पुनर्निर्माणका लागि चीनको तत्काललाई १ अर्ब

Loading...
Spread the love

साउन ८, काठमाण्डौ । भूकम्पपछिको पुनर्निर्माण अन्तर्गत विभिन्न पाँच उच्च प्राथमिकता रहेका क्षेत्रमा तत्काल काम अघि बढाउन नेपाल र चीन सहमत भएका छन्। दुई देशका अधिकारीबीच बिहीबार हस्ताक्षर भएको छ ।

तत्काल गर्नपर्ने र प्राथमिकताअनुसार गर्दै जाने सहयोगबारे दुई देश बीच समझादारी भएको हो । चीन र नेपालबीच विभिन्न नयाँ र भुकम्प अघि नै प्रतिवद्ध व्यक्त भएका परियोजना अघि बढाउने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

चीनले पुनर्निर्माणको सहयोग परियोजना कार्यान्वयन गर्न तत्काल १ अर्व १ करोड ८८ लाख (१० मिलियन अमेरिकी डलर) सहयोग गर्ने भएको छ । सहयोगसम्बन्धी सम्झौतामा दुवै देशका अधिकारीले हस्तक्षर गरेका छन् । एकरडेढ साताभित्रै प्राप्त हुने उक्त सहयोग रकम चीनको सहमतीमा नेपाल सरकारले आफ्नो प्राथमिकताअनुसार तत्काल खर्च गर्न पाउनेछ ।

असार १० मा सम्पन्न ुनेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलनुमा चीनले अघिल्लो घोषणा सहित ७७ अर्ब रुपैयाँ अनुदान उपलब्ध गराउने प्रतिवद्धता अनुरुप नै त्यो सहयोग सम्झौता भएको हो । अनुदान सहायता परियोजना आगामी तीनदेखि पाँच बर्षसम्म संचालन हुनेछ ।

नेपाल भ्रमणमा रहेका चिनियाँ वाणिज्य उपमन्त्री चाङ स्योङछेनले सम्झौतापछि दूतावासमा आयोजित पत्रकार सम्मेलनमा भने,तत्काल उद्धार र राहत पछि अहिले चीनको प्रमुख प्राथमिकता नेपाल(चीन जोड्ने दुई प्रमुख नाका खुलाउने नै हो ।

अरनिको र स्याप्रुवेसी(रसुवागढी राजमार्ग सुचारु गर्न चीनले तत्काल काम थाल्नेछ । यससंगै सिन्धुपाल्चोक र रसुवामा भूकम्पबाट घरबारविहीन भएकाहरूका लागि स्थायी बसोबासका लागि समेत चीन सघाउन तयार छ ।ु उनले नेपालको पुनर्निर्माणमा जिम्मेवारी पाउनासाथ काम थालिहाल्न सक्ने अवस्थामा चीन रहेको बताए ।

भूकम्पका कारण पहिरो गएपछि बन्द भएको अरनिको राजमार्ग, त्यसैबाट प्रभावित सिन्धुपाल्चोकको लार्चामा निर्माणाधीन सुक्खा बन्दरगाह, रसुवागढीस्थित भन्सार कार्यालय पुनः सञ्चालनमा ल्याउन चीनले शीघ्र काम थाल्ने भएको जानकारी अर्थमन्त्रालयका बैदेशिक समन्वय महाशाखा प्रमुख मधु मरासिनीले दिए । कान्तिपुर

Loading...

यसमा तपाइको मत

कानुन र बिजनेश बाट अन्य

खरेलद्वार सरकारी वकील संयुक्त कार्यालयको शिलान्यास

Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

भारत र नेपालको सम्वन्ध बल्ल तल्ल बराबरीमा उक्लिएको छ

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

नेपालले वनाएको कोरोनाको भ्याक्सिनमा WHO को चासो

Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको  छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

सत्ता भन्दा देश प्यारो देख्ने एउटा बिरेन्द्रको खोजी

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

नयाँ नक्शाले समेटेका आदि कैलाश र ॐ पर्वत लिपुलेक कै सान 

Spread the love   सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

कानून ब्यवसयी विपत राहात कोषमा १५ लाख सम्मको सहयोग

Spread the love नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ । विभिन्न सुझाव सहित राहात गरेको...

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार विरुद्ध चौधरी पुगे अख्तियार

Spread the loveकाठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ...

न्यायाधीश जोशीलाई इजलास नतोक्नु संसदको सम्मान हो: प्रधानन्यायधिस राणा

Spread the loveकाठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर...

स्थानीय सरकारलाई शिक्षा सम्वन्धि कानून बनाउन वन्देज

Spread the loveकाठमाडौं: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकारलाई शिक्षा सम्बन्धि कानून तर्जुमा गर्न वन्देज लगाएको छ । संविधानले विद्यालय शिक्षाका अधिकार स्थानीय सरकार मातहत गरे पनि संघीय मन्त्रालयले मन्त्री स्तरीय निर्णय...