साहित्य, पत्रकारिता र कानुनी कर्मबाट नेपाली नागरिक अधिकारका लागि खरो ढंगले आफूलाई समर्पित गरिरहेको नवयुवा कालमै गम्भीर ढंगले मिर्गौला रोगका कारण अस्वस्थ्य हुनुभएका पत्रकार विजयकुमार पोखरेल (विके पाल्लाली)लाई आर्थिक अभावले कारण उपचार हुन नसकी नेपाल र्फकाईएको छ ।
सहयोगी हातहरुका केही प्रयासले उहाँलाई थप उपचारको लागि नेपालमा उपचारको संभावना नभएपछि दुई महिना अघि थोरै खर्च जुटाएर दिल्लीको बेदान्त अस्पतालमा लगिएकोमा खर्च अभावकै कारण नेपाल फिर्ता गरिएकोले अझ गम्भीर स्थिति भएको छ । पाल्पालीको उपचारमा क्रमिक सुधार भएपनि आर्थिक अभाव कारण नेपाल फर्काउन बाध्य भएको उहाँकी पत्नी पत्रकार रेणुका भट्टराईले बताउनु भयो ।
उपचारको सम्भावना हँदा हँदै पनि उपचार खर्च नहुदाँ नेपाल फर्काइएको पाल्पालीको स्वास्थ्य स्थिति थप चिन्ताजनक बन्दै गएकोमा परिवारजन पनि आतेसमा परेका छन् ।
यस अघि कुनै खास रोग नदेखिएका पाल्पालीलाई एक्कासी ज्वरो आएपछि अस्पताल लगिएकोमा सबै परीक्षणपछि दुबै मिर्गौलामा गहिरो असर देखिएको थियो ।
पाल्पाली अहिले सामान्य हिडडुल समेत गर्न नसक्ने अवश्थामा पुग्नु भएको छ । मधुमेह र उच्च रक्तचापले समेत ग्रसित पाल्पाली उपचारको लागि छिटै दिल्ली जानुपर्नै भएपनि खर्च अभावमा छट्पटाई रहनु भएको छ ।
विरामी बुबाको छेउमा आमासँगै हेरिरहेकी एकदमै राम्रो पढाइ भएकी उनकी सानी एउटी मात्र छोरीलाई देख्दा आँखा नरसाउने मान्छे कोही हुँदैनन् । बाबा आमा नै पत्रकारितामा रहेका पाल्पाली जोडीकी एक्ली सानी छोरीलाई आमाले पनि विरामी बाबाको स्याहार गर्नु पर्ने भएकोले ख्याल पुग्न सकेको छैन । यतिबेला आमा रेणुकाका पनि काम चौपट भएका छन् र आम्दानी पनि शून्य अवस्थामा पुगेको छ ।
पाल्पालीको जीवन बचाउ अभियानमा सबैको साथ र सहयोग प्राप्त भए अवश्य पनि यो एउटा समाजको ऐनाले नयाँ जीवन पाउनेछ । सहयोग गर्न चहानुहुने सम्पूर्ण नेपाली दाजुभाई तथा विदेशमा रहनुभएका शभेच्छुक दाजुभाइहरुले निम्न खाता नम्बरमा सक्दो रकम सहयोग गरिदिनु हुन हार्दिक अनुरोध छ । _(रेणुका भट्टराई प ४७१५९ क् कुमारी बैंक र रेणुका भट्टराई –०२०–२१७४१० किष्ट बैंक) इमेल मार्फत nebomedia@yahoo.com, renukabhattarai2013@yahoo.com मा सम्पर्क गर्न नेपाल कानुन डट कम परिवार पनि सबैमा विनम्र अनुरोध गर्दछ ।
यसमा तपाइको मत
साहित्य बाट अन्य

Spread the loveप्रकृति र विनाश सन्दर्भः विश्व वातावरण दिवस प्रकृति त वरदान हो, विनाश किन वनायौ । प्रकृति त जीवन हो, मृत्यु किन वोलायौ ।। प्रकृति त स्वर्ग हो, नर्क किन वनायौ ।। प्रकृति त...

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

Spread the love“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र...

Spread the loveसम्माननीय बलत्कारी ज्युँ । तपाईंका यस्ता कार्यको सम्मान स्वरूप मलाई केही शब्द लेख्नु मन लाग्यो । बलत्कार पछि हत्या हुनु मेरो विचारमा राम्रै हो । तपाईं त बलत्कार गरेर फरार हुनु होला , माथि माथि चिनेका...

Spread the loveकाठमाण्डौ: शितल पाण्डे कानून ब्यवसाय सगै सांगितिक क्षेत्रमा सक्रिय रहेकी युवा कानून ब्यवसायी हुन । उनी पेशामा कानून व्यवसायी भए पनि सांगितिक क्षेत्रमा पनि शशक्त ढंगले उदाएकी आधुनिक गित र गजल गायिका...

Spread the loveमेरी छोरी कविता मेरी छोरी आजको दिन हर्षको दिन तिम्रो नयाँ घर अनि संसार बन्ने दिन यो खुसीयालीको दिन आज खुसीको आँशु गहभरी छछल्किएको छ हिक्काहरु मुटु भरी अडकिएको छ शुभकामना मेरी छोरी तिमिलाई बैबाहिक बन्धनको तिमि भन्न सक्दिनौ केही पनि बोल्न सक्दिनौ तिमि...

Spread the loveह्याप्पी डिभोर्स कथा निकै लामो समय पछी मृजनसंग मेरो भेट बाटोमा अचानक हुन्छ। भेटेर हामी खुशी भयौ। म उसैको घर गए। घर चकमन्न, कोही थिएन। मैले सोधे मृजन भाउजु खै ? उसले के भनु ?...

Spread the loveकाठमाण्डौ: शितल पाण्डे कानून ब्यवसायी सँगै सांगितिक क्षेत्रमा सक्रिय रहेकी युवा कानून ब्यवसायी हुन । उनी अदालतदेखि कानूनका धारा उपधाराको संयोजन मिलाउदै वहस मात्र गर्ने होइन संचारमाध्यममा विभिन्न प्रकारका गित संगीतको माध्ययमबाट...

Spread the loveप्रकाश समीर- काठमाडौ: भनिन्छ, कला, साहित्य र संगीतको कुनै जात, धर्म, वर्ण हुदैन । कला सबैमा हुन्छ । कसैसंग हाल्ने कला होला, कसैसंग नाँच्ने, केही संग गाउने, केही संग लेख्ने । प्रकृतिले...

Spread the loveकाठमाडौं: बिगत लामो समयदेखी नाट्य क्षेत्रमा काम गर्दै आईरहेकी नानी थापा यतिबेला कलाकारिताको अर्को खुडकिला पार गर्न सफल भएकी छिन । सिन्धुपाल्चोकमा हुर्किएकी नानीको सानै देखी कलाकारितामा रुचि र लगाव थियो । नानीलाई...