संविधानको प्रस्तावित मस्यौदा संसोधन गर्नुपर्ने : अख्तियार

Loading...
Spread the love

असार ३१, काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ संविधानको प्रस्तावित मस्यौदामा आयोगको क्षेत्राधिकार सङ्कुचित गर्ने गरी ल्याइएको भन्दै त्यसलाई तत्काल संशोधन गर्न सुझाव दिएको छ ।

aakhtiyarनेपालको अन्तरिम संविधान, २०६३ को धारा १२० को उपधारा (१) मा आयोगको क्षेत्राधिकारभित्र अनुचित कार्य र भ्रष्टाचार दुबै रहेकामा हाल प्रस्तावित मस्यौदामा ‘अनुचित कार्य’सम्बन्धी क्षेत्राधिकार घटाइएको भन्दै त्यसलाई यथावत् राख्न आयोगले माग गरेको छ ।

आयोगले बुधबार जारी गरको विज्ञप्तिमा भनिएको छ, “आयोगको कार्यक्षेत्र र दायरा अझै व्यापक र वृद्धि गर्नुपर्नेमा हाल प्रस्तावित संविधानको मस्यौदामा आयोगको क्षेत्राधिकारलाई सङ्कुचन गर्ने प्रस्ताव गर्नु कदापि उपयुक्त हुँदैन । २०६३ सालको संविधानमा व्यक्त भएको आयोगसम्बन्धी व्यवस्थालाई कम्तिमा पनि यथावत राखी आयोगको क्षेत्राधिकारभित्र ‘अनुचित कार्य’समेत रहने गरी आगामी संविधानमा व्यवस्था गर्न उपयुक्त हुन देखिन्छ ।”

नेपालले भ्रष्टाचारविरुद्ध जनाएको अन्तर्राष्ट्रिय प्रतिबद्धता अनुरुप सरकारी सार्वजनिक निकायका अलावा निजी क्षेत्र, बैङ्किङ, आर्थिक र वित्तीय क्षेत्रका साथै अरु बाँकी सार्वजनिक क्षेत्रसमेत आयोगको अनुसन्धानको दायरामा समेटिनुपर्ने माग आयोगले गरेको छ ।

आयोगको विज्ञप्तिमा भिनएको छ, “प्रस्तावित संविधानको धारा २३८ को उपधारा (१) मा कुनै सार्वजनिक पद धारण गरेको व्यक्तिले भ्रष्टाचार गरी अख्तियारको दुरुपयोग गरेको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कानुनबमोजिम अनुसन्धान गर्न वा गराउन सक्नेछ भन्ने व्यहोराको सट्टा कुनै सार्वजनिक पद धारण गरेको व्यक्तिले अनुचित कार्य वा भ्रष्टाचार गरी अख्तियारको दुरुपयोग गरेको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कानुनबमोजिम अनुसन्धान गर्न वा गराउन सक्नेछ भनी व्यवस्था गर्नु उपयुक्त हुन्छ ।”

प्रस्तावित संविधानको धारा २३८ को उपधारा (१)को प्रतिवन्धात्मक वाक्यांमा अन्य कानुनले छुट्टै विशेष व्यवस्था भएको पदाधिकारीको हकमा धारा २३८ को उपधारा (१) लागू हुने छैन भनी उल्लेख गरेकामा सो व्यवस्था संविधानको मस्यौदाबाट हटाउनु उपयुक्त हुने आयोगले जनाएको छ।

त्यसैगरि आयोगमा नियुक्त हुने पदाधिकारी अनुभवी र परिपक्व हुनु उपयुक्त हुने हुँदा प्रस्तावित धारा २३७ को उपधारा (५) को (घ) मा भएको ४० वर्षको सट्टा ४५ वर्ष गर्न उपयुक्त हुने आयोगको भनाइ छ ।

Loading...

यसमा तपाइको मत

अन्य समाचार बाट अन्य

खरेलद्वार सरकारी वकील संयुक्त कार्यालयको शिलान्यास

Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

भारत र नेपालको सम्वन्ध बल्ल तल्ल बराबरीमा उक्लिएको छ

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

नेपालले वनाएको कोरोनाको भ्याक्सिनमा WHO को चासो

Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको  छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

सत्ता भन्दा देश प्यारो देख्ने एउटा बिरेन्द्रको खोजी

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

नयाँ नक्शाले समेटेका आदि कैलाश र ॐ पर्वत लिपुलेक कै सान 

Spread the love   सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

कानून ब्यवसयी विपत राहात कोषमा १५ लाख सम्मको सहयोग

Spread the love नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ । विभिन्न सुझाव सहित राहात गरेको...

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार विरुद्ध चौधरी पुगे अख्तियार

Spread the loveकाठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ...

न्यायाधीश जोशीलाई इजलास नतोक्नु संसदको सम्मान हो: प्रधानन्यायधिस राणा

Spread the loveकाठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर...

स्थानीय सरकारलाई शिक्षा सम्वन्धि कानून बनाउन वन्देज

Spread the loveकाठमाडौं: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकारलाई शिक्षा सम्बन्धि कानून तर्जुमा गर्न वन्देज लगाएको छ । संविधानले विद्यालय शिक्षाका अधिकार स्थानीय सरकार मातहत गरे पनि संघीय मन्त्रालयले मन्त्री स्तरीय निर्णय...