहरु दुवै एकअर्काप्रतिको कल्पनामा डुबेर रमाउँथे । कैयौँ सपनीहरुमा उनीहरुको भेट हुन्थ्यो ।

उनीहरुबीच भौतिक रुपमा भेट नभए पनि एकअर्काप्रतिको भावनाको सागरभित्र डुबुल्की मारिरहेका थिए । तर उनीहरुबीचको भेट आकाशको फल आँखा तरी मर् भनेको जस्तै थियो । दुवैबीचको अत्यधिक चाहनाले पानी विनाको माछा जस्तै दुवै छट्पटाइरहन्थे । एकअर्काको सम्झनामा दुवै जनाको भोक निन्द्रा सबै हरण भैसकेको थियो । उनीहरु दुवै एकअर्काप्रतिका रोगी भइरहेका थिए । दिनप्रतिदिन एकअर्काप्रतिको तड्पाइले सीमा नाघिसकेको थियो । यस्तै उनीहरु दुवैको जीवन अति कठिनाइसँग बित्दै थियो । आफ्नी छोरीको सम्पूर्ण प्रेमकहानी जेलरलाई थाहा भयो ।

जेलरले कैदीलाई धेरै टाढाको अर्कै जेलमा सरुवा गरिदिए । निलुलाई पनि उच्च शिक्षा हासिल गर्न U.S.A पठाइदिए । निलुको र कैदीको पत्राचारले निरन्तरता पाइरह्यो । भौगोलिक दूरीबाट उनीहरु टाढा भए पनि उनीहरुबीचको भावना र मनको निकटताले दुई मुटुलाई एकै बनाइरह्यो । उनीहरुले एकअर्कालाई लेखेका हरेक शब्दभित्र नै मिलनको मिठास पाउँथे ।

निलुलाई U.S.A को सुन्दर सहरमा पनि एक्लिएको र आफुपनि बन्दि भएको महसुस भईरयो ! यस्तै क्रम ६ वर्षसम्म निरन्तर चलीरयो ! यता कैदीपनि अदालतबाट सफाई पाएर जेल मुक्त भए ! निलुपनि नेपाल फर्किन् र उनीहरु दुबैको मिलन भयो ! जन्म जन्मौसम्म उनीहरु दुबैले एकसाथ रहने बाचा गर्दै जिन्दगीको सुरुवात गरे ! लामो समयको तड्पाई पश्चात उनीहरुले संसारकै सबैभन्दा खुसी प्राप्त गर्न सफल भए ! उनीहरुको प्रेमले सार्थकता पायो ! स्रोत : कल्पना खरेल/ सामाजिक सन्जालबाट

Loading...

यसमा तपाइको मत

साहित्य बाट अन्य

प्रकृति त आमा हुन, आश्रम किन पठायौ

Spread the loveप्रकृति र विनाश सन्दर्भः  विश्व वातावरण दिवस प्रकृति त वरदान हो, विनाश किन वनायौ । प्रकृति त जीवन हो, मृत्यु किन वोलायौ ।। प्रकृति त स्वर्ग हो, नर्क किन वनायौ ।। प्रकृति त...

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

Spread the love“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र...

बलत्कार पछि हत्या हुनु मेरो विचारमा राम्रै हो …

Spread the loveसम्माननीय बलत्कारी ज्युँ । तपाईंका यस्ता कार्यको सम्मान स्वरूप मलाई केही शब्द लेख्नु मन लाग्यो । बलत्कार पछि हत्या हुनु मेरो विचारमा राम्रै हो । तपाईं त बलत्कार गरेर फरार हुनु होला , माथि माथि चिनेका...

संस्कृति बचाँउ भन्दै कानून व्यवसायी शितलले ल्याइन तिज गित “लै वरि लै”

Spread the loveकाठमाण्डौ: शितल पाण्डे कानून ब्यवसाय सगै सांगितिक क्षेत्रमा सक्रिय रहेकी युवा कानून ब्यवसायी हुन । उनी पेशामा कानून व्यवसायी भए पनि सांगितिक क्षेत्रमा पनि शशक्त ढंगले उदाएकी आधुनिक गित र गजल गायिका...

सवैले देख्छन खुशीयाली, विछोड भएको देख्ने कसले ?

Spread the loveमेरी छोरी कविता मेरी छोरी आजको दिन हर्षको दिन तिम्रो नयाँ घर अनि संसार बन्ने दिन यो खुसीयालीको दिन आज खुसीको आँशु गहभरी छछल्किएको छ हिक्काहरु मुटु भरी अडकिएको छ शुभकामना मेरी छोरी तिमिलाई बैबाहिक बन्धनको तिमि भन्न सक्दिनौ केही पनि बोल्न सक्दिनौ तिमि...

सम्वन्धको समाप्तीसँगै मुसुक्क मुस्कुराई “ह्याप्पी डिभोर्स” भन्न सकियोस

Spread the loveह्याप्पी डिभोर्स कथा  निकै लामो समय पछी मृजनसंग मेरो भेट बाटोमा अचानक हुन्छ। भेटेर हामी खुशी भयौ। म उसैको घर गए। घर चकमन्न, कोही थिएन। मैले सोधे  मृजन  भाउजु खै ? उसले के भनु ?...

“तिज विकृती होइन संस्कृती हो” भन्दै शितलको गित बजारमा

Spread the loveकाठमाण्डौ: शितल पाण्डे कानून ब्यवसायी सँगै सांगितिक क्षेत्रमा सक्रिय रहेकी युवा कानून ब्यवसायी हुन । उनी अदालतदेखि कानूनका धारा उपधाराको संयोजन मिलाउदै वहस मात्र गर्ने होइन संचारमाध्यममा विभिन्न प्रकारका गित संगीतको माध्ययमबाट...

बहुमुखी प्रतिभा सोनीको नयाँ पप गीत

Spread the loveप्रकाश समीर- काठमाडौ: भनिन्छ, कला, साहित्य र संगीतको कुनै जात, धर्म, वर्ण हुदैन । कला सबैमा हुन्छ । कसैसंग हाल्ने कला होला, कसैसंग नाँच्ने, केही संग गाउने, केही संग लेख्ने । प्रकृतिले...

कानूनी क्षेत्र प्यारो लागेकी नानीको अभिनय यात्रा

Spread the loveकाठमाडौं:  बिगत लामो समयदेखी नाट्य क्षेत्रमा काम गर्दै आईरहेकी नानी थापा यतिबेला कलाकारिताको अर्को खुडकिला पार गर्न सफल भएकी छिन । सिन्धुपाल्चोकमा हुर्किएकी नानीको सानै देखी कलाकारितामा रुचि र लगाव थियो । नानीलाई...