पूर्वी पहाडको यथार्थ कथा मञ्‍चमा

Loading...
Spread the love

सहर नै लैंगिक भेदभावरहित बन्‍न नसकेको नेपालका गाउँको अवस्था त झनै नाजुक छ । पूर्वी पहाडका लिम्बू समुदाय अन्य समुदायको तुलनामा यो विषयमा अलि खुला रहेछन् ।

इलाम-पाँचथरको एउटा गाउँको कथा लाटो पहाड मा लिम्बू समुदायको यथार्थ भेटिन्छ । यतिबेला राजधानीको शिल्पि थिएटरमा यही शीर्षकमा नाटक मञ्चन भइरहेको छ। नाटकमा लिम्बू समुदायको संस्कृतिसँगै यहाँको लैंगिक विभेद देखिन्छ ।

Lato pahad Dramaनाटककी पात्र मनमाया विद्यालय नगई सानो भाइ हेरेर बस्छे । उसको अर्को भाइलाई बाबुआमाले विद्यालय पठाएका छन्। तर आर्थिक अभावले गर्दा छोरीलाई भने विद्यालय पठाउन सकेनन् ।

मनमायाको बाबुआमाको पहिलो प्राथमिकतामा छोराको शिक्षा पर्‍यो । गरिबीका कारण छोराछोरीलाई राम्रो शिक्षा दिन नपाउँदा दुःखी भएका मनमायाका बाबुआमाले कडा मेहनत गरेर भए पनि सन्तान्तलाई शिक्षा दिने चाहना भने अभिव्यक्त गरेका छन् ।

छोराको आसमा पाँचवटी छोरी जन्माइसकेको तर अझै छोराको जन्माउने आस नछोडेको एक पात्रलाई पनि नाटकमा देखाइएको छ । छोरा पाउने आशामा धर्मै परिवर्तन गर्न पनि पछि नपर्ने सामाजिक यथार्थलाई बलियो रूपमा प्रस्तुत गरिएको छ ।

उपेन्द्र सुब्बाको मनमाया र प्रभु माइला कथालाई नाट्य रूपान्तरण गरी तयार पारिएको यस नाटकले धर्मप्रचारमाथि पनि गतिलो व्यंग्य प्रहार गरेको छ । शिक्षाको घेराभन्दा पर रहेका गाउँलेलाई पैसा र अन्य प्रलोभनमा धर्म परिवर्तन गर्न लगाउने धर्म प्रचारकको शैलीलाई दुरुस्तै देखाइएको छ ।

आफ्नो धर्ममाथि धावा बोलेर धर्म प्रचार गर्न आउनेलाई एक गाउँले युवकले राम्रै सबक सिकाउँछ । कथाकार सुब्बा आफैं लिम्बू समुदायका, कथा पनि उनले आफ्नो परिवारको लेखेका रहेछन् ।

आफ्नै दुई दिदीहरू विद्यालय जान नपाएको कथालाई उनले मनमाया शीर्षक दिएका रहेछन् । विकासको लहरले नछोएको गाउँका अशिक्षित गाउँलेहरू तराई झरेर मजदुरी गर्दा बुझिनबुझी राजनीतिका कुरा पनि गर्न भ्याउँछन् ।

सकिनसकी भीरको बाटो भारी बोकेर जीविका चलाउनेहरूको प्राण पखेरु कुन समयमा त्यही भीरमा उड्ने हो थाहा हुँदैन । मनमायाको बाबु पनि भीरबाट खसेर मरेपछि उसका विद्यालय जाने, नयाँ लुगा लगाउने उत्साह तुहिन्छन् । घरमा कमाउने मान्छे नभएपछि ऊ पनि भरिया बन्न बाध्य हुन्छे, फेरि अर्की मनमायाकी आमा बन्न उसको यात्रा सुरु हुन्छ ।

मनमाया र प्रभु माइला दुवै यथार्थ कथालाई नाट्य रूपान्तरण गरेका हुन् घिमिरे युवराजले । किरण चाम्लिङ राईको निर्देशनमा तयार भएको नाटकमा डोल्मा तामाङ, अंकिता राई, निर्भीक राई, निर्मला लिम्बू, जीवन बराल, सोनाम तामाङ, विजय लामा लगायतका कलाकारको अभिनय रहेको छ ।

भेषभूषा, भाषा, संगीत, निर्देशकीय पाटो, मञ्च सजावट सबै हिसाबले नाटक बलियो छ । करिब एक घन्टा १५ मिनेटको समयमा नाटकको हरेक दृश्य रोचक लाग्छ ।

जाँड खाने, गीत गाउने, नाच्ने अनि फेरि जाडको मातमा झगडा गर्ने सामाजिक यथार्थलाई हँसाइहँसाई प्रस्तुत गरिएको छ । गरिबीको मर्मले दर्शकलाई केही समय भावुक पनि बनाउँछ। बुधबारदेखि सुरु भएको नाटक साउन १८ गतेसम्म मञ्चन हुनेछ ।

http://www.annapurnapost.com/News.aspx/story/14991

Loading...

यसमा तपाइको मत

साहित्य बाट अन्य

प्रकृति त आमा हुन, आश्रम किन पठायौ

Spread the loveप्रकृति र विनाश सन्दर्भः  विश्व वातावरण दिवस प्रकृति त वरदान हो, विनाश किन वनायौ । प्रकृति त जीवन हो, मृत्यु किन वोलायौ ।। प्रकृति त स्वर्ग हो, नर्क किन वनायौ ।। प्रकृति त...

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

Spread the love“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र...

बलत्कार पछि हत्या हुनु मेरो विचारमा राम्रै हो …

Spread the loveसम्माननीय बलत्कारी ज्युँ । तपाईंका यस्ता कार्यको सम्मान स्वरूप मलाई केही शब्द लेख्नु मन लाग्यो । बलत्कार पछि हत्या हुनु मेरो विचारमा राम्रै हो । तपाईं त बलत्कार गरेर फरार हुनु होला , माथि माथि चिनेका...

संस्कृति बचाँउ भन्दै कानून व्यवसायी शितलले ल्याइन तिज गित “लै वरि लै”

Spread the loveकाठमाण्डौ: शितल पाण्डे कानून ब्यवसाय सगै सांगितिक क्षेत्रमा सक्रिय रहेकी युवा कानून ब्यवसायी हुन । उनी पेशामा कानून व्यवसायी भए पनि सांगितिक क्षेत्रमा पनि शशक्त ढंगले उदाएकी आधुनिक गित र गजल गायिका...

सवैले देख्छन खुशीयाली, विछोड भएको देख्ने कसले ?

Spread the loveमेरी छोरी कविता मेरी छोरी आजको दिन हर्षको दिन तिम्रो नयाँ घर अनि संसार बन्ने दिन यो खुसीयालीको दिन आज खुसीको आँशु गहभरी छछल्किएको छ हिक्काहरु मुटु भरी अडकिएको छ शुभकामना मेरी छोरी तिमिलाई बैबाहिक बन्धनको तिमि भन्न सक्दिनौ केही पनि बोल्न सक्दिनौ तिमि...

सम्वन्धको समाप्तीसँगै मुसुक्क मुस्कुराई “ह्याप्पी डिभोर्स” भन्न सकियोस

Spread the loveह्याप्पी डिभोर्स कथा  निकै लामो समय पछी मृजनसंग मेरो भेट बाटोमा अचानक हुन्छ। भेटेर हामी खुशी भयौ। म उसैको घर गए। घर चकमन्न, कोही थिएन। मैले सोधे  मृजन  भाउजु खै ? उसले के भनु ?...

“तिज विकृती होइन संस्कृती हो” भन्दै शितलको गित बजारमा

Spread the loveकाठमाण्डौ: शितल पाण्डे कानून ब्यवसायी सँगै सांगितिक क्षेत्रमा सक्रिय रहेकी युवा कानून ब्यवसायी हुन । उनी अदालतदेखि कानूनका धारा उपधाराको संयोजन मिलाउदै वहस मात्र गर्ने होइन संचारमाध्यममा विभिन्न प्रकारका गित संगीतको माध्ययमबाट...

बहुमुखी प्रतिभा सोनीको नयाँ पप गीत

Spread the loveप्रकाश समीर- काठमाडौ: भनिन्छ, कला, साहित्य र संगीतको कुनै जात, धर्म, वर्ण हुदैन । कला सबैमा हुन्छ । कसैसंग हाल्ने कला होला, कसैसंग नाँच्ने, केही संग गाउने, केही संग लेख्ने । प्रकृतिले...

कानूनी क्षेत्र प्यारो लागेकी नानीको अभिनय यात्रा

Spread the loveकाठमाडौं:  बिगत लामो समयदेखी नाट्य क्षेत्रमा काम गर्दै आईरहेकी नानी थापा यतिबेला कलाकारिताको अर्को खुडकिला पार गर्न सफल भएकी छिन । सिन्धुपाल्चोकमा हुर्किएकी नानीको सानै देखी कलाकारितामा रुचि र लगाव थियो । नानीलाई...