बजेटमाथिको विवाद समाधान

Loading...
Spread the love

श्रावण १, काठमाण्डौ । एमालेले अघि सारेका धेरै माग बजेटमा समावेश गर्न अर्थमन्त्री डा. रामशरण महत तयार भएपछि बजेटमाथिको विवाद मिलेको छ । सहमतिसँगै संसदबाट पेस्की खर्च विधेयक पारित भएको छ ।

संयुक्त सरकारको भावनाविपरीत बजेटमा कांग्रेसीकरण भएको भन्दै एमालेले विरोध जनाएको थियो । बिहीबार बसेको एमाले स्थायी समिति बैठकले बजेटका विषयमा अर्थमन्त्रीसँग छलफल गर्न उपमहासचिव विष्णु पौडेल, स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे र प्रमुख सचेतक अग्नि खरेल रहेको कार्यदल बनाएको थियो ।

कार्यदलले अर्थमन्त्री महतसँग छलफल गरेको थियो । मध्यपहाडी लोकमार्गलाई पुष्पलाल नामकरण गर्न, मदन भण्डारीको नाममा झापामा रंगशाला निर्माण गर्नेलगायतका विषयमा अर्थमन्त्री तयार भएपछि सहमति भएको हो ।

एमालेले उठाएको वृद्धवृद्धासँग मनमोहन कार्यक्रम भने बजेटमा नराखिने भएको छ । बरु, मनमोहन सरकारका पालामा सुरु भएको आफ्नो गाउँ आफैँ बनाऊँ कार्यक्रमलाई भने निरन्तरता दिइने भएको छ ।

‘हामीले भनेका सबै कुरा त सम्बोधन भएनन्, तर धेरै कुरा सम्बोधन गर्न अर्थमन्त्री तयार हुनुभयो, अब बजेट पास हुनबाट रोकिँदैन,’ कार्यदलका सदस्य पौडेलले भने ।

कांग्रेसका दिवंगत सभासद् हरि खड्कासँग तुलना गरेर मदन भण्डारीको अपमान गरिएको, मध्यपहाडी राजमार्गबाट पुष्पलालको नाम हटाइएको भन्दै एमालेले चर्को आपत्ति जनाएको थियो । संशोधन नगरिए संसद्बाट बजेट पारित हुन नदिने एमालेको रणनीति थियो ।

बजेटमा कांग्रेस नेताहरू बिपी कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंहलगायतका नाममा मात्रै कार्यक्रम राखिएकोप्रति एमालेले आपत्ति जनाएको थियो । नयाँ पत्रिका

Loading...

यसमा तपाइको मत

अन्य समाचार बाट अन्य

खरेलद्वार सरकारी वकील संयुक्त कार्यालयको शिलान्यास

Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

भारत र नेपालको सम्वन्ध बल्ल तल्ल बराबरीमा उक्लिएको छ

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

नेपालले वनाएको कोरोनाको भ्याक्सिनमा WHO को चासो

Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको  छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

सत्ता भन्दा देश प्यारो देख्ने एउटा बिरेन्द्रको खोजी

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

नयाँ नक्शाले समेटेका आदि कैलाश र ॐ पर्वत लिपुलेक कै सान 

Spread the love   सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

कानून ब्यवसयी विपत राहात कोषमा १५ लाख सम्मको सहयोग

Spread the love नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ । विभिन्न सुझाव सहित राहात गरेको...

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार विरुद्ध चौधरी पुगे अख्तियार

Spread the loveकाठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ...

न्यायाधीश जोशीलाई इजलास नतोक्नु संसदको सम्मान हो: प्रधानन्यायधिस राणा

Spread the loveकाठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर...

स्थानीय सरकारलाई शिक्षा सम्वन्धि कानून बनाउन वन्देज

Spread the loveकाठमाडौं: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकारलाई शिक्षा सम्बन्धि कानून तर्जुमा गर्न वन्देज लगाएको छ । संविधानले विद्यालय शिक्षाका अधिकार स्थानीय सरकार मातहत गरे पनि संघीय मन्त्रालयले मन्त्री स्तरीय निर्णय...