जनताको धारणा बुझ्ने प्रयास आधुनिक र उच्च लोकतान्त्रिक अभ्यास : प्रधानमन्त्री

Loading...
Spread the love

साउन ४, काठमाण्डौं । प्रधानमन्त्री सुशील कोइरालाले सम्पूर्ण नेपालीहरुको नाममा सम्बोधन गर्दै संविधानको मस्यौदामा सुझाव दिन अपील गरेका छन् । मस्यौदामाथि निर्वाचन क्षेत्र तहमा छलफल गर्ने भनिएको आज र भोलिलाई संकेत गर्दै उनले हिजो अपील गरेका हुन् । सो अपीलको पूर्णपाठ स्

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु,

constitutionनेपाली जनताको आफैले संविधान निर्माण गर्ने ऐतिहासिक चाहना करिब एक शताब्दी लामो संघर्ष र राजनीतिक आरोह–अवरोह पश्चात अब चाँडै साकार हुने अवस्था आएको छ । जनताको अधिकार स्थापित गर्नका लागि २००७ सालको क्रान्तिदेखि निरन्तर रुपमा नेपाली कांग्रेसले संघर्षको नेतृत्व गर्दै आएको छ । नेपाली जनताको अभूतपूर्व सहभागितामा २०७० साल मंसिर ४ गते सम्पन्न संविधानसभाको निर्वाचन र जनादेश अनुरुप गठित संविधानसभाले संविधानको पहिलो मस्यौदा पारित गरी राय सुझावका लागि तपाईंहरु समक्ष पुर्‍याएको छ । यस मस्यौदामाथि निर्वाचन क्षेत्र तहमा छलफल गर्ने कार्यक्रम श्रावण ४ र ५ गते तोकिएको छ ।

यसरी मस्यौदा पारित गरी जनताको धारणा बुझ्ने यो प्रयास आधुनिक र उच्च लोकतान्त्रिक अभ्यास हो भन्ने मैले बुझेको छु । संघीयता, गणतन्त्र र समावेशिता सहितको लोकतान्त्रिक व्यवस्थाको जन चाहना र उपलब्धि संविधानसभाबाट पारित पहिलो मस्यौदामा लिपिबद्ध गरिएको छ । यो मस्यौदा संविधानसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरुको सहमतिको पनि दस्तावेज भएकोले यसका कतिपय प्रावधानहरु र धाराहरुमा सादृश्यता नपाइन पनि सक्छ । मस्यौदामा निहित कुन कुन धारा र प्रावधानहरुलाई कस्तो बनाउदा उपयुक्त हुन्छ भन्ने विषयमा आफ्ना ज्ञान र अनुभवमा आधारित सुझावहरु दिएर यस महाअभियानमा सरिक हुन स्वदेश तथा विदेशमा बस्नु हुने समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइलाई हार्दिक आग्रह गर्दछु ।

संविधान निर्माणमा जनताको प्रत्यक्ष सहभागिता हाम्रा लागि एक ऐतिहासिक अवसर पनि हो । यस अवसरले नेपाली कांग्रेसले २००७ सालको जनक्रान्तिको आह्वान गर्दा उठाएको आफू शासित हुने संविधान आफै निर्माण गर्ने चाहानाको मात्र संबोधन गरेको छैन, जनतालाई अधिकार सम्पन्न बनाउन समय समयमा गरिएका आन्दोलनहरुको उपलब्धि स्वरुप हासिल भएका संघीयता, गणतन्त्र र समावेशिता सहितको लोकतन्त्रलाई संस्थागत गरी सामाजिक न्याययुक्त, समतामूलक र समृद्ध समाज निर्माणको हाम्रा अग्रजको सपना साकार पार्न र भविष्यका सन्ततिको अधिकार प्रत्याभूत गर्न पनि सघाएको छ ।

यस ऐतिहासिक अवसरमा सबै वर्ग र पेशामा आवद्ध विभिन्न क्षेत्रमा बसोबास गर्ने समस्त नेपालीले अमूल्य सुझाव दिई त्यसलाई भावी संविधानमा अंकित गराउने अपेक्षा मैले लिएको छु । बहुलवादमा आधारित लोकतान्त्रिक संविधानले सबै नेपालीको सुनौला भविष्यको मार्ग खोल्ने छ । यसका कुनै प्रावधानमा विमति राख्नु हुनेहरुले पनि त्यस्ता प्रावधानलाई संशोधन गर्ने सुझाव दिनु हुने मैले विश्वास लिएको छु । संविधानसभामा प्रतिनिधित्व गर्नुहुने वा संविधानसभा बाहिर रहनुभएका राजनीतिक दलप्रति आस्था राख्ने सबै दिदीबहिनी तथा दाजुभाइहरुलाई यो ऐतिहासिक अवसरमा सक्रिय सहभागी भई संविधान निर्माणको महायज्ञमा सरिक भएर लोकतान्त्रिक शासन पद्धति मार्फत देश र जनताको सुखद् भविष्य सुनिश्चित गर्न सहयोग गर्नुहुन हार्दिक अपिल गर्दछु।

जय नेपाल !

३ श्रावण २०७२ । (सुशील कोइराला)

Loading...

यसमा तपाइको मत

अन्य समाचार बाट अन्य

खरेलद्वार सरकारी वकील संयुक्त कार्यालयको शिलान्यास

Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

भारत र नेपालको सम्वन्ध बल्ल तल्ल बराबरीमा उक्लिएको छ

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

नेपालले वनाएको कोरोनाको भ्याक्सिनमा WHO को चासो

Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको  छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

सत्ता भन्दा देश प्यारो देख्ने एउटा बिरेन्द्रको खोजी

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

नयाँ नक्शाले समेटेका आदि कैलाश र ॐ पर्वत लिपुलेक कै सान 

Spread the love   सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

कानून ब्यवसयी विपत राहात कोषमा १५ लाख सम्मको सहयोग

Spread the love नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ । विभिन्न सुझाव सहित राहात गरेको...

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार विरुद्ध चौधरी पुगे अख्तियार

Spread the loveकाठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ...

न्यायाधीश जोशीलाई इजलास नतोक्नु संसदको सम्मान हो: प्रधानन्यायधिस राणा

Spread the loveकाठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर...

स्थानीय सरकारलाई शिक्षा सम्वन्धि कानून बनाउन वन्देज

Spread the loveकाठमाडौं: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकारलाई शिक्षा सम्बन्धि कानून तर्जुमा गर्न वन्देज लगाएको छ । संविधानले विद्यालय शिक्षाका अधिकार स्थानीय सरकार मातहत गरे पनि संघीय मन्त्रालयले मन्त्री स्तरीय निर्णय...