गेनलालप्रसाद न्याय माग्दै एमाले मुख्यालय बल्खु

Loading...
Spread the love

जेठ १८, काठमाडौं । सामाजिक संजाल फेसबुकमा गृहमन्त्री वामदेव गौतमबिरुद्ध कडा कमेन्ट गरेको भन्दै कार्बाहीका लागि प्रहरी हिरासतमा रहेका राजुप्रसाद शाहका बुबा गेनलालप्रसाद साह आफ्ना छोरालाई कारबाही नगर्न अनुनय विनय गर्दै एमाले पार्टी कार्यालय बल्खु पुगेका छन्। न्याय आजकाल न्यायलयवाट हैन पार्टीकार्यलयमा नै रहन थालेको छ न्याय । कानूनको शासन र कानूनका अगाडी सवै समान भन्ने कानूनका मान्य सि४ान्तहरु विस्तारै छायाँ पर्दे जानेत हाइनन ?? यो विषय विस्तारै गम्विर वन्दै गएको देखिन्छ ।

बारा पिपराडी ४ घर भई इलाका प्रशासन कार्यालय लहान सिरहामा कार्यरत प्रशासकीय अधिकृत २७ वर्षीय राजुलाई प्रहरीको बिशेष अनुसन्धान ब्युरो सिआईबीले गत शुक्रबार बिहान १० बजे नियन्त्रणमा लिएको थियो।

छोरा पक्राउ परेको खबर उनले शनिबार दिउँसो २ बजे छोराको साथी मार्फत थाहा पाएका थिए।

त्यसपछि उनी एमाले बारा जिल्ला सदस्य सकलराम यादवको सहयोगमा छोरालाई कारबाही नगर्न माग गर्दे गृहमन्त्रीलाई भेट्न एमाले पार्टी कार्यालय बल्खु पुगेका हुन्।

गृहमन्त्री वामदेव गौतमलाई भेट्न उनी बिहान १० बजे एमाले पार्टी कार्यालय पुगेका थिए।

केन्द्रीय समिति बैठकमा सहभागी हुन गृहमन्त्री दिउँसो एक बजे पार्टी कार्यालय छिरेलगत्तै उनले केही भनाइ राख्न मात्र के खोजेका थिए, तर सुरक्षाकर्मीले उनलाई पन्छाइदिए।

त्यसपछि गृहमन्त्रीको पछिपछि लाग्दै उनी गए। पार्टी कार्यालयको तेस्रो तल्लामा पुगेपछि उनले गृहमन्त्रीसँग सहयोगको लागि आखाँभरि आँसु पार्दै कारबाही नगर्न आग्रह गरे। कुरा सुनेपछि गृहमन्त्री गौतमले स्वकीय सचिव बिनय बिष्टलाई देखाउँदै सबै कुरा उनलाई सुनाउन गेनलाललाई भने।

त्यसपछि गौतमका स्वकीय सचिव बिष्टलाई गेनलालले छोराले एकपटक गल्ती गरेको भन्दै कारबाही नगर्न आग्रह गरे।

जवाफमा गौतमका स्वकीय सचिव बिष्टले राजु शाहले गृहमन्त्रीविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै नियन्त्रणमा लिएको बताए। उनलाई साइबर क्राइममा मुद्दा चलाइन लागेको पनि बिष्टले जानकारी गराए।  ुमन्त्रीज्यू पनि राजुलाई कारबाही
गर्ने मुडमा हुनुहुन्छ,ु बिष्टले भने, ुअब कुनै हालतमा उनलाई माफी हुन्न।ु बिष्टको कुरा सुनेपछि बाबु गेनलाल आँशु झार्दै तल झरेका थिए।

गृहमन्त्री गौतमले काठमाडौंको रत्नपार्कमा डोरी नाघ्दै गरेको तस्बिरमा राजुले गौतमलाई पछाडिबाट गोली ठोक्नुपर्ने कमेन्ट गरेका थिए।

त्यसपछि वामदेव गौतमले साहलाई जसरी भएपनि पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएका थिए।

बारा पिपराडी ४ घर भएका साह आफन्तको विवाहका लागि ३ दिने विदामा लहानबाट बारा आएका बेला पक्राउ परेका हुन्। पक्राउ परेलगत्तै उनलाई शुक्रबार मध्यान्ह सिमराबाट प्रहरीले हवाइजहाज मार्फत काठमाडौं ल्याएको थियो।

साहलाई अहिले सिआइबीले आफ्नो कार्यालय महाराजगंजमा नियन्त्रणमा राखेको छ।

गृहमन्त्रीसँग छोरालाई कारबाही नगर्न आग्रह गरेपछि उनी छोरा भेट्न महाराजगंज पुगेका छन्।

गेनलालका २ छोरामध्ये राजु जेठो हुन्। ४ वर्षअघि सरकारी सेवामा प्रवेश गरेका राजुका एक छोरा छन्। फेसबुकमा कमेन्ट गरेकै भरमा छोराको सरकारी जागिर जाने हो कि भन्ने चिन्तामा गेनलाल छन्। राजु पक्राउ परेपछि उनका परिवारका सबै चिन्तामा छन्। ुछोरा पक्राउ परेको खबर थाहा पाएपछि भान्सामा आगो बलेको छैन,ु गेनलालले भने, ुघरकी जहान  र बुहारीका आँखा ओभाएका छैनन्।ु

Loading...

यसमा तपाइको मत

main बाट अन्य

श्रीमान मेरो पक्षलाई हदै सम्म सजाय गरियोस

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

संगठित अपराध; भ्रम र यथार्थ

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

हाम्रो स्वाभिमानका लागि भारत सङ्ग कुरागर्ने हिम्मत गर्नु पर्छ

Spread the loveएउटा भनाइ छ, अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ। जब राज्य कम्जोर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, रास्ट्रले अन्तरास्ट्रिय साख गुमाउंछ। अहिले हाम्रो अवस्था यस्तै हो। जब रास्ट्र अपमानित...

पशुपतिमा अन्याय भयो भनी कराइरहेकालाई जग्गा दिलाउने न्याय

Spread the loveहरि प्रसाद प्रधान नेपालमा प्रधान न्यायालयको प्रधान न्यायाधीश बनाउन भारतवाट झिकाइएका थिए । सो प्रयोजनका लागि उक्त पदका लागि लायक नेपाली नपाइए बिदेशी नागरिकलाई नियुक्त गर्न सकिने गरी नेपालको अन्तरीम शासन ऐन,...

विकल्प नसोचिएको दल र कार्यकर्ताको हित हुने प्रणाली

Spread the loveनेपालमा अवको शासकिय स्वरुप कस्तो वन्नु पर्दछ भन्ने वहश चलिरहेको सन्दर्भमा आफनै देशमा प्रयोग गरिएको प्रणाली र विश्वका विभिन्न राज्यले गरेकोे प्रयोग अनि त्यसको परिणाम हाम्रो लागि वास्तविक प्रयोगशालामा परिक्षण पश्चातका ब्यवाहारिक...

फोरम द्वारा १ दिने अन्तरकृया सम्पन्न

Spread the love पर्यटन ब्यवसायको क्षेत्रमा कार्यरत कानून ब्यवसायीहरुको संस्था टुरिजम लयर्स फोरम नेपालले नेपालको कर प्रणाली, कानून र पर्यटन ब्यवसाय बिषयक एक दिने अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । कर्यक्रममा बौद्ध, सिनामंगल, गौसाला तथा...

मुलुकी संहिता लागू भएसँगै १४ वटा ऐन खारेज, ३६ वटा संशोधन

Spread the loveकाठमाडौं जंगबहादुर राणाले १६५ वर्षअघि लागू गरेको मुलुकी ऐन गत भाद्र १ गतेदेखि विधिवत रुपमा खारेज भएको छ । भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी ऐन मुलुकी देवानी (संहिता) ऐन,...

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

Spread the love“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र...

निर्मला ! तिमीले सुतेकाहरुलाई उठाएकी छौ

Spread the loveसमाजमा हुने घटनाले मानिसमा पारेको प्रभाव पिडा वनेर ब्यक्त हुन्छ । त्यही पिडा कतै कथा, कविता र विभिन्न भावमा प्रस्फुटन हुन्छ । निर्मला पन्तको हत्या र अपराधीलाई बचाउन अपारध नियन्त्रण गर्ने अधिकार...

पर्यटन कानून मसौदाको लागि छलफल कार्यक्रम सम्पन्न

Spread the love काठमाण्डौ ठमेल स्थित होटल बैसालीमा प्रदेश नं. ३ का उद्योग, पर्यटन तथा वातावरण समिती, पर्यटन विज्ञ, ब्यवसायी र पर्यटन क्षेत्रमा कार्यरत कानून ब्यववसायी विच प्रदेशले वनाउने पर्यटन कानून, यसको तर्जुमा र प्रभावकारी...